< यूहन्‍ना 18 >

1 यी कुराहरू बोलिसक्‍नुभएपछि येशू आफ्ना चेलाहरूसित किद्रोन उपत्यकाको अर्कोपट्टि जानुभयो । त्यहाँ एउटा बगैँचा थियो जसमा उहाँ र उहाँका चेलाहरू प्रवेश गर्नुभयो ।
Bayan Yesu ya fadi wadannan maganganu, ya fita shi da almajiransa zuwa daya barayin kwarin Kidiron, inda wani lambu ya ke, ya kuma shiga da almajiransa.
2 उहाँलाई विश्‍वासघात गर्ने यहूदालाई पनि त्यो ठाउँ थाहा थियो, किनकि येशू आफ्ना चेलाहरूसित प्रायः त्यस बगैँचामा जानुहुन्थ्यो ।
Yahuza ma wanda zai bashe shi ya san wurin, domin Yesu ya saba zuwa wurin da almajiransa.
3 अनि मुख्य पुजारीहरू, फरिसीहरू र अधिकारीहरूसहित सिपाहीहरूको एक समूह लिएर यहूदा लालटिन, राँको र हतियारहरूसहित त्यहाँ आए ।
Yahuza kuwa, bayan ya dauko kungiyar soja daga manyan firistoci, da Farisawa, da 'yan majalisa, suka zo wurin, rike da fitilu, da cociloli, da makamai.
4 के भइरहेको थियो भनी सबै थोक जान्‍नुहुने येशू अगाडि आउनुभयो र भन्‍नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ?”
Sai Yesu, da ya san duk abinda ke faruwa da shi, yayiwo gaba, yace masu, ''Wa kuke nema''
5 तिनीहरूले उहाँलाई जवाफ दिए, “नासरतका येशूलाई ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “म उही हुँ ।” उहाँलाई विश्‍वासघात गर्ने यहूदा पनि सिपाहीहरूसँगै उभिरहेको थियो ।
Suka amsa masa su ka ce, ''Yesu Banazare'' Yesu yace masu, Ni ne'' Yahuza kuma, wanda ya bashe shi, yana tsaye tare da sojojin.
6 त्यसैले, जब येशूले “म उही हुँ” भन्‍नुभयो तिनीहरू पछाडि हटे अनि जमिनमा ढले ।
Sa'adda ya ce masu, ''Ni ne'', suka koma da baya, suka fadi a kasa.
7 अनि उहाँले तिनीहरूलाई फेरि सोध्‍नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ?” तिनीहरूले फेरि भने, “नासरतका येशूलाई ।”
Ya sake tambayarsu kuma, ''Wa ku ke nema?'' su ka ce, ''Yesu Banazare.''
8 येशूले जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनेँ, म उही हुँ । त्यसैले, यदि तिमीहरू मलाई खोजिरहेका छौ भने, यिनीहरूलाई जान देओ ।”
Yesu ya amsa, ''Ai, na gaya maku cewa, Ni ne. In kuwa ni ku ke nema, ku bar wadannan su tafi abinsu;''
9 यो “तपाईंले मलाई दिनुभएकाहरूमध्‍ये, मैले कसैलाई पनि गुमाइनँ” भनी उहाँले भन्‍नुभएको वचन पुरा हुनको निम्ति थियो ।
Wannan kuwa domin maganar daya fada ta cika, ''Daga cikin wadanda ka ba ni, ko daya bai bace mani ba.''
10 तब सिमोन पत्रुस जससँग तरवार थियो, तिनले त्यो थुतेर प्रधान पुजारीका नोकरलाई प्रहार गरे, र उसको दायाँ कान काटिदिए । त्यस नोकरको नाम माल्खस थियो ।
Saminu Bitrus kuwa, da ya ke yana da takobi, ya zaro ya kai wa bawan babban firist sara, ya dauke masa kunnensa na dama, sunan bawan Malkus ne.
11 येशूले पत्रुसलाई भन्‍नुभयो, “तरवारलाई म्यानमा नै राख । के पिताले मलाई दिनुभएको कचौरा मैले पिउनु पर्दैन र?”
Yesu ya ce wa Bitrus, ''Mai da takobin ka kubenta. Ba zan sha kokon da Uba ya ba ni ba.'?
