< यूहन्‍ना 10 >

1 “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, जो भेडाको खोरको ढोकाबाट प्रवेश गर्दैन, तर अरू नै मार्गहरूबाट चढ्छ, त्यो मानिस चोर र डाँकु हो ।
ཨཧཾ ཡུཥྨཱནཏིཡཐཱརྠཾ ཝདཱམི, ཡོ ཛནོ དྭཱརེཎ ན པྲཝིཤྱ ཀེནཱཔྱནྱེན མེཥགྲྀཧཾ པྲཝིཤཏི ས ཨེཝ སྟེནོ དསྱུཤྩ།
2 ढोकाबाट प्रवेश गर्ने नै भेडाको गोठालो हो ।
ཡོ དྭཱརེཎ པྲཝིཤཏི ས ཨེཝ མེཥཔཱལཀཿ།
3 ढोकाको पालेले उसको निम्ति ढोका खोलिदिन्छ । भेडाहरूले उसको सोर सुन्छन् र उसले आफ्ना भेडाहरूलाई नाउँ काढेर बोलाउँछन् र बाहिर लान्छन् ।
དཽཝཱརིཀསྟསྨཻ དྭཱརཾ མོཙཡཏི མེཥགཎཤྩ ཏསྱ ཝཱཀྱཾ ཤྲྀཎོཏི ས ནིཛཱན྄ མེཥཱན྄ སྭསྭནཱམྣཱཧཱུཡ བཧིཿ ཀྲྀཏྭཱ ནཡཏི།
4 उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकालेपछि, ऊ तिनीहरूको अगिअगि जान्छ र भेडाहरूले उसलाई पछ्याउँछ्न्, किनकि तिनीहरूले उसको सोर चिन्‍छन् ।”
ཏཐཱ ནིཛཱན྄ མེཥཱན྄ བཧིཿ ཀྲྀཏྭཱ སྭཡཾ ཏེཥཱམ྄ ཨགྲེ གཙྪཏི, ཏཏོ མེཥཱསྟསྱ ཤབྡཾ བུདྷྱནྟེ, ཏསྨཱཏ྄ ཏསྱ པཤྩཱད྄ ཝྲཛནྟི།
5 तिनीहरूले अपरिचित मानिसलाई पछ्याउनेछैनन्, बरु तिनीहरू त्योदेखि टाढिनेछन्, किनकि तिनीहरूले अपरिचितको सोर चिन्दैनन् ।”
ཀིནྟུ པརསྱ ཤབྡཾ ན བུདྷྱནྟེ ཏསྨཱཏ྄ ཏསྱ པཤྩཱད྄ ཝྲཛིཥྱནྟི ཝརཾ ཏསྱ སམཱིཔཱཏ྄ པལཱཡིཥྱནྟེ།
6 येशूले यो दृष्‍टान्त उनीहरूलाई सुनाउनुभयो, तर उहाँले तिनीहरूलाई बताइरहनुभएका कुराहरू के थिए भनी तिनीहरूले बुझेनन् ।
ཡཱིཤུསྟེབྷྱ ཨིམཱཾ དྲྀཥྚཱནྟཀཐཱམ྄ ཨཀཐཡཏ྄ ཀིནྟུ ཏེན ཀཐིཏཀཐཱཡཱསྟཱཏྤཪྻྱཾ ཏེ ནཱབུདྷྱནྟ།
7 त्यसपछि येशूले तिनीहरूलाई फेरि भन्‍नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, म नै भेडाहरूको ढोका हुँ ।”
ཨཏོ ཡཱིཤུཿ པུནརཀཐཡཏ྄, ཡུཥྨཱནཱཧཾ ཡཐཱརྠཏརཾ ཝྱཱཧརཱམི, མེཥགྲྀཧསྱ དྭཱརམ྄ ཨཧམེཝ།
8 मभन्दा अगि आउनेहरू सबै चोर र डाँकु हुन्, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन् ।
མཡཱ ན པྲཝིཤྱ ཡ ཨཱགཙྪན྄ ཏེ སྟེནཱ དསྱཝཤྩ ཀིནྟུ མེཥཱསྟེཥཱཾ ཀཐཱ ནཱཤྲྀཎྭན྄།
9 म ढोका हुँ । यदि कोही मद्वारा भएर भित्र पस्छ भने, त्यो बचाइनेछ; त्यो भित्र र बाहिर जानेछ र त्यसले चर्ने मैदान भेट्टाउनेछ ।
ཨཧམེཝ དྭཱརསྭརཱུཔཿ, མཡཱ ཡཿ ཀཤྩིཏ པྲཝིཤཏི ས རཀྵཱཾ པྲཱཔྶྱཏི ཏཐཱ བཧིརནྟཤྩ གམནཱགམནེ ཀྲྀཏྭཱ ཙརཎསྠཱནཾ པྲཱཔྶྱཏི།
10 यदि चोरले नचोर्ने, नमार्ने र नष्‍ट नगर्ने भए, त्यो आउँदैन नै । म आएको छु, ताकि तिनीहरूले जीवन पाऊन् र यो प्रशस्त मात्रामा पाऊन् ।
