< यूहन्ना 12 >
1 निस्तार-चाडको छ दिन अगाडि येशू बेथानिया आउनुभयो, जहाँ उहाँले मृत्युबाट जीवित पार्नुभएका लाजरस थिए ।
Jesus, therefore, six days before the passover, came to Bethany, where Lazarus was, whom Jesus raised from the dead.
2 त्यसकारण, तिनीहरूले उहाँको लागि बेलुकीको खाना तयार पारे । मार्थाले सेवा-सत्कार गरिरहेकी थिइन् र लाजरस येशूसँगै टेबलमा ढल्किरहेकाहरूमध्ये एक जना थिए ।
They made therefore a supper for him there, and Martha served; but Lazarus was one of those who reclined at the table with him.
3 तब मरियमले आधा लिटर जति शुद्ध जटामसीले बनेको बहुमूल्य अत्तर लिइन्, र येशूको पाउ अभिषेक गरिन्, अनि तिनको आफ्नो कपालले उहाँको पाउ पुछिन् । त्यो घर अत्तरको सुगन्धले भरियो ।
Then Mary, taking a pound of ointment of pure spikenard, very costly, anointed the feet of Jesus, and wiped his feet with her hair; and the house was filled with the odor of the ointment.
4 उहाँका चेलाहरूमध्ये एक जना यहूदा स्करियोत जसले उहाँलाई विश्वासघात गर्ने थियो, त्यसले भन्यो,
But Judas Iscariot, one of his disciples, he who was about to betray him, saith,
5 “यो अत्तर तिन सय चाँदीका सिक्कामा बेचेरे गरिबहरूलाई किन दिइएन?”
Why was not this ointment sold for three hundred denaries, and given to the poor?
6 त्यसले यो कुरा गरिबहरूको वास्ता गरेर भनेको थिएन, तर त्यो चोर भएकोले भनेको हो । त्यससँग पैसाको थैलो हुन्थ्यो र यसमा राखिएकोबाट चोर्ने गर्थ्यो ।
And this he said, not because he cared for the poor, but because he was a thief, and kept the purse, and bore what was put therein.
7 येशूले भन्नुभयो, “तिनीसँग मेरो दफनको दिनको लागि जे छ, त्यो राख्न देऊ ।
Then said Jesus, Let her alone, that she may keep it until the day of my burial.
8 गरिबहरू त तिमीहरूसँग सधैँ हुनेछन्, तर म तिमीहरूसँग सधैँ हुनेछैनँ ।”
For the poor ye have always with you, but me ye have not always.
9 अब यहूदीहरूको ठुलो भिडले येशू त्यहाँ हुनुहुन्छ भन्ने थाहा पायो र तिनीहरू येशूको निम्ति मात्र होइन, तर लाजरसलाई हेर्न पनि आए, जसलाई येशूले मृत्युबाट जीवित पार्नुभएको थियो ।
The great multitude of the Jews therefore knew that he was there; and they came, not only on account of Jesus, but that they might see Lazarus also, whom he raised from the dead.
10 मुख्य पुजारीहरूले सँगसँगै षड्यन्त्र रचे, ताकि तिनीहरूले लाजरसलाई पनि मार्न सकेको होस् ।
But the priests consulted together that they might put Lazarus also to death;
11 किनकि तिनको कारण धेरै यहूदीहरू भड्किएका थिए र येशूमा विश्वास गरेका थिए ।
because on his account many of the Jews were going away, and believing in Jesus.
12 अर्को दिन चाडमा ठुलो भिड आयो । जब येशू यरूशलेममा आउँदै हुनुहुन्छ भन्ने तिनीहरूले सुने,
On the next day, a great multitude that had come to the feast, hearing that Jesus was coming to Jerusalem,
13 तिनीहरूले खजुरको बोटका हाँगाहरू लिए र उहाँलाई भेट्न गए, अनि उच्च सोरमा यसो भने, “होसन्ना! इस्राएलका राजा अर्थात् परमप्रभुको नाउँमा आउनुहुने धन्यको हुनुहुन्छ ।”
took branches of palm-trees, and went forth to meet him, crying aloud, Hosanna! blessed is he who cometh in the name of the Lord, even the king of Israel!
