< यूहन्ना 6 >
1 यी कुराहरूपछि येशू गालील समुद्र अर्थात् तिबेरियास समुद्रको पारिपट्टि जानुभयो ।
Nakon toga ode Isus na drugu stranu Galilejskog, Tiberijadskog mora.
2 एउटा ठुलो भिडले उहाँलाई पच्छ्याइरहेको थियो, किनकि बिरामी मानिसहरूमा उहाँले गरिरहनुभएको चिह्नहरू तिनीहरूले देखेका थिए ।
Slijedilo ga silno mnoštvo jer su gledali znamenja što ih je činio na bolesnicima.
3 येशू पर्वतमाथि जानुभयो, र त्यहाँ उहाँका चेलाहरूसँग बस्नुभयो ।
A Isus uziđe na goru i ondje sjeđaše sa svojim učenicima.
4 (यहूदीहरूको निस्तार-चाड नजिकै थियो । )
Bijaše blizu Pasha, židovski blagdan.
5 येशूले माथितिर हेर्नुभयो र एउटा ठुलो भिड आफूतर्फ आइरहेको देख्नुभयो, अनि उहाँले फिलिपलाई भन्नुभयो, “यिनीहरूको लागि खानलाई रोटी किन्न हामी कहाँ जाने?”
Isus podigne oči i ugleda kako silan svijet dolazi k njemu pa upita Filipa: “Gdje da kupimo kruha da ovi blaguju?”
6 (तर येशूले फिलिपलाई जाँच्न यसो भन्नुभएको थियो, किनकि उहाँ आफैँले के गर्न गइरहनुभएको थियो सो उहाँ आफैँलाई थाहा थियो ।)
To reče kušajući ga; jer znao je što će učiniti.
7 फिलिपले उहाँलाई जवाफ दिए, “दुई सय चाँदीका सिक्काको रोटी पनि हरेकलाई थोरै-थोरै दिनलाई पर्याप्त हुँदैन ।”
Odgovori mu Filip: “Za dvjesta denara kruha ne bi bilo dosta da svaki nešto malo dobije.”
8 चेलाहरूमध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियासले येशूलाई भने,
Kaže mu jedan od njegovih učenika, Andrija, brat Šimuna Petra:
9 “यहाँ एक जना केटोसँग जौका पाँचवटा रोटी र दुईवटा माछा छन्, तर यत्ति धेरैका बिचमा यी कति नै हुन्छन् र?”
“Ovdje je dječak koji ima pet ječmenih kruhova i dvije ribice! Ali što je to za tolike?”
10 येशूले भन्नुभयो, “मानिसहरूलाई बस्न लगाऊ ।” (त्यस ठाउँमा धेरै घाँस थियो ।) त्यसैले झण्डै पाँच हजार जति सङ्ख्यामा मानिसहरू बसे ।
Reče Isus: “Neka ljudi posjedaju!” A bilo je mnogo trave na tome mjestu. Posjedaše dakle muškarci, njih oko pet tisuća.
11 तब येशूले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि उहाँले त्यहाँ बसेकाहरूलाई तिनीहरूले चाहे जति दिनुभयो र उहाँले माछा पनि त्यसै गर्नुभयो ।
Isus uze kruhove, izreče zahvalnicu pa razdijeli onima koji su posjedali. A tako i od ribica - koliko su god htjeli.
12 जब मानिसहरू भर पेट भए, उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “बाँकी रहेका टुक्रा-टाक्री सबै बटुल, ताकि कुनै पनि थोक खेर नजाओस् ।”
A kad se nasitiše, reče svojim učenicima: “Skupite preostale ulomke da ništa ne propadne!”
13 यसैले तिनीहरूले बटुले, र पाँचवटा जौका रोटीबाट बाँकी रहेका टुक्रा-टाक्री अर्थात् तिनीहरूले खाएर बचेका टुक्राहरू बार्ह डाला भरे ।
Skupili su dakle i napunili dvanaest košara ulomaka što od pet ječmenih kruhova pretekoše onima koji su blagovali.
14 जब मानिसहरूले उहाँले गर्नुभएका यी चिह्नहरू देखे, तिनीहरूले भने, “उहाँ साँच्चै यो संसारमा आउनुपर्ने अगमवक्ता हुनुहुन्छ ।”
Kad su ljudi vidjeli znamenje što ga Isus učini, rekoše: “Ovo je uistinu Prorok koji ima doći na svijet!”
