< यूहन्‍ना 13 >

1 अब निस्तार-चाडअगि येशू जान्‍नुहुन्थ्यो, कि उहाँ यस संसारबाट पिताकहाँ जाने उहाँको समय आएको थियो, यस संसारमा भएका उहाँका आफ्नाहरूलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त्यसम्मै प्रेम गर्नुभयो ।
ܩܕܡ ܕܝܢ ܥܐܕܐ ܕܦܨܚܐ ܝܕܥ ܗܘܐ ܝܫܘܥ ܕܡܛܬ ܫܥܬܐ ܕܢܫܢܐ ܡܢ ܗܢܐ ܥܠܡܐ ܠܘܬ ܐܒܘܗܝ ܘܐܚܒ ܠܕܝܠܗ ܕܒܗܢܐ ܥܠܡܐ ܘܥܕܡܐ ܠܚܪܬܐ ܐܚܒ ܐܢܘܢ
2 अहिले दियाबलसले सिमोनको छोरा यहूदा इस्करियोतको हृदयमा येशूलाई विश्‍वासघात गर्ने कुरा अगि नै हालिदिएको थियो ।
ܘܟܕ ܗܘܬ ܚܫܡܝܬܐ ܪܡܐ ܗܘܐ ܠܗ ܠܤܛܢܐ ܒܠܒܗ ܕܝܗܘܕܐ ܒܪ ܫܡܥܘܢ ܤܟܪܝܘܛܐ ܕܢܫܠܡܝܘܗܝ
3 येशूले जान्‍नुहुन्थ्यो, कि पिताले सबै थोक उहाँको हातमा दिनुभएको थियो, उहाँ पिताबाट नै आउनुभएको थियो र फेरि परमेश्‍वरकहाँ नै फर्केर जाँदै हुनुहुन्थ्यो ।
ܗܘ ܕܝܢ ܝܫܘܥ ܡܛܠ ܕܝܕܥ ܗܘܐ ܕܟܠ ܡܕܡ ܝܗܒ ܐܒܐ ܒܐܝܕܘܗܝ ܘܕܡܢ ܐܠܗܐ ܢܦܩ ܘܠܘܬ ܐܠܗܐ ܐܙܠ
4 उहाँ बेलुकीको खाना खाएर उठ्नुभयो र उहाँको बाहिरी वस्‍त्र फुकाल्नुभयो । त्यसपछि उहाँले एउटा तौलिया लिनुभयो, र आफ्नो कम्मरमा बेर्नुभयो ।
ܩܡ ܡܢ ܚܫܡܝܬܐ ܘܤܡ ܢܚܬܘܗܝ ܘܫܩܠ ܤܕܘܢܐ ܡܚܐ ܒܚܨܘܗܝ
5 त्यसपछि उहाँले बाटामा पानी हाल्नुभयो र चेलाहरूका गोडा धुन थाल्नुभयो, अनि उहाँको कम्मरमा बेर्नुभएको तौलियाले तिनीहरूका गोडा पुछ्नुभयो ।
ܘܐܪܡܝ ܡܝܐ ܒܡܫܓܬܐ ܘܫܪܝ ܠܡܫܓܘ ܪܓܠܐ ܕܬܠܡܝܕܘܗܝ ܘܡܫܘܐ ܗܘܐ ܒܤܕܘܢܐ ܕܡܚܐ ܒܚܨܘܗܝ
6 उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, र पत्रुसले उहाँलाई भने, “प्रभु, के तपाईं मेरा गोडा धुँदै हुनुहुन्छ?”
ܟܕ ܕܝܢ ܐܬܐ ܠܘܬ ܫܡܥܘܢ ܟܐܦܐ ܐܡܪ ܠܗ ܫܡܥܘܢ ܐܢܬ ܡܪܝ ܪܓܠܝ ܡܫܝܓ ܐܢܬ ܠܝ
7 येशूले जवाफ दिनुभयो, र तिनलाई भन्‍नुभयो, “म के गरिरहको छु, तिमी अहिले यसलाई बुझ्दैनौ, तर तिमीले यो पछि बुझ्‍नेछौ ।”
ܥܢܐ ܝܫܘܥ ܘܐܡܪ ܠܗ ܡܕܡ ܕܥܒܕ ܐܢܐ ܐܢܬ ܠܐ ܝܕܥ ܐܢܬ ܗܫܐ ܒܬܪܟܢ ܕܝܢ ܬܕܥ
8 पत्रुसले उहाँलाई भने, “तपाईंले मेरा गोडा कहिल्यै पनि धुनुहुनेछैन ।” येशूले तिनलाई जवाफ दिनुभयो, “यदि मैले तिमीलाई धोइनँ भने तिम्रो मसित केही हिस्सा हुनेछैन ।” (aiōn g165)
ܐܡܪ ܠܗ ܫܡܥܘܢ ܟܐܦܐ ܠܥܠܡ ܠܐ ܡܫܝܓ ܐܢܬ ܠܝ ܪܓܠܝ ܐܡܪ ܠܗ ܝܫܘܥ ܐܢ ܠܐ ܡܫܝܓ ܐܢܐ ܠܟ ܠܝܬ ܠܟ ܥܡܝ ܡܢܬܐ (aiōn g165)
9 सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, मेरा गोडा मात्र होइन, मेरा शिर र हातहरू पनि धोइदिनुहोस् ।”
ܐܡܪ ܠܗ ܫܡܥܘܢ ܟܐܦܐ ܡܕܝܢ ܡܪܝ ܠܐ ܒܠܚܘܕ ܪܓܠܝ ܬܫܝܓ ܠܝ ܐܠܐ ܐܦ ܐܝܕܝ ܐܦ ܪܫܝ
10 येशूले तिनलाई भन्‍नुभयो, “जो नुहाएको छ, त्यसका गोडाबाहेक अरू केही धुनुपर्दैन र त्यो पूर्ण रूपमा शुद्ध हुन्छ; तिमी शुद्ध छौ, तर तिमीहरू सबै जना नै त छैनौ ।”
ܐܡܪ ܠܗ ܝܫܘܥ ܗܘ ܕܤܚܐ ܠܐ ܤܢܝܩ ܐܠܐ ܪܓܠܘܗܝ ܒܠܚܘܕ ܢܫܝܓ ܟܠܗ ܓܝܪ ܕܟܐ ܗܘ ܐܦ ܐܢܬܘܢ ܟܠܟܘܢ ܕܟܝܐ ܐܢܬܘܢ ܐܠܐ ܠܐ ܟܠܟܘܢ
11 (किनकि कसले उहाँलाई विश्‍वासघात गर्थ्यो भन्‍ने येशूलाई थाहा थियो, त्यसैले उहाँले भन्‍नुभयो, “तिमीहरू सबै जना त शुद्ध छैनौ ।” )
ܝܕܥ ܗܘܐ ܓܝܪ ܝܫܘܥ ܠܗܘ ܕܡܫܠܡ ܠܗ ܡܛܠ ܗܢܐ ܐܡܪ ܕܠܐ ܗܘܐ ܟܠܟܘܢ ܕܟܝܐ ܐܢܬܘܢ
12 त्यसैले, जब येशूले तिनीहरूका गोडा धुनुभयो र उनीहरूका लुगा लगाउनुभयो, र फेरि बस्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूका निम्ति के गरेको छु भन्‍ने के तिमीहरू जान्दछौ?”