14 येशूले एउटा गधाको बछेडा भेट्टाउनुभयो र त्यसमाथि चढ्नुभयो, जस्तो यो लेखिएको थियो,
And Jesus, having found a young ass, sat thereon, as it is written,
15 “सियोनकी छोरी नडराऊ, हेर, तिम्रा राजा गधामा चढेर आउँदै हुनुहुन्छ ।”
“Fear not, daughter of Zion! lo! thy king cometh, sitting on an ass's colt.”
16 उहाँका चेलाहरूले सुरुमा यी कुराहरू बुझेनन्, तर जब येशू महिमित हुनुभयो तब उहाँको विषयमा लेखिएका थिए र यी सबै कुराहरू तिनीहरूले उहाँकै निम्ति गरेका थिए भनी उनीहरूले सम्झे ।
These things his disciples did not understand at the first; but when Jesus had been glorified, then they remembered that these things were written of him, and that they had done these things to him.
17 उहाँले अहिले लाजरसलाई चिहानबाट बाहिर बोलाउनुहुँदा र तिनलाई मृत्युबाट जीवित पार्नुहुँदा उहाँसँग भएको भिडले गवाही दियो ।
The multitude therefore that was with him when he called Lazarus out of the tomb and raised him from the dead bore witness.
18 यही कारणले गर्दा पनि भिडहरू उहाँलाई भेट्न गए, किनकि उहाँले यो चिह्न गर्नुभयो भन्ने तिनीहरूले सुने ।
For this cause also the multitude met him, because they had heard that he had wrought, this sign.
19 यसकारण फरिसीहरूले एक-आपसमा भने, “हेर, तिमीहरू केही पनि गर्न सक्दैनौ; हेर, सारा संसारै त्यसको पछि लागेको छ ।”
The Pharisees therefore said among themselves, Ye see that ye effect nothing; o! the world hath gone after him.
20 अहिले चाडमा आराधना गर्न माथि गइरहेका तिनीहरूमध्ये केही ग्रिकहरू पनि थिए ।
Now there were certain Greeks among those who came up to worship at the feast.
21 यिनीहरू फिलिपकहाँ गए जो गालीलको बेथसेदाका थिए र तिनलाई भने, “महाशय, हामी येशूलाई भेट्न चाहन्छौँ ।”
These came therefore to Philip, who was of Bethsaida of Galilee, and asked him, saying, Sir, we wish to see Jesus.
22 फिलिपले गएर अन्द्रियासलाई भने । अनि अन्द्रियास फिलिपसँग गए, र तिनीहरूले येशूलाई भने ।
Philip goeth and telleth Andrew; Andrew and Philip go and tell Jesus.
23 येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्नुभयो, “मानिसका पुत्रको निम्ति महिमित हुने समय आएको छ ।
But Jesus answereth them, saying, The hour hath come that the Son of man should be glorified.
24 साँचो, साँचो म तिमीहरूलाई भन्दछु, गहुँको दाना जबसम्म माटोमा झरेर मर्दैन, यो आफैँ एकलो रहन्छ, तर यदि त्यो मर्छ भने यसले धेरै फल फलाउनेछ ।
Truly, truly do I say to you, Unless a grain of wheat fall into the ground and die, itself abideth alone; but if it die, it beareth much fruit.
25 जसले आफ्नो जीवनलाई प्रेम गर्छ त्यसले त्यो गुमाउनेछ, तर जसले यस संसारमा आफ्नो जीवनलाई घृणा गर्छ त्यसले यो अनन्त जीवनको लागि जोगाइराख्नेछ । (aiōnios )
He that loveth his life loseth it; and he that hateth his life in this world will keep it unto everlasting life. (aiōnios )
26 यदि कसैले मेरो सेवा गर्छ भने, त्यसले मलाई पछ्याओस्, र म जहाँ हुन्छु त्यहाँ मेरो सेवक पनि हुनेछ । यदि कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको आदर गर्नुहुनेछ ।
If any one be a servant to me, let him follow me; and where I am, there also will my servant be; if any one serve me, the Father will honor him.
27 अहिले मेरो प्राण दुःखित भएको छः म के भनूँ? हे पिता, मलाई यो घडीबाट बचाउनुहोस्? तर यही कारणको निम्ति म यो घडीमा आएँ ।
Now is my soul troubled; and what shall I say? Father, save me from this hour! But for this cause I came to this hour.
28 हे पिता, तपाईंको नाउँ महिमित पार्नुहोस् ।” तब स्वर्गबाट एउटा आवाज आयो, र भन्यो, “मैले यिनलाई महिमित पारेको छु र म फेरि महिमित पार्नेछु ।”
Father, glorify thy name! Then came there a voice from heaven: Yea, I have glorified it, and will glorify it again.
29 तब उहाँको छेउमा उभिने भिडले यो आवाज सुने, र तिनीहरूले मेघ गर्ज्यौ भने । अरूहरूले भने, “स्वर्गदूत उहाँसँग बोलेको हो ।”
The multitude therefore that stood by, hearing this, said that it thundered. Others said, An angel hath spoken to him.
30 येशूले जवाफ दिनुभयो र भन्नुभयो, “यो आवाज मेरो निम्ति होइन, तर तिमीहरूका निम्ति आएको हो ।”
Jesus answered and said, This voice hath come not for my sake, but for yours.
31 अब यो संसारको न्याय हुन्छ, अब यस संसारको शासक फ्याँकिनेछ ।
Now is the judgment of this world; now will the prince of this world be cast out;
32 अनि जब म पृथ्वीबाट उचालिन्छु, म सबैलाई आफूतिर खिँच्नेछु ।”
and I, if I be lifted up from the earth, shall draw all men to me.
33 कस्तो किसिमको मृत्यु मर्दै हुनुहुन्छ भन्ने सङ्केत गर्न उहाँले यो कुरा भन्नुभएको थियो ।
This he said, signifying what kind of death he was to die.
34 भिडले उहाँलाई जवाफ दियो, “हामीले व्यवस्थाबाट सुनेका छौँ, कि ख्रीष्ट सधैँ रहनुहुनेछ । तपाईं कसरी भन्नुहुन्छ, ‘मानिसका पुत्र उचालिनुपर्छ?’ यो मानिसका पुत्र को हो?” (aiōn )
The multitude therefore answered him, We have heard out of the Law that the Christ abideth for ever; how then dost thou say that the Son of man must be lifted up? Who is this Son of man? (aiōn )
35 तब येशूले तिनीहरूलाई भन्नुभयो, “केही समयको निम्ति ज्योति तिमीहरूसँग अझै हुनेछ । तिमीहरूसँग ज्योति हुँदा हिँड, ताकि अन्धकारले तिमीहरूलाई नढाकोस् । जो अन्धकारमा हिँड्छ त्यो कहाँ जाँदै छ भनी त्यसलाई थाहा हुँदैन ।
Jesus therefore said to them, Yet a little while is the light among you. Walk while ye have the light, that darkness may not overtake you; and he that walketh in the darkness knoweth not whither he goeth.
36 तिमीसँग ज्योति हुँदा नै त्यो ज्योतिमा विश्वास गर, ताकि तिमीहरू ज्योतिको सन्तान हुन सक ।” येशूले यी कुराहरू भन्नुभयो र त्यसपछि उहाँ त्यहाँबाट प्रस्थान गर्नुभयो र उहाँ तिनीहरूबाट लुकेर बस्नुभयो ।
While ye have the light, believe in the light, that ye may become sons of light. These things spoke Jesus, and went away, and hid himself from them.
