< यूहन्‍ना 12 >

1 निस्तार-चाडको छ दिन अगाडि येशू बेथानिया आउनुभयो, जहाँ उहाँले मृत्युबाट जीवित पार्नुभएका लाजरस थिए ।
Masiku asanu ndi limodzi Paska asanafike, Yesu anafika ku Betaniya, kumene kumakhala Lazaro, amene Yesu anamuukitsa kwa akufa.
2 त्यसकारण, तिनीहरूले उहाँको लागि बेलुकीको खाना तयार पारे । मार्थाले सेवा-सत्कार गरिरहेकी थिइन् र लाजरस येशूसँगै टेबलमा ढल्किरहेकाहरूमध्ये एक जना थिए ।
Kumeneko anamukonzera Yesu chakudya cha madzulo. Marita anatumikira pamene Lazaro anali mmodzi wa iwo amene anakhala nawo pa chakudyacho.
3 तब मरियमले आधा लिटर जति शुद्ध जटामसीले बनेको बहुमूल्य अत्तर लिइन्, र येशूको पाउ अभिषेक गरिन्, अनि तिनको आफ्नो कपालले उहाँको पाउ पुछिन् । त्यो घर अत्तरको सुगन्धले भरियो ।
Kenaka Mariya anatenga botolo la mafuta a nadi, onunkhira bwino kwambiri, amtengowapatali; Iye anadzoza mapazi a Yesu napukuta ndi tsitsi lake. Ndipo nyumba yonse inadzaza ndi fungo lonunkhira bwino la mafutawo.
4 उहाँका चेलाहरूमध्ये एक जना यहूदा स्करियोत जसले उहाँलाई विश्‍वासघात गर्ने थियो, त्यसले भन्यो,
Koma mmodzi wa ophunzira ake, Yudasi Isikarioti, amene pambuyo pake adzamupereka anati,
5 “यो अत्तर तिन सय चाँदीका सिक्‍कामा बेचेरे गरिबहरूलाई किन दिइएन?”
“Nʼchifukwa chiyani mafuta awa sanagulitsidwe ndipo ndalama zake nʼkuzipereka kwa osauka?” Mafutawo anali a mtengo wa malipiro a chaka chimodzi.
6 त्यसले यो कुरा गरिबहरूको वास्ता गरेर भनेको थिएन, तर त्यो चोर भएकोले भनेको हो । त्यससँग पैसाको थैलो हुन्थ्यो र यसमा राखिएकोबाट चोर्ने गर्थ्यो ।
Iye sananene izi chifukwa cha kuganizira osauka koma chifukwa anali mbava; ngati wosunga thumba la ndalama, amabamo zomwe ankayikamo.
7 येशूले भन्‍नुभयो, “तिनीसँग मेरो दफनको दिनको लागि जे छ, त्यो राख्‍न देऊ ।
Yesu anayankha kuti, “Mulekeni. Mafutawa anayenera kusungidwa mpaka tsiku loyika maliro anga.
8 गरिबहरू त तिमीहरूसँग सधैँ हुनेछन्, तर म तिमीहरूसँग सधैँ हुनेछैनँ ।”
Inu mudzakhala ndi osauka nthawi zonse, koma simudzakhala nane nthawi zonse.”
9 अब यहूदीहरूको ठुलो भिडले येशू त्यहाँ हुनुहुन्छ भन्‍ने थाहा पायो र तिनीहरू येशूको निम्ति मात्र होइन, तर लाजरसलाई हेर्न पनि आए, जसलाई येशूले मृत्युबाट जीवित पार्नुभएको थियो ।
Pa nthawi imeneyi gulu lalikulu la Ayuda linadziwa kuti Yesu anali kumeneko, ndipo linabwera, sichifukwa cha Iye yekha koma kudzaonanso Lazaro, amene anamuukitsa kwa akufa.
10 मुख्य पुजारीहरूले सँगसँगै षड्‍यन्‍त्र रचे, ताकि तिनीहरूले लाजरसलाई पनि मार्न सकेको होस् ।
Choncho akulu a ansembe anakonza njira yoti aphenso Lazaro,
11 किनकि तिनको कारण धेरै यहूदीहरू भड्‌किएका थिए र येशूमा विश्‍वास गरेका थिए ।
pakuti chifukwa cha iye Ayuda ambiri amapita kwa Yesu ndi kumukhulupirira.
12 अर्को दिन चाडमा ठुलो भिड आयो । जब येशू यरूशलेममा आउँदै हुनुहुन्छ भन्‍ने तिनीहरूले सुने,
Tsiku lotsatira, gulu lalikulu la anthu lomwe linabwera kuphwando linamva kuti Yesu anali mʼnjira kupita ku Yerusalemu.
13 तिनीहरूले खजुरको बोटका हाँगाहरू लिए र उहाँलाई भेट्न गए, अनि उच्‍च सोरमा यसो भने, “होसन्‍ना! इस्राएलका राजा अर्थात् परमप्रभुको नाउँमा आउनुहुने धन्यको हुनुहुन्छ ।”
Iwo anatenga nthambi za kanjedza ndi kupita kukakumana naye, akufuwula kuti, “Hosana! “Wodala Iye amene akubwera mʼdzina la Ambuye! “Yodala Mfumu ya Israeli!”
14 येशूले एउटा गधाको बछेडा भेट्टाउनुभयो र त्यसमाथि चढ्नुभयो, जस्तो यो लेखिएको थियो,
Yesu anapeza bulu wamngʼono ndi kukwerapo, monga kunalembedwa kuti:
15 “सियोनकी छोरी नडराऊ, हेर, तिम्रा राजा गधामा चढेर आउँदै हुनुहुन्छ ।”
“Usachite mantha mwana wamkazi wa Ziyoni; taona mfumu yako ikubwera, itakhala pa mwana wabulu.”
16 उहाँका चेलाहरूले सुरुमा यी कुराहरू बुझेनन्, तर जब येशू महिमित हुनुभयो तब उहाँको विषयमा लेखिएका थिए र यी सबै कुराहरू तिनीहरूले उहाँकै निम्ति गरेका थिए भनी उनीहरूले सम्झे ।
Poyamba ophunzira ake sanamvetsetse zonsezi. Koma pomwe Yesu analemekezedwa ndi pamene anazindikira kuti zinthu izi zinalembedwa ndipo kuti anamuchitira Iye.
17 उहाँले अहिले लाजरसलाई चिहानबाट बाहिर बोलाउनुहुँदा र तिनलाई मृत्युबाट जीवित पार्नुहुँदा उहाँसँग भएको भिडले गवाही दियो ।
Tsopano gulu la anthu lomwe linali naye pa nthawi imene amaukitsidwa Lazaro ku manda linapitiriza kuchitira umboni.
18 यही कारणले गर्दा पनि भिडहरू उहाँलाई भेट्न गए, किनकि उहाँले यो चिह्न‍ गर्नुभयो भन्‍ने तिनीहरूले सुने ।
Anthu ambiri, anapita kukakumana naye, chifukwa iwo anamva kuti Iye anachita chizindikiro chodabwitsachi.
19 यसकारण फरिसीहरूले एक-आपसमा भने, “हेर, तिमीहरू केही पनि गर्न सक्दैनौ; हेर, सारा संसारै त्यसको पछि लागेको छ ।”
Choncho Afarisi anati kwa wina ndi mnzake, “Taonani, palibe chimene mwachitapo. Anthu onse akumutsatira Iye!”
20 अहिले चाडमा आराधना गर्न माथि गइरहेका तिनीहरूमध्ये केही ग्रिकहरू पनि थिए ।
Tsopano panali Agriki ena pakati pa amene anapita kukapembedza ku phwando.
21 यिनीहरू फिलिपकहाँ गए जो गालीलको बेथसेदाका थिए र तिनलाई भने, “महाशय, हामी येशूलाई भेट्न चाहन्छौँ ।”
Iwo anabwera kwa Filipo, wochokera ku Betisaida wa ku Galileya, ndi pempho, nati, “Akulu, ife tikufuna kuona Yesu.”
22 फिलिपले गएर अन्द्रियासलाई भने । अनि अन्द्रियास फिलिपसँग गए, र तिनीहरूले येशूलाई भने ।
Filipo anapita kukawuza Andreya; Andreya ndi Filipo pamodzi anakawuza Yesu.
23 येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “मानिसका पुत्रको निम्ति महिमित हुने समय आएको छ ।
Yesu anayankha kuti, “Nthawi yafika yakuti Mwana wa Munthu alemekezedwe.
24 साँचो, साँचो म तिमीहरूलाई भन्दछु, गहुँको दाना जबसम्म माटोमा झरेर मर्दैन, यो आफैँ एकलो रहन्छ, तर यदि त्यो मर्छ भने यसले धेरै फल फलाउनेछ ।
Zoonadi, Ine ndikukuwuzani kuti, ‘Mbewu ya tirigu imakhala imodzi yokha ngati sikugwa mʼnthaka ndi kufa. Koma ngati imfa, imabereka mbewu zambiri.’
25 जसले आफ्नो जीवनलाई प्रेम गर्छ त्यसले त्यो गुमाउनेछ, तर जसले यस संसारमा आफ्नो जीवनलाई घृणा गर्छ त्यसले यो अनन्त जीवनको लागि जोगाइराख्‍नेछ । (aiōnios g166)
Munthu amene amakonda moyo wake adzawutaya, pamene munthu amene amadana ndi moyo wake mʼdziko lino lapansi adzawusungira ku moyo wosatha. (aiōnios g166)
26 यदि कसैले मेरो सेवा गर्छ भने, त्यसले मलाई पछ्याओस्, र म जहाँ हुन्छु त्यहाँ मेरो सेवक पनि हुनेछ । यदि कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको आदर गर्नुहुनेछ ।
Aliyense amene atumikira Ine ayenera kunditsata; ndipo kumene Ine ndili, wotumikira wanga adzakhalanso komweko. Atate anga adzalemekeza amene atumikira Ine.
27 अहिले मेरो प्राण दुःखित भएको छः म के भनूँ? हे पिता, मलाई यो घडीबाट बचाउनुहोस्? तर यही कारणको निम्ति म यो घडीमा आएँ ।
“Moyo wanga ukuvutika tsopano, kodi ndidzanena chiyani? Ndinene kuti Atate pulumutseni ku nthawi ino? Ayi. Chifukwa chimene Ine ndinabwera pa nthawi iyi ndi chimenechi.
28 हे पिता, तपाईंको नाउँ महिमित पार्नुहोस् ।” तब स्वर्गबाट एउटा आवाज आयो, र भन्‍यो, “मैले यिनलाई महिमित पारेको छु र म फेरि महिमित पार्नेछु ।”
Atate, lemekezani dzina lanu!” Kenaka mawu anabwera kuchokera kumwamba, “Ine ndalilemekeza, ndipo ndidzalilemekezanso.”
29 तब उहाँको छेउमा उभिने भिडले यो आवाज सुने, र तिनीहरूले मेघ गर्ज्यौ भने । अरूहरूले भने, “स्वर्गदूत उहाँसँग बोलेको हो ।”
Gulu la anthu lomwe linali pamenepo litamva linati, “Kwagunda bingu,” ena anati, “Mngelo wayankhula kwa Iye.”
30 येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “यो आवाज मेरो निम्ति होइन, तर तिमीहरूका निम्ति आएको हो ।”
Yesu anati, “Mawu awa abwera chifukwa cha inu osati chifukwa cha Ine.
31 अब यो संसारको न्याय हुन्छ, अब यस संसारको शासक फ्याँकिनेछ ।
Ino tsopano ndi nthawi yachiweruzo pa dziko lapansi; tsopano olamulira wa dziko lapansi adzathamangitsidwa.