ܟܕ ܕܝܢ ܐܫܝܓ ܪܓܠܝܗܘܢ ܫܩܠ ܢܚܬܘܗܝ ܘܐܤܬܡܟ ܘܐܡܪ ܠܗܘܢ ܝܕܥܝܢ ܐܢܬܘܢ ܡܢܐ ܥܒܕܬ ܠܟܘܢ
13 तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ र तिमीहरू ठिकै बोलिरहेका छौ, किनकि म त्यही हुँ ।
ܐܢܬܘܢ ܩܪܝܢ ܐܢܬܘܢ ܠܝ ܪܒܢ ܘܡܪܢ ܘܫܦܝܪ ܐܡܪܝܢ ܐܢܬܘܢ ܐܝܬܝ ܓܝܪ
14 तब म गुरु र प्रभुले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक अर्काको गोडा धुनुपर्छ ।
ܐܢ ܐܢܐ ܗܟܝܠ ܡܪܟܘܢ ܘܪܒܟܘܢ ܐܫܝܓܬ ܠܟܘܢ ܪܓܠܝܟܘܢ ܟܡܐ ܐܢܬܘܢ ܚܝܒܝܢ ܐܢܬܘܢ ܕܬܫܝܓܘܢ ܪܓܠܐ ܚܕ ܕܚܕ
15 किनकि मैले यो तिमीहरूलाई एउटा उदाहरण दिएको हुँ, ताकि तिमीहरूले पनि मैले तिमीहरूका निम्ति गरेजस्तै गर्न सक ।
ܗܢܐ ܓܝܪ ܛܘܦܤܐ ܝܗܒܬ ܠܟܘܢ ܕܐܝܟܢܐ ܕܐܢܐ ܥܒܕܬ ܠܟܘܢ ܐܦ ܐܢܬܘܢ ܬܥܒܕܘܢ
16 साँचो, साँचो म तिमीहरूलाई भन्दछु, नोकर आफ्नो मालिकभन्दा ठुलो हुँदैन न त समाचारवाहक त्यसलाई पठाउनेभन्दा ठुलो हुन्छ ।
ܐܡܝܢ ܐܡܝܢ ܐܡܪ ܐܢܐ ܠܟܘܢ ܕܠܝܬ ܥܒܕܐ ܕܪܒ ܡܢ ܡܪܗ ܘܠܐ ܫܠܝܚܐ ܕܪܒ ܡܢ ܡܢ ܕܫܕܪܗ
17 यदि तिमीहरूले यी कुराहरू जान्यौ, र ती गर्‍यौ भने तिमीहरू धन्यका हुनेछौ ।
ܐܢ ܗܠܝܢ ܬܕܥܘܢ ܛܘܒܢܐ ܐܢܬܘܢ ܐܢ ܬܥܒܕܘܢ ܐܢܝܢ
18 म तिमीहरू सबै जनाको बारेमा बोलिरहेको छैनँ; मैले जसलाई छानेको छु म तिनीहरूलाई चिन्छु, तर यो यसैले हो, कि धर्मशास्‍त्र पुरा होस्ः जसले मेरो रोटी खायो, त्यसले नै ममाथि लात उठायो ।
ܠܐ ܗܘܐ ܥܠ ܟܠܟܘܢ ܐܡܪ ܐܢܐ ܝܕܥ ܐܢܐ ܓܝܪ ܠܐܝܠܝܢ ܕܓܒܝܬ ܐܠܐ ܕܟܬܒܐ ܢܫܠܡ ܕܗܘ ܕܐܟܠ ܥܡܝ ܠܚܡܐ ܐܪܝܡ ܥܠܝ ܥܩܒܗ
