< यूहन्ना 15 >
1 म साँचो दाख हुँ र मेरा पिता दाखबारीका किसान हुनुहुन्छ ।
Ini ndiri muzambiringa wechokwadi, uye Baba vangu murimi.
2 ममा भएका फल नफलाउने हरेक हाँगालाई उहाँले छाँट्नुहुन्छ र उहाँले फल फलाउने हरेक हाँगालाई पनि छिँवल्नुहुन्छ, ताकि यसले अझ धेरै फल फलाओस् ।
Davi rimwe nerimwe riri mandiri risingabereki chibereko, vanoribvisa; uye rimwe nerimwe rinobereka chibereko, vanorichekerera, kuti riwedzere kubereka chibereko.
3 मैले तिमीहरूलाई भनेको सन्देशले तिमीहरू अगि नै शुद्ध भइसकेका छौ ।
Imwi matochena neshoko randataura kwamuri.
4 ममा रहो र म तिमीहरूमा रहनेछु । जसरी दाखको बोटमा नरहेसम्म हाँगा आफैँले फल फलाउन सक्दैन, त्यसरी नै तिमीहरू पनि ममा नरहेसम्म फल फलाउन सक्दैनौ ।
Garai mandiri, neni mamuri. Sedavi risingagoni kubereka chibereko pacharo, kana risingagari mumuzambiringa, saizvozvo nemwi kwete, kana musingagari mandiri.
5 म दाखको बोट हुँ, र तिमीहरू त्यसका हाँगाहरू हौ । जो ममा रहन्छ र म त्यसमा रहनेछु, त्यसले धैरै फल फलाउँछ, किनकि मविना तिमीहरू केही पनि गर्न सक्दैनौ ।
Ini ndiri muzambiringa, imwi matavi. Anogara mandiri, neni maari, ndiye anobereka chibereko chakawanda; nokuti kunze kwangu hamugoni kuita chinhu.
6 यदि कोही ममा रहँदैन भने त्यसलाई हाँगालाई झैँ फालिन्छ र त्यो सुक्छ; अनि तिनीहरूले हाँगाहरूलाई बटुल्छन् र आगोमा हाल्छन्, अनि तिनीहरूलाई जलाइन्छ ।
Kana munhu asingagari mandiri, anoraswa kunze sedavi, ndokusvava, vanoaunganidza, ndokukandira mumoto, apiswe.
7 यदि तिमीहरू ममा रह्यौ र मेरा वचनहरू तिमीहरूमा रहे भने, तिमीहरू जे इच्छा गर्छौ सो माग, र यो तिमीहरूका निम्ति गरिनेछ ।”
Kana muchigara mandiri, nemashoko angu achigara mamuri, muchakumbira chero zvamunoda, uye muchazviitirwa.
8 मेरा पिता यसमा महिमित तुल्याइनुहुनेछः तिमीहरू धेरै फल फलाउन सक र तिमीहरू मेरा चेलाहरू होओ ।
Baba vangu vanokudzwa neizvi, kuti mubereke chibereko chakawanda; uye muchava vadzidzi vangu.
9 जसरी पिताले मलाई प्रेम गर्नुभएको छ, त्यसरी नै मैले पनि तिमीहरूलाई प्रेम गरेको छु; मेरो प्रेममा रहो ।
Baba sezvavakandida, iniwo ndakakudai; garai murudo rwangu.
10 तिमीहरूले मेरा आज्ञाहरू पालन गर्छौ भने जसरी मैले मेरा पिताको आज्ञा पालन गरेको छु र उहाँको प्रेममा रहेको छु, त्यसरी नै तिमीहरू मेरो प्रेममा रहनेछौ ।
Kana muchichengeta mirairo yangu, muchagara murudo rwangu, seni ndakachengeta mirairo yaBaba vangu, ndinogara murudo rwavo.
11 मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि मेरो आनन्द तिमीहरूमा होस् र तिमीहरूको आनन्द पूर्ण होस् ।
Zvinhu izvi ndazvitaura kwamuri, kuti mufaro wangu ugare mamuri, uye mufaro wenyu uzare.
12 यो मेरो आज्ञा हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरेँ तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर ।
Uyu ndiwo murairo wangu, kuti mudanane, sezvandakakudai.
13 आफ्नो मित्रको लागि आफ्नो ज्यानै दिनुभन्दा अर्को कुनै महान् प्रेम छैन ।
Hakuna ane rudo rukuru kune urwu, kuti munhu anoradzikira pasi shamwari dzake upenyu hwake.
14 यदि तिमीहरूले मैले आज्ञा गरेका कुराहरू गर्छौ भने तिमीहरू मेरा मित्रहरू हौ ।
Imwi muri shamwari dzangu, kana muchiita chipi nechipi ini chandinokurairai.
