< यूहन्‍ना 16 >

1 तिमीहरू पछि नहट भनेर मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ।
Tomci wam powiedział, abyście się nie gorszyli.
2 तिनीहरूले तिमीहरूलाई सभाघरबाट बाहिर निकाल्नेछन् । तर यस्तो समय आउँदै छ कि तिमीहरूलाई मार्ने हरेकले तिनीहरूले परमेश्‍वरको सेवा गरिरहेका छन् भनी ठान्‍नेछन् ।
Wyłączać was będą z bóżnic; owszem przyjdzie godzina, że wszelki, który was zabije, będzie mniemał, że Bogu posługę czyni.
3 तिनीहरूले यी कुराहरू गर्नेछन्, किनकि तिनीहरूले न त पितालाई न मलाई नै चिनेका छन् ।
A toć wam uczynią, iż nie poznali Ojca ani mnie.
4 मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि त्यो घडी आउँदा मैले तिमीहरूलाई तिनीहरूको बारेमा भनेको कुरा तिमीहरूले सम्झन सक । मैले तिमीहरूलाई यी कुराहरू पहिले नै भनिनँ, किनकि म तिमीहरूसँगै नै थिएँ ।
Alemci wam to powiedział, abyście gdy przyjdzie ta godzina, wspomnieli na to, żem ja wam opowiedział; a tegom wam z początku nie powiadał, bom był z wami.
5 तर अहिले म मलाई पठाउनुहुनेकहाँ जाँदै छु, तर पनि तिमीहरू कसैले पनि ‘तपाईं कहाँ जाँदै हुनुहन्छ?’ भनी मलाई सोध्दैनौ ।
Lecz teraz idę do onego, który mię posłał, a żaden z was nie pyta mię: Dokąd idziesz?
6 तर मैले तिमीहरूलाई यी कुराहरू भनेको कारण, तिमीहरूको हृदय निराशाले भरिएको छ ।
Ale żem wam to powiedział, smutek napełnił serce wasze.
7 म तिमीहरूलाई साँचो भन्दछुः म जानु नै तिमीहरूको निम्ति असल छ । किनकि म गइनँ भने सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन, तर यदि म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु ।
Lecz ja wam prawdę mówię, wamci to pożyteczno, abym ja odszedł; bo jeźli ja nie odejdę, pocieszyciel on nie przyjdzie do was, a jeźli odejdę, poślę go do was.
8 जब सल्लाहकार आउनुहुन्छ, उहाँले संसारलाई पाप र धार्मिकता र न्यायको बारेमा गलत साबित गर्नुहुनेछ–
A on przyszedłszy, będzie karał świat z grzechu i z sprawiedliwości, i z sądu;
9 पापको बारेमा, किनभने तिनीहरूले ममा विश्‍वास गर्दैनन्;
Z grzechu mówię, iż nie uwierzyli we mnie;
10 धार्मिकताको बारेमा, किनकि म पिताकहाँ जाँदै छु र अब उप्रान्त तिमीहरूले मलाई देख्‍नेछैनौ;
Z sprawiedliwości zasię, iż do Ojca mego idę, a już mnie więcej nie ujrzycie;
11 अनि न्यायको बारेमा, किनकि यस संसारको शासकको न्याय गरिएको छ ।
Z sądu, iż książę tego świata już jest osądzony.
12 मैले तिमीहरूलाई धेरै कुरा भन्‍नु छ, तर तिमीहरू अहिल्यै ती कुराहरू बुझ्दैनौ ।
Mamci wam jeszcze wiele mówić, ale teraz znieść nie możecie.
13 तर जब उहाँ अर्थात् सत्यको आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्‍याउनुहुनेछ, किनकि उहाँ आफ्नो निम्ति बोल्नुहुनेछैन । तर उहाँले जे सुन्‍नुहुन्छ, त्यही बोल्नुहुनेछ र के हुनेछ भनी उहाँले तिमीहरूलाई बताउनुहुनेछ ।
Lecz gdy przyjdzie on Duch prawdy, wprowadzi was we wszelką prawdę; bo nie sam od siebie mówić będzie, ale cokolwiek usłyszy, mówić będzie, i przyszłe rzeczy wam opowie.