19 म यो घटनअगि नै तिमीहरूलाई भन्छु, ताकि जब यो घटन आउँछ, म उही हुँ भनी तिमीहरूले विश्‍वास गर्न सक ।
ܡܢ ܗܫܐ ܐܡܪ ܐܢܐ ܠܟܘܢ ܡܢ ܩܕܡ ܕܢܗܘܐ ܕܡܐ ܕܗܘܐ ܬܗܝܡܢܘܢ ܕܐܢܐ ܐܢܐ
20 म साँचो, साँचो तिमीहरूलाई भन्दछु, जसले मैले जसलाई पठाउँछु त्यसलाई ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्दछ, र जसले मलाई ग्रहण गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ ।
ܐܡܝܢ ܐܡܝܢ ܐܡܪ ܐܢܐ ܠܟܘܢ ܕܡܢ ܕܡܩܒܠ ܠܡܢ ܕܡܫܕܪ ܐܢܐ ܠܝ ܡܩܒܠ ܘܡܢ ܕܠܝ ܡܩܒܠ ܡܩܒܠ ܠܡܢ ܕܫܕܪܢܝ
21 जब येशूले यो भन्‍नुभयो, उहाँ आत्मामा विचलित हुनुभयो, उहाँले गवाही दिनुभयो, र भन्‍नुभयो, “साँ‍चो, साँचो म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई विश्‍वासघात गर्नेछ ।”
ܗܠܝܢ ܐܡܪ ܝܫܘܥ ܘܐܬܥܙܙ ܒܪܘܚܗ ܘܐܤܗܕ ܘܐܡܪ ܐܡܝܢ ܐܡܝܢ ܐܡܪ ܐܢܐ ܠܟܘܢ ܕܚܕ ܡܢܟܘܢ ܢܫܠܡܢܝ
22 उहाँले कसको बारेमा कुरा गर्दै हुनुहुन्छ भनेर छक्‍क पर्दै चेलाहरूले एक आपसमा हेराहेर गर्न थाले ।
ܚܪܘ ܕܝܢ ܬܠܡܝܕܐ ܚܕ ܒܚܕ ܡܛܠ ܕܠܐ ܝܕܥܝܢ ܗܘܘ ܕܥܠ ܡܢܘ ܐܡܪ
23 उहाँका चेलाहरूमध्ये एक जना जसलाई येशूले प्रेम गर्नुहुन्थ्यो तिनी टेबलमा येशूको छातीमा अडेस लगेर ढल्किरहेका थिए ।
ܐܝܬ ܗܘܐ ܕܝܢ ܡܢ ܬܠܡܝܕܘܗܝ ܚܕ ܕܤܡܝܟ ܗܘܐ ܒܥܘܒܗ ܗܘ ܕܪܚܡ ܗܘܐ ܠܗ ܝܫܘܥ
24 यसकारण सिमोन पत्रुसले यो चेलालाई इसारा गरेर भने, “उहाँले हामीमध्ये कसको बारेमा भन्दै हुनुहुन्छ, हामीलाई भन ।”
ܠܗܢܐ ܪܡܙ ܫܡܥܘܢ ܟܐܦܐ ܕܢܫܐܠܝܘܗܝ ܕܡܢܘ ܗܘ ܕܐܡܪ ܥܠܘܗܝ
25 त्यसैले, तिनी येशूको छातीमा ढल्किएर बसे, र उहाँलाई भने, “प्रभु, यो को हो?”