15 म तिमीहरूलाई नोकरहरू भन्दिनँ, किनकि त्यसका मालिकले के गरिरहेछ सो नोकरले जान्दैन । मैले तिमीहरूलाई मित्र भनेको छु, किनकि मैले मेरा पिताबाट सुनेका सबै कुरा तिमीहरूलाई प्रष्ट पारेको छु ।
Handichakuidziizve varanda, nokuti muranda haazivi ishe wake chaanoita; asi ndakuidzai shamwari; nokuti zvese zvandakanzwa naBaba vangu, ndakakuzivisai.
16 तिमीहरूले मलाई चुनेनौ, तर मैले तिमीहरूलाई चुनेँ, र तिमीहरूलाई नियुक्त गरेँ, ताकि तिमीहरू जाओ, र फल फलाओ अनि तिमीहरूका फल रहनुपर्छ । त्यसैले तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्छौ, सो उहाँले तिमीहरूलाई दिनुहुनेछ ।
Imwi hamuna kundisarudza, asi ini ndakakusarudzai, ndikakugadzai, kuti imwi muende mubereke chibereko, uye chibereko chenyu chigare; kuti chipi nechipi chamunokumbira kuna Baba muzita rangu, vakupei.
17 म तिमीहरूलाई यी कुराहरू आज्ञा गर्छुः कि तिमीहरूले एक अर्कालाई प्रेम गर्नेछौ ।
Izvi zvinhu ndinokurairai, kuti mudanane.
18 यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने, जान कि यसले तिमीहरूलाई घृणा गर्नुअगि मलाई घृणा गरेको छ ।
Kana nyika ichikuvengai, muzive kuti yavenga ini isati yakuvengai imwi.
19 यदि तिमीहरू संसारका थियौ त, संसारले तिमीहरूलाई आफ्नैझैँ प्रेम गर्ने थियो । तर तिमीहरू संसारका होइनौ, र मैले तिमीहरूलाई संसारबाट चुनेँ, यसकारण संसारले तिमीहरूलाई घृणा गर्छ ।
Dai maiva venyika, nyika yaida zvayo pachayo; asi nokuti hamusi venyika, asi ini ndakakusarudzai kubva panyika, naizvozvo nyika inokuvengai.
20 मैले तिमीहरूलाई भनेको वचन याद राख, ‘नोकर त्यसको मालिकभन्दा महान् हुँदैन ।’ यदि तिनीहरूले मलाई सताएका छन् भने, तिनीहरूले तिमीहरूलाई पनि सताउनेछन् । यदि तिनीहरूले मेरो वचन पालन गरेका थिए भने तिनीहरूले तिमीहरूको पनि पालन गर्नेछन् ।”
Rangarirai shoko ini randakareva kwamuri: Muranda haasi mukuru kuna ishe wake. Kana vakashusha ini, vachashusha imwiwo; kana vakachengeta shoko rangu vachachengeta renyuwo.
21 तिनीहरू मेरो नाउँको कारणले तिमीहरूलाई यी सबै कुराहरू गर्नेछन्, किनकि मलाई पठाउनुहुनेलाई तिनीहरू चिन्दैनन् ।
Asi izvi zvese vachakuitirai nekuda kwezita rangu, nokuti havamuzivi wakandituma.
22 यदि म आएको थिइनँ, र तिनीहरूसँग बोलेको थिइनँ भने त, उनीहरूमा पाप हुने थिएन, तर अब त तिनीहरूसित आफ्नो पापको लागि कुनै बहाना छैन ।
Dai ndisina kuuya ndikataura kwavari, vangadai vasina chivi; asi ikozvino havana manzvengero pachivi chavo.
23 जसले मलाई घृणा गर्छ, त्यसले मेरा पितालाई पनि घृणा गर्छ ।
Anondivenga, anovenga Baba vanguwo.
24 यदि मैले तिनीहरू माझ कसैले नगरेका कामहरू गरेको थिइनँ भने तिनीहरूमा कुनै पाप हुने थिएन, तर अहिले तिनीहरूले म र मेरा पिता दुवैलाई देखेका छन्, र घृणा गरेका छन् ।
Dai ndisina kuita pakati pavo mabasa asina umwe wakaaita, vangadai vasina chivi; asi ikozvino vakaona ndokuvenga zvese ini naBaba vangu.
25 तर यो तिनीहरूको व्यवस्थामा लेखिएको वचन पुरा हुनलाई हो, ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे ।’
Asi kuti shoko rizadziswe rakanyorwa pamurairo wavo, rinoti: Vakandivenga pasina chikonzero.
26 जब सल्लाहकार आउनुहुन्छ जसलाई म तिमीहरूको निम्ति पिताको तर्फबाट पठाउनेछु अर्थात् सत्यको आत्मा जो पिताबाट जानुहुन्छ, उहाँले मेरो बारेमा गवाही दिनुहुनेछ ।
Asi kana Munyaradzi auya, ini wandichatumira kwamuri kubva kuna Baba, Mweya wechokwadi, unobuda kuna Baba, uyu achapupura nezvangu.
27 तिमीहरूले पनि गवाही दिइरहेका छौ, किनकि तिमीहरू मसँग सुरुदेखि नै छौ ।
Nemwiwo muchapupura, nokuti maiva neni kubva pakutanga.