< यूहन्ना 2 >
1 तिन दिनपछि गालीलको कानामा एउटा विवाह थियो, र येशूकी आमा त्यहाँ थिइन् ।
Üçüncü gün Celile'nin Kana Köyü'nde bir düğün vardı. İsa'nın annesi de oradaydı.
2 विवाहमा येशू र उहाँका चेलाहरूलाई निम्तो दिइएको थियो ।
İsa'yla öğrencileri de düğüne çağrılmışlardı.
3 जब दाखमद्य सकियो, येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसित दाखमद्य छैन ।”
Şarap tükenince annesi İsa'ya, “Şarapları kalmadı” dedi.
4 येशूले जवाफ दिनुभयो, “हे नारी, तपाईं किन मकहाँ आउनुहुन्छ? मेरो समय अझ आइसकेको छैन ।”
İsa, “Anne, benden ne istiyorsun? Benim saatim daha gelmedi” dedi.
5 उहाँकी आमाले नोकरहरूलाई भनिन्, “उहाँले तिमीहरूलाई जे गर भन्नुहुन्छ, त्यही गर” ।
Annesi hizmet edenlere, “Size ne derse onu yapın” dedi.
6 त्यहाँ यहूदी विधिअनुसार शुद्धिकरणको लागि हरेकमा झण्डै एक सय लिटर अटाउने छ वटा ढुङ्गाका भाँडाहरू थिए ।
Yahudiler'in geleneksel temizliği için oraya konmuş, her biri seksenle yüz yirmi litre alan altı taş küp vardı.
7 येशूले तिनीहरूलाई भन्नुभयो, “भाँडाहरूमा पानी भर ।” त्यसैले तिनीहरूले पानी मुखसम्मै भरिदिए ।
İsa hizmet edenlere, “Küpleri suyla doldurun” dedi. Küpleri ağızlarına kadar doldurdular.
8 तब उहाँले नोकरहरूलाई भन्नुभयो, “अब अलिकति लगेर मुख्य व्यक्तिलाई देऊ” । तिनीहरूले त्यसै गरे ।
Sonra hizmet edenlere, “Şimdi biraz alıp şölen başkanına götürün” dedi. Onlar da götürdüler.
9 मुख्य व्यक्तिले दाखमद्य बनेको त्यो पानी चाखे, तर यो कहाँबाट आएको भन्ने उनलाई थाहा थिएन (तर पानी भर्ने नोकरहरूलाई थाहा थियो) । तब उनले दुलहालाई बोलाए
Şölen başkanı, şaraba dönüşmüş suyu tattı. Bunun nereden geldiğini bilmiyordu, oysa suyu küpten alan hizmetkârlar biliyorlardı. Şölen başkanı güveyi çağırıp, “Herkes önce iyi şarabı, çok içildikten sonra da kötüsünü sunar” dedi, “Ama sen iyi şarabı şimdiye dek saklamışsın.”
10 र तिनलाई भने, “हरेक मानिसले असल दाखमद्य पहिले बाँड्छ, र उनीहरू मातेपछि सस्तो दाखमद्य बाँड्छन् । तर तिमीले त असल दखमद्य अझसम्म राखेका छौ ।”
11 गालीलको कानामा येशूले गर्नुभएको यो पहिलो चिह्न थियो, र उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो, अनि त्यसैले उहाँका चेलाहरूले उहाँलाई विश्वास गरे ।
İsa bu ilk doğaüstü belirtisini Celile'nin Kana Köyü'nde gerçekleştirdi ve yüceliğini gösterdi. Öğrencileri de O'na iman ettiler.
12 यसपछि येशू, उहाँकी आमा, उहाँका भाइहरू, उहाँका चेलाहरू कर्फनहुममा झरे, र त्यहाँ उनीहरू केही दिनसम्म बसे ।
Bundan sonra İsa, annesi, kardeşleri ve öğrencileri Kefarnahum'a gidip orada birkaç gün kaldılar.
13 यहूदीहरूको निस्तार-चाड आउन लागेको थियो, र येशू यरूशलेम जानुभयो ।
Yahudiler'in Fısıh Bayramı yakındı. İsa da Yeruşalim'e gitti.