ܘܢܦܠ ܗܘ ܬܠܡܝܕܐ ܥܠ ܚܕܝܗ ܕܝܫܘܥ ܘܐܡܪ ܠܗ ܡܪܝ ܡܢܘ ܗܢܐ
26 त्यसपछि येशूले जवाफ दिनुभयो, “त्यो त्यही हो, जसलाई म यो रोटीको टुक्रा चोपेर दिन्छु ।” त्यसपछि उहाँले रोटीको टुक्रा चोप्‍नुभयो र सिमोनको छोरा यहूदालाई दिनुभयो ।
ܥܢܐ ܝܫܘܥ ܘܐܡܪ ܗܘ ܗܘ ܕܨܒܥ ܐܢܐ ܠܚܡܐ ܝܗܒ ܐܢܐ ܠܗ ܘܨܒܥ ܝܫܘܥ ܠܚܡܐ ܘܝܗܒ ܠܝܗܘܕܐ ܒܪ ܫܡܥܘܢ ܤܟܪܝܘܛܐ
27 र रोटी दिइसक्‍नुभएपछि शैतान त्यसभित्र पस्यो । त्यसैले, येशूले त्यसलाई भन्‍नुभयो, “तिमीले जे गरिरहेका छौ, सो छिटो गरी हाल ।”
ܘܒܬܪ ܠܚܡܐ ܗܝܕܝܢ ܐܬܥܠܠ ܒܗ ܤܛܢܐ ܘܐܡܪ ܠܗ ܝܫܘܥ ܡܕܡ ܕܥܒܕ ܐܢܬ ܥܒܕ ܒܥܓܠ
28 अब उहाँले त्यसलाई किन यसो भन्‍नुभएको भन्‍ने त्यहाँ टेबलमा ढल्किरहेका कसैलाई पनि थाहा भएन ।
ܗܕܐ ܕܝܢ ܠܐ ܐܢܫ ܝܕܥ ܡܢ ܗܢܘܢ ܤܡܝܟܐ ܕܥܠ ܡܢܐ ܐܡܪ ܠܗ
29 केहीले यहूदासँग पैसाको थैलो भएको हुनाले येशूले त्यसलाई, “चाडको निम्ति हामीलाई आवश्‍यक पर्ने सामानहरू किन” वा त्यसले गरिबहरूलाई दिनुपर्छ भन्‍नुभएको होला भन्‍ने सोचे ।
ܐܢܫܝܢ ܓܝܪ ܤܒܪܘ ܡܛܠ ܕܓܠܘܤܩܡܐ ܨܐܕܘܗܝ ܗܘܐ ܕܝܗܘܕܐ ܕܡܦܩܕ ܦܩܕ ܠܗ ܕܢܙܒܢ ܡܕܡ ܕܡܬܒܥܐ ܠܥܕܥܕܐ ܐܘ ܕܢܬܠ ܡܕܡ ܠܡܤܟܢܐ
30 जब यहूदाले रोटी खायो, त्यो तुरुन्तै त्यहाँबाट हिँडी हाल्यो । यो रातको समय थियो ।
ܗܘ ܕܝܢ ܝܗܘܕܐ ܢܤܒ ܠܚܡܐ ܒܪ ܫܥܬܗ ܘܢܦܩ ܠܗ ܠܒܪ ܠܠܝܐ ܗܘܐ ܕܝܢ ܟܕ ܢܦܩ
31 जब यहूदा त्यहाँबाट गयो, येशूले भन्‍नुभयो, “मानिसका पुत्रलाई महिमित तुल्याइन्छ, र उसमा परमेश्‍वरलाई महिमित तुल्याइन्छ ।
ܘܐܡܪ ܝܫܘܥ ܗܫܐ ܐܫܬܒܚ ܒܪܗ ܕܐܢܫܐ ܘܐܠܗܐ ܐܫܬܒܚ ܒܗ
32 परमेश्‍वरले आफैँमा उसलाई महिमित पार्नुहुनेछ र उहाँले उसलाई तुरुन्तै महिमित तुल्याउनुहुनेछ ।
ܘܐܢ ܐܠܗܐ ܐܫܬܒܚ ܒܗ ܘܐܦ ܐܠܗܐ ܡܫܒܚ ܠܗ ܒܗ ܘܡܚܕܐ ܡܫܒܚ ܠܗ