32 अनि जब म पृथ्वीबाट उचालिन्छु, म सबैलाई आफूतिर खिँच्‍नेछु ।”
Koma Ine, akadzandipachika pa dziko lapansi, ndidzakokera anthu onse kwa Ine.”
33 कस्तो किसिमको मृत्यु मर्दै हुनुहुन्छ भन्‍ने सङ्केत गर्न उहाँले यो कुरा भन्‍नुभएको थियो ।
Iye ananena izi kuti aonetse mmene adzafere.
34 भिडले उहाँलाई जवाफ दियो, “हामीले व्यवस्थाबाट सुनेका छौँ, कि ख्रीष्‍ट सधैँ रहनुहुनेछ । तपाईं कसरी भन्‍नुहुन्छ, ‘मानिसका पुत्र उचालिनुपर्छ?’ यो मानिसका पुत्र को हो?” (aiōn g165)
Gulu la anthu linayankha kuti, “Ife tinamva kuchokera mʼmalamulo kuti Khristu adzakhala kwamuyaya, nanga bwanji Inu mukunena kuti, ‘Mwana wa Munthu ayenera kukwezedwa?’ Kodi Mwana wa Munthuyu ndani?” (aiōn g165)
35 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “केही समयको निम्ति ज्योति तिमीहरूसँग अझै हुनेछ । तिमीहरूसँग ज्योति हुँदा हिँड, ताकि अन्धकारले तिमीहरूलाई नढाकोस् । जो अन्धकारमा हिँड्छ त्यो कहाँ जाँदै छ भनी त्यसलाई थाहा हुँदैन ।
Kenaka Yesu anawawuza kuti, “Inu mukhala ndi kuwunika kwa nthawi pangʼono. Yendani pamene mukanali ndi kuwunika, kuti mdima usakupitirireni. Munthu amene amayenda mu mdima sadziwa kumene akupita.
36 तिमीसँग ज्योति हुँदा नै त्यो ज्योतिमा विश्‍वास गर, ताकि तिमीहरू ज्योतिको सन्तान हुन सक ।” येशूले यी कुराहरू भन्‍नुभयो र त्यसपछि उहाँ त्यहाँबाट प्रस्थान गर्नुभयो र उहाँ तिनीहरूबाट लुकेर बस्‍नुभयो ।
Khulupirirani kuwunika, pamene mukanali ndi kuwunika, kuti mukhale ana a kuwunika.” Yesu atamaliza kuyankhula izi, Iye anachoka nabisala kuti asamuone.
37 तिनीहरूको सामु येशूले यति धेरै चिह्न‍हरू गर्नुभए तापनि तिनीहरूले उहाँमाथि अझै पनि विश्‍वास गरेनन् ।
Ngakhale Yesu anachita zizindikiro zodabwitsa zonsezi pamaso pawo, sanamukhulupirirebe.
38 यशैया अगमवक्‍ताको वचन पुरा होस् भनेर यसो भएको थियो । तिनी भन्दछन्, “प्रभु, हाम्रो समाचार कसले विश्‍वास गरेको छ? र परमेश्‍वरको बाहुली कसलाई प्रकट गरिएको छ?”
Izi zinakwaniritsa mawu a mneneri Yesaya kuti: “Ambuye, wakhulupirira uthenga wathu ndani, ndipo ndi kwa yani komwe mkono wa Ambuye wavumbulutsidwa?”
39 यसैकारण, तिनीहरूले विश्‍वास गर्न सकेनन्, किनकि यशैयाले यसो पनि भने,
Pa chifukwa cha ichi iwo sanakhulupirire, chifukwa Yesaya ananenanso kuti:
40 “उहाँले तिनीहरूका आँखा अन्धो तुल्याइदिनुभएको छ र उहाँले तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ; नत्रता तिनीहरूका आँखाले देख्‍ने थिए र उनीहरूका हृदयले बुझ्‍ने थिए र फर्किने थिए, अनि म तिनीहरूलाई निको पार्ने थिएँ ।”
“Iye wachititsa khungu maso awo ndi kuwumitsa mitima yawo, kotero kuti iwo sangathe kuona ndi maso awo, kapena kuzindikira ndi mitima yawo, kapena kutembenuka kuti Ine ndikanawachiza.”
