< यूहन्ना 18 >
1 यी कुराहरू बोलिसक्नुभएपछि येशू आफ्ना चेलाहरूसित किद्रोन उपत्यकाको अर्कोपट्टि जानुभयो । त्यहाँ एउटा बगैँचा थियो जसमा उहाँ र उहाँका चेलाहरू प्रवेश गर्नुभयो ।
When Jesus had said these things, He went with His disciples across the Kidron ravine, where there was a garden, into which He and His disciples entered.
2 उहाँलाई विश्वासघात गर्ने यहूदालाई पनि त्यो ठाउँ थाहा थियो, किनकि येशू आफ्ना चेलाहरूसित प्रायः त्यस बगैँचामा जानुहुन्थ्यो ।
Now Judas, who was betraying Him, also knew the place, because Jesus had often met there with His disciples.
3 अनि मुख्य पुजारीहरू, फरिसीहरू र अधिकारीहरूसहित सिपाहीहरूको एक समूह लिएर यहूदा लालटिन, राँको र हतियारहरूसहित त्यहाँ आए ।
Then Judas, leading a detachment of soldiers and officers from the chief priests and Pharisees, came there with lanterns, torches, and weapons.
4 के भइरहेको थियो भनी सबै थोक जान्नुहुने येशू अगाडि आउनुभयो र भन्नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ?”
Therefore Jesus, knowing everything that would happen to Him, went forward and asked them, “Who are you looking for?”
5 तिनीहरूले उहाँलाई जवाफ दिए, “नासरतका येशूलाई ।” येशूले तिनीहरूलाई भन्नुभयो, “म उही हुँ ।” उहाँलाई विश्वासघात गर्ने यहूदा पनि सिपाहीहरूसँगै उभिरहेको थियो ।
They answered, “Jesus of Nazareth.” Jesus told them, “I AM.” Judas, who betrayed Him, also stood with them.
6 त्यसैले, जब येशूले “म उही हुँ” भन्नुभयो तिनीहरू पछाडि हटे अनि जमिनमा ढले ।
Now when He told them, “I AM,” they drew back and fell to the ground.
7 अनि उहाँले तिनीहरूलाई फेरि सोध्नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ?” तिनीहरूले फेरि भने, “नासरतका येशूलाई ।”
Then He asked them again, “Who are you looking for?” They said, “Jesus of Nazareth.”
8 येशूले जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनेँ, म उही हुँ । त्यसैले, यदि तिमीहरू मलाई खोजिरहेका छौ भने, यिनीहरूलाई जान देओ ।”
Jesus answered, “I told you that I AM. So, if you are looking for me, let these go their way,”
9 यो “तपाईंले मलाई दिनुभएकाहरूमध्ये, मैले कसैलाई पनि गुमाइनँ” भनी उहाँले भन्नुभएको वचन पुरा हुनको निम्ति थियो ।
that the saying might be fulfilled which He spoke, “I have lost none of those who You gave me.”
10 तब सिमोन पत्रुस जससँग तरवार थियो, तिनले त्यो थुतेर प्रधान पुजारीका नोकरलाई प्रहार गरे, र उसको दायाँ कान काटिदिए । त्यस नोकरको नाम माल्खस थियो ।
Then Simon Peter, having a sword, drew it and struck the high priest’s servant, and cut off his right ear. The servant’s name was Malchus.
11 येशूले पत्रुसलाई भन्नुभयो, “तरवारलाई म्यानमा नै राख । के पिताले मलाई दिनुभएको कचौरा मैले पिउनु पर्दैन र?”
So Jesus told Peter, “Put your sword into its sheath! Shouldn’t I drink the cup that my Father has given me?”
12 त्यसैले, सिपाहीहरूको समूह, कप्तान र यहूदी अधिकारीहरूले येशूलाई पक्रे र बाँधे ।
Then the detachment of soldiers and their commander and the officers of the Jews arrested Jesus and tied Him up.
13 तिनीहरूले पहिले उहाँलाई हन्नासकहाँ लगे, किनकि तिनी कैयाफाका ससुरा थिए जो त्यस वर्षका प्रधान पुजारी थिए ।
They led Him away to Annas first, because he was the father-in-law of Caiaphas, who was high priest that year.
14 मानिसहरूको निम्ति एक जना मर्नु उत्तम हुन्छ भनी यहूदीहरूलाई सल्लाह दिने व्यक्ति कैयाफा नै थिए ।
It was Caiaphas who advised the Jews that it was expedient that one man should die for the people.
15 सिमोन पत्रुस येशूको पछिपछि लागे, र अर्का चेलाले पनि त्यसै गरे । ती चेलाको प्रधान पुजारीसँग चिनजान थियो, र तिनी येशूसँगै प्रधान पुजारीका आँगनभित्र पसे ।
Simon Peter was following Jesus, and so was another disciple. Since the high priest knew that disciple, he entered with Jesus into the high priest’s court,
16 तर पत्रुसचाहिँ बाहिर ढोकामा नै उभिरहेका थिए । त्यसैले, प्रधान पुजारीसँग चिनजान भएका अर्का चेला बाहिर गए र ढोकाकी महिला पालेसँग कुरा गरे, र पत्रुसलाई भित्र ल्याए ।
but Peter was standing just outside the door. So the other disciple, who the high priest knew, went out and spoke to the woman who guarded the door, and brought Peter in.
17 तब महिला दासी अर्थात् ढोकाकी पालेले पत्रुसलाई भनिन्, “के तिमी पनि यी मानिसका चेलाहरूमध्ये एक जना होइनौ र?” तिनले भने, “म होइनँ ।”
Then the maidservant who kept the door asked Peter, “You aren’t one of this man’s disciples, too, are you?” He said, “I am not.”
18 अब नोकरहरू र अधिकारीहरू त्यहाँ उभिरहेका थिए, र तिनीहरूले आगोको भुङ्ग्रो बनाएका थिए, किनकि जाडो थियो, अनि तिनीहरूले आफैँलाई न्यानो बनाइराखेका थिए । आफूलाई न्यानो पार्दै पत्रुस पनि तिनीहरूसँगै उभिरहेका थिए ।
Because it was cold, the servants and the officers were standing there warming themselves, having made a charcoal fire. Peter was also with them, standing and warming himself.
19 प्रधान पुजारीले येशूलाई उहाँका चेलाहरू र उहाँको शिक्षाको बारेमा सोधपुछ गरे ।
Then the high priest asked Jesus about His disciples and His doctrine.
20 येशूले तिनलाई जवाफ दिनुभयो, “म संसारसँग खुल्लमखुल्ला बोलेको छु । मैले सधैँ मन्दिर र सभाघरहरूमा शिक्षा दिइरहेको थिएँ जहाँ सबै यहूदीहरूसँगै आउँछन् । मैले कुनै पनि कुरा गुप्तमा भनेको छैन ।
Jesus answered him, “I have spoken openly to the world. I always taught in synagogues, and in the temple, where all the Jews come together. I said nothing in secret.
21 तपाईंहरूले मलाई किन सोध्नुहुन्छ? तिनीहरूलाई नै सोध्नुहोस् जसले मैले भनेको सुनेका छन् । हेर, मैले भनेका कुरा यी मानिसहरूले जान्दछन् ।”
Why do you ask me? Ask those who have heard me to tell you what I told them. They certainly know what I said.”
22 जब येशूले यो कुरा भन्नुभयो, त्यहाँ उभिरहेकाहरूमध्ये एक जनाले येशूलाई एक मुक्का हाने, र भने, “के प्रधान पुजारीलाई जवाफ दिने तेरो तरिका त्यही हो?”
When He had said these things, one of the officers who stood by hit Jesus with the palm of his hand, saying, “Is that how you answer the high priest?”
23 येशूले त्यसलाई जवाफ दिनुभयो, “यदि मैले गलत तवरले बोलेँ भने, त्यो गलत कुराको गवाही देऊ, तर यदि मैले ठिकसँग बोलेको छु भने तिमी मलाई किन हिर्काउँछौ?”
Jesus answered him, “If I have spoken evil, testify about the evil, but if I have spoken honestly, why do you hit me?”
24 अनि हन्नासले येशूलाई बाँधेकै अवस्थामा प्रधान पुजारी कैयाफाकहाँ पठाए ।
Then Annas sent Him, still bound, to Caiaphas, the high priest.
25 अब सिमोन पत्रुसचाहिँ उभिएर आफूलाई न्यानो पार्दै थिए । अनि मानिसहरूले तिनलाई भने, “के तिमी पनि त्यसका चेलाहरूमध्येका एक जना होइनौ?” तिनले यसलाई इन्कार गरे, र भने, “म होइनँ ।”
Now Simon Peter stood and warmed himself. Therefore they asked him, “You aren’t one of His disciples, too, are you?” He denied it, saying, “I am not!”
26 अनि प्रधान पुजारीका नोकरहरूमध्ये पत्रुसले कान काटिदिएका नोकरका एक जना नातेदारले भने, “के मैले तिमीलाई बगैँचामा तिनीसित देखिनँ र?”
One of the servants of the high priest, a relative of the man whose ear Peter cut off, said, “Didn’t I see you in the garden with Him?”
27 पत्रुसले फेरि इन्कार गरे र तुरुन्तै भाले बास्यो ।
Peter then denied it again, and immediately a rooster crowed.
28 त्यसपछि तिनीहरूले येशूलाई कैयाफाबाट राज्यपालको महलमा लगे । बिहान सबेरै थियो, तिनीहरू राज्यपालको महलमा पसेनन्, ताकि तिनीहरूले अशुद्ध नहोऊन् तर निस्तार-चाड खान सकून् ।
Then they led Jesus from Caiaphas to the Praetorium. It was early morning. They themselves didn’t go into the Praetorium, so that they wouldn’t be defiled, and so that they might eat the Passover supper.
29 त्यसैले पिलातस तिनीहरूकहाँ बाहिर गए र भने, “तिमीहरूले यी मानिसको विरुद्धमा के आरोप ल्याउँदै छौ?”
So Pilate came out to them and asked, “What charges do you bring against this man?”
30 तिनीहरूले तिनलाई जवाफ दिए, र भने, “यदि यो मानिसले खराबी नगरेको भए हामीले यसलाई तपाईंकहाँ सुम्पने थिएनौँ ।”
They answered, “If this man wasn’t a criminal, we wouldn’t have handed him over to you.”
31 त्यसकारण, पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैँले यिनलाई लैजाऊ र आफ्नो व्यवस्थाअनुसार यिनको न्याय गर ।” अनि यहूदीहरूले तिनलाई भने, “कुनै मानिसलाई मृत्युदण्ड दिनु हाम्रो लागि न्यायसङ्गत छैन ।
Then Pilate told them, “You take Him and judge Him according to your Law.” Therefore the Jews said to him, “It’s illegal for us to put anyone to death.”
32 उहाँको मृत्यु कस्तो किसिमले हुनेछ भनी येशूले सङ्केत गरेर भन्नुभएको उहाँको वचन पुरा होस् भनेर यसो भएको थियो ।
This happened so that the words would be fulfilled which Jesus had spoken indicating the kind of death he was going to die.
33 त्यसपछि पिलातस फेरि राज्यपालको महलभित्र पसे, अनि येशूलाई बोलाए र तिनले उहाँलाई भने, “के तिमी यहूदीहरूका राजा हौ?”
Then Pilate went back into the Praetorium, summoned Jesus, and asked Him, “Are You the King of the Jews?”
34 येशूले जवाफ दिनुभयो, “तपाईं आफैँले भन्नुभएको हो वा तपाईंलाई मेरो बारेमा अरू कसैले भनेको हो?”
Jesus answered, “Are you speaking for yourself about this, or did others tell you this about me?”
35 पिलातसले जवाफ दिए, “म यहूदी होइनँ, हुँ र? तिम्रा आफ्नै मानिसहरू र तिम्रा मुख्य पुजारीहरूले नै तिमीलाई मकहाँ सुम्पेका छन् । तिमीले के गर्यौ?”
Pilate answered, “I’m not a Jew, am I? Your own nation and the chief priests have delivered You to me. What have You done?”
36 येशूले जवाफ दिनुभयो, “मेरो राज्य यो संसारको होइन । यदि मेरो राज्य यस संसारको हिस्सा थियो भने, मेरा सेवकहरू लड्ने थिए, ताकि मलाई यहूदीहरूको हातमा सुम्पियोस् । तर मेरो राज्य यस संसारको होइन ।”
Jesus answered, “My kingdom doesn’t belong to this world. If my kingdom did belong to this world, then my servants would be fighting to keep me from being delivered up to the Jews; but as it is, my kingdom isn’t from here.”
37 तब पिलातसले उहाँलाई भने, “त्यसो भए तिमी राजा नै हौ त?” येशूले जवाफ दिनुभयो, “तपाईं नै मलाई राजा भन्नुहुन्छ । म यही उद्देश्यको निम्ति जन्मिएको हुँ, अनि म यही उद्देश्यको निम्ति म यस संसारमा आएको छु, ताकि मैले सत्यको गवाही दिऊँ । सत्यका सबैले मेरो आवाज सुन्छन् ।”
Pilate therefore asked Him, “So You are a king?” Jesus answered, “You are right in saying that I am a king. For this I have been born, and for this I have come into the world, to testify about the truth. Everyone who belongs to the truth listens to my voice.”
38 पिलातसले उहाँलाई भने, “सत्य के हो?” जब तिनले यसो भने, तिनी फेरि यहूदीहरूकहाँ बाहिर गए र तिनीहरूलाई भने, “म यस मानिसमा कुनै अपराध पाउँदिन ।”
“What is truth?” Pilate asked. After asking this, he went out again to the Jews and said, “I find no basis for a charge against Him,
39 तर निस्तार-चाडमा मैले तिमीहरूका निम्ति एक जनालाई छोडिदिने तिमीहरूको प्रचलन छ । त्यसैले, के म तिमीहरूका निम्ति यहूदीहरूका राजालाई छोडी दिऊँ भन्ने तिमीहरू चाहन्छौ?”
but you have a custom that I should release someone to you at the Passover. Therefore you decide: do you want me to release the King of the Jews to you?”
40 तब तिनीहरूले फेरि कराए, र भने, “यस मानिसलाई होइन, तर बारब्बालाई छोडिदिनुहोस् ।” बारब्बाचाहिँ एक डाँकु थिए ।
Then they all shouted back, saying, “Not this man, but Barabbas!” Now Barabbas was a robber.