< यूहन्ना 14 >
1 “तिमीहरूको हृदय विचलित नहोस् । तिमीहरूले परमेश्वरमा विश्वास गर्छौ, ममा पनि विश्वास गर ।
Moyo wenyu ngaurege kutambudzika; munotenda kuna Mwari, tendaiwo kwandiri.
2 मेरा पिताको घरमा बस्ने धेरै कोठाहरू छन् । यदि त्यसो नहुँदो हो त, मैले तिमीहरूलाई भन्ने थिएँ त, किनकि म तिमीहरूका लागि ठाउँ तयार पार्न गइरहेको छु ।
Mumusha maBaba vangu mune dzimba zhinji dzekugara; dai zvisina kudaro, ndingadai ndakakuudzai. Ndinoenda kunokugadzirirai nzvimbo.
3 म जान्छु, र तिमीहरूका लागि ठाउँ तयार पार्छु भने, म फेरि आउनेछु र म आफैँसँग लानेछु, ताकि जहाँ म हुन्छु तिमीहरू पनि त्यहाँ हुनेछौ ।
Zvino ndikanokugadzirirai nzvimbo, ndichauyazve ndikugamuchirei kwandiri; kuti apo ini pandiri, imwi muvepowo.
4 तिमीहरूले म जहाँ गइरहेको त्यो बाटो चिन्छौ ।”
Uye ini pandinoenda munoziva, nenzira munoziva.
5 थोमाले येशूलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ, हामी जान्दैनौँ; हामीले बाटो कसरी चिन्ने?”
Tomasi akati kwaari: Ishe, hatizivi kwamunoenda; ko tinogona kuziva sei nzira?
6 येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन मै नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन ।
Jesu akati kwaari: Ini ndiri nzira, nechokwadi, neupenyu; hapana anouya kuna Baba, asi nekwandiri.
7 यदि तिमीहरूले मलाई चिनेका भए, तिमीहरूले मेरा पितालाई पनि चिन्ने थियौ । अबदेखि उसो तिमीहरूले उहाँलाई चिनेका छौ र उहाँलाई देखेका छौ ।”
Dai maindiziva, maiziva Baba vanguwo; uye kubva ikozvino munovaziva, uye makavaona.
8 फिलिपले येशूलाई भने, “प्रभु, हामीलाई पिता देखाउनुहोस्, त्यो नै हामीलाई पर्याप्त हुनेछ ।”
Firipi akati kwaari: Ishe, tiratidzei Baba, uye zvakatikwanira.
9 येशूले तिनलाई भन्नुभयो, “म तिमीहरूसँग यति लामो समयसम्म रहेको छु, र पनि फिलिप, अझै तिमी मलाई चिन्दैनौ? जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ । तिमीहरू कसरी ‘हामीलाई पिता देखाउनुहोस्’ भन्न सक्छौ?”
Jesu akati kwaari: Ndava nemwi nguva refu yakadai, hausati wandiziva here, Firipi? Waona ini, waona Baba; zvino unoreva sei uchiti: Tiratidzei Baba?
10 म पितामा छु र पिता ममा हुनुहुन्छ भनी के तिमीहरू विश्वास गर्दैनौ? मैले तिमीहरूलाई बोलेका वचनहरू, म आफ्नै अधिकारले बोल्दिनँ । योचाहिँ ममा रहनुहुने पिता नै हुनुहुछ जसले आफ्नो काम गरिरहनुभएको छ ।
Hautendi here kuti ini ndiri muna Baba, naBaba vari mandiri? Mashoko andinotaura kwamuri ini, handiatauri pachangu; asi Baba, vanogara mandiri, ndivo vanoita mabasa.
11 म पितामा छु, र पिता ममा हुनुहुन्छ भन्ने विश्वास गर; नत्र कामहरूकै खातिर पनि विश्वास गर ।
Nditendei kuti ndiri muna Baba, naBaba vari mandiri; kana zvisakadaro nditendei nekuda kwemabasa amene.
12 साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्वास गर्छ त्यसले मैले गर्ने कामहरू पनि गर्नेछ र त्यसले यीभन्दा पनि ठुल्ठुला कामहरू गर्नेछ, किनकि म पिताकहाँ गइरहेको छु ।
Zvirokwazvo, zvirokwazvo, ndinoti kwamuri: Anotenda kwandiri, mabasa ini andinoita iye achaaitawo, uye makuru kune awa achaaita; nokuti ini ndinoenda kuna Baba vangu.
13 तिमीहरूले मेरो नाउँमा जे माग्छौ, सो म गर्नेछु, ताकि पुत्रमा पिता महिमित हुनुभएको होस् ।
Uye chero chipi chamunokumbira muzita rangu, icho ndichachiita, kuti Baba varumbidzwe muMwanakomana.
14 यदि तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यौ भने सो म गर्नेछु ।
Kana muchikumbira chero chipi muzita rangu, ini ndichachiita.
15 यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नेछौ ।
Kana muchindida, chengetai mirairo yangu.
16 अनि म पितासँग प्रार्थना गर्नेछु, अनि उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, ताकि उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ, जो (aiōn )
Neni ndichakumbira Baba, naivo vachakupai umwe Munyaradzi, kuti agare nemwi nekusingaperi, (aiōn )
17 सत्यका आत्मा हुनुहुन्छ । संसारले उहाँलाई ग्रहण गर्न सक्दैन, किनकि यसले उहाँलाई देख्दैन वा उहाँलाई चिन्दैन । तर तिमीहरू उहाँलाई चिन्दछौ, किनकि उहाँ तिमीहरूसँग रहनुहुन्छ र तिमीहरूमा हुनुहुनेछ ।
Mweya wechokwadi, iyo nyika yausingagoni kugamuchira, nokuti haimuoni, kana kumuziva. Asi imwi munomuziva, nokuti ugere nemwi, uchava mukati menyu.
