< यूहन्ना 21 >
1 यी कुराहरूपछि येशू आफैँ फेरि तिबेरियास समुद्रमा चेलाहरूकहाँ देखा पर्नुभयो, उहाँ यसरी देखा पर्नुभयो ।
Později se Ježíš zjevil učedníkům na břehu Genezaretského jezera.
2 सिमोन पत्रुस, दिदुमस भनिने थोमा, गालीलको कानाका नथानेल, जब्दियाका छोराहरू, र येशूका अरू दुई चेलासँगै थिए ।
Šimon Petr tehdy totiž řekl ostatním: „Jdu lovit ryby.“Někteří se přidali: „Půjdeme s tebou.“Byli to: Tomáš Dvojče, Natanael z galilejské Káně, Jakub a Jan a ještě další dva. Vypluli na jezero, ale celou noc se namáhali zbytečně.
3 सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जाँदै छु ।” तिनीहरूले तिनलाई भने, “हामी पनि तिमीसँगै आउनेछौँ ।” तिनीहरू गए, र डुङ्गामा चढे, तर रातभरिमा तिनीहरूले कुनै पनि माछा पक्रेनन् ।
4 अब बिहान सबेरै थियो । येशू समुद्रको किनारमा खडा हुनुभयो, तर उहाँ येशू हुनुहुन्थ्यो भनी चेलाहरूले चिनेनन् ।
Za svítání si všimli, že někdo stojí na břehu.
5 त्यसैले, येशूले तिनीहरूलाई भन्नुभयो, “ए जवान मानिसहरू, के तिमीहरूसँग कुनै खानेकुरा छ?” उनीहरूले उहाँलाई जवाफ दिए, “छैन ।”
Zavolal na ně: „Přátelé, máte něco k jídlu?“„Nemáme. Nic jsme neulovili, “odpověděli.
6 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूको जाल डुङ्गाको दाहिनेपट्टि हान, अनि तिमीहरूले केही भेट्टाउनेछौ ।” त्यसैले, तिनीहरूले आफ्नो जाल हाने, तर माछाहरू अति धेरै भएकोले तिनीहरूले त्यो तान्न सकेनन् ।
„Já vám poradím: Hoďte síť na pravou stranu a ulovíte!“Uposlechli a nemohli přeplněnou síť ani utáhnout.
7 तब येशूले प्रेम गर्नुभएका चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु हुनुहुन्छ ।” जब सिमोन पत्रुसले उहाँ प्रभु हुनुहुन्छ भन्ने सुने, तिनले तिनको बाहिरी वस्त्र बाँधे (किनकि तिनले त्यो फुकालेका थिए), र समुद्रमा आफैँ हाम्फाले ।
Jan řekl Petrovi: „To je Pán!“Jakmile to Petr uslyšel, přioblékl se a brodil se ke břehu.
8 अरू चेलाहरू डुङ्गामा चढे (किनकि तिनीहरू जमिनबाट धेरै टाढा थिएनन्, करिब सय मिटर टाढा मात्र थिए), र तिनीहरूले माछाले भरिएको जाल तानिरहेका थिए ।
Ostatním učedníkům ještě chvíli trvalo, než se člunem a sítí plnou ryb překonali tu nevelkou vzdálenost.
9 जब तिनीहरू जमिनमा उत्रे, तिनीहरूले आगोको भुङ्ग्रो र त्यसमा रोटीसँगै माछा राखेको देखे ।
Když vystoupili na břeh, uviděli ohniště, na kterém se pekla ryba a chléb.
10 येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले भर्खरै पक्रेका केही माछाहरू ल्याओ ।”
„Přineste několik ryb ze svého úlovku, “řekl jim Ježíš.
11 तब सिमोन पत्रुस गए, र एक सय त्रिपन्नवटा ठुला-ठुला माछाले भरिएको त्यो जाल जमिनमा ल्याए । त्यहाँ यति धैरै माछाहरू थिए, तर पनि जाल च्यातिएन ।
Petr šel a vytáhl na břeh síť plnou velkých ryb. Napočítal jich sto padesát tři, a přesto se síť nepotrhala.
12 येशूले तिनीहरूलाई भन्नुभयो, “आओ, र खाजा खाओ ।” कुनै पनि चेलाले “तपाईं को हुनुहुन्छ?” भनी उहाँलाई सोध्ने साहस गरेन ।
„A teď se pojďte nasnídat, “pozval je Ježíš. Nevyptávali se ho, kdo je; věděli že je to Pán.
13 येशू आउनुभयो र रोटी लिनुभयो, र तिनीहरूलाई दिनुभयो र माछा पनि दिनुभयो ।
Ježíš jim rozdělil chléb i ryby.
14 मृत्युबाट जीवित हुनुभएपछि येशूले आफूलाई चेलाहरूकहाँ प्रकट गर्नुभएको यो तेस्रो पटक थियो ।
To bylo Ježíšovo třetí setkání s učedníky po vzkříšení.
