< यूहन्ना 20 >
1 हप्ताको पहिले दिन सबेरै अँध्यारो छँदै मरियम मग्दलिनी चिहानमा आइन्, र तिनले चिहानबाट ढुङ्गा हटाइएको देखिन ।
ਅਨਨ੍ਤਰੰ ਸਪ੍ਤਾਹਸ੍ਯ ਪ੍ਰਥਮਦਿਨੇ (ਅ)ਤਿਪ੍ਰਤ੍ਯੂਸ਼਼ੇ (ਅ)ਨ੍ਧਕਾਰੇ ਤਿਸ਼਼੍ਠਤਿ ਮਗ੍ਦਲੀਨੀ ਮਰਿਯਮ੍ ਤਸ੍ਯ ਸ਼੍ਮਸ਼ਾਨਸ੍ਯ ਨਿਕਟੰ ਗਤ੍ਵਾ ਸ਼੍ਮਸ਼ਾਨਸ੍ਯ ਮੁਖਾਤ੍ ਪ੍ਰਸ੍ਤਰਮਪਸਾਰਿਤਮ੍ ਅਪਸ਼੍ਯਤ੍|
2 यसकारण तिनी दौडिन्, अनि सिमोन पत्रुस र येशूले प्रेम गर्नुभएका अर्का चेलाकहाँ आइन्, र तिनले तिनीहरूलाई भनिन्, “तिनीहरूले हाम्रा प्रभुलाई चिहानबाट निकालेर लगेछन्, अनि तिनीहरूले कहाँ राखेका छन्, हामी जान्दैनौँ ।”
ਪਸ਼੍ਚਾਦ੍ ਧਾਵਿਤ੍ਵਾ ਸ਼ਿਮੋਨ੍ਪਿਤਰਾਯ ਯੀਸ਼ੋਃ ਪ੍ਰਿਯਤਮਸ਼ਿਸ਼਼੍ਯਾਯ ਚੇਦਮ੍ ਅਕਥਯਤ੍, ਲੋਕਾਃ ਸ਼੍ਮਸ਼ਾਨਾਤ੍ ਪ੍ਰਭੁੰ ਨੀਤ੍ਵਾ ਕੁਤ੍ਰਾਸ੍ਥਾਪਯਨ੍ ਤਦ੍ ਵਕ੍ਤੁੰ ਨ ਸ਼ਕ੍ਨੋਮਿ|
3 तब पत्रुस र ती अर्का चेला बाहिर निस्के र तिनीहरू चिहानतिर गए ।
ਅਤਃ ਪਿਤਰਃ ਸੋਨ੍ਯਸ਼ਿਸ਼਼੍ਯਸ਼੍ਚ ਬਰ੍ਹਿ ਰ੍ਭੁਤ੍ਵਾ ਸ਼੍ਮਸ਼ਾਨਸ੍ਥਾਨੰ ਗਨ੍ਤੁਮ੍ ਆਰਭੇਤਾਂ|
4 तिनीहरू दुवै जना सँगसँगै दौडे, अर्का चेला चाँडै पत्रुसभन्दा अगि दौडे, अनि चिहानमा पहिले आइपुगे ।
ਉਭਯੋਰ੍ਧਾਵਤੋਃ ਸੋਨ੍ਯਸ਼ਿਸ਼਼੍ਯਃ ਪਿਤਰੰ ਪਸ਼੍ਚਾਤ੍ ਤ੍ਯਕ੍ਤ੍ਵਾ ਪੂਰ੍ੱਵੰ ਸ਼੍ਮਸ਼ਾਨਸ੍ਥਾਨ ਉਪਸ੍ਥਿਤਵਾਨ੍|
5 तिनले निहुरिएर चिहानभित्र हेरे; तिनले सुतीका कपडाहरू पडिरहेको देखे, तर तिनी भित्र पसेनन् ।
ਤਦਾ ਪ੍ਰਹ੍ਵੀਭੂਯ ਸ੍ਥਾਪਿਤਵਸ੍ਤ੍ਰਾਣਿ ਦ੍ਰੁʼਸ਼਼੍ਟਵਾਨ੍ ਕਿਨ੍ਤੁ ਨ ਪ੍ਰਾਵਿਸ਼ਤ੍|
6 सिमोन पत्रुस तिनीपछि आइपुगे र चिहानभित्र गए । तिनले त्यहाँ सुतीका कपडाहरू पडिरहेका देखे,
ਅਪਰੰ ਸ਼ਿਮੋਨ੍ਪਿਤਰ ਆਗਤ੍ਯ ਸ਼੍ਮਸ਼ਾਨਸ੍ਥਾਨੰ ਪ੍ਰਵਿਸ਼੍ਯ