14 उहाँले मलाई महिमित तुल्याउनुहुनेछ, किनकि उहाँले जे मेरो हो त्यहीबाट लिनुहुन्छ, र उहाँले ती तिमीहरूलाई बताउनुहुनेछ ।
On mię uwielbi; bo z mego weźmie, a opowie wam.
15 पितासँग भएका सबै थोक मेरा हुन् । यसकारण उहाँले जे मेरो हो त्यहीबाट लिनुहुन्छ, र उहाँले यो तिमीहरूलाई बताउनुहुनेछ भनी मैले भनेको हुँ ।
Wszystko, co ma Ojciec, moje jest; dlategom rzekł: Że z mego weźmie, a wam opowie.
16 अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ ।
Maluczko, a nie ujrzycie mię, i zasię maluczko, a ujrzycie mię; bo ja idę do Ojca.
17 तब उहाँका चलाहरूमध्ये केहीले एक आपसमा भने “‘अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ ।’ र ‘किनकि म पिताकहाँ जाँदै छु’ भनेर उहाँले हामीलाई के भन्‍नुभएको हो?”
Mówili tedy niektórzy z uczniów jego między sobą: Cóż to jest, co nam mówi: Maluczko, a nie ujrzycie mię, i zasię maluczko, a ujrzycie mię, a iż ja idę do Ojca?
18 त्यसैले तिनीहरूले भने, “उहाँले ‘केही बेरमा’ भनेर के भन्‍नुभएको? उहाँले केको बारेमा बताउँदै हुनुहुन्छ? सो हामी जान्‍दैनौ ।”
Przetoż mówili: Cóż to jest, co mówi: Maluczko? Nie wiemy, co mówi.
19 तिनीहरूले येशूलाई सोध्‍न चाहेको उहाँले देख्‍नुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले एक आपसमा सोधेको कुरा यही हो कि जसको बारेमा मैले भनेँ ‘अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ’ ।”
Tedy Jezus poznał, że go pytać chcieli, i rzekł im: O tem się pytacie między sobą, żem rzekł: Maluczko, a nie ujrzycie mię, i zasię maluczko, a ujrzycie mię.
20 म तिमीहरूलाई साँचो साँचो भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसार खुसी हुनेछ; तिमीहरू निराशाले भरिनेछौ, तर तिमीहरूको निराशा आनन्दमा बद्‌लिनेछ ।
Zaprawdę, zaprawdę powiadam wam: Że wy będziecie płakać i narzekać, a świat się będzie weselił; wy smutni będziecie, ale smutek wasz obróci się wam w wesele.
21 जब स्‍त्रीले जन्म दिन्छिन्, तिनी निराश हुन्छिन्, किनकि तिनको समय आएको छ, तर जब तिनले बच्‍चा जन्माउँछिन्, संसारमा एक बालक जन्मिएको छ भन्‍ने आनन्दले तिनलाई पीडाको सम्झना हुँदैन ।
Niewiasta gdy rodzi, smutek ma, bo przyszła godzina jej; lecz gdy porodzi dzieciątko, już nie pamięta uciśnienia, dla radości, iż się człowiek na świat narodził.
22 त्यसैले तिमीहरू पनि अहिले निराश हुन्छौ, तर म तिमीहरूलाई फेरि भेट्नेछु; अनि तिमीहरूको हृदय खुसी हुनेछ र तिमीहरूको आनन्द तिमीहरूबाट कसैले लैजान सक्‍नेछैन ।
I wy teraz smutek macie; ale zasię ujrzę was, a będzie się radowało serce wasze, a radości waszej nikt nie odejmie od was.
23 त्यस दिन तिमीहरूले मलाई कुनै पनि कुरा माग्‍नेछैनौ । साँचो साँचो म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले मेरो नाउँमा मेरा पितासँग कुनै थोक माग्यौ भने यो उहाँले तिमीहरूलाई दिनुहुनेछ ।
A dnia onego nie będziecie mnie o nic pytać. Zaprawdę, zaprawdę powiadam wam: O cokolwiek byście prosili Ojca w imieniu mojem, da wam.