ཡོ ཛནསྟེནཿ ས ཀེཝལཾ སྟཻནྱབདྷཝིནཱཤཱན྄ ཀརྟྟུམེཝ སམཱཡཱཏི ཀིནྟྭཧམ྄ ཨཱཡུ རྡཱཏུམ྄ ཨརྠཱཏ྄ བཱཧཱུལྱེན ཏདེཝ དཱཏུམ྄ ཨཱགཙྪམ྄།
11 म असल गोठालो हुँ । असल गोठालोले आफ्ना भेडाहरूका लागि आफ्नो ज्यान पनि दिन्छ ।
ཨཧམེཝ སཏྱམེཥཔཱལཀོ ཡསྟུ སཏྱོ མེཥཔཱལཀཿ ས མེཥཱརྠཾ པྲཱཎཏྱཱགཾ ཀརོཏི;
12 भाडामा लिएको नोकर गोठालो हुँदैन, र त्यसका भेडाहरू हुँदैनन् । त्यसले ब्वाँसाहरू आउँदै गरेको देख्छ, अनि भेडाहरूलाई छोड्छ, र भाग्छ । अनि ब्‍वाँसाहरूले तिनीहरूलाई पक्रन्छन् र तिनीलाई तितर बितर पार्छन् ।
ཀིནྟུ ཡོ ཛནོ མེཥཔཱལཀོ ན, ཨརྠཱད྄ ཡསྱ མེཥཱ ནིཛཱ ན བྷཝནྟི, ཡ ཨེཏཱདྲྀཤོ ཝཻཏནིཀཿ ས ཝྲྀཀམ྄ ཨཱགཙྪནྟཾ དྲྀཥྚྭཱ མེཛཝྲཛཾ ཝིཧཱཡ པལཱཡཏེ, ཏསྨཱད྄ ཝྲྀཀསྟཾ ཝྲཛཾ དྷྲྀཏྭཱ ཝིཀིརཏི།
13 त्यो भाडामा लिएको हुनाले भाग्छ र त्यसले भेडाहरूको हेरचाह गर्दैन ।
ཝཻཏནིཀཿ པལཱཡཏེ ཡཏཿ ས ཝེཏནཱརྠཱི མེཥཱརྠཾ ན ཙིནྟཡཏི།
14 म असल गोठालो हुँ र मैले मेरा आफ्नालाई चिन्छु र मेरा आफ्नाले मलाई चिन्छ्न् ।
ཨཧམེཝ སཏྱོ མེཥཔཱལཀཿ, པིཏཱ མཱཾ ཡཐཱ ཛཱནཱཏི, ཨཧཉྩ ཡཐཱ པིཏརཾ ཛཱནཱམི,
15 पिताले मलाई चिन्‍नुहुन्छ र म पितालाई चिन्छु र मेरा भेडाहरूका लागि म मेरो ज्यान पनि दिन्छु ।
ཏཐཱ ནིཛཱན྄ མེཥཱནཔི ཛཱནཱམི, མེཥཱཤྩ མཱཾ ཛཱནཱནྟི, ཨཧཉྩ མེཥཱརྠཾ པྲཱཎཏྱཱགཾ ཀརོམི།
16 मेरा अरू भेडाहरू छन् जो यो भेडाको खोरका होइनन् । मैले तिनीहरूलाई पनि ल्याउनुपर्छ र तिनीहरूले मेरो सोर सुन्‍नेछन्, ताकि त्यहाँ एउटै बगाल र एउटै गोठालो हुन सकोस् ।
ཨཔརཉྩ ཨེཏད྄ གྲྀཧཱིཡ མེཥེབྷྱོ བྷིནྣཱ ཨཔི མེཥཱ མམ སནྟི ཏེ སཀལཱ ཨཱནཡིཏཝྱཱཿ; ཏེ མམ ཤབྡཾ ཤྲོཥྱནྟི ཏཏ ཨེཀོ ཝྲཛ ཨེཀོ རཀྵཀོ བྷཝིཥྱཏི།
17 त्यसैकारण, पिताले मलाई प्रेम गर्नुहुन्छः म मेरो ज्यान पनि दिन्छु, ताकि मैले यसलाई फेरि लिन सकूँ ।
པྲཱཎཱནཧཾ ཏྱཀྟྭཱ པུནཿ པྲཱཎཱན྄ གྲཧཱིཥྱཱམི, ཏསྨཱཏ྄ པིཏཱ མཡི སྣེཧཾ ཀརོཏི།
18 यो मबाट कसैले खोसेर लान सक्दैन, तर यो म आफैँ अर्पण गर्छु । यसलाई अर्पण गर्ने अधिकार मसँग छ, र यसलाई फेरि लिने अधिकार मसँग छ । यो आज्ञा मैले मेरा पिताबाट पाएको छु ।”
ཀཤྩིཛྫནོ མམ པྲཱཎཱན྄ ཧནྟུཾ ན ཤཀྣོཏི ཀིནྟུ སྭཡཾ ཏཱན྄ སམརྤཡཱམི ཏཱན྄ སམརྤཡིཏུཾ པུནརྒྲཧཱིཏུཉྩ མམ ཤཀྟིརཱསྟེ བྷཱརམིམཾ སྭཔིཏུཿ སཀཱཤཱཏ྄ པྲཱཔྟོཧམ྄།
19 यी वचनहरूको कारण फेरि यहूदीहरू माझ विभाजन देखियो ।
ཨསྨཱདུཔདེཤཱཏ྄ པུནཤྩ ཡིཧཱུདཱིཡཱནཱཾ མདྷྱེ བྷིནྣཝཱཀྱཏཱ ཛཱཏཱ།
20 तिनीहरूमध्ये धेरैले भने, “यसलाई भूत लागेको छ र यो पागल हो । तिमीहरू उसको कुरा किन सुन्छौ?”