37 तिनीहरूको सामु येशूले यति धेरै चिह्नहरू गर्नुभए तापनि तिनीहरूले उहाँमाथि अझै पनि विश्वास गरेनन् ।
But though he had wrought so many signs before them, they did not believe in him;
38 यशैया अगमवक्ताको वचन पुरा होस् भनेर यसो भएको थियो । तिनी भन्दछन्, “प्रभु, हाम्रो समाचार कसले विश्वास गरेको छ? र परमेश्वरको बाहुली कसलाई प्रकट गरिएको छ?”
that what was spoken by Isaiah the prophet might be fulfilled, “Lord, who hath believed our report? and to whom hath the arm of the Lord been revealed?”
39 यसैकारण, तिनीहरूले विश्वास गर्न सकेनन्, किनकि यशैयाले यसो पनि भने,
For this cause they could not believe, because Isaiah said again,
40 “उहाँले तिनीहरूका आँखा अन्धो तुल्याइदिनुभएको छ र उहाँले तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ; नत्रता तिनीहरूका आँखाले देख्ने थिए र उनीहरूका हृदयले बुझ्ने थिए र फर्किने थिए, अनि म तिनीहरूलाई निको पार्ने थिएँ ।”
“He hath blinded their eyes, and hardened their heart; lest they should see with their eyes, and understand with their heart, and turn from their ways, and I should heal them.”
41 यशैयाले यी कुराहरू भने, किनकि तिनले येशूको महिमा देखे र उहाँको विषयमा बोले ।
These things said Isaiah, because he saw his glory, and spoke of him.
42 तरै पनि शासकहरूमध्ये धेरैले येशूमा विश्वास गरे, तर फरिसीहरूको कारणले गर्दा तिनीहरूले यसलाई स्वीकार गरेनन्, ताकि तिनीहरूलाई सभाघरमा रोक नलगाइयोस् ।
Yet even of the rulers many believed in him; but on account of the Pharisees they did not acknowledge him, lest they should be put of the synagogue;
43 तिनीहरूले परमेश्वरबाट आउने प्रशंसाभन्दा मानिसहरूबाट आउने प्रशंसा बढी रुचाए ।
for they loved the glory that is of men more than the glory that is of God.
44 येशूले ठुलो सोरमा भन्नुभयो, “जसले ममाथि विश्वास गर्छ त्यसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेमाथि पनि विश्वास गर्छ,
But Jesus cried aloud, and said, He that believeth in me, believeth not in me, but in him that sent me;
45 र जसले मलाई देख्छ त्यसले मलाई पठाउनुहुनेलाई देख्छ ।”
and he that beholdeth me, beholdeth him that sent me.
46 म संसारमा ज्योतिको रूपमा आएको छु ताकि जसले मलाई विश्वास गर्छ त्यो अन्धकारमा नरहोस् ।
I have come a light into the world, that whoever believeth in me may not remain in the darkness.
47 यदि कसैले मेरो वचन सुन्छ, तर त्यसको पालना गर्दैन भने म त्यसको न्याय गर्दिनँ, किनकि म संसारको न्याय गर्न आएको होइनँ, तर संसारलाई बचाउन आएको हुँ ।
And if any one hear my words, and keep them not, I do not judge him; for I came not to judge the world, but to save the world.
48 जसले मलाई इन्कार गर्छ, र मेरा वचनहरू ग्रहण गर्दैन, त्यसको न्याय गर्ने एक जना हुनुहुन्छः मैले बोलेको मेरो वचनले नै अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ ।
He that rejecteth me, and receiveth not my words, hath one that judgeth him; the word that I have spoken, that will judge him in the last day.
49 किनकि म मेरो आफ्नै तर्फबाट बोलिनँ, तर मलाई पठाउनुहुने पिता नै हुनुहुन्छ, जसले मैले के बोल्ने र के भन्ने विषयमा आज्ञा दिनुभएको छ ।
Because I have not spoken from myself; but the Father who sent me hath himself committed to me what I should say, and what I should speak;
50 म जान्दछु, कि उहाँको आज्ञा अनन्त जीवन हो । त्यसैले, म त्यही भन्छुः पिता मसँग जस्तो बोल्नुभएको छ, म त्यस्तै बोल्छु । (aiōnios )
and I know that what he hath committed to me is everlasting life. What I speak therefore, I speak as the Father hath directed me. (aiōnios )