7 अनि उहाँको शिरको कपडा पनि देखे । यो पडिरहेका कपडाहरूसँग थिएन, तर अलग्गै पट्ट्याइएको थियो ।
ਸ੍ਥਾਪਿਤਵਸ੍ਤ੍ਰਾਣਿ ਮਸ੍ਤਕਸ੍ਯ ਵਸ੍ਤ੍ਰਞ੍ਚ ਪ੍ਰੁʼਥਕ੍ ਸ੍ਥਾਨਾਨ੍ਤਰੇ ਸ੍ਥਾਪਿਤੰ ਦ੍ਰੁʼਸ਼਼੍ਟਵਾਨ੍|
8 त्यसपछि चिहानमा पहिला आइपुग्ने ती अर्का चेला पनि भित्र गए, अनि तिनले देखे र विश्वास गरे ।
ਤਤਃ ਸ਼੍ਮਸ਼ਾਨਸ੍ਥਾਨੰ ਪੂਰ੍ੱਵਮ੍ ਆਗਤੋ ਯੋਨ੍ਯਸ਼ਿਸ਼਼੍ਯਃ ਸੋਪਿ ਪ੍ਰਵਿਸ਼੍ਯ ਤਾਦ੍ਰੁʼਸ਼ੰ ਦ੍ਰੁʼਸ਼਼੍ਟਾ ਵ੍ਯਸ਼੍ਵਸੀਤ੍|
9 त्यसबेलासम्म पनि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुपर्छ भनी तिनीहरूले अझै पनि धर्मशास्त्र बुझेनन् ।
ਯਤਃ ਸ਼੍ਮਸ਼ਾਨਾਤ੍ ਸ ਉੱਥਾਪਯਿਤਵ੍ਯ ਏਤਸ੍ਯ ਧਰ੍ੰਮਪੁਸ੍ਤਕਵਚਨਸ੍ਯ ਭਾਵੰ ਤੇ ਤਦਾ ਵੋੱਧੁੰ ਨਾਸ਼ਨ੍ਕੁਵਨ੍|
10 यसकारण चेलाहरू फेरि घर गए ।
ਅਨਨ੍ਤਰੰ ਤੌ ਦ੍ਵੌ ਸ਼ਿਸ਼਼੍ਯੌ ਸ੍ਵੰ ਸ੍ਵੰ ਗ੍ਰੁʼਹੰ ਪਰਾਵ੍ਰੁʼਤ੍ਯਾਗੱਛਤਾਮ੍|
11 तर मरियमचाहिँ रुँदै चिहानबाहिर उभिएरहेकी थिइन्; तिनले रुँदै निहुरिएर चिहानभित्र हेरिन् ।
ਤਤਃ ਪਰੰ ਮਰਿਯਮ੍ ਸ਼੍ਮਸ਼ਾਨਦ੍ਵਾਰਸ੍ਯ ਬਹਿਃ ਸ੍ਥਿਤ੍ਵਾ ਰੋਦਿਤੁਮ੍ ਆਰਭਤ ਤਤੋ ਰੁਦਤੀ ਪ੍ਰਹ੍ਵੀਭੂਯ ਸ਼੍ਮਸ਼ਾਨੰ ਵਿਲੋਕ੍ਯ
12 तिनले सेतो पहिरनमा येशूको शरीर राखिएको शिरपट्टि एक र पाउपट्टि अर्को गरी दुई जना स्वर्गदूत बसिरहेका देखिन् ।
ਯੀਸ਼ੋਃ ਸ਼ਯਨਸ੍ਥਾਨਸ੍ਯ ਸ਼ਿਰਃਸ੍ਥਾਨੇ ਪਦਤਲੇ ਚ ਦ੍ਵਯੋ ਰ੍ਦਿਸ਼ੋ ਦ੍ਵੌ ਸ੍ਵਰ੍ਗੀਯਦੂਤਾਵੁਪਵਿਸ਼਼੍ਟੌ ਸਮਪਸ਼੍ਯਤ੍|
13 तिनीहरूले तिनलाई भने, “हे नारी, तिमी किन रोइरहेकी छ्यौ?” तिनले तिनीहरूलाई भनिन्, “किनभने तिनीहरूले मेरा प्रभुलाई लगे, अनि मलाई थाहा छैन तिनीहरूले उहाँलाई कहाँ राखेका छन् ।”