ཏཏོ བཧཝོ ཝྱཱཧརན྄ ཨེཥ བྷཱུཏགྲསྟ ཨུནྨཏྟཤྩ, ཀུཏ ཨེཏསྱ ཀཐཱཾ ཤྲྀཎུཐ?
21 अरूहरूले भने, “यी वचनहरू भूत लागेका व्यक्‍तिका होइनन् । के भूतले कसैका आँखा खोलिदिन सक्छ र?”
ཀེཙིད྄ ཨཝདན྄ ཨེཏསྱ ཀཐཱ བྷཱུཏགྲསྟསྱ ཀཐཱཝནྣ བྷཝནྟི, བྷཱུཏཿ ཀིམ྄ ཨནྡྷཱཡ ཙཀྵུཥཱི དཱཏུཾ ཤཀྣོཏི?
22 त्यसपछि यरूशलेममा समर्पणको चाडको समय थियो ।
ཤཱིཏཀཱལེ ཡིརཱུཤཱལམི མནྡིརོཏྶརྒཔཪྻྭཎྱུཔསྠིཏེ
23 यो हिउँदको समय थियो र येशू मन्दिरमा सोलोमनको दलानमा हिँडिरहनुभएको थियो ।
ཡཱིཤུཿ སུལེམཱནོ ནིཿསཱརེཎ གམནཱགམནེ ཀརོཏི,
24 तब यहूदीहरूले उहाँलाई घेरे र भने, “तपाईंले हामीलाई कहिलेसम्म दोधारमा राख्‍नुहुनेछ? यदि तपाईं ख्रीष्‍ट हुनुहुन्छ भने हामीलाई खुलमखुला बताउनुहोस् ।”
ཨེཏསྨིན྄ སམཡེ ཡིཧཱུདཱིཡཱསྟཾ ཝེཥྚཡིཏྭཱ ཝྱཱཧརན྄ ཀཏི ཀཱལཱན྄ ཨསྨཱཀཾ ཝིཙིཀིཏྶཱཾ སྠཱཔཡིཥྱཱམི? ཡདྱབྷིཥིཀྟོ བྷཝཏི ཏརྷི ཏཏ྄ སྤཥྚཾ ཝད།
25 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले तिमीहरूलाई बताइसकेँ, तर तिमीहरू विश्‍वास गर्दैनौ । मैले मेरा पिताको नाउँमा गरेका यी कामहरूले मेरो विषयमा गवाही दिन्‍छन् ।
ཏདཱ ཡཱིཤུཿ པྲཏྱཝདད྄ ཨཧམ྄ ཨཙཀཐཾ ཀིནྟུ ཡཱུཡཾ ན པྲཏཱིཐ, ནིཛཔིཏུ རྣཱམྣཱ ཡཱཾ ཡཱཾ ཀྲིཡཱཾ ཀརོམི སཱ ཀྲིཡཻཝ མམ སཱཀྵིསྭརཱུཔཱ།
26 तरै पनि तिमीहरू विश्‍वास गर्दैनौ, किनकि तिमीहरू मेरा भेडाहरू होइनौ ।
ཀིནྟྭཧཾ པཱུཪྻྭམཀཐཡཾ ཡཱུཡཾ མམ མེཥཱ ན བྷཝཐ, ཀཱརཎཱདསྨཱན྄ ན ཝིཤྭསིཐ།
27 मेरा भेडाहरूले मेरो सोर सुन्‍छन्, म तिनीहरूलाई चिन्‍छु र तिनीहरूले मलाई पछ्याउँछन् ।
མམ མེཥཱ མམ ཤབྡཾ ཤྲྀཎྭནྟི ཏཱནཧཾ ཛཱནཱམི ཏེ ཙ མམ པཤྩཱད྄ གཙྪནྟི།
28 म तिनीहरूलाई अनन्‍त जीवन दिन्‍छु; तिनीहरू कहिल्‍यै मर्नेछैनन् र मेरो हातबाट तिनीहरूलाई कसैले खोसेर लैजान सक्‍नेछैन । (aiōn g165, aiōnios g166)
ཨཧཾ ཏེབྷྱོ྅ནནྟཱཡུ རྡདཱམི, ