< यूहन्ना 16 >
1 तिमीहरू पछि नहट भनेर मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ।
ταυτα λελαληκα υμιν ινα μη σκανδαλισθητε
2 तिनीहरूले तिमीहरूलाई सभाघरबाट बाहिर निकाल्नेछन् । तर यस्तो समय आउँदै छ कि तिमीहरूलाई मार्ने हरेकले तिनीहरूले परमेश्वरको सेवा गरिरहेका छन् भनी ठान्नेछन् ।
αποσυναγωγουσ ποιησουσιν υμασ αλλ ερχεται ωρα ινα πασ ο αποκτεινασ υμασ δοξη λατρειαν προσφερειν τω θεω
3 तिनीहरूले यी कुराहरू गर्नेछन्, किनकि तिनीहरूले न त पितालाई न मलाई नै चिनेका छन् ।
και ταυτα ποιησουσιν οτι ουκ εγνωσαν τον πατερα ουδε εμε
4 मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि त्यो घडी आउँदा मैले तिमीहरूलाई तिनीहरूको बारेमा भनेको कुरा तिमीहरूले सम्झन सक । मैले तिमीहरूलाई यी कुराहरू पहिले नै भनिनँ, किनकि म तिमीहरूसँगै नै थिएँ ।
αλλα ταυτα λελαληκα υμιν ινα οταν ελθη η ωρα μνημονευητε αυτων οτι εγω ειπον υμιν ταυτα δε υμιν εξ αρχησ ουκ ειπον οτι μεθ υμων ημην
5 तर अहिले म मलाई पठाउनुहुनेकहाँ जाँदै छु, तर पनि तिमीहरू कसैले पनि ‘तपाईं कहाँ जाँदै हुनुहन्छ?’ भनी मलाई सोध्दैनौ ।
νυν δε υπαγω προσ τον πεμψαντα με και ουδεισ εξ υμων ερωτα με που υπαγεισ
6 तर मैले तिमीहरूलाई यी कुराहरू भनेको कारण, तिमीहरूको हृदय निराशाले भरिएको छ ।
αλλ οτι ταυτα λελαληκα υμιν η λυπη πεπληρωκεν υμων την καρδιαν
7 म तिमीहरूलाई साँचो भन्दछुः म जानु नै तिमीहरूको निम्ति असल छ । किनकि म गइनँ भने सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन, तर यदि म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु ।
αλλ εγω την αληθειαν λεγω υμιν συμφερει υμιν ινα εγω απελθω εαν γαρ εγω μη απελθω ο παρακλητοσ ουκ ελευσεται προσ υμασ εαν δε πορευθω πεμψω αυτον προσ υμασ
8 जब सल्लाहकार आउनुहुन्छ, उहाँले संसारलाई पाप र धार्मिकता र न्यायको बारेमा गलत साबित गर्नुहुनेछ–
και ελθων εκεινοσ ελεγξει τον κοσμον περι αμαρτιασ και περι δικαιοσυνησ και περι κρισεωσ
9 पापको बारेमा, किनभने तिनीहरूले ममा विश्वास गर्दैनन्;
περι αμαρτιασ μεν οτι ου πιστευουσιν εισ εμε
10 धार्मिकताको बारेमा, किनकि म पिताकहाँ जाँदै छु र अब उप्रान्त तिमीहरूले मलाई देख्नेछैनौ;
περι δικαιοσυνησ δε οτι προσ τον πατερα μου υπαγω και ουκετι θεωρειτε με
11 अनि न्यायको बारेमा, किनकि यस संसारको शासकको न्याय गरिएको छ ।
περι δε κρισεωσ οτι ο αρχων του κοσμου τουτου κεκριται
12 मैले तिमीहरूलाई धेरै कुरा भन्नु छ, तर तिमीहरू अहिल्यै ती कुराहरू बुझ्दैनौ ।
ετι πολλα εχω λεγειν υμιν αλλ ου δυνασθε βασταζειν αρτι
13 तर जब उहाँ अर्थात् सत्यको आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ, किनकि उहाँ आफ्नो निम्ति बोल्नुहुनेछैन । तर उहाँले जे सुन्नुहुन्छ, त्यही बोल्नुहुनेछ र के हुनेछ भनी उहाँले तिमीहरूलाई बताउनुहुनेछ ।