15 तिनीहरूले खाजा खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्नुभयो, “यूहन्नाका छोरा सिमोन, के तिमीले मलाई यिनीहरूभन्दा पनि बढी प्रेम गर्छौ?” पत्रुसले उहाँलाई भने, “हो प्रभु, तपाईं जान्नुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्नुभयो, “मेरा थुमाहरूलाई खुवाऊ ।”
Když pojedli, rozvinul se mezi Ježíšem a Petrem tento rozhovor: „Šimone, miluješ mne více než ostatní?“„Ano, Pane, ty víš, že tě mám rád.“„Pas mé beránky!“
16 उहाँले तिनलाई फेरि दोस्रो पटक भन्नुभयो, “यूहन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुसले उहाँलाई जवाफ दिए, “हो प्रभु, तपाईं जानुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्नुभयो, “मेरा भेडाहरूको हेरचाह गर ।”
Podruhé se zeptal: „Miluješ mne, Šimone?“„Ano, Pane, ty víš, že tě mám rád.“„Pečuj o mé ovce!“
17 उहाँले तिनलाई तेस्रो पटक भन्नुभयो, “यूहन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुस निराश भए, किनकि येशूले तिनलाई “के तिमी मलाई प्रेम गर्छौ?” भनी तेस्रो पटक सोध्नुभएको थियो । तिनले उहाँलाई भने, “प्रभु, तपाईं सबै थोक जानुहुन्छ, कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्नुभयो, “मेरा भेडाहरूलाई खुवाऊ ।”
Zeptal se ho ještě potřetí: „Šimone, máš mne rád?“Petra zarmoutilo, že se ho potřetí zeptal, zda ho má rád, a odpověděl: „Pane, ty víš všechno, i to, že tě mám rád.“„Starej se o mé ovečky! –
18 साँचो साँचो म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ, तिमी आफैँ कपडा लगाउँथ्यौ र जहाँ जान चाहन्थ्यौ त्यतै जान्थ्यौ, तर जब तिमी वृद्ध हुन्छौ, तिमीले आफ्ना हात पसार्नेछौ र कसैले तिमीलाई कपडा लगाइदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ तिमीलाई बोकेर लगिन्छ ।
Na jedno však nezapomeň: Donedávna jsi chodil, kam jsi chtěl. Jako stařec rozpřáhneš ruce, přivážou tě a povedou vstříc smrti.“
19 पत्रुसले कस्तो किसिमको मृत्युले परमेश्वरलाई महिमा दिन्छ भनी सङ्केत गर्न येशूले यसो भन्नुभयो । उहाँले यो बताउनुभएपछि पत्रुसलाई भन्नुभयो, “मलाई पछ्याऊ ।”
Tím mu chtěl naznačit, že bude ukřižován a touto smrtí oslaví Boha. A pak ještě dodal: „Následuj mne!“
20 पत्रुस फर्केर हेर्दा तिनले येशूले प्रेम गर्नुभएका चेला अर्थात् भोजमा येशूको छातीमा अडेस लगाएर बस्ने र उहाँलाई, “प्रभु, तपाईंलाई विश्वासघात गर्ने को हो?” भनी सोध्ने चेला उहाँहरूको पछिपछि आइरहेको देखे ।
Petr si všiml, že za nimi jde učedník, který byl Ježíšovi tak blízký. (Ten se při poslední večeři ptal, kdo Ježíše zradí.)
21 पत्रुसले तिनलाई देखे, र येशूलाई भने, “प्रभु, यी मानिसले चाहिँ के गर्नेछन्?”
Petr se zeptal: „Pane, co bude s ním?“
22 येशूले तिनलाई भन्नुभयो, “यदि म नआउञ्जेसम्म तिनी रहेको चाहेँ भने पनि तिमीलाई के भयो त? मलाई पछ्याऊ ।”
Ježíš odpověděl: „Kdybych ho tu ponechal až do svého příchodu, je to moje věc. Nestarej se o to, ale pojď mojí cestou!“
23 त्यसैले, ती चेला मर्नेछैनन् भन्ने यो भनाइ भाइहरूमाझ फैलियो । तरै पनि येशूले पत्रुसलाई अर्का चेला मर्दैनन् भन्नुभएन, तर “यदि म नआउञ्जेसम्म तिनी रहेको चाहेँ भने पनि तिमीलाई के भयो त?” भन्नुभएको थियो ।
O tom učedníkovi se rozhlásilo, že nezemře, ale Ježíš nic takového neřekl.
24 यी कुराहरूको गवाही दिने, र यी कुराहरू लेख्ने यिनै चेला हुन्, र हामी जान्दछौँ, कि तिनको गवाही सत्य छ ।
Je to učedník, který to všechno zaznamenal, a jeho svědectví je spolehlivé.
25 येशूले गर्नुभएका अरू धेरै कुराहरू पनि छन् । यदि ती सबै लेखिएका भए, मलाई लाग्छ, ती लेखिएका पुस्तकहरू संसारमा पनि अटाउने थिएनन् ।
Ježíš učinil ještě mnoho jiného, co tu není zaznamenáno. Kdyby se to všechno mělo vypsat, svět by to nemohl pochopit. To, co je zapsáno, stačí, abyste uvěřili, že Ježíš je Kristus, Boží Syn, a aby se vám v něm otevřel věčný život.