< यूहन्‍ना 21 >

1 यी कुराहरूपछि येशू आफैँ फेरि तिबेरियास समुद्रमा चेलाहरूकहाँ देखा पर्नुभयो, उहाँ यसरी देखा पर्नुभयो ।
tataḥ paraṁ tibiriyājaladhestaṭe yīśuḥ punarapi śiṣyebhyo darśanaṁ dattavān darśanasyākhyānamidam|
2 सिमोन पत्रुस, दिदुमस भनिने थोमा, गालीलको कानाका नथानेल, जब्दियाका छोराहरू, र येशूका अरू दुई चेलासँगै थिए ।
śimonpitaraḥ yamajathomā gālīlīyakānnānagaranivāsī nithanel sivadeḥ putrāvanyau dvau śiṣyau caiteṣvekatra militeṣu śimonpitaro'kathayat matsyān dhartuṁ yāmi|
3 सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जाँदै छु ।” तिनीहरूले तिनलाई भने, “हामी पनि तिमीसँगै आउनेछौँ ।” तिनीहरू गए, र डुङ्गामा चढे, तर रातभरिमा तिनीहरूले कुनै पनि माछा पक्रेनन् ।
tataste vyāharan tarhi vayamapi tvayā sārddhaṁ yāmaḥ tadā te bahirgatāḥ santaḥ kṣipraṁ nāvam ārohan kintu tasyāṁ rajanyām ekamapi na prāpnuvan|
4 अब बिहान सबेरै थियो । येशू समुद्रको किनारमा खडा हुनुभयो, तर उहाँ येशू हुनुहुन्थ्यो भनी चेलाहरूले चिनेनन् ।
prabhāte sati yīśustaṭe sthitavān kintu sa yīśuriti śiṣyā jñātuṁ nāśaknuvan|
5 त्यसैले, येशूले तिनीहरूलाई भन्‍नुभयो, “ए जवान मानिसहरू, के तिमीहरूसँग कुनै खानेकुरा छ?” उनीहरूले उहाँलाई जवाफ दिए, “छैन ।”
tadā yīśurapṛcchat, he vatsā sannidhau kiñcit khādyadravyam āste? te'vadan kimapi nāsti|
6 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको जाल डुङ्गाको दाहिनेपट्टि हान, अनि तिमीहरूले केही भेट्टाउनेछौ ।” त्यसैले, तिनीहरूले आफ्नो जाल हाने, तर माछाहरू अति धेरै भएकोले तिनीहरूले त्यो तान्‍न सकेनन् ।
tadā so'vadat naukāyā dakṣiṇapārśve jālaṁ nikṣipata tato lapsyadhve, tasmāt tai rnikṣipte jāle matsyā etāvanto'patan yena te jālamākṛṣya nottolayituṁ śaktāḥ|
7 तब येशूले प्रेम गर्नुभएका चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु हुनुहुन्छ ।” जब सिमोन पत्रुसले उहाँ प्रभु हुनुहुन्छ भन्‍ने सुने, तिनले तिनको बाहिरी वस्‍त्र बाँधे (किनकि तिनले त्यो फुकालेका थिए), र समुद्रमा आफैँ हाम्फाले ।
tasmād yīśoḥ priyatamaśiṣyaḥ pitarāyākathayat eṣa prabhu rbhavet, eṣa prabhuriti vācaṁ śrutvaiva śimon nagnatāheto rmatsyadhāriṇa uttarīyavastraṁ paridhāya hradaṁ pratyudalamphayat|
8 अरू चेलाहरू डुङ्गामा चढे (किनकि तिनीहरू जमिनबाट धेरै टाढा थिएनन्, करिब सय मिटर टाढा मात्र थिए), र तिनीहरूले माछाले भरिएको जाल तानिरहेका थिए ।
apare śiṣyā matsyaiḥ sārddhaṁ jālam ākarṣantaḥ kṣudranaukāṁ vāhayitvā kūlamānayan te kūlād atidūre nāsan dviśatahastebhyo dūra āsan ityanumīyate|
9 जब तिनीहरू जमिनमा उत्रे, तिनीहरूले आगोको भुङ्ग्रो र त्यसमा रोटीसँगै माछा राखेको देखे ।
tīraṁ prāptaistaistatra prajvalitāgnistadupari matsyāḥ pūpāśca dṛṣṭāḥ|