οταν δε ελθη εκεινοσ το πνευμα τησ αληθειασ οδηγησει υμασ εισ πασαν την αληθειαν ου γαρ λαλησει αφ εαυτου αλλ οσα αν ακουση λαλησει και τα ερχομενα αναγγελει υμιν
14 उहाँले मलाई महिमित तुल्याउनुहुनेछ, किनकि उहाँले जे मेरो हो त्यहीबाट लिनुहुन्छ, र उहाँले ती तिमीहरूलाई बताउनुहुनेछ ।
εκεινοσ εμε δοξασει οτι εκ του εμου ληψεται και αναγγελει υμιν
15 पितासँग भएका सबै थोक मेरा हुन् । यसकारण उहाँले जे मेरो हो त्यहीबाट लिनुहुन्छ, र उहाँले यो तिमीहरूलाई बताउनुहुनेछ भनी मैले भनेको हुँ ।
παντα οσα εχει ο πατηρ εμα εστιν δια τουτο ειπον οτι εκ του εμου λαμβανει και αναγγελει υμιν
16 अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्नेछौ ।
μικρον και ου θεωρειτε με και παλιν μικρον και οψεσθε με οτι υπαγω προσ τον πατερα
17 तब उहाँका चलाहरूमध्ये केहीले एक आपसमा भने “‘अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्नेछौ ।’ र ‘किनकि म पिताकहाँ जाँदै छु’ भनेर उहाँले हामीलाई के भन्नुभएको हो?”
ειπον ουν εκ των μαθητων αυτου προσ αλληλουσ τι εστιν τουτο ο λεγει ημιν μικρον και ου θεωρειτε με και παλιν μικρον και οψεσθε με και οτι εγω υπαγω προσ τον πατερα
18 त्यसैले तिनीहरूले भने, “उहाँले ‘केही बेरमा’ भनेर के भन्नुभएको? उहाँले केको बारेमा बताउँदै हुनुहुन्छ? सो हामी जान्दैनौ ।”
ελεγον ουν τουτο τι εστιν ο λεγει το μικρον ουκ οιδαμεν τι λαλει
19 तिनीहरूले येशूलाई सोध्न चाहेको उहाँले देख्नुभयो, र उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले एक आपसमा सोधेको कुरा यही हो कि जसको बारेमा मैले भनेँ ‘अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्नेछौ’ ।”
εγνω ουν ο ιησουσ οτι ηθελον αυτον ερωταν και ειπεν αυτοισ περι τουτου ζητειτε μετ αλληλων οτι ειπον μικρον και ου θεωρειτε με και παλιν μικρον και οψεσθε με
20 म तिमीहरूलाई साँचो साँचो भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसार खुसी हुनेछ; तिमीहरू निराशाले भरिनेछौ, तर तिमीहरूको निराशा आनन्दमा बद्लिनेछ ।
αμην αμην λεγω υμιν οτι κλαυσετε και θρηνησετε υμεισ ο δε κοσμοσ χαρησεται υμεισ δε λυπηθησεσθε αλλ η λυπη υμων εισ χαραν γενησεται
21 जब स्त्रीले जन्म दिन्छिन्, तिनी निराश हुन्छिन्, किनकि तिनको समय आएको छ, तर जब तिनले बच्चा जन्माउँछिन्, संसारमा एक बालक जन्मिएको छ भन्ने आनन्दले तिनलाई पीडाको सम्झना हुँदैन ।
η γυνη οταν τικτη λυπην εχει οτι ηλθεν η ωρα αυτησ οταν δε γεννηση το παιδιον ουκετι μνημονευει τησ θλιψεωσ δια την χαραν οτι εγεννηθη ανθρωποσ εισ τον κοσμον
22 त्यसैले तिमीहरू पनि अहिले निराश हुन्छौ, तर म तिमीहरूलाई फेरि भेट्नेछु; अनि तिमीहरूको हृदय खुसी हुनेछ र तिमीहरूको आनन्द तिमीहरूबाट कसैले लैजान सक्नेछैन ।
και υμεισ ουν λυπην μεν νυν εχετε παλιν δε οψομαι υμασ και χαρησεται υμων η καρδια και την χαραν υμων ουδεισ αιρει αφ υμων