14 उहाँले त्यहाँ गोरुहरू, भेडाहरू र परेवाहरू बेच्नेहरूलाई भेट्टाउनुभयो, र पैसा साट्नेहरू पनि त्यहाँ बसिरहेका थिए ।
Tapınağın avlusunda sığır, koyun ve güvercin satanları, orada oturmuş para bozanları gördü.
15 त्यसकारण, उहाँले डोरीको कोर्रा बनाएर भेडाहरू र गोरुहरूसहित तिनीहरू सबैलाई मन्दिरबाट बाहिर खेद्नुभयो । उहाँले पैसा साट्नेहरूको पैसा छरपष्ट पारिदिनुभयो र तिनीहरूका टेबलहरू पल्टाइदिनुभयो ।
İpten bir kamçı yaparak hepsini koyunlar ve sığırlarla birlikte tapınaktan kovdu, para bozanların paralarını döküp masalarını devirdi.
16 परेवा बेच्नेहरूलाई उहाँले भन्नुभयो, “यिनीहरूलाई यहाँबाट लैजाओ । मेरा पिताको घरलाई बजार बनाउन छोड ।”
Güvercin satanlara, “Bunları buradan kaldırın, Babam'ın evini pazar yerine çevirmeyin!” dedi.
17 उहाँका चेलाहरूले यस्तो लेखिएको कुरा सम्झे, “तपाईंको घरको जोसले मलाई जलाउँछ ।”
Öğrencileri, “Evin için gösterdiğim gayret beni yiyip bitirecek” diye yazılmış olan sözü hatırladılar.
18 तब यहूदीहरूका अधिकारीहरूले उहाँलाई प्रत्युत्तर दिए, र यसो भने, “तिमीले यी कुराहरू गरिरहेका हुनाले तिमीले हामीलाई के चिह्न देखाउँछौ?”
Yahudi yetkililer İsa'ya, “Bunları yaptığına göre, bize nasıl bir belirti göstereceksin?” diye sordular.
19 येशूले जवाफ दिनुभयो, “यो मन्दिरलाई भत्काओ र तिन दिनमा म यसलाई खडा गर्नेछु ।”
İsa şu yanıtı verdi: “Bu tapınağı yıkın, üç günde onu yeniden kuracağım.”
20 तब यहूदी अधिकारीहरूले भने, “यो मन्दिर बनाउन छयालिस वर्ष लाग्यो र तिमीले यसलाई तिन दिनमा बनाउने?”
Yahudi yetkililer, “Bu tapınak kırk altı yılda yapıldı, sen onu üç günde mi kuracaksın?” dediler.
21 तर उहाँले आफ्नो शरीरको मन्दिरबारे बताइरहनुभएको थियो ।
Ama İsa'nın sözünü ettiği tapınak kendi bedeniydi.
22 त्यसैले उहाँ मृत्युबाट जीवित भई उठ्नुहुँदा, उहाँले भन्नुभएको यो कुरा उहाँका चेलाहरूले सम्झे र तिनीहरूले धर्मशास्त्र र येशूले भन्नुभएको यो भनाइमाथि विश्वास गरे ।
İsa ölümden dirilince öğrencileri bu sözü söylediğini hatırladılar, Kutsal Yazı'ya ve İsa'nın söylediği bu söze iman ettiler.
23 उहाँ निस्तार-चाडको अवधिभर यरूशलेममा हुनुहुन्थ्यो । उहाँले गर्नुभएको चिह्नहरू देखेर धेरै जनाले उहाँको नाउँमा विश्वास गरे ।
Fısıh Bayramı'nda İsa'nın Yeruşalim'de bulunduğu sırada gerçekleştirdiği belirtileri gören birçokları O'nun adına iman ettiler.
24 तर येशूले तिनीहरूलाई भरोसा गर्नुभएन, किनभने उहाँले तिनीहरू सबैलाई चिन्नुहुन्थ्यो,
Ama İsa bütün insanların yüreğini bildiği için onlara güvenmiyordu.
25 किनकि मानिसको बारेमा उहाँलाई कसैले गवाही दिनुपर्दैनथ्यो, किनभने त्यसभित्र के छ भन्ने उहाँ जान्नुहुन्थ्यो ।
İnsan hakkında kimsenin O'na bir şey söylemesine gerek yoktu. Çünkü kendisi insanın içinden geçenleri biliyordu.