ਤੌ ਪ੍ਰੁʼਸ਼਼੍ਟਵਨ੍ਤੌ ਹੇ ਨਾਰਿ ਕੁਤੋ ਰੋਦਿਸ਼਼ਿ? ਸਾਵਦਤ੍ ਲੋਕਾ ਮਮ ਪ੍ਰਭੁੰ ਨੀਤ੍ਵਾ ਕੁਤ੍ਰਾਸ੍ਥਾਪਯਨ੍ ਇਤਿ ਨ ਜਾਨਾਮਿ|
14 जब तिनले यसो भनिन्, तिनी फर्किन्, अनि तिनले त्यहाँ येशू उभिरहनुभएको देखिन्, तर उहाँ येशू नै हुनुहुन्छ भनी तिनले चिनिनन् ।
ਇਤ੍ਯੁਕ੍ਤ੍ਵਾ ਮੁਖੰ ਪਰਾਵ੍ਰੁʼਤ੍ਯ ਯੀਸ਼ੁੰ ਦਣ੍ਡਾਯਮਾਨਮ੍ ਅਪਸ਼੍ਯਤ੍ ਕਿਨ੍ਤੁ ਸ ਯੀਸ਼ੁਰਿਤਿ ਸਾ ਜ੍ਞਾਤੁੰ ਨਾਸ਼ਕ੍ਨੋਤ੍|
15 येशूले तिनलाई भन्नुभयो, “ए नारी! तिमी किन रोइरहेकी छ्यौ? तिमी कसलाई खोज्दै छ्यौ?” तिनले ती मानिस बगैँचाका माली हुन् भनी ठानिन्, र तिनले भनिन्, “महाशय, यदि तपाईंले उहाँलाई लानुभएको छ भने मलाई बताउनुहोस् तपाईंले उहाँलाई कहाँ राख्नुभएको छ, र म उहाँलाई लिएर जानेछु ।”
ਤਦਾ ਯੀਸ਼ੁਸ੍ਤਾਮ੍ ਅਪ੍ਰੁʼੱਛਤ੍ ਹੇ ਨਾਰਿ ਕੁਤੋ ਰੋਦਿਸ਼਼ਿ? ਕੰ ਵਾ ਮ੍ਰੁʼਗਯਸੇ? ਤਤਃ ਸਾ ਤਮ੍ ਉਦ੍ਯਾਨਸੇਵਕੰ ਜ੍ਞਾਤ੍ਵਾ ਵ੍ਯਾਹਰਤ੍, ਹੇ ਮਹੇੱਛ ਤ੍ਵੰ ਯਦੀਤਃ ਸ੍ਥਾਨਾਤ੍ ਤੰ ਨੀਤਵਾਨ੍ ਤਰ੍ਹਿ ਕੁਤ੍ਰਾਸ੍ਥਾਪਯਸ੍ਤਦ੍ ਵਦ ਤਤ੍ਸ੍ਥਾਨਾਤ੍ ਤਮ੍ ਆਨਯਾਮਿ|
16 येशूले तिनलाई भन्नुभयो, “मरियम!” तिनी फर्किन्, र आरमेइक भाषामा उहाँलाई भनिन् “रब्बोनी” (जसको अर्थ हुन्छ, “गुरु” ) ।
ਤਦਾ ਯੀਸ਼ੁਸ੍ਤਾਮ੍ ਅਵਦਤ੍ ਹੇ ਮਰਿਯਮ੍| ਤਤਃ ਸਾ ਪਰਾਵ੍ਰੁʼਤ੍ਯ ਪ੍ਰਤ੍ਯਵਦਤ੍ ਹੇ ਰੱਬੂਨੀ ਅਰ੍ਥਾਤ੍ ਹੇ ਗੁਰੋ|
17 येशूले तिनलाई भन्नुभयो, “मलाई नछोऊ, किनभने म अझै पिताकहाँ गएको छैनँ, तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, कि म मेरा पिता र तिमीहरूका पिता अनि मेरा परमेश्वर र तिमीहरूका परमेश्वरकहाँ जानेछु ।”