23 त्यस दिन तिमीहरूले मलाई कुनै पनि कुरा माग्नेछैनौ । साँचो साँचो म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले मेरो नाउँमा मेरा पितासँग कुनै थोक माग्यौ भने यो उहाँले तिमीहरूलाई दिनुहुनेछ ।
και εν εκεινη τη ημερα εμε ουκ ερωτησετε ουδεν αμην αμην λεγω υμιν οτι οσα αν αιτησητε τον πατερα εν τω ονοματι μου δωσει υμιν
24 अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ । माग र तिमीहरूले पाउनेछौ, ताकि तिमीहरूको आनन्द पूर्ण होस् ।
εωσ αρτι ουκ ητησατε ουδεν εν τω ονοματι μου αιτειτε και ληψεσθε ινα η χαρα υμων η πεπληρωμενη
25 मैले तिमीहरूलाई यी कुराहरू आलङ्कारिक भाषामा भनेको छु, तर मैले आलङ्कारिक भाषा नबोली तिमीहरूलाई पिताको बारेमा स्पष्ट रूपमा बताउने समय आउँदै छ ।
ταυτα εν παροιμιαισ λελαληκα υμιν αλλ ερχεται ωρα οτε ουκετι εν παροιμιαισ λαλησω υμιν αλλα παρρησια περι του πατροσ αναγγελω υμιν
26 त्यस दिन तिमीहरूले मेरो नाउँमा माग्नेछौ, र म तिमीहरूको निम्ति पितासँग प्रार्थना गर्नेछु भनेर म तिमीहरूलाई भन्दिनँ,
εν εκεινη τη ημερα εν τω ονοματι μου αιτησεσθε και ου λεγω υμιν οτι εγω ερωτησω τον πατερα περι υμων
27 किनकि तिमीहरूले मलाई प्रेम गरेका हुनाले र म पिताबाट आएँ भनी तिमीहरूले विश्वास गरेका हुनाले पिता आफैँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ ।
αυτοσ γαρ ο πατηρ φιλει υμασ οτι υμεισ εμε πεφιληκατε και πεπιστευκατε οτι εγω παρα του θεου εξηλθον
28 म पिताबाट आएँ । म संसारमा आएको छु । फेरि म संसार छोड्दै छु, र म पिताकहाँ जाँदै छु ।”
εξηλθον παρα του πατροσ και εληλυθα εισ τον κοσμον παλιν αφιημι τον κοσμον και πορευομαι προσ τον πατερα
29 उहाँका चेलाहरूले भने, “हेर्नुहोस्, अहिले तपाईं स्पष्ट रूपमा बोल्दै हुनुहुन्छ अनि तपाईंले आलङ्कारिक भाषा प्रयोग गरिरहनुभएको छैन ।
λεγουσιν αυτω οι μαθηται αυτου ιδε νυν παρρησια λαλεισ και παροιμιαν ουδεμιαν λεγεισ
30 अब हामी जान्दछौँ, कि तपाईं सबै थोक जन्नुहुन्छ, अनि कसैले तपाईंलाई प्रश्न सोध्नु आवश्यक छैन । त्यही कारणले हामी विश्वास गर्छौं, कि तपाईं परमेश्वरबाट आउनुभएको हो ।”
νυν οιδαμεν οτι οιδασ παντα και ου χρειαν εχεισ ινα τισ σε ερωτα εν τουτω πιστευομεν οτι απο θεου εξηλθεσ
31 येशूले जवाफ दिनुभयो, “के तिमीहरू अब विश्वास गर्छौ?
απεκριθη αυτοισ ο ιησουσ αρτι πιστευετε
32 हेर, तिमीहरू छरपष्ट हुने अर्थात् सबै आ-आफ्नो घरतिर जाने, र मलाई एकलै छोड्ने समय आउँदै छ, । वास्तवमा त्यो समय आइसकेको छ । तरै पनि म एकलो हुन्नँ, किनभने पिता मसँग हुनुहुन्छ ।
ιδου ερχεται ωρα και νυν εληλυθεν ινα σκορπισθητε εκαστοσ εισ τα ιδια και εμε μονον αφητε και ουκ ειμι μονοσ οτι ο πατηρ μετ εμου εστιν
33 मैले तिमीहरूलाई यी कुरा भनेको छु, ताकि तिमीहरूलाई ममा शान्ति मिलोस् । संसारमा तिमीहरूलाई कष्ट हुन्छ, तर साहस गरः मैले संसारलाई जितेको छु ।
ταυτα λελαληκα υμιν ινα εν εμοι ειρηνην εχητε εν τω κοσμω θλιψιν εχετε αλλα θαρσειτε εγω νενικηκα τον κοσμον