12 त्यसैले, सिपाहीहरूको समूह, कप्‍तान र यहूदी अधिकारीहरूले येशूलाई पक्रे र बाँधे ।
Sai sojojin da hafsan, da 'yan majalisar Yahudawa, suka kama Yesu, suka daure shi.
13 तिनीहरूले पहिले उहाँलाई हन्‍नासकहाँ लगे, किनकि तिनी कैयाफाका ससुरा थिए जो त्यस वर्षका प्रधान पुजारी थिए ।
Da fari suka tafi da shi wurin Hanana, don shi surukin Kayafa ne, wanda ya ke shi ne babban firist a shekaran nan.
14 मानिसहरूको निम्ति एक जना मर्नु उत्तम हुन्छ भनी यहूदीहरूलाई सल्लाह दिने व्यक्‍ति कैयाफा नै थिए ।
Kayafa kuma shi ne ya ba Yahudawa shawara, cewa ya fiye masu mutum daya ya mutu domin mutane.
15 सिमोन पत्रुस येशूको पछिपछि लागे, र अर्का चेलाले पनि त्यसै गरे । ती चेलाको प्रधान पुजारीसँग चिनजान थियो, र तिनी येशूसँगै प्रधान पुजारीका आँगनभित्र पसे ।
Saminu bitrus ya bi bayan Yesu, haka kuma wani almajirin yayi. Almajirin nan kuwa sananne ne ga babban firist, sai ya shiga har farfajiyar babban firist din tara da Yesu;
16 तर पत्रुसचाहिँ बाहिर ढोकामा नै उभिरहेका थिए । त्यसैले, प्रधान पुजारीसँग चिनजान भएका अर्का चेला बाहिर गए र ढोकाकी महिला पालेसँग कुरा गरे, र पत्रुसलाई भित्र ल्याए ।
Amma bitrus kuwa ya tsaya a bakin kofa daga waje. Sai daya almajirin da ya ke sananne ga babban firist ya fita, yayi magana da macen da ta ke tsaron kofar, sa'an nan ya shigo da Bitrus.
17 तब महिला दासी अर्थात् ढोकाकी पालेले पत्रुसलाई भनिन्, “के तिमी पनि यी मानिसका चेलाहरूमध्ये एक जना होइनौ र?” तिनले भने, “म होइनँ ।”
Sai yarinyar mai tsaron kofar ta ce wa Bitrus, ''kai ma ba kana cikin almajiran mutumin nan ba?'' Yace ''bani ba.''
18 अब नोकरहरू र अधिकारीहरू त्यहाँ उभिरहेका थिए, र तिनीहरूले आगोको भुङ्‌ग्रो बनाएका थिए, किनकि जाडो थियो, अनि तिनीहरूले आफैँलाई न्यानो बनाइराखेका थिए । आफूलाई न्यानो पार्दै पत्रुस पनि तिनीहरूसँगै उभिरहेका थिए ।
To, barorin da dogaran Haikali suna tsaye a wurin, sun kuwa hura wutar gawayi, suna jin dumi, gama ana sanyi. Bitrus ma yana tsaye tare da su yana jin dumin.
19 प्रधान पुजारीले येशूलाई उहाँका चेलाहरू र उहाँको शिक्षाको बारेमा सोधपुछ गरे ।
babban firist ya tambayi Yesu game da almajiransa da koyarwarsa kuma.
20 येशूले तिनलाई जवाफ दिनुभयो, “म संसारसँग खुल्लमखुल्ला बोलेको छु । मैले सधैँ मन्दिर र सभाघरहरूमा शिक्षा दिइरहेको थिएँ जहाँ सबै यहूदीहरूसँगै आउँछन् । मैले कुनै पनि कुरा गुप्‍तमा भनेको छैन ।
Yesu ya amsa masa, Ai, na yi wa duniya magana a bayyane. Na kuma sha koyarwa a majami'u da Haikali in da Yahudawa duka sukan taru. Ban fadi komai a boye ba.
21 तपाईंहरूले मलाई किन सोध्‍नुहुन्छ? तिनीहरूलाई नै सोध्‍नुहोस् जसले मैले भनेको सुनेका छन् । हेर, मैले भनेका कुरा यी मानिसहरूले जान्दछन् ।”
Don me kake tambaya ta? Ka tambayi wadanda suka saurare ni a kan abinda na fada, ai, sun san abinda na fada.