15 जब उहाँलाई पक्रेर बलजफतीसँग राजा बनाउन तिनीहरू आउन लागेका थिए भन्ने उहाँले महसुस गर्नुभयो, उहाँ फेरि पनि एकलै डाँडातर्फ लाग्नुभयो ।
Kad Isus spozna da kane doći, pograbiti ga i zakraljiti, povuče se ponovno u goru, posve sam.
16 जब साँझ पर्यो, उहाँका चेलाहरू समुद्रतिर झरे ।
Kad nasta večer, siđoše njegovi učenici k moru,
17 तिनीहरू एउटा डुङ्गामा चढे, र समुद्रको पारि कफर्नहुममा गइरहेका थिए । यस बेला अँध्यारो भइसकेको थियो र अझसम्म पनि येशू तिनीहरूकहाँ आउनुभएको थिएन ।
uđoše u lađicu i krenuše na onu stranu mora, u Kafarnaum. Već se i smrklo, a Isusa još nikako k njima.
18 र ठुलो आँधीबेहरी चलिरहेको थियो र समुद्रका छालहरू उर्लंदै थिए ।
More se uzburkalo od silnog vjetra što je zapuhao.
19 जब तिनीहरू डुङ्गा खियाएर करिब पाँच किलोमिटर टाढा पुगेका थिए, तिनीहरूले येशूलाई समुद्रमा हिँडिरहनुभएको र उहाँ डुङ्गाको नजिक आइरहनुभएको देखे, अनि तिनीहरू डराए ।
Pošto su dakle isplovili oko dvadeset i pet do trideset stadija, ugledaju Isusa gdje ide po moru i približava se lađici. Prestraše se,
20 तर पनि उहाँले तिनीहरूलाई भन्नुभयो, “म नै हुँ, नडराओ ।”
a on će njima: “Ja sam! Ne bojte se!”
21 तब तिनीहरू उहाँलाई डुङ्गामा ल्याउन तत्पर भए, र डुङ्गा जमिनमा तुरुन्तै पुग्यो जहाँ तिनीहरू गइरहेका थिए ।
Htjedoše ga uzeti u lađicu, kadli se lađica odmah nađe na obali kamo su se zaputili.
22 अर्को दिन, समुद्रको पारिपट्टि उभिरहेको भिडले त्यहाँ त्यो एउटा डुङ्गाबाहेक अरू कुनै पनि डुङ्गा थिएन, र त्यसमा येशू उहाँका चेलाहरूसँग नचढ्नुभएको र उहाँका चेलाहरू मात्रै त्यहाँबाट गएका थिए भन्ने देखे ।
Sutradan mnoštvo, koje osta s onu stranu mora, zapazi da ondje bijaše samo jedna lađica i da Isus nije bio ušao zajedno sa svojim učenicima u lađicu, nego da oni odoše sami.
23 तापनि प्रभुले धन्यवाद चढाएर तिनीहरूले रोटी खाएका नजिकैको ठाउँ तिबेरियासबाट आएका केही डुङ्गाहरू त्यहाँ थिए ।
Iz Tiberijade pak stigoše druge lađice blizu onog mjesta gdje jedoše kruh pošto je Gospodin izrekao zahvalnicu.
24 जब त्यस भिडले न येशू न उहाँका चेलाहरू नै त्यहाँ थिए भन्ने कुरा पत्ता लगाए, तिनीहरू आफैँ डुङ्गा चढे र येशूलाई खोज्दै कफर्नहुमतिर गए ।
Kada dakle mnoštvo vidje da ondje nema Isusa ni njegovih učenika, uđu u lađice i odu u Kafarnaum tražeći Isusa.
25 तिनीहरूले उहाँलाई त्यस समुद्रको पारिपट्टि भेटेपछि उहाँलाई भने “रब्बी, तपाईं यहाँ कहिले आउनुभयो?”
Kad ga nađoše s onu stranu mora, rekoše mu: “Učitelju, kad si ovamo došao?”
26 येशूले तिनीहरूलाई यसो भनेर जवाफ दिनुभयो, “साँचो, साँचो, तिमीहरूले चिह्नहरू देखेको कारणले तिमीहरूले मलाई खोजेका होइनौ, तर तिमीहरूले केही रोटी खाएर अघाएकाले गर्दा हो ।
Isus im odgovori: “Zaista, zaista, kažem vam: tražite me, ali ne stoga što vidjeste znamenja, nego stoga što ste jeli od onih kruhova i nasitili se.