10 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले भर्खरै पक्रेका केही माछाहरू ल्याओ ।”
tato yīśurakathayad yān matsyān adharata teṣāṁ katipayān ānayata|
11 तब सिमोन पत्रुस गए, र एक सय त्रिपन्‍नवटा ठुला-ठुला माछाले भरिएको त्यो जाल जमिनमा ल्याए । त्यहाँ यति धैरै माछाहरू थिए, तर पनि जाल च्यातिएन ।
ataḥ śimonpitaraḥ parāvṛtya gatvā bṛhadbhistripañcāśadadhikaśatamatsyaiḥ paripūrṇaṁ tajjālam ākṛṣyodatolayat kintvetāvadbhi rmatsyairapi jālaṁ nāchidyata|
12 येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, र खाजा खाओ ।” कुनै पनि चेलाले “तपाईं को हुनुहुन्छ?” भनी उहाँलाई सोध्‍ने साहस गरेन ।
anantaraṁ yīśustān avādīt yūyamāgatya bhuṁgdhvaṁ; tadā saeva prabhuriti jñātatvāt tvaṁ kaḥ? iti praṣṭuṁ śiṣyāṇāṁ kasyāpi pragalbhatā nābhavat|
13 येशू आउनुभयो र रोटी लिनुभयो, र तिनीहरूलाई दिनुभयो र माछा पनि दिनुभयो ।
tato yīśurāgatya pūpān matsyāṁśca gṛhītvā tebhyaḥ paryyaveṣayat|
14 मृत्युबाट जीवित हुनुभएपछि येशूले आफूलाई चेलाहरूकहाँ प्रकट गर्नुभएको यो तेस्रो पटक थियो ।
itthaṁ śmaśānādutthānāt paraṁ yīśuḥ śiṣyebhyastṛtīyavāraṁ darśanaṁ dattavān|
15 तिनीहरूले खाजा खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमीले मलाई यिनीहरूभन्दा पनि बढी प्रेम गर्छौ?” पत्रुसले उहाँलाई भने, “हो प्रभु, तपाईं जान्‍नुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा थुमाहरूलाई खुवाऊ ।”
bhojane samāpte sati yīśuḥ śimonpitaraṁ pṛṣṭavān, he yūnasaḥ putra śimon tvaṁ kim etebhyodhikaṁ mayi prīyase? tataḥ sa uditavān satyaṁ prabho tvayi prīye'haṁ tad bhavān jānāti; tadā yīśurakathayat tarhi mama meṣaśāvakagaṇaṁ pālaya|
16 उहाँले तिनलाई फेरि दोस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुसले उहाँलाई जवाफ दिए, “हो प्रभु, तपाईं जानुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूको हेरचाह गर ।”
tataḥ sa dvitīyavāraṁ pṛṣṭavān he yūnasaḥ putra śimon tvaṁ kiṁ mayi prīyase? tataḥ sa uktavān satyaṁ prabho tvayi prīye'haṁ tad bhavān jānāti; tadā yīśurakathayata tarhi mama meṣagaṇaṁ pālaya|
17 उहाँले तिनलाई तेस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुस निराश भए, किनकि येशूले तिनलाई “के तिमी मलाई प्रेम गर्छौ?” भनी तेस्रो पटक सोध्‍नुभएको थियो । तिनले उहाँलाई भने, “प्रभु, तपाईं सबै थोक जानुहुन्छ, कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूलाई खुवाऊ ।”
paścāt sa tṛtīyavāraṁ pṛṣṭavān, he yūnasaḥ putra śimon tvaṁ kiṁ mayi prīyase? etadvākyaṁ tṛtīyavāraṁ pṛṣṭavān tasmāt pitaro duḥkhito bhūtvā'kathayat he prabho bhavataḥ kimapyagocaraṁ nāsti tvayyahaṁ prīye tad bhavān jānāti; tato yīśuravadat tarhi mama meṣagaṇaṁ pālaya|
