< यूहन्ना 5 >
1 यसपछि यहूदीहरूको चाड थियो, र येशू यरूशलेम जानुभयो ।
After this was the feast of the Jews; and Jesus went up to Jerusalem.
2 यरूशलेमको भेडा-ढोका नजिकै एउटा तलाउ छ जसलाई हिब्रूमा बेथस्दा भनिन्छ जसको छानासहितका पाँचवटा दलान छन् ।
Now there is in Jerusalem, near the sheep-gate, a pool, called, in the Hebrew tongue, Bethesda, with five porches.
3 त्यहाँ ठुलो सङ्ख्यामा बिरामीहरू, अन्धा, लङ्गडा र पक्षाघातीहरू त्यो तलाउको नजिक पडिरहेका थिए । (नोटः उत्कृष्ट प्राचीन प्रतिलिपीहरूबाट यो पदावलीलाई हटाइएको छ) । ३ तिनीहरूले पानी छचल्किएको पर्खिरहेका थिए ।
In these lay a great multitude of sick persons, blind, lame, withered, who waited for the moving of the water.
4 (नोटः उत्कृष्ट प्राचीन प्रतिलिपीहरूले पद ४ लाई हटाएको छ) । ४ “परमेश्वरका स्वर्गदूत तल ओर्लिएर पानीलाई कुनै समयमा हल्लाइदिन्थे र त्यो पानी छचल्किरहँदा जो पहिले पानीमा पस्थ्यो त्यसको जस्तोसुकै रोग भए तापनि निको भइहाल्थ्यो ।
For an angel went down at a certain season into the pool, and stirred the water. Then he who entered first after the motion of the water, was cured of whatever disease he had.
5 त्यहाँ अठतिस वर्षदेखि रोगले ग्रसित भएको कुनै एक जना मानिस थियो ।
And a certain man was there, who had been sick thirty-eight years.
6 जब येशूले त्यसलाई त्यहाँ पल्टिरहेको देख्नुभयो र उहाँले त्यो मानिस त्यहाँ धेरै समयदेखि रहेको थियो भनी महसुस गर्नुभयो, तब उहाँले त्यसलाई भन्नुभयो, “के तिमी स्वस्थ हुन चाहन्छौ?”
When Jesus saw him lying, and knew that he had been already a long time in that condition, he said to him: Do you wish to be restored to health?
7 त्यो बिरामी मानिसले जवाफ दियो, “महाशय, पानी छचल्किँदा मलाई पानीमा राखिदिने मेरो कोही पनि छैन । म आउँदा मभन्दा अगि अर्को पसिहाल्छ ।”
The sick man answered him: Sir, I have no man to put me into the pool when the water is stirred; but while I am coming, another goes down before me.
8 येशूले त्यसलाई भन्नुभयो, “उठ, आफ्नो चकटी लेऊ, र हिँड ।”
Jesus said to him: Arise, take up your bed and walk.
9 त्यो मानिस तुरुन्तै निको भयो र त्यसले आफ्नो ओछ्यान उठायो, र हिँड्यो । अब त्यो विश्रामको दिन थियो ।
And the man was immediately restored to health; and he took up his bed and walked. And that day was the sabbath.
10 त्यसैले, यहूदीहरूले त्यो निको भएको मानिसलाई भने, “यो विश्रामको दिन हो, र तिमीलाई तिम्रो चकटी बोकेर हिँड्ने अनुमति छैन ।”
The Jews, therefore, said to him that was cured: It is the sabbath; it is not lawful for you to carry your bed.
11 त्यसले जवाफ दियो, “जसले मलाई स्वस्थ बनाउनुभयो, उहाँले नै मलाई ‘तिम्रो चकटी उठाऊ र हिँड’ भन्नुभयो ।”
He answered them: He that restored me to health said to me, Take up your bed and walk.
12 उनीहरूले त्यसलाई भने, “तिमीलाई ‘तिम्रो यो उठाऊ र हिँड’ भन्ने त्यो मानिस को हो?”
Then they asked him: Who is he that said to you, Take up your bed and walk?
13 तापनि येशू सुटुक्क गइसक्नुभएकोले जो निको भएको थियो, त्यसलाई उहाँ को हुनुहुन्थ्यो भन्ने थाहा थिएन, किनकि त्यहाँ भिड लागेको थियो ।
But he that had been restored to health knew not who he was; for Jesus had withdrawn himself, because a multitude was in the place.
14 पछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्टाउनुभयो र भन्नुभयो, “हेर, तिमी स्वस्थ भएका छौ । अब पाप नगर, ताकि तिमीमाथि योभन्दा झन् खराबी आइनपरोस् ।”
After this Jesus found him in the temple, and said to him: Behold, you have been restored to health; sin no more, lest some worse thing befall you.
