< यूहन्‍ना 5 >

1 यसपछि यहूदीहरूको चाड थियो, र येशू यरूशलेम जानुभयो ।
Pegamaliki genago, Yesu ahambili ku Yelusalemu kumselebuko wungi wa Vayawudi.
2 यरूशलेमको भेडा-ढोका नजिकै एउटा तलाउ छ जसलाई हिब्रूमा बेथस्दा भनिन्छ जसको छानासहितका पाँचवटा दलान छन् ।
Kula ku Yelusalemu, papipi na mlyangu uvaha wa mambelele, kwavi na litanda lelikemelewa kwa Chiebulania Betizata, lelavi na mabanji mhanu gajengiwi kulitindila.
3 त्यहाँ ठुलो सङ्ख्यामा बिरामीहरू, अन्धा, लङ्गडा र पक्षाघातीहरू त्यो तलाउको नजिक पडिरहेका थिए । (नोटः उत्कृष्‍ट प्राचीन प्रतिलिपीहरूबाट यो पदावलीलाई हटाइएको छ) । ३ तिनीहरूले पानी छचल्किएको पर्खिरहेका थिए ।
Mu mabanji genago kwavi na vatamu vamahele vatamili, vangalola na vevagogodili higa na vevapoli higa.
4 (नोटः उत्कृष्‍ट प्राचीन प्रतिलिपीहरूले पद ४ लाई हटाएको छ) । ४ “परमेश्‍वरका स्वर्गदूत तल ओर्लिएर पानीलाई कुनै समयमा हल्लाइदिन्थे र त्यो पानी छचल्किरहँदा जो पहिले पानीमा पस्थ्यो त्यसको जस्तोसुकै रोग भए तापनि निको भइहाल्थ्यो ।
Valindilayi manji gatimbuganayi, muni luvi lukumbi, mtumu wa kunani kwa Chapanga ihelela na kuyingila mulitanda na kugatimbugana manji. Mundu mweatumbwili kuyingila mumanji pegamali kutimbugana, ndi alamili utamu wowoha wula weavi nawu.
5 त्यहाँ अठतिस वर्षदेखि रोगले ग्रसित भएको कुनै एक जना मानिस थियो ।
Penapo pavi na mundu mmonga mweapoli higa kwa miyaka selasini na nane.
6 जब येशूले त्यसलाई त्यहाँ पल्टिरहेको देख्‍नुभयो र उहाँले त्यो मानिस त्यहाँ धेरै समयदेखि रहेको थियो भनी महसुस गर्नुभयो, तब उहाँले त्यसलाई भन्‍नुभयो, “के तिमी स्वस्थ हुन चाहन्छौ?”
Yesu peamuwene mundu yula agonili na kuni imanya kuvya ilwala kwa magono gamahele, akamkota “Wu, ugana kulama?”
7 त्यो बिरामी मानिसले जवाफ दियो, “महाशय, पानी छचल्किँदा मलाई पानीमा राखिदिने मेरो कोही पनि छैन । म आउँदा मभन्दा अगि अर्को पसिहाल्छ ।”
Mwene akamyangula, “Bambu, nene nangali mundu wa kuniyingisa mulitanda lukumbi manji pegitimbuliwa. Penilinga kuyingila ndi mundu yungi akunilongolela.”
8 येशूले त्यसलाई भन्‍नुभयो, “उठ, आफ्नो चकटी लेऊ, र हिँड ।”
Yesu akamjovela, “Yimuka, tola lusongwani lwaku ugenda.”
9 त्यो मानिस तुरुन्तै निको भयो र त्यसले आफ्नो ओछ्यान उठायो, र हिँड्यो । अब त्यो विश्रामको दिन थियो ।
Bahapo mundu yula akalama, akatola mpasa waki na kugenda. Lijambu lenili lakitiki pa Ligono la Kupumulila.
10 त्यसैले, यहूदीहरूले त्यो निको भएको मानिसलाई भने, “यो विश्रामको दिन हो, र तिमीलाई तिम्रो चकटी बोकेर हिँड्ने अनुमति छैन ।”
Hinu vachilongosi va Vayawudi vakamjovela mundu yula mwealamili, “Lelu ndi Ligono la Kupumulila, malagizu gibesa veve kugega mpasa waku.”
11 त्यसले जवाफ दियो, “जसले मलाई स्वस्थ बनाउनुभयो, उहाँले नै मलाई ‘तिम्रो चकटी उठाऊ र हिँड’ भन्‍नुभयो ।”
Nambu mwene akavayangula, “Mundu mweanilamisi ndi mweanijovili tola mpasa waku, ugendayi.”
12 उनीहरूले त्यसलाई भने, “तिमीलाई ‘तिम्रो यो उठाऊ र हिँड’ भन्‍ने त्यो मानिस को हो?”
Vene vakamkota, “Wu, mundu mwenuyo mweakujovili, utola lusongwani lwaku ugendayi, ndi yani?”
13 तापनि येशू सुटुक्‍क गइसक्‍नुभएकोले जो निको भएको थियो, त्यसलाई उहाँ को हुनुहुन्थ्यो भन्‍ने थाहा थिएन, किनकि त्यहाँ भिड लागेको थियो ।
Nambu mundu yula mwealamiswi nakummanya Yesu kuvya ndi yani, muni Yesu amali kuwuka na kwavi na vandu vamahele vavi penapo.
14 पछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्टाउनुभयो र भन्‍नुभयो, “हेर, तिमी स्वस्थ भएका छौ । अब पाप नगर, ताकि तिमीमाथि योभन्दा झन् खराबी आइनपरोस् ।”
Ndi mwanakandahi Yesu akamkolela mundu yula Munyumba ya Chapanga, akamjovela “Hinu, ulamili ukotoka kukita gahakau kavili, likoto kukukamula lijambu lihakau neju.”
15 त्यो मानिस गयो र त्यसलाई स्वस्थ बनाउने येशू हुनुहुँदोरहेछ भनी त्यसले यहूदीहरूलाई बतायो ।
Mundu yula akawuka na kuhamba kuvajovela vachilongosi va Vayawudi kuvya, yula mweamlamisi ndi Yesu.
16 अब यी कुराहरूका कारणले यहूदीहरूले येशूलाई सताए, किनकि उहाँले यी कुराहरू विश्रामको दिनमा गर्नुभएको थियो ।
Ndava muni Vayawudi vakatumbula kumung'aha Yesu ndava akitili lijambu lenilo Ligono la Kupumulila.
17 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मेरा पिताले अहिले पनि काम गरिरहनुभएको छ र म पनि काम गरिरहेको छु ।”
Yesu akavayangula, “Dadi wangu ihenga lihengu kila ligono na nene niganikiwa nihenga lihengu.”
18 यसले गर्दा यहूदीहरूले उहाँलाई झनै मार्न खोजे, किनकि उहाँले विश्राम दिन मात्र तोड्नुभएन, तर आफैँलाई परमेश्‍वर समान तुल्याएर परमेश्‍वरलाई पिता भन्‍नुभयो ।
Ndava ya malovi genago, vachilongosi va Vayawudi vayonjokisi kulonda mpangu wa kumkoma Yesu lepi ndava ya kudenya Malagizu ga Ligono la Kupumulila ndu, nambu mewa ndava ya kujova Chapanga ndi Dadi waki, muni ajovili mwene na Chapanga vamonga.
19 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो, पिताले गरिरहनुभएको देख्‍नु बाहेक पुत्र आफैँले केही गर्न सक्दैन, किनकि पिताले जे गरिरहनुभएको छ पुत्रले पनि त्यही कुराहरू गर्छ ।
Yesu akavajovela, chakaka nikuvajovela, Mwana nakuhotola kukita chindu chochoha mwene, ihotola kukita chila cheachiwene kuvya Dadi waki ikita. Muni chila cheachikita Dadi na Mwana achikita chichocho.
20 किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँ आफूले गर्नुहुने सबै कुरा पुत्रलाई देखाउनुहुन्छ अनि उहाँले उनलाई यी कुराहरूभन्दा पनि ठुला कुराहरू देखाउनुहुनेछ, ताकि तिमीहरू अचम्मित हुन सक ।
Dadi akumgana Mwana, ndi akumlangisa kila chindu cheikita mwene, kangi yati amlangisa mambu gakulu kuliku aga na nyenye yati mwikangasa.
21 किनकि पिताले जसरी मृतकलाई जीवित पार्नुहुन्छ, र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई चाहन्छ त्यसलाई जीवन दिन्छ ।
Ngati cheakuvayusa vevafwili na kuvapela wumi, mewawa Mwana akuvapela wumi vala veakuvagana.
22 किनकि पिताले कसैको न्याय गर्नुहुन्‍न, तर उहाँले न्याय गर्ने सबै काम पुत्रलाई दिनुभएको छ ।
Dadi akumhamula lepi mundu yoyoha, lihengu loha la kuhamula vandu amgotolili Mwana.