18 म तिमीहरूलाई एकलै छोड्नेछैनँ; म तिमीहरूकहाँ फर्की आउनेछु ।
Handingakusii muri nherera; ndichauya kwamuri.
19 तैपनि केही समय मात्र हो, अनि संसारले मलाई देख्नेछैन, तर तिमीहरू मलाई देख्छौ । किनकि म जिउँछु, तिमीहरू पनि जिउनेछौ ।
Kuchine chinguvana, nenyika haichazondioni; asi imwi muchandiona; nokuti ini ndinorarama, imwiwo muchararama.
20 त्यस दिन तिमीहरूले म पितामा छु, अनि तिमीहरू ममा छौ र म तिमीहरूमा छु भनी जान्नेछौ ।
Nezuva iro imwi muchaziva kuti ndiri muna Baba vangu, nemwi mandiri, neni mamuri.
21 जोसँग मेरा आज्ञाहरू छन् र तिनलाई पालन गर्छन्, मलाई प्रेम गर्ने त्यही हो, अनि जसले मलाई प्रेम गर्छ त्यसलाई मेरा पिताद्वारा प्रेम गरिनेछ, र म त्यसलाई प्रेम गर्नेछु र म आफैँ त्यसकहाँ देखा पर्छु ।”
Ane mirairo yangu achiichengeta, ndiye anondida; uye anondida achadikanwa naBaba vangu; neni ndichamuda, uye ndichazviratidza kwaari.
22 यहूदाले (स्करियोत होइन) येशूलाई भने, “प्रभु, किन यस्तो, हामीकहाँ चाहिँ तपाईं आफैँ देखा पर्नुहुन्छ र संसारकहाँ चाहिँ देखा पर्नुहुन्न?”
Judhasi, kwete Isikariyoti, akati kwaari: Ishe, chii kuti munozozviratidza kwatiri, asi kwete kunyika?
23 येशूले तिनलाई जवाफ दिनुभयो, र भन्नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, त्यसले मरो वचन पालन गर्नेछ । मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, अनि हामी त्यसकहाँ आउनेछौँ र त्यससँग हामी हाम्रो बासस्थान बनाउनेछौँ ।”
Jesu akapindura akati kwaari: Kana munhu achindida, achachengeta shoko rangu, naBaba vangu vachamuda, uye tichauya kwaari, tikaita ugaro naye.
24 जसले मलाई प्रेम गर्दैन, त्यसले मेरो वचन पालन गर्दैन । तिमीहरूले सुनेका वचन मबाट आएको होइन, तर पिताबाट आएको हो जसले मलाई पठाउनुभयो ।
Asingandidi, haachengeti mashoko angu; neshoko ramunonzwa harisi rangu, asi raBaba vakandituma.
25 म तिमीहरूसँग रहिरहँदा नै मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ।
Zvinhu izvozvi ndazvitaura kwamuri ndigere nemwi.
26 तापनि सल्लाहकार अर्थात् पवित्र आत्मा जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ ।
Asi Munyaradzi, Mweya Mutsvene, iwo Baba wavachatuma muzita rangu, iye achakudzidzisai zvinhu zvese, uye akuyeudzirei zvese zvandakataura kwamuri.
27 म तिमीहरूसँग शान्ति छोड्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु । संसारले जसरी दिन्छ त्यसरी म यो तिमीहरूलाई दिन्नँ । तिमीहरूको हृदय विचलित नहोस्, र भयभीत नहोस् ।
Rugare ndinosiya kwamuri; rugare rwangu ndinopa kwamuri; kwete nyika sezvainopa, ini ndinopa kwamuri. Moyo wenyu ngaurege kutambudzika, kana kutya.
28 मैले तिमीहरूलाई भनेको सुनेका छौ, “म गइरहेछु, अनि म तिमीहरूकहाँ फेरि आउनेछु ।” यदि तिमीहरूले मलाई प्रेम गरेका भए, तिमीहरू खुसी हुनेथियौ, किनकि म पिताकहाँ गइरहेको छु, किनकि पिता मभन्दा महान् हुनुहुन्छ ।
Manzwa kuti ini ndati kwamuri: Ndinoenda, uye ndichauya kwamuri. Kana maindida, maifara, nokuti ndati: Ndinoenda kuna Baba; nokuti Baba vangu vakuru kwandiri.
29 अहिले मैले तिमीहरूलाई यो हुन अगाडि नै बताएको छु, ताकि जब यो हुन आउँछ तिमीहरूले विश्वास गर्न सक ।
Uye ikozvino ndakuudzai zvisati zvaitika; kuti kana zvoitika mungatenda.
30 म तिमीहरूसँग धेरै बोल्दिनँ, किनकि यस संसारको शासक आउँदै छ । त्यसको ममाथि केही शक्ति छैन,
Handichazotaurizve zvizhinji nemwi; nokuti mutongi wenyika ino anouya, asi haana chinhu kwandiri;
31 तर म पितालाई प्रेम गर्छु भन्ने संसारले जानोस् भनेर पिताले मलाई जस्तो आज्ञा गर्नुभएको छ म त्यसै गर्छु । उठौँ, र यहाँबाट जाऔँ ।”
asi kuti nyika izive kuti ndinoda Baba, uye Baba sezvavakandiraira, ndinoita saizvozvo. Simukai, ngatibve pano.