41 यशैयाले यी कुराहरू भने, किनकि तिनले येशूको महिमा देखे र उहाँको विषयमा बोले ।
Yesaya ananena izi chifukwa anaona ulemerero wa Yesu ndi kuyankhula za Iye.
42 तरै पनि शासकहरूमध्ये धेरैले येशूमा विश्‍वास गरे, तर फरिसीहरूको कारणले गर्दा तिनीहरूले यसलाई स्वीकार गरेनन्, ताकि तिनीहरूलाई सभाघरमा रोक नलगाइयोस् ।
Komabe pa nthawi yomweyi ambiri ngakhale atsogoleri anakhulupirira Iye. Koma chifukwa cha Afarisi iwo sanavomereze chikhulupiriro chawo chifukwa amaopa kuti angawatulutse mʼsunagoge;
43 तिनीहरूले परमेश्‍वरबाट आउने प्रशंसाभन्दा मानिसहरूबाट आउने प्रशंसा बढी रुचाए ।
pakuti iwo amakonda kuyamikiridwa ndi anthu kuposa kuyamikiridwa ndi Mulungu.
44 येशूले ठुलो सोरमा भन्‍नुभयो, “जसले ममाथि विश्‍वास गर्छ त्यसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेमाथि पनि विश्‍वास गर्छ,
Kenaka Yesu anafuwula nati, “Munthu aliyense amene akhulupirira Ine, sakhulupirira Ine ndekha, komanso Iye amene anandituma Ine.
45 र जसले मलाई देख्‍छ त्यसले मलाई पठाउनुहुनेलाई देख्‍छ ।”
Iye amene waona Ine, waonanso Iye amene anandituma Ine.
46 म संसारमा ज्योतिको रूपमा आएको छु ताकि जसले मलाई विश्‍वास गर्छ त्यो अन्धकारमा नरहोस् ।
Ine ndabwera mʼdziko lapansi monga kuwunika, kotero palibe amene amakhulupirira Ine nʼkumakhalabe mu mdima.
47 यदि कसैले मेरो वचन सुन्छ, तर त्यसको पालना गर्दैन भने म त्यसको न्याय गर्दिनँ, किनकि म संसारको न्याय गर्न आएको होइनँ, तर संसारलाई बचाउन आएको हुँ ।
“Ndipo munthu amene amva mawu anga koma osawasunga, Ine sindimuweruza. Pakuti Ine sindinabwere kudzaweruza dziko lapansi, koma kudzapulumutsa.
48 जसले मलाई इन्कार गर्छ, र मेरा वचनहरू ग्रहण गर्दैन, त्यसको न्याय गर्ने एक जना हुनुहुन्छः मैले बोलेको मेरो वचनले नै अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ ।
Iye amene akana Ine ndipo salandira mawu anga ali ndi womuweruza. Tsiku lomaliza mawu amene ndiyankhulawa adzamutsutsa.
49 किनकि म मेरो आफ्नै तर्फबाट बोलिनँ, तर मलाई पठाउनुहुने पिता नै हुनुहुन्छ, जसले मैले के बोल्ने र के भन्‍ने विषयमा आज्ञा दिनुभएको छ ।
Pakuti Ine sindiyankhula mwa Ine ndekha, koma Atate amene anandituma amandilamulira choti ndinene ndi momwe ndinenere.
50 म जान्दछु, कि उहाँको आज्ञा अनन्त जीवन हो । त्यसैले, म त्यही भन्छुः पिता मसँग जस्तो बोल्नुभएको छ, म त्यस्तै बोल्छु । (aiōnios g166)
Ine ndikudziwa kuti lamulo lake ndi moyo wosatha. Choncho chilichonse chimene Ine ndinena ndi chimene Atate andiwuza.” (aiōnios g166)

< यूहन्‍ना 12 >