23 त्यसैले, तिनीहरूले पितालाई आदर गरेझैँ, सबैले पुत्रलाई आदर गर्नेछन् । जसले पुत्रलाई आदर गर्दैन, त्यसले उहाँलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन ।
Muni vandu voha vamtopesa Mwana ngati chevakumtopesa Dadi. Angamtopesa Mwana akumtopesa lepi Dadi mweamtumili.
24 साँचो, साँचो, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्‍वास गर्छ त्यससँग अनन्त जीवन हुन्छ र त्यो दोषी ठहराइनेछैन, तर त्यो मृत्युबाट जीवनमा सरेको छ । (aiōnios g166)
Chakaka nikuvajovela, mweakugayuwana malovi gangu na kumsadika yula mweanitumili yati ivya na wumi wa magono goha. Katu ihamuliwa lepi, ndi amali kukupuka mulifwa na kuyingila muwumi. (aiōnios g166)
25 साँचो, साँचो म तिमीहरूलाई भन्छु, समय आइरहेको छ र यो अहिले नै हो, जब मृतकहरूले परमेश्‍वरका पुत्रको सोर सुन्‍नेछन्, र ती सुन्‍नेहरू बाँच्‍नेछन् ।
Chakaka nikuvajovela lukumbi lubwela, ndi lumali kubwela vevafwili yati vakugayuwana malovi ga Mwana wa Chapanga, vene vevakugayuwana, yati vivya na wumi.
26 किनकि जसरी पिता आफैँसँग जीवन छ, त्यसरी नै उहाँले पुत्रलाई पनि दिनुभएको छ, ताकि ऊ आफैँसँग जीवन होस्,
Muni ngati mewa Dadi cheavili kutumbula kwa wumi. Mewawa ampeli mwana kuvya mtumbula wa wumi.
27 र पिताले पुत्रलाई न्याय गर्ने अधिकार दिनुभएको छ । किनकि ऊ मानिसका पुत्र हो ।
Kangi ampeli uhotola wa kuhamula ndava mwene ndi Mwana wa Mundu.
28 यस कुरामा तिमीहरू अचम्म नमान, किनकि चिहानमा हुनेहरूले उसको सोर सुन्‍ने समय आइरहेको छ,
Mkoto kukangaswa kuyuwana malovi aga, muni lukumbi lubwela ndava ya vandu voha vevafwili yati viyuwana malovi gaki,
29 र तिनीहरू चिहानबाट बाहिर आउनेछन्ः असल गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति र दुष्‍ट काम गर्नेहरू न्यायको पुनरुत्थानको निम्ति ।
vene yati viyuka, vevahengili gabwina yati viyuka na kuvya na wumi. Na vala vevahengili matendu gahakau yati viyuka na kuhamuliwa.
30 म आफैँले केही गर्न सक्दिनँ । म जस्तो सुन्छु त्यस्तै न्याय गर्छु र मेरो न्याय धार्मिक हुन्छ, किनकि मैले आफ्नो इच्छा खोजिरहेको छैनँ, तर मलाई पठाउनुहुनेको इच्छा खोजिरहेको छु ।
Nene nakuhotola kukita chindu kwa uhotola wangu namwene. Nene nihamula ngati cheniyuwana kuhuma kwa Dadi, na uhamula wangu ndi wa chakaka. Maganu gangu lepi kukita chenigana nanwene nambu cheigana yula mweanitumili.
31 यदि म आफैँले आफ्नै बारेमा गवाही दिने हो भने मेरो गवाही सत्य हुँदैनथ्यो ।
Ngati nijova mambu gangu namwene, malovi gangu gihotola lepi kuyidakiliwa kuvya ga chakaka.
32 मेरो बारेमा गवाही दिनुहुने अर्को एक जना हुनुहुन्छ, र म जान्दछु, कि उहाँले मेरो विषयमा दिनुहुने गवाही सत्य हुन्छ ।
Nambu avi yungi mweijova ndava ya nene, na nene nimanyili kuvya goha geijova ndava yangu ndi gachakaka.
33 तिमीहरूले यूहन्‍नाकहाँ पठाएका छौ र उनले सत्य गवाही दिएका छन् ।
Nyenye mwatumili ujumbi kwa Yohani Mbatizaji mwene ajovili gachakaka ndava ya nene.
34 तर मैले प्राप्‍त गर्ने त्यो गवाही मानिसबाट आएको होइन । तिमीहरूलाई बचाइयोस् भनी म यी कुराहरू भन्छु ।
Nene nihuvalila lepi vandu vangi vajova ndava yangu, nambu nijova mambu genago muni nyenye msanguliwayi.