27 नष्ट हुने खानाको निम्ति काम नगर, तर मानिसका पुत्रले तिमीहरूलाई दिने अनन्त जीवनसम्म रहने खानाको निम्ति काम गर, किनकि परमेश्वर पिताले आफ्नो मोहोर उहाँमा लगाउनुभएको छ ।” (aiōnios )
Radite, ali ne za hranu propadljivu, nego za hranu koja ostaje za život vječni: nju će vam dati Sin Čovječji jer njega Otac - Bog - opečati.” (aiōnios )
28 तब तिनीहरूले उहाँलाई भने, “परमेश्वरका कामहरू गर्न हामीले के गर्नुपर्छ?”
Rekoše mu dakle: “Što nam je činiti da bismo radili djela Božja?”
29 येशूले जवाफ दिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको काम यही होः उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्वास गर्नू ।”
Odgovori im Isus: “Djelo je Božje da vjerujete u onoga kojega je on poslao.”
30 यसैले तिनीहरूले उहाँलाई भने, “तपाईंले कस्तो किसिमको चिह्न गर्नुहुनेछ, ताकि हामीले देख्न र तपाईंलाई विश्वास गर्न सकौँ? तपाईंले के गर्नुहुनेछ?
Rekoše mu onda: “Kakvo ti znamenje činiš da vidimo pa da ti vjerujemo? Koje je tvoje djelo?
31 हाम्रा पिताहरूले मरुभूमिमा मन्न खाए । यस्तो लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानको निम्ति स्वर्गबाट रोटी दिनुभयो’ ।”
Očevi naši blagovaše manu u pustinji, kao što je pisano: Nahrani ih kruhom nebeskim.”
32 तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो स्वर्गबाट तिमीहरूलाई रोटी दिने मोशा थिएनन्, तर स्वर्गबाट तिमीहरूलाई साँचो रोटी दिइरहनुहुने मेरा पिता हुनुहुन्छ ।
Reče im Isus: “Zaista, zaista, kažem vam: nije vam Mojsije dao kruh s neba, nego Otac moj daje vam kruh s neba, kruh istinski;
33 किनकि परमेश्वरको रोटी त्यही हो, जो स्वर्गबाट आउँछ र संसारलाई जीवन दिँदछ ।”
jer kruh je Božji Onaj koji silazi s neba i daje život svijetu.”
34 यसैले तिनीहरूले उहाँलाई भने, “महाशय, हामीलाई यो रोटी सदैव दिनुहोस् ।”
Rekoše mu nato: “Gospodine, daj nam uvijek toga kruha.”
35 येशूले तिनीहरूलाई भन्नुभयो, “म जीवनको रोटी हुँ, जो मकहाँ आउँछ त्यो कहिल्यै भोकाउनेछैन र जसले मलाई विश्वास गर्छ त्यो कहिल्यै तिर्खाउनेछैन ।
Reče im Isus: “Ja sam kruh života. Tko dolazi k meni, neće ogladnjeti; tko vjeruje u mene, neće ožednjeti nikada.
36 तर वास्तवमा तिमीहरूले मलाई देखेका छौ भनी मैले तिमीहरूलाई भनेँ र पनि तिमीहरू विश्वास गर्दैनौ ।
No rekoh vam: vidjeli ste me, a opet ne vjerujete.
37 पिताले मलाई दिनुभएका सबै मकहाँ आउनेछन् र जो मकहाँ आउँछ म निश्चय नै त्यसलाई बाहिर फ्याँक्नेछैनँ ।
Svi koje mi daje Otac doći će k meni, i onoga tko dođe k meni neću izbaciti;
38 किनकि म स्वर्गबाट आएको छु, मेरो आफ्नो इच्छा पुरा गर्नलाई होइन, तर मलाई पठाउनुहुनेको इच्छा पुरा गर्नलाई हो ।
jer siđoh s neba ne da vršim svoju volju, nego volju onoga koji me posla.
39 र मलाई पठाउनुहुनेको इच्छा यही हो, कि उहाँले मलाई दिनुभएका सबैमध्ये एक जना पनि मैले नगुमाऊँ, तर तिनीहरूलाई अन्त्यको दिनमा जीवित पारूँ ।
A ovo je volja onoga koji me posla: da nikoga od onih koje mi je dao ne izgubim, nego da ih uskrisim u posljednji dan.
40 किनकि मेरा पिताको इच्छा यही हो, कि पुत्रलाई देख्ने र उहाँमा विश्वास गर्ने सबैले अनन्त जीवन पाऊन् र अन्तिम दिनमा तिनीहरूलाई म जीवित पारूँ ।” (aiōnios )
Da, to je volja Oca mojega da tko god vidi Sina i vjeruje u njega, ima život vječni i ja da ga uskrisim u posljednji dan.” (aiōnios )
41 तब यहूदीहरूले उहाँको बारेमा गनगन गरे, किनकि उहाँले यसो भन्नुभएको थियो, “म स्वर्गबाट आएको रोटी हुँ ।”
Židovi nato mrmljahu protiv njega što je rekao: “Ja sam kruh koji je sišao s neba.”