15 त्यो मानिस गयो र त्यसलाई स्वस्थ बनाउने येशू हुनुहुँदोरहेछ भनी त्यसले यहूदीहरूलाई बतायो ।
The man departed, and told the Jews that it was Jesus that had restored him to health.
16 अब यी कुराहरूका कारणले यहूदीहरूले येशूलाई सताए, किनकि उहाँले यी कुराहरू विश्रामको दिनमा गर्नुभएको थियो ।
And for this reason did the Jews persecute Jesus, and seek to kill him, because he had done these things on the sabbath.
17 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मेरा पिताले अहिले पनि काम गरिरहनुभएको छ र म पनि काम गरिरहेको छु ।”
But Jesus answered them: My Father works till now, and I also work.
18 यसले गर्दा यहूदीहरूले उहाँलाई झनै मार्न खोजे, किनकि उहाँले विश्राम दिन मात्र तोड्नुभएन, तर आफैँलाई परमेश्वर समान तुल्याएर परमेश्वरलाई पिता भन्नुभयो ।
For this reason, therefore, the Jews sought the more to kill him, because he had not only broken the sabbath, but also said that God was his own father, making himself equal with God.
19 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो, पिताले गरिरहनुभएको देख्नु बाहेक पुत्र आफैँले केही गर्न सक्दैन, किनकि पिताले जे गरिरहनुभएको छ पुत्रले पनि त्यही कुराहरू गर्छ ।
Then Jesus answered and said to them: Verily, verily I say to you, The Son can do nothing of himself, but what he sees the Father do; for whatever things he does, these also the Son does in like manner.
20 किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँ आफूले गर्नुहुने सबै कुरा पुत्रलाई देखाउनुहुन्छ अनि उहाँले उनलाई यी कुराहरूभन्दा पनि ठुला कुराहरू देखाउनुहुनेछ, ताकि तिमीहरू अचम्मित हुन सक ।
For the Father loves the Son, and shows him all things that he himself does; and he will show him greater works than these, that you may be astonished.
21 किनकि पिताले जसरी मृतकलाई जीवित पार्नुहुन्छ, र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई चाहन्छ त्यसलाई जीवन दिन्छ ।
For as the Father raises the dead, and makes them alive, so also the Son makes alive whom he will.
22 किनकि पिताले कसैको न्याय गर्नुहुन्न, तर उहाँले न्याय गर्ने सबै काम पुत्रलाई दिनुभएको छ ।
For the Father judges no one, but has given all judicial authority to the Son;
23 त्यसैले, तिनीहरूले पितालाई आदर गरेझैँ, सबैले पुत्रलाई आदर गर्नेछन् । जसले पुत्रलाई आदर गर्दैन, त्यसले उहाँलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन ।
that all may honor the Son, as they honor the Father. He that honors not the Son, honors not the Father who sent him.
24 साँचो, साँचो, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्वास गर्छ त्यससँग अनन्त जीवन हुन्छ र त्यो दोषी ठहराइनेछैन, तर त्यो मृत्युबाट जीवनमा सरेको छ । (aiōnios )
Verily, verily I say to you, He that hears my word, and believes on him that sent me, has eternal life, and comes not into condemnation, but has passed from death into life. (aiōnios )
25 साँचो, साँचो म तिमीहरूलाई भन्छु, समय आइरहेको छ र यो अहिले नै हो, जब मृतकहरूले परमेश्वरका पुत्रको सोर सुन्नेछन्, र ती सुन्नेहरू बाँच्नेछन् ।
Verily, verily I say to you, The hour is coming, and now is, when the dead shall hear the voice of the Son of God, and those who hear, shall live.
26 किनकि जसरी पिता आफैँसँग जीवन छ, त्यसरी नै उहाँले पुत्रलाई पनि दिनुभएको छ, ताकि ऊ आफैँसँग जीवन होस्,
For as the Father has life in himself, so has he given to the Son also to have life in himself;
27 र पिताले पुत्रलाई न्याय गर्ने अधिकार दिनुभएको छ । किनकि ऊ मानिसका पुत्र हो ।
and he has given him authority to execute judgment also, because he is the Son of man.
28 यस कुरामा तिमीहरू अचम्म नमान, किनकि चिहानमा हुनेहरूले उसको सोर सुन्ने समय आइरहेको छ,
Be not astonished at this; for the hour is coming in which all that are in the graves shall hear his voice,
29 र तिनीहरू चिहानबाट बाहिर आउनेछन्ः असल गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति र दुष्ट काम गर्नेहरू न्यायको पुनरुत्थानको निम्ति ।
and shall come forth; those who have done good, to the resurrection of life, and those who have done evil, to the resurrection of condemnation.