ਤਦਾ ਯੀਸ਼ੁਰਵਦਤ੍ ਮਾਂ ਮਾ ਧਰ, ਇਦਾਨੀਂ ਪਿਤੁਃ ਸਮੀਪੇ ਊਰ੍ੱਧ੍ਵਗਮਨੰ ਨ ਕਰੋਮਿ ਕਿਨ੍ਤੁ ਯੋ ਮਮ ਯੁਸ਼਼੍ਮਾਕਞ੍ਚ ਪਿਤਾ ਮਮ ਯੁਸ਼਼੍ਮਾਕਞ੍ਚੇਸ਼੍ਵਰਸ੍ਤਸ੍ਯ ਨਿਕਟ ਊਰ੍ੱਧ੍ਵਗਮਨੰ ਕਰ੍ੱਤੁਮ੍ ਉਦ੍ਯਤੋਸ੍ਮਿ, ਇਮਾਂ ਕਥਾਂ ਤ੍ਵੰ ਗਤ੍ਵਾ ਮਮ ਭ੍ਰਾਤ੍ਰੁʼਗਣੰ ਜ੍ਞਾਪਯ|
18 मरियम मग्दलिनी चेलाहरूकहाँ आइन्, र तिनलाई उहाँले भन्नुभएका यी कुराहरू बताइन् र भनिन्, “मैले प्रभुलाई देखेँ ।”
ਤਤੋ ਮਗ੍ਦਲੀਨੀਮਰਿਯਮ੍ ਤਤ੍ਕ੍ਸ਼਼ਣਾਦ੍ ਗਤ੍ਵਾ ਪ੍ਰਭੁਸ੍ਤਸ੍ਯੈ ਦਰ੍ਸ਼ਨੰ ਦੱਤ੍ਵਾ ਕਥਾ ਏਤਾ ਅਕਥਯਦ੍ ਇਤਿ ਵਾਰ੍ੱਤਾਂ ਸ਼ਿਸ਼਼੍ਯੇਭ੍ਯੋ(ਅ)ਕਥਯਤ੍|
19 हप्ताको पहिलो दिनको साँझपख यहूदीहरूको डरले चेलाहरू जहाँ बसेका थिए, त्यसका ढोकाहरू बन्द गरिएको हुँदा, येशू आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति!”
ਤਤਃ ਪਰੰ ਸਪ੍ਤਾਹਸ੍ਯ ਪ੍ਰਥਮਦਿਨਸ੍ਯ ਸਨ੍ਧ੍ਯਾਸਮਯੇ ਸ਼ਿਸ਼਼੍ਯਾ ਏਕਤ੍ਰ ਮਿਲਿਤ੍ਵਾ ਯਿਹੂਦੀਯੇਭ੍ਯੋ ਭਿਯਾ ਦ੍ਵਾਰਰੁੱਧਮ੍ ਅਕੁਰ੍ੱਵਨ੍, ਏਤਸ੍ਮਿਨ੍ ਕਾਲੇ ਯੀਸ਼ੁਸ੍ਤੇਸ਼਼ਾਂ ਮਧ੍ਯਸ੍ਥਾਨੇ ਤਿਸ਼਼੍ਠਨ੍ ਅਕਥਯਦ੍ ਯੁਸ਼਼੍ਮਾਕੰ ਕਲ੍ਯਾਣੰ ਭੂਯਾਤ੍|
20 जब उहाँले तिनीहरूलाई यो भन्नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा देखाउनुभयो । चेलाहरूले प्रभुलाई देखेपछि तिनीहरू खुसी भए ।
ਇਤ੍ਯੁਕ੍ਤ੍ਵਾ ਨਿਜਹਸ੍ਤੰ ਕੁਕ੍ਸ਼਼ਿਞ੍ਚ ਦਰ੍ਸ਼ਿਤਵਾਨ੍, ਤਤਃ ਸ਼ਿਸ਼਼੍ਯਾਃ ਪ੍ਰਭੁੰ ਦ੍ਰੁʼਸ਼਼੍ਟ੍ਵਾ ਹ੍ਰੁʼਸ਼਼੍ਟਾ ਅਭਵਨ੍|
21 तब येशूले तिनीहरूलाई फेरि भन्नुभयो, “तिमीहरूलाई शान्ति होस् । जसरी पिताले मलाई पठाउनुभएको छ त्यसरी नै म तिमीहरूलाई पनि पठाउँदै छु ।”
ਯੀਸ਼ੁਃ ਪੁਨਰਵਦਦ੍ ਯੁਸ਼਼੍ਮਾਕੰ ਕਲ੍ਯਾਣੰ ਭੂਯਾਤ੍ ਪਿਤਾ ਯਥਾ ਮਾਂ ਪ੍ਰੈਸ਼਼ਯਤ੍ ਤਥਾਹਮਪਿ ਯੁਸ਼਼੍ਮਾਨ੍ ਪ੍ਰੇਸ਼਼ਯਾਮਿ|