42 तिनीहरूले भने, “के यिनी योसेफका पुत्र येशू होइनन्, जसका बुबा र आमालाई हामी चिन्छौँ? तब ‘म स्वर्गबाट आएको हुँ’ भनी अहिले यसले कसरी भन्न सक्छ?”
Govorahu: “Nije li to Isus, sin Josipov? Ne poznajemo li mu oca i majku? Kako sada govori: 'Sišao sam s neba?'”
43 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू माझ गनगन गर्न छोड ।”
Isus im odvrati: “Ne mrmljajte među sobom!
44 मलाई पठाउनुहुने पिताले नखिँचेसम्म कोही पनि मकहाँ आउन सक्दैन र त्यसलाई अन्तिम दिनमा म जीवित पार्नेछु ।
Nitko ne može doći k meni ako ga ne povuče Otac koji me posla; i ja ću ga uskrisiti u posljednji dan.
45 अगमवक्ताहरूका पुस्तकहरूमा यस्तो लेखिएको छ, ‘सबैलाई परमेश्वरद्वारा सिकाइनेछ ।’ जसले सुनेका छन् र पिताबाट सिकेका छन्, सबै मकहाँ आउँछन् ।
Pisano je u Prorocima: Svi će biti učenici Božji. Tko god čuje od Oca i pouči se, dolazi k meni.
46 परमेश्वरबाट आएकाले बाहेक कसैले पनि परमेश्वरलाई देखेको छैन, उसैले पितालाई देखेको छ ।
Ne da bi tko vidio Oca, doli onaj koji je kod Boga; on je vidio Oca.
47 साँचो, साँचो, जसले विश्वास गर्छ, त्यससँग अनन्त जीवन हुन्छ । (aiōnios )
Zaista, zaista, kažem vam: tko vjeruje, ima život vječni. (aiōnios )
49 तिमीहरूका पिताहरूले मरुभूमिमा मन्न खाए, र तिनीहरू मरे ।
Očevi vaši jedoše u pustinji manu i pomriješe.
50 यो नै स्वर्गबाट आएको रोटी हो, ताकि एक व्यक्तिले यसको केही भाग खाओस्, र त्यो नमरोस् ।
Ovo je kruh koji silazi s neba: da tko od njega jede, ne umre.
51 स्वर्गबाट ओर्लिआएको जीवित रोटी म नै हुँ । यदि कसैले यो रोटीको केही भाग खान्छ भने, त्यो सदासर्वदा जिउनेछ । मैले दिने रोटी संसारको जीवनको निम्ति दिने मेरो देह नै हो ।” (aiōn )
Ja sam kruh živi koji je s neba sišao. Tko bude jeo od ovoga kruha, živjet će uvijeke. Kruh koji ću ja dati tijelo je moje - za život svijeta.” (aiōn )
52 यहूदीहरू रिसाए र यसो भनेर वादविवाद गर्न थाले, “यो मानिसले कसरी हामीलाई उसको देह खान दिन सक्छ?”
Židovi se nato među sobom prepirahu: “Kako nam ovaj može dati tijelo svoje za jelo?”
53 तब येशूले तिनीहरूलाई भन्नुभयो, “साँचो, साँचो, तिमीहरूले मानिसका पुत्रको देह नखाएसम्म र उसको रगत नपिएसम्म, तिमीहरू आफैँमा जीवन हुनेछैन ।
Reče im stoga Isus: “Zaista, zaista, kažem vam: ako ne jedete tijela Sina Čovječjega i ne pijete krvi njegove, nemate života u sebi!
54 मेरो शरीर खाने र रगत पिउनेसँग अनन्त जीवन हुन्छ र त्यसलाई अन्त्यको दिनमा म जीवित पार्नेछु । (aiōnios )
Tko blaguje tijelo moje i pije krv moju, ima život vječni; i ja ću ga uskrisiti u posljednji dan. (aiōnios )
55 किनकि मेरो देह साँचो खाना हो, र मेरो रगत साँचो पिउने कुरा हो ।
Tijelo je moje jelo istinsko, krv je moja piće istinsko.
56 मेरो देह खाने र मेरो रगत पिउने ममा रहन्छ, र म त्यसमा रहन्छु ।
Tko jede moje tijelo i pije moju krv, u meni ostaje i ja u njemu.