22 जब येशूले यो कुरा भन्‍नुभयो, त्यहाँ उभिरहेकाहरूमध्ये एक जनाले येशूलाई एक मुक्‍का हाने, र भने, “के प्रधान पुजारीलाई जवाफ दिने तेरो तरिका त्यही हो?”
Sa'adda Yesu ya fadi wannan, wani daga cikin 'yan majalisar da ke tsaye a wurin ya nushi Yesu, yace, ''Kana amsa wa babban firist haka.''
23 येशूले त्यसलाई जवाफ दिनुभयो, “यदि मैले गलत तवरले बोलेँ भने, त्यो गलत कुराको गवाही देऊ, तर यदि मैले ठिकसँग बोलेको छु भने तिमी मलाई किन हिर्काउँछौ?”
Yesu ya amsa masa yace, ''Idan na fadi mugun abu to, ka bada shaida kan hakan. In kuwa dai dai na fada, to, dan me za ka nushe ni?''
24 अनि हन्‍नासले येशूलाई बाँधेकै अवस्थामा प्रधान पुजारी कैयाफाकहाँ पठाए ।
Sai Hanana ya aika daYesu a daure wurin Kayafa, babban firist.
25 अब सिमोन पत्रुसचाहिँ उभिएर आफूलाई न्यानो पार्दै थिए । अनि मानिसहरूले तिनलाई भने, “के तिमी पनि त्यसका चेलाहरूमध्येका एक जना होइनौ?” तिनले यसलाई इन्कार गरे, र भने, “म होइनँ ।”
To Saminu Bitrus yana tsaye yana jin dumin. Mutanen kuwa suka ce masa, ''Anya kai ma ba cikin almajiransa ka ke ba?'' Sai yayi musu yace, ''A'a, ba na ciki.''
26 अनि प्रधान पुजारीका नोकरहरूमध्ये पत्रुसले कान काटिदिएका नोकरका एक जना नातेदारले भने, “के मैले तिमीलाई बगैँचामा तिनीसित देखिनँ र?”
Sai wani daga cikin bayin babban firist, wato dan'uwan wanda Bitrus ya fillewa kunne, yace, ''Ashe, ban gan ka tare da shi a lambun ba?
27 पत्रुसले फेरि इन्कार गरे र तुरुन्तै भाले बास्यो ।
Bitrus ya sake yin musu, nan da nan kuwa zakara yayi cara.
28 त्यसपछि तिनीहरूले येशूलाई कैयाफाबाट राज्यपालको महलमा लगे । बिहान सबेरै थियो, तिनीहरू राज्यपालको महलमा पसेनन्, ताकि तिनीहरूले अशुद्ध नहोऊन् तर निस्तार-चाड खान सकून् ।
Daga wurin Kayafa kuma suka kai Yesu fadar Gwamna. Da asuba ne kuwa, su kansu ba su shiga fadar Gwamnan ba, wai don kada su kazantu su kasa cin jibin Ketarewa.
29 त्यसैले पिलातस तिनीहरूकहाँ बाहिर गए र भने, “तिमीहरूले यी मानिसको विरुद्धमा के आरोप ल्याउँदै छौ?”
Sai bilatus fa ya fita zuwa wurinsu, yace, 'Wane zargi ku ke kawowa akan mutumin nan?'
30 तिनीहरूले तिनलाई जवाफ दिए, र भने, “यदि यो मानिसले खराबी नगरेको भए हामीले यसलाई तपाईंकहाँ सुम्‍पने थिएनौँ ।”
''Sai suka amsa suka ce, ''idan da mutumin nan bai yi mugun abu ba, me zai sa mu yi kararsa a wurin ka''
31 त्यसकारण, पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैँले यिनलाई लैजाऊ र आफ्नो व्यवस्थाअनुसार यिनको न्याय गर ।” अनि यहूदीहरूले तिनलाई भने, “कुनै मानिसलाई मृत्युदण्ड दिनु हाम्रो लागि न्यायसङ्गत छैन ।
bilatus yace masu, ''Ku tafi da shi da kan ku mana, ku hukunta shi bisa ga shari'arku!'' Sai Yahudawa su kace masa, ''Ai, ba mu da ikon zartar da hukuncin kisa akan kowa.''
