< यूहन्‍ना 15 >

1 म साँचो दाख हुँ र मेरा पिता दाखबारीका किसान हुनुहुन्छ ।
“I am the true vine, and my Father is the farmer.
2 ममा भएका फल नफलाउने हरेक हाँगालाई उहाँले छाँट्नुहुन्छ र उहाँले फल फलाउने हरेक हाँगालाई पनि छिँवल्नुहुन्छ, ताकि यसले अझ धेरै फल फलाओस् ।
Every branch in me that doesn’t bear fruit, he takes away. Every branch that bears fruit, he prunes, that it may bear more fruit.
3 मैले तिमीहरूलाई भनेको सन्देशले तिमीहरू अगि नै शुद्ध भइसकेका छौ ।
You are already pruned clean because of the word which I have spoken to you.
4 ममा रहो र म तिमीहरूमा रहनेछु । जसरी दाखको बोटमा नरहेसम्म हाँगा आफैँले फल फलाउन सक्दैन, त्यसरी नै तिमीहरू पनि ममा नरहेसम्म फल फलाउन सक्दैनौ ।
Remain in me, and I in you. As the branch can’t bear fruit by itself unless it remains in the vine, so neither can you, unless you remain in me.
5 म दाखको बोट हुँ, र तिमीहरू त्यसका हाँगाहरू हौ । जो ममा रहन्छ र म त्यसमा रहनेछु, त्यसले धैरै फल फलाउँछ, किनकि मविना तिमीहरू केही पनि गर्न सक्दैनौ ।
I am the vine. You are the branches. He who remains in me and I in him bears much fruit, for apart from me you can do nothing.
6 यदि कोही ममा रहँदैन भने त्यसलाई हाँगालाई झैँ फालिन्छ र त्यो सुक्‍छ; अनि तिनीहरूले हाँगाहरूलाई बटुल्छन् र आगोमा हाल्छन्, अनि तिनीहरूलाई जलाइन्छ ।
If a man doesn’t remain in me, he is thrown out as a branch and is withered; and they gather them, throw them into the fire, and they are burned.
7 यदि तिमीहरू ममा रह्‍यौ र मेरा वचनहरू तिमीहरूमा रहे भने, तिमीहरू जे इच्छा गर्छौ सो माग, र यो तिमीहरूका निम्ति गरिनेछ ।”
If you remain in me, and my words remain in you, you will ask whatever you desire, and it will be done for you.
8 मेरा पिता यसमा महिमित तुल्याइनुहुनेछः तिमीहरू धेरै फल फलाउन सक र तिमीहरू मेरा चेलाहरू होओ ।
“In this my Father is glorified, that you bear much fruit; and so you will be my disciples.
9 जसरी पिताले मलाई प्रेम गर्नुभएको छ, त्यसरी नै मैले पनि तिमीहरूलाई प्रेम गरेको छु; मेरो प्रेममा रहो ।
Even as the Father has loved me, I also have loved you. Remain in my love.
10 तिमीहरूले मेरा आज्ञाहरू पालन गर्छौ भने जसरी मैले मेरा पिताको आज्ञा पालन गरेको छु र उहाँको प्रेममा रहेको छु, त्यसरी नै तिमीहरू मेरो प्रेममा रहनेछौ ।
If you keep my commandments, you will remain in my love, even as I have kept my Father’s commandments and remain in his love.
11 मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि मेरो आनन्द तिमीहरूमा होस् र तिमीहरूको आनन्द पूर्ण होस् ।
I have spoken these things to you, that my joy may remain in you, and that your joy may be made full.
12 यो मेरो आज्ञा हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरेँ तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर ।
“This is my commandment, that you love one another, even as I have loved you.
13 आफ्नो मित्रको लागि आफ्नो ज्यानै दिनुभन्दा अर्को कुनै महान् प्रेम छैन ।
Greater love has no one than this, that someone lay down his life for his friends.
14 यदि तिमीहरूले मैले आज्ञा गरेका कुराहरू गर्छौ भने तिमीहरू मेरा मित्रहरू हौ ।
You are my friends if you do whatever I command you.
15 म तिमीहरूलाई नोकरहरू भन्‍दिनँ, किनकि त्यसका मालिकले के गरिरहेछ सो नोकरले जान्दैन । मैले तिमीहरूलाई मित्र भनेको छु, किनकि मैले मेरा पिताबाट सुनेका सबै कुरा तिमीहरूलाई प्रष्‍ट पारेको छु ।
No longer do I call you servants, for the servant doesn’t know what his lord does. But I have called you friends, for everything that I heard from my Father, I have made known to you.