30 म आफैँले केही गर्न सक्दिनँ । म जस्तो सुन्छु त्यस्तै न्याय गर्छु र मेरो न्याय धार्मिक हुन्छ, किनकि मैले आफ्नो इच्छा खोजिरहेको छैनँ, तर मलाई पठाउनुहुनेको इच्छा खोजिरहेको छु ।
I can of myself do nothing. As I hear, I judge; and my judgment is just, because I seek not my own will, but the will of him that sent me.
31 यदि म आफैँले आफ्नै बारेमा गवाही दिने हो भने मेरो गवाही सत्य हुँदैनथ्यो ।
If I testify concerning myself, my testimony is not worthy of credit.
32 मेरो बारेमा गवाही दिनुहुने अर्को एक जना हुनुहुन्छ, र म जान्दछु, कि उहाँले मेरो विषयमा दिनुहुने गवाही सत्य हुन्छ ।
There is another that testifies concerning me, and I know that the testimony which he testifies concerning me is worthy of credit.
33 तिमीहरूले यूहन्नाकहाँ पठाएका छौ र उनले सत्य गवाही दिएका छन् ।
You sent to John, and he bore testimony to the truth.
34 तर मैले प्राप्त गर्ने त्यो गवाही मानिसबाट आएको होइन । तिमीहरूलाई बचाइयोस् भनी म यी कुराहरू भन्छु ।
But I receive not testimony from man; yet I say these things that you may be saved.
35 यूहन्ना बोलिरहेका र चम्किरहेका बत्ती थिए र तिमीहरू उनको ज्योतिमा केही क्षणका लागि आनन्द मनाउन तत्पर थियौ ।
He was the burning and shining lamp; and you were willing, for a time, to rejoice in his light.
36 तैपनि मसँग भएको गवाही त्योभन्दा पनि महान् छ, किनकि पिताले मलाई पुरा गर्न दिनुभएका कामहरू र मैले गर्ने कामहरूले नै मलाई पिताले पठाउनुभएको हो भन्ने गवाही दिन्छन् ।
But I have testimony greater than that of John; for the works which the Father has given me to finish, these very works which I do, testify concerning me, that the Father has sent me.
37 मलाई पठाउनुहुने पिता आफैँले मेरो विषयमा गवाही दिनुभएको छ । तिमीहरूले न उहाँको सोर सुनेका छौ न उहाँको रूप नै कहिल्यै देखेका छौ ।
And the Father, who sent me, has testified concerning me. You have, neither heard his voice at any time, nor seen his shape.
38 तिमीहरूमा उहाँको वचन रहेको छैन, किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्वास गरिरहेका छैनौ ।
And his word you have not remaining in you; for whom he has sent, him you believe not.
39 तिमीहरू धर्मशास्त्रमा खोज्दछौ, किनकि तिनमा तिमीहरूको निम्ति अनन्त जीवन छ भन्ने सोच्दछौ र यी नै धर्मशास्त्रहरूले मेरो विषयमा गवाही दिन्छन्, (aiōnios )
You search the scriptures, because in them you think you have eternal life; and these are they which testify concerning me: (aiōnios )
40 र तिमीहरू जीवन पाउन मकहाँ आउन तत्पर छैनौ ।
and yet you refuse to come to me, that you may have life.
41 म मनिसहरूबाट प्रशंसा प्राप्त गर्दिनँ,
I receive not honor from men.
42 तर म जान्दछु, तिमीहरू आफैँमा परमेश्वरको प्रेम छैन ।
But I know you, that you have not the love of God in you.
43 म मेरा पिताको नाउँमा आएको छु, र तिमीहरू मलाई स्वीकार गर्दैनौ । यदि आफ्नै नाउँमा अर्को कोही आउने हो भने तिमीहरूले त्यसलाई स्वीकार गर्छौ ।
I have come in my Father’s name, and you receive me not; if another should come in his own name, him you would receive.
44 एक अर्कोबाट प्रशंसा खोज्ने तर परमेश्वरबाट मात्र आउने प्रशंसा नखोज्नलाई तिमीहरूले कसरी विश्वास गर्न सक्छौ?
How can you believe who receive honor one from another, and seek not the honor that comes from God alone?
45 पिताको सामु तिमीहरूलाई म आफैँले दोष लगाउँछु भन्ने तिमीहरू नसोच । तिमीहरूले आशा राखेका मोशाले नै तिमीहरूलाई दोष लगाउँछन् ।
Think not that I will accuse you to the Father: there is one that accuses you, Moses, in whom you trust.
46 यदि तिमीहरूले मोशामा विश्वास गर्थ्यौ भने तिमीहरूले ममा पनि विश्वास गर्ने थियौ, किनकि उनले मेरो विषयमा लेखे ।
For if you had believed Moses, you would have believed me; for he wrote of me.
47 यदि तिमीहरूले उनले लेखेका कुराहरूमा विश्वास गर्दैनौ भने तिमीहरूले मेरो वचनमा कसरी विश्वास गर्छौ र?”
But if you believe not his writings, how shall you believe my words?