32 उहाँको मृत्यु कस्तो किसिमले हुनेछ भनी येशूले सङ्केत गरेर भन्‍नुभएको उहाँको वचन पुरा होस् भनेर यसो भएको थियो ।
Sun fadi Wannan ne don a cika maganar da Yesu yayi, wadda ta kwatanta irin mutuwar da zai yi.
33 त्यसपछि पिलातस फेरि राज्यपालको महलभित्र पसे, अनि येशूलाई बोलाए र तिनले उहाँलाई भने, “के तिमी यहूदीहरूका राजा हौ?”
Sai bilatus ya sake shiga cikin fadar Gwamnan, ya kira Yesu ya ce masa, ''kai sarkin Yahudawa ne?''
34 येशूले जवाफ दिनुभयो, “तपाईं आफैँले भन्‍नुभएको हो वा तपाईंलाई मेरो बारेमा अरू कसैले भनेको हो?”
Yesu ya amsa, '' wannan fadarka ce, ko kuwa wadansu ne suka ce da ni haka a wurinka?''
35 पिलातसले जवाफ दिए, “म यहूदी होइनँ, हुँ र? तिम्रा आफ्‍नै मानिसहरू र तिम्रा मुख्य पुजारीहरूले नै तिमीलाई मकहाँ सुम्‍पेका छन् । तिमीले के गर्‍यौ?”
Bilatus ya amsa “Ni ba Bayahude bane, ko kuwa?'' Ai, jama'arka ne da manyan firistoci suka bashe ka gareni. ''Me ka yi?''
36 येशूले जवाफ दिनुभयो, “मेरो राज्य यो संसारको होइन । यदि मेरो राज्य यस संसारको हिस्सा थियो भने, मेरा सेवकहरू लड्ने थिए, ताकि मलाई यहूदीहरूको हातमा सुम्पियोस् । तर मेरो राज्य यस संसारको होइन ।”
Yesu ya amsa, ''Mulkina ba na duniya nan ba ne. Da mulkina na duniyan nan ne da barorina za su yi yaki kada a bashe ni ga Yahudawa. To, mulkina ba daga nan ya ke ba.''
37 तब पिलातसले उहाँलाई भने, “त्यसो भए तिमी राजा नै हौ त?” येशूले जवाफ दिनुभयो, “तपाईं नै मलाई राजा भन्‍नुहुन्छ । म यही उद्देश्‍यको निम्ति जन्मिएको हुँ, अनि म यही उद्देश्‍यको निम्ति म यस संसारमा आएको छु, ताकि मैले सत्यको गवाही दिऊँ । सत्यका सबैले मेरो आवाज सुन्छन् ।”
Sai Bilatus yace masa, ''Wato ashe, sarki ne kai?'' Yesu ya amsa, ''Yadda ka fada, ni sarki ne. Domin wannan dalili aka haife ni, domin kuma wannan dalili na zo cikin duniya, don in bada shaida game da gaskiya. Kowane mai kaunar gaskiya kuma yakan saurari muryata.''
38 पिलातसले उहाँलाई भने, “सत्य के हो?” जब तिनले यसो भने, तिनी फेरि यहूदीहरूकहाँ बाहिर गए र तिनीहरूलाई भने, “म यस मानिसमा कुनै अपराध पाउँदिन ।”
Bilatus yace masa, ''Menene gaskiya?'' Bayan da ya fadi haka, ya sake fitowa wurin Yahudawa, yace masu, ''Ni kam, ban sami mutumin nan da wani laifi ba.
39 तर निस्तार-चाडमा मैले तिमीहरूका निम्ति एक जनालाई छोडिदिने तिमीहरूको प्रचलन छ । त्यसैले, के म तिमीहरूका निम्ति यहूदीहरूका राजालाई छोडी दिऊँ भन्‍ने तिमीहरू चाहन्छौ?”
Amma dai kuna da wata al'ada, in Idin Ketarewa ya yi, na kan sakar maku mutum daya. To, kuna so in sakar maku sarkin Yahudawa?''
40 तब तिनीहरूले फेरि कराए, र भने, “यस मानिसलाई होइन, तर बारब्बालाई छोडिदिनुहोस् ।” बारब्बाचाहिँ एक डाँकु थिए ।
Sai suka sake daukar kururuwa suna cewa, ''A; a, ba wannan mutum ba, sai dai Barabbas.'' Barabbas din nan kuwa dan fashi ne.

< यूहन्‍ना 18 >