33 साना बालकहरू हो, म तिमीहरूसँग अझ केही समयसम्म हुनेछु । मैले यहूदीहरूलाई भनेझैँ, अहिले म तिमीहरूलाई यो पनि भन्छु, तिमीहरूले मलाई खोज्‍नेछौ, ‘जहाँ म गइरहेको छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।’
ܒܢܝ ܩܠܝܠ ܐܚܪܝܢ ܥܡܟܘܢ ܐܢܐ ܘܬܒܥܘܢܢܝ ܘܐܝܟܢܐ ܕܐܡܪܬ ܠܝܗܘܕܝܐ ܕܠܐܝܟܐ ܕܐܢܐ ܐܙܠ ܐܢܐ ܐܢܬܘܢ ܠܐ ܡܫܟܚܝܢ ܐܢܬܘܢ ܠܡܐܬܐ ܘܐܦ ܠܟܘܢ ܐܡܪ ܐܢܐ ܗܫܐ
34 म तिमीहरूलाई नयाँ आज्ञा दिइरहेको छु, कि तिमीहरू एकले अर्कोलाई प्रेम गर्नुपर्छ, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु । त्यसैले पनि तिमीहरू एकले अर्कालाई प्रेम गर्नुपर्छ ।
ܦܘܩܕܢܐ ܚܕܬܐ ܝܗܒ ܐܢܐ ܠܟܘܢ ܕܗܘܝܬܘܢ ܡܚܒܝܢ ܚܕ ܠܚܕ ܐܝܟܢܐ ܕܐܢܐ ܐܚܒܬܟܘܢ ܐܦ ܐܢܬܘܢ ܬܚܒܘܢ ܚܕ ܠܚܕ
35 यदि तिमीहरूले एकले अर्कालाई प्रेम गर्‍यौ भने यसैद्वारा तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले जान्‍नेछन् ।
ܒܗܕܐ ܢܕܥ ܟܠ ܐܢܫ ܕܬܠܡܝܕܝ ܐܢܬܘܢ ܐܢ ܚܘܒܐ ܢܗܘܐ ܒܟܘܢ ܚܕ ܠܘܬ ܚܕ
36 सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ?” येशूले जवाफ दिनुभयो, “म जहाँ जाँदै छु, तिमी अहिले पछ्याउन सक्दैनौ, तर तिमीले पछि पछ्याउनेछौ ।”
ܐܡܪ ܠܗ ܫܡܥܘܢ ܟܐܦܐ ܡܪܢ ܠܐܝܟܐ ܐܙܠ ܐܢܬ ܥܢܐ ܝܫܘܥ ܘܐܡܪ ܠܗ ܠܐܝܟܐ ܕܐܙܠ ܐܢܐ ܠܐ ܡܫܟܚ ܐܢܬ ܗܫܐ ܕܬܐܬܐ ܒܬܪܝ ܠܚܪܬܐ ܕܝܢ ܬܐܬܐ
37 पत्रुसले उहाँलाई भने, “प्रभु, मैले तपाईंलाई अहिले नै किन पछ्याउन सक्दिनँ? म तपाईंको लागि मेरो ज्यान पनि दिनेछु ।”
ܐܡܪ ܠܗ ܫܡܥܘܢ ܟܐܦܐ ܡܪܝ ܠܡܢܐ ܠܐ ܡܫܟܚ ܐܢܐ ܕܐܬܐ ܒܬܪܟ ܗܫܐ ܢܦܫܝ ܚܠܦܝܟ ܤܐܡ ܐܢܐ
38 येशूले जवाफ दिनुभयो, “के तिमीले मेरो निम्ति आफ्नो ज्यान नै दिनेछौ त? साँचो, साँचो म तिमीलाई भन्दछु, कि तिमीले मलाई तिन पल्ट इन्कार गरेपछि मात्र भाले बास्‍नेछ ।”
ܐܡܪ ܠܗ ܝܫܘܥ ܢܦܫܟ ܚܠܦܝ ܤܐܡ ܐܢܬ ܐܡܝܢ ܐܡܝܢ ܐܡܪ ܐܢܐ ܠܟ ܕܠܐ ܢܩܪܐ ܬܪܢܓܠܐ ܥܕܡܐ ܕܬܟܦܘܪ ܒܝ ܬܠܬ ܙܒܢܝܢ

< यूहन्‍ना 13 >