57 जसरी जीवित पिताले मलाई पठाउनुभयो र म जसरी पिताको कारणले जिउँछु, यसरी नै मलाई खाने पनि मेरो कारणले जिउनेछ ।
Kao što je mene poslao živi Otac i ja živim po Ocu, tako i onaj koji mene blaguje živjet će po meni.
58 स्वर्गबाट ओर्लिआएको रोटी यही हो, जुन पिताहरूले खाएर मरेजस्तो होइन । यो रोटी खाने सदासर्वदा जिउनेछ ।” (aiōn )
Ovo je kruh koji je s neba sišao, ne kao onaj koji jedoše očevi i pomriješe. Tko jede ovaj kruh, živjet će uvijeke.” (aiōn )
59 तर येशूले यी कुराहरू कफर्नहुमको सभाघरमा सिकाइरहनुहुँदा भन्नुभयो ।
To reče Isus naučavajući u sinagogi u Kafarnaumu.
60 यो सुन्ने जति उहाँका धेरै चेलाहरूले भने, “यो एउटा कठिन शिक्षा हो, यसलाई कसले स्वीकार गर्न सक्छ?”
Mnogi od njegovih učenika čuvši to rekoše: “Tvrda je to besjeda! Tko je može slušati?”
61 उहाँका चेलाहरू यसमा गनगन गरिरहेका थिए भन्ने कुरा येशूले थाहा पाउनुभएकोले तिनीहरूलाई भन्नुभयो, “के यसले तिमीहरूलाई अप्रसन्न तुल्याउँछ?”
A Isus znajući sam od sebe da njegovi učenici zbog toga mrmljaju, reče im: “Zar vas to sablažnjava?
62 त्यसो भए यदि तिमीहरूले मानिसका पुत्रलाई पहिला भएकैतिर गइरहेका देखौ भने नि?
A što ako vidite Sina Čovječjega kako uzlazi onamo gdje je prije bio?”
63 जीवन दिनुहुने त आत्मा नै हुनुहुन्छ, देहले त कुनै पनि लाभ दिँदैन । मैले तिमीहरूलाई बोलेका वचनहरू आत्मा हुन् र तिनीहरू जीवन हुन् ।
“Duh je onaj koji oživljuje, tijelo ne koristi ništa. Riječi koje sam vam govorio duh su i život su.”
64 तैपनि तिमीहरूमध्ये कति जनाले विश्वास गर्दनौँ ।” किनकि क-कसले विश्वास गर्दैनथे र उहाँलाई धोका दिने को हो भन्ने येशूलाई सुरुदेखि नै थाहा थियो ।
“A ipak, ima ih među vama koji ne vjeruju.” Jer znao je Isus od početka koji su oni što ne vjeruju i tko je onaj koji će ga izdati.
65 उहाँले भन्नुभयो, “यही कारणले पिताले उसलाई नदिएसम्म कोही पनि मकहाँ आउन सक्दैन भनी मैले तिमीहरूलाई भनेँ ।”
I doda: “Zato sam vam i rekao da nitko ne može doći k meni ako mu nije dano od Oca.”
66 यसले गर्दा उहाँका धेरै जना चेलाहरू गए र उहाँसँग कहिल्यै पनि हिँडेनन् ।
Otada mnogi učenici odstupiše, više nisu išli s njime.
67 तब येशूले ती बाह्र जनालाई भन्नुभयो, “तिमीहरूचाहिँ जान चाहँदैनौ, चाहन्छौ त?”
Reče stoga Isus dvanaestorici: “Da možda i vi ne kanite otići?”
68 सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जानु? अनन्त जीवनको वचन तपाईंसँग छ । (aiōnios )
Odgovori mu Šimun Petar: “Gospodine, kome da idemo? Ti imaš riječi života vječnoga! (aiōnios )
69 र हामीले विश्वास गरेका छौँ र तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ भनी हामीले जानेका छौँ ।”
I mi vjerujemo i znamo: ti si Svetac Božji.”
70 येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू बाह्र जनालाई मैले नै चुनेको होइनँ, र पनि तिमीहरूमध्ये एक जनाचाहिँ दुष्ट छ?”
Odgovori im Isus: “Nisam li ja vas dvanaestoricu izabrao? A ipak, jedan je od vas đavao.”
71 अब उहाँले सिमोन इस्करियोतका छोरा यहूदाको बारेमा भन्नुभएको थियो, किनकि येशूलाई धोका दिने बाह्र जनामध्ये एक जना उही नै थियो ।
Govoraše to o Judi, sinu Šimuna Iškariotskoga, jednom od dvanaestorice, jer on ga je imao izdati.