18 साँचो साँचो म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ, तिमी आफैँ कपडा लगाउँथ्यौ र जहाँ जान चाहन्थ्यौ त्यतै जान्थ्यौ, तर जब तिमी वृद्ध हुन्छौ, तिमीले आफ्ना हात पसार्नेछौ र कसैले तिमीलाई कपडा लगाइदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ तिमीलाई बोकेर लगिन्छ ।
ahaṁ tubhyaṁ yathārthaṁ kathayāmi yauvanakāle svayaṁ baddhakaṭi ryatrecchā tatra yātavān kintvitaḥ paraṁ vṛddhe vayasi hastaṁ vistārayiṣyasi, anyajanastvāṁ baddhvā yatra gantuṁ tavecchā na bhavati tvāṁ dhṛtvā tatra neṣyati|
19 पत्रुसले कस्तो किसिमको मृत्युले परमेश्‍वरलाई महिमा दिन्छ भनी सङ्केत गर्न येशूले यसो भन्‍नुभयो । उहाँले यो बताउनुभएपछि पत्रुसलाई भन्‍नुभयो, “मलाई पछ्याऊ ।”
phalataḥ kīdṛśena maraṇena sa īśvarasya mahimānaṁ prakāśayiṣyati tad bodhayituṁ sa iti vākyaṁ proktavān| ityukte sati sa tamavocat mama paścād āgaccha|
20 पत्रुस फर्केर हेर्दा तिनले येशूले प्रेम गर्नुभएका चेला अर्थात् भोजमा येशूको छातीमा अडेस लगाएर बस्‍ने र उहाँलाई, “प्रभु, तपाईंलाई विश्‍वासघात गर्ने को हो?” भनी सोध्‍ने चेला उहाँहरूको पछिपछि आइरहेको देखे ।
yo jano rātrikāle yīśo rvakṣo'valambya, he prabho ko bhavantaṁ parakareṣu samarpayiṣyatīti vākyaṁ pṛṣṭavān, taṁ yīśoḥ priyatamaśiṣyaṁ paścād āgacchantaṁ
21 पत्रुसले तिनलाई देखे, र येशूलाई भने, “प्रभु, यी मानिसले चाहिँ के गर्नेछन्?”
pitaro mukhaṁ parāvarttya vilokya yīśuṁ pṛṣṭavān, he prabho etasya mānavasya kīdṛśī gati rbhaviṣyati?
22 येशूले तिनलाई भन्‍नुभयो, “यदि म नआउञ्‍जेसम्म तिनी रहेको चाहेँ भने पनि तिमीलाई के भयो त? मलाई पछ्याऊ ।”
sa pratyavadat, mama punarāgamanaparyyantaṁ yadi taṁ sthāpayitum icchāmi tatra tava kiṁ? tvaṁ mama paścād āgaccha|
23 त्यसैले, ती चेला मर्नेछैनन् भन्‍ने यो भनाइ भाइहरूमाझ फैलियो । तरै पनि येशूले पत्रुसलाई अर्का चेला मर्दैनन् भन्‍नुभएन, तर “यदि म नआउञ्‍जेसम्म तिनी रहेको चाहेँ भने पनि तिमीलाई के भयो त?” भन्‍नुभएको थियो ।
tasmāt sa śiṣyo na mariṣyatīti bhrātṛgaṇamadhye kiṁvadantī jātā kintu sa na mariṣyatīti vākyaṁ yīśu rnāvadat kevalaṁ mama punarāgamanaparyyantaṁ yadi taṁ sthāpayitum icchāmi tatra tava kiṁ? iti vākyam uktavān|
24 यी कुराहरूको गवाही दिने, र यी कुराहरू लेख्‍ने यिनै चेला हुन्, र हामी जान्‍दछौँ, कि तिनको गवाही सत्य छ ।
yo jana etāni sarvvāṇi likhitavān atra sākṣyañca dattavān saeva sa śiṣyaḥ, tasya sākṣyaṁ pramāṇamiti vayaṁ jānīmaḥ|
25 येशूले गर्नुभएका अरू धेरै कुराहरू पनि छन् । यदि ती सबै लेखिएका भए, मलाई लाग्छ, ती लेखिएका पुस्तकहरू संसारमा पनि अटाउने थिएनन् ।
yīśuretebhyo'parāṇyapi bahūni karmmāṇi kṛtavān tāni sarvvāṇi yadyekaikaṁ kṛtvā likhyante tarhi granthā etāvanto bhavanti teṣāṁ dhāraṇe pṛthivyāṁ sthānaṁ na bhavati| iti||

< यूहन्‍ना 21 >