35 यूहन्‍ना बोलिरहेका र चम्किरहेका बत्ती थिए र तिमीहरू उनको ज्योतिमा केही क्षणका लागि आनन्द मनाउन तत्पर थियौ ।
Yohani avili ngati hahi yeyiyaka na kulangasa, na nyenye mwahagwili kusangalukila lumuli lwenulo mulukumbi luhupi.
36 तैपनि मसँग भएको गवाही त्योभन्दा पनि महान् छ, किनकि पिताले मलाई पुरा गर्न दिनुभएका कामहरू र मैले गर्ने कामहरूले नै मलाई पिताले पठाउनुभएको हो भन्‍ने गवाही दिन्छन् ।
Nambu malovi gevijova vandu ndava yangu ndi gakulu neju kuliku gala gevijova kumvala Yohani. Muni malovi genikugahenga ndi anipelili Dadi nimala kuhenga, ndi gilangisa hotohoto kuvya Dadi ndi mweanitumili.
37 मलाई पठाउनुहुने पिता आफैँले मेरो विषयमा गवाही दिनुभएको छ । तिमीहरूले न उहाँको सोर सुनेका छौ न उहाँको रूप नै कहिल्यै देखेका छौ ।
Dadi mweanitumili mewawa ijova ndava yangu. Nyenye katu nakuyuwana Chapanga kwa makutu ginu amala kupalola pamihu paki,
38 तिमीहरूमा उहाँको वचन रहेको छैन, किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गरिरहेका छैनौ ।
ujumbi waki wangatama, mumitima yinu ndava mukumsadika lepi yula mweamtumili.
39 तिमीहरू धर्मशास्‍त्रमा खोज्दछौ, किनकि तिनमा तिमीहरूको निम्ति अनन्त जीवन छ भन्‍ने सोच्दछौ र यी नै धर्मशास्‍त्रहरूले मेरो विषयमा गवाही दिन्छन्, (aiōnios g166)
Nyenye mukugalola neju Mayandiku Gamsopi mwihololela kuvya mugati yaki mwipata wumi wa magono goha wangali mwishu, na kumbi mayandiku gagago gijova ndava yangu. (aiōnios g166)
40 र तिमीहरू जीवन पाउन मकहाँ आउन तत्पर छैनौ ।
Nambu nyenye mwibela kubwela kwangu muni mupokela wumi wa magono goha.
41 म मनिसहरूबाट प्रशंसा प्राप्‍त गर्दिनँ,
“Nene nilonda lepi kulumbiwa na vandu.
42 तर म जान्दछु, तिमीहरू आफैँमा परमेश्‍वरको प्रेम छैन ।
Nambu nivamanyili nyenye, nimanyili kuvya uganu wa Chapanga uvili lepi mumitima hinu.
43 म मेरा पिताको नाउँमा आएको छु, र तिमीहरू मलाई स्‍वीकार गर्दैनौ । यदि आफ्नै नाउँमा अर्को कोही आउने हो भने तिमीहरूले त्यसलाई स्वीकार गर्छौ ।
Nene nibweli ndava ya uhotola wa Dadi wangu, nambu munipokili lepi, nambu mundu yungi akabwelayi kwa uhotola waki mwene yati mukumpokela.
44 एक अर्कोबाट प्रशंसा खोज्‍ने तर परमेश्‍वरबाट मात्र आउने प्रशंसा नखोज्‍नलाई तिमीहरूले कसरी विश्‍वास गर्न सक्छौ?
Muhotola wuli, kusadika kuni nyenye mwigana kulumbilana nyenye mwavene nambu mukuulonda lepi ukulu kuhuma kwa mwene mweavi Chapanga?
45 पिताको सामु तिमीहरूलाई म आफैँले दोष लगाउँछु भन्‍ने तिमीहरू नसोच । तिमीहरूले आशा राखेका मोशाले नै तिमीहरूलाई दोष लगाउँछन् ।
Mkotoka kuholalela kuvya nene nikuvatakila kwa Dadi. Musa mwemukumuhuvalila ndi mweakuvatakila.
46 यदि तिमीहरूले मोशामा विश्‍वास गर्थ्यौ भने तिमीहरूले ममा पनि विश्‍वास गर्ने थियौ, किनकि उनले मेरो विषयमा लेखे ।
Ngati chakaka kuvya mukumusadiki Musa, ngamunisadiki na nene mewawa, muni Musa ayandiki malovi gegakunivala nene.
47 यदि तिमीहरूले उनले लेखेका कुराहरूमा विश्‍वास गर्दैनौ भने तिमीहरूले मेरो वचनमा कसरी विश्‍वास गर्छौ र?”
Nambu yikavyayi mwisadika lepi gala geagayandiki, muhotola wuli, kusadika genijova?”

< यूहन्‍ना 5 >