16 तिमीहरूले मलाई चुनेनौ, तर मैले तिमीहरूलाई चुनेँ, र तिमीहरूलाई नियुक्‍त गरेँ, ताकि तिमीहरू जाओ, र फल फलाओ अनि तिमीहरूका फल रहनुपर्छ । त्यसैले तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्छौ, सो उहाँले तिमीहरूलाई दिनुहुनेछ ।
You didn’t choose me, but I chose you and appointed you, that you should go and bear fruit, and that your fruit should remain; that whatever you will ask of the Father in my name, he may give it to you.
17 म तिमीहरूलाई यी कुराहरू आज्ञा गर्छुः कि तिमीहरूले एक अर्कालाई प्रेम गर्नेछौ ।
“I command these things to you, that you may love one another.
18 यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने, जान कि यसले तिमीहरूलाई घृणा गर्नुअगि मलाई घृणा गरेको छ ।
If the world hates you, you know that it has hated me before it hated you.
19 यदि तिमीहरू संसारका थियौ त, संसारले तिमीहरूलाई आफ्नैझैँ प्रेम गर्ने थियो । तर तिमीहरू संसारका होइनौ, र मैले तिमीहरूलाई संसारबाट चुनेँ, यसकारण संसारले तिमीहरूलाई घृणा गर्छ ।
If you were of the world, the world would love its own. But because you are not of the world, since I chose you out of the world, therefore the world hates you.
20 मैले तिमीहरूलाई भनेको वचन याद राख, ‘नोकर त्यसको मालिकभन्दा महान् हुँदैन ।’ यदि तिनीहरूले मलाई सताएका छन् भने, तिनीहरूले तिमीहरूलाई पनि सताउनेछन् । यदि तिनीहरूले मेरो वचन पालन गरेका थिए भने तिनीहरूले तिमीहरूको पनि पालन गर्नेछन् ।”
Remember the word that I said to you: ‘A servant is not greater than his lord.’ If they persecuted me, they will also persecute you. If they kept my word, they will also keep yours.
21 तिनीहरू मेरो नाउँको कारणले तिमीहरूलाई यी सबै कुराहरू गर्नेछन्, किनकि मलाई पठाउनुहुनेलाई तिनीहरू चिन्दैनन् ।
But they will do all these things to you for my name’s sake, because they don’t know him who sent me.
22 यदि म आएको थिइनँ, र तिनीहरूसँग बोलेको थिइनँ भने त, उनीहरूमा पाप हुने थिएन, तर अब त तिनीहरूसित आफ्नो पापको लागि कुनै बहाना छैन ।
If I had not come and spoken to them, they would not have had sin; but now they have no excuse for their sin.
23 जसले मलाई घृणा गर्छ, त्यसले मेरा पितालाई पनि घृणा गर्छ ।
He who hates me, hates my Father also.
24 यदि मैले तिनीहरू माझ कसैले नगरेका कामहरू गरेको थिइनँ भने तिनीहरूमा कुनै पाप हुने थिएन, तर अहिले तिनीहरूले म र मेरा पिता दुवैलाई देखेका छन्, र घृणा गरेका छन् ।
If I hadn’t done among them the works which no one else did, they wouldn’t have had sin. But now they have seen and also hated both me and my Father.
25 तर यो तिनीहरूको व्यवस्थामा लेखिएको वचन पुरा हुनलाई हो, ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे ।’
But this happened so that the word may be fulfilled which was written in their law, ‘They hated me without a cause.’
26 जब सल्लाहकार आउनुहुन्छ जसलाई म तिमीहरूको निम्ति पिताको तर्फबाट पठाउनेछु अर्थात् सत्यको आत्मा जो पिताबाट जानुहुन्छ, उहाँले मेरो बारेमा गवाही दिनुहुनेछ ।
“When the Counselor has come, whom I will send to you from the Father, the Spirit of truth, who proceeds from the Father, he will testify about me.
27 तिमीहरूले पनि गवाही दिइरहेका छौ, किनकि तिमीहरू मसँग सुरुदेखि नै छौ ।
You will also testify, because you have been with me from the beginning.

< यूहन्‍ना 15 >