22 जब येशूले यसो भन्नुभयो उहाँले तिनीहरूमाथि सास फुक्नुभयो, र तिनीहरूलाई भन्नुभयो, “पवित्र आत्मा लेओ ।
ਇਤ੍ਯੁਕ੍ਤ੍ਵਾ ਸ ਤੇਸ਼਼ਾਮੁਪਰਿ ਦੀਰ੍ਘਪ੍ਰਸ਼੍ਵਾਸੰ ਦੱਤ੍ਵਾ ਕਥਿਤਵਾਨ੍ ਪਵਿਤ੍ਰਮ੍ ਆਤ੍ਮਾਨੰ ਗ੍ਰੁʼਹ੍ਲੀਤ|
23 तिमीहरूले जसका पापहरू क्षमा गर्छौ ती तिनीहरूका निम्ति क्षमा गरिन्छन्; जसका पापहरू तिमीहरू कायम राख्छौ, ती कायम राखिन्छन् ।”
ਯੂਯੰ ਯੇਸ਼਼ਾਂ ਪਾਪਾਨਿ ਮੋਚਯਿਸ਼਼੍ਯਥ ਤੇ ਮੋਚਯਿਸ਼਼੍ਯਨ੍ਤੇ ਯੇਸ਼਼ਾਞ੍ਚ ਪਾਪਾਤਿ ਨ ਮੋਚਯਿਸ਼਼੍ਯਥ ਤੇ ਨ ਮੋਚਯਿਸ਼਼੍ਯਨ੍ਤੇ|
24 येशू आउनुहुँदा बाह्र जना चेलामध्ये दिदुमस भनिने थोमाचाहिँ तिनीहरूसँग थिएनन् ।
ਦ੍ਵਾਦਸ਼ਮਧ੍ਯੇ ਗਣਿਤੋ ਯਮਜੋ ਥੋਮਾਨਾਮਾ ਸ਼ਿਸ਼਼੍ਯੋ ਯੀਸ਼ੋਰਾਗਮਨਕਾਲੈ ਤੈਃ ਸਾਰ੍ੱਧੰ ਨਾਸੀਤ੍|
25 पछि अरू चेलाहरूले “हामीले प्रभुलाई देख्यौँ” भनी तिनलाई बताए । तिनले तिनीहरूलाई भने, “मैले उहाँका हातका काँटीहरूका डोबहरू नदेखेसम्म र मेरो औँला त्यहाँ नहालेसम्म, र उहाँको कोखमा मेरो हात नहालेसम्म म विश्वास गर्नेछैनँ ।”
ਅਤੋ ਵਯੰ ਪ੍ਰਭੂਮ੍ ਅਪਸ਼੍ਯਾਮੇਤਿ ਵਾਕ੍ਯੇ(ਅ)ਨ੍ਯਸ਼ਿਸ਼਼੍ਯੈਰੁਕ੍ਤੇ ਸੋਵਦਤ੍, ਤਸ੍ਯ ਹਸ੍ਤਯੋ ਰ੍ਲੌਹਕੀਲਕਾਨਾਂ ਚਿਹ੍ਨੰ ਨ ਵਿਲੋਕ੍ਯ ਤੱਚਿਹ੍ਨਮ੍ ਅਙ੍ਗੁਲ੍ਯਾ ਨ ਸ੍ਪ੍ਰੁʼਸ਼਼੍ਟ੍ਵਾ ਤਸ੍ਯ ਕੁਕ੍ਸ਼਼ੌ ਹਸ੍ਤੰ ਨਾਰੋਪ੍ਯ ਚਾਹੰ ਨ ਵਿਸ਼੍ਵਸਿਸ਼਼੍ਯਾਮਿ|
26 आठ दिनपछि उहाँका चेलाहरू फेरि कोठाभित्र थिए, र थोमा पनि तिनीहरूसँगै थिए । ढोकाहरू बन्द गरिएको अवस्थामा नै येशू तिनीहरूकहाँ आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र भन्नुभयो, “तिमीहरूलाई शान्ति!”