24 अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ । माग र तिमीहरूले पाउनेछौ, ताकि तिमीहरूको आनन्द पूर्ण होस् ।
Dotąd o niceście nie prosili w imieniu mojem; proścież, a weźmiecie, aby radość wasza była doskonała.
25 मैले तिमीहरूलाई यी कुराहरू आलङ्कारिक भाषामा भनेको छु, तर मैले आलङ्कारिक भाषा नबोली तिमीहरूलाई पिताको बारेमा स्पष्‍ट रूपमा बताउने समय आउँदै छ ।
Tomci wam przez przypowieść mówił; ale idzie godzina, gdy już dalej nie przez przypowieści mówić wam będę, ale jawnie o Ojcu moim oznajmię wam.
26 त्यस दिन तिमीहरूले मेरो नाउँमा माग्‍नेछौ, र म तिमीहरूको निम्ति पितासँग प्रार्थना गर्नेछु भनेर म तिमीहरूलाई भन्दिनँ,
W on dzień w imieniu mojem prosić będziecie; a nie mówię wam: Iż ja będę Ojca prosił za wami;
27 किनकि तिमीहरूले मलाई प्रेम गरेका हुनाले र म पिताबाट आएँ भनी तिमीहरूले विश्‍वास गरेका हुनाले पिता आफैँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ ।
Albowiem sam Ojciec miłuje was, żeście wy mię umiłowali i uwierzyliście, żem ja od Boga przyszedł.
28 म पिताबाट आएँ । म संसारमा आएको छु । फेरि म संसार छोड्दै छु, र म पिताकहाँ जाँदै छु ।”
Wyszedłem od Ojca, a przyszedłem na świat; i zasię opuszczam świat, a idę do Ojca.
29 उहाँका चेलाहरूले भने, “हेर्नुहोस्, अहिले तपाईं स्पष्‍ट रूपमा बोल्दै हुनुहुन्छ अनि तपाईंले आलङ्कारिक भाषा प्रयोग गरिरहनुभएको छैन ।
Rzekli mu uczniowie jego: Oto teraz jawnie mówisz, a żadnej przypowieści nie powiadasz;
30 अब हामी जान्दछौँ, कि तपाईं सबै थोक जन्‍नुहुन्छ, अनि कसैले तपाईंलाई प्रश्‍न सोध्‍नु आवश्यक छैन । त्यही कारणले हामी विश्‍वास गर्छौं, कि तपाईं परमेश्‍वरबाट आउनुभएको हो ।”
Teraz wiemy, że wszystko wiesz, a nie potrzebujesz, aby cię kto pytał; przez to wierzymy, żeś od Boga wyszedł.
31 येशूले जवाफ दिनुभयो, “के तिमीहरू अब विश्‍वास गर्छौ?
Odpowiedział im Jezus: Teraz wierzycie.
32 हेर, तिमीहरू छरपष्‍ट हुने अर्थात् सबै आ-आफ्नो घरतिर जाने, र मलाई एकलै छोड्ने समय आउँदै छ, । वास्तवमा त्यो समय आइसकेको छ । तरै पनि म एकलो हुन्‍नँ, किनभने पिता मसँग हुनुहुन्छ ।
Oto przyjdzie godzina; owszem już przyszła, że się rozproszycie każdy do swego, a mię samego zostawicie; lecz nie jestem sam, bo Ojciec jest ze mną.
33 मैले तिमीहरूलाई यी कुरा भनेको छु, ताकि तिमीहरूलाई ममा शान्ति मिलोस् । संसारमा तिमीहरूलाई कष्‍ट हुन्छ, तर साहस गरः मैले संसारलाई जितेको छु ।
Tomci wam powiedział, abyście we mnie pokój mieli. Na świecie ucisk mieć będziecie; ale ufajcie, jam zwyciężył świat.

< यूहन्‍ना 16 >