ਅਪਰਮ੍ ਅਸ਼਼੍ਟਮੇ(ਅ)ਹ੍ਨਿ ਗਤੇ ਸਤਿ ਥੋਮਾਸਹਿਤਃ ਸ਼ਿਸ਼਼੍ਯਗਣ ਏਕਤ੍ਰ ਮਿਲਿਤ੍ਵਾ ਦ੍ਵਾਰੰ ਰੁੱਧ੍ਵਾਭ੍ਯਨ੍ਤਰ ਆਸੀਤ੍, ਏਤਰ੍ਹਿ ਯੀਸ਼ੁਸ੍ਤੇਸ਼਼ਾਂ ਮਧ੍ਯਸ੍ਥਾਨੇ ਤਿਸ਼਼੍ਠਨ੍ ਅਕਥਯਤ੍, ਯੁਸ਼਼੍ਮਾਕੰ ਕੁਸ਼ਲੰ ਭੂਯਾਤ੍|
27 त्यसपछि उहाँले थोमालाई भन्नुभयो, “तिम्रा औला यहाँ हाल, र मेरा हातहरू हेर अनि मेरो कोखामा तिम्रो हात हाल, अविश्वासी नहोऊ, तर विश्वास गर ।”
ਪਸ਼੍ਚਾਤ੍ ਥਾਮੈ ਕਥਿਤਵਾਨ੍ ਤ੍ਵਮ੍ ਅਙ੍ਗੁਲੀਮ੍ ਅਤ੍ਰਾਰ੍ਪਯਿਤ੍ਵਾ ਮਮ ਕਰੌ ਪਸ਼੍ਯ ਕਰੰ ਪ੍ਰਸਾਰ੍ੱਯ ਮਮ ਕੁਕ੍ਸ਼਼ਾਵਰ੍ਪਯ ਨਾਵਿਸ਼੍ਵਸ੍ਯ|
28 थोमाले जवाफ दिए, र उहाँलाई भने, “मेरा प्रभु, मेरा परमेश्वर!”
ਤਦਾ ਥੋਮਾ ਅਵਦਤ੍, ਹੇ ਮਮ ਪ੍ਰਭੋ ਹੇ ਮਦੀਸ਼੍ਵਰ|
29 येशूले तिनलाई भन्नुभयो, “तिमीले मलाई देखेको कारणले विश्वास गरेका छौ । धन्य हुन् तिनीहरू जसले देखेका छैनन् र पनि विश्वास गरेका छन् ।”
ਯੀਸ਼ੁਰਕਥਯਤ੍, ਹੇ ਥੋਮਾ ਮਾਂ ਨਿਰੀਕ੍ਸ਼਼੍ਯ ਵਿਸ਼੍ਵਸਿਸ਼਼ਿ ਯੇ ਨ ਦ੍ਰੁʼਸ਼਼੍ਟ੍ਵਾ ਵਿਸ਼੍ਵਸਨ੍ਤਿ ਤਏਵ ਧਨ੍ਯਾਃ|
30 यस पुस्तकमा नलेखिएका अरू धेरै चिन्हहरू येशूले चेलाहरूको उपस्थितिमा गर्नुभयो,
ਏਤਦਨ੍ਯਾਨਿ ਪੁਸ੍ਤਕੇ(ਅ)ਸ੍ਮਿਨ੍ ਅਲਿਖਿਤਾਨਿ ਬਹੂਨ੍ਯਾਸ਼੍ਚਰ੍ੱਯਕਰ੍ੰਮਾਣਿ ਯੀਸ਼ੁਃ ਸ਼ਿਸ਼਼੍ਯਾਣਾਂ ਪੁਰਸ੍ਤਾਦ੍ ਅਕਰੋਤ੍|
31 तर यीचाहिँ लेखिएका छन्, ताकि येशू नै ख्रीष्ट अर्थात् परमेश्वरका पुत्र हुनुहुन्छ भनी तिमीहरूले विश्वास गर्न सक र विश्वास गरेर उहाँको नाउँमा तिमीहरूले जीवन पाउन सक ।
ਕਿਨ੍ਤੁ ਯੀਸ਼ੁਰੀਸ਼੍ਵਰਸ੍ਯਾਭਿਸ਼਼ਿਕ੍ਤਃ ਸੁਤ ਏਵੇਤਿ ਯਥਾ ਯੂਯੰ ਵਿਸ਼੍ਵਸਿਥ ਵਿਸ਼੍ਵਸ੍ਯ ਚ ਤਸ੍ਯ ਨਾਮ੍ਨਾ ਪਰਮਾਯੁਃ ਪ੍ਰਾਪ੍ਨੁਥ ਤਦਰ੍ਥਮ੍ ਏਤਾਨਿ ਸਰ੍ੱਵਾਣ੍ਯਲਿਖ੍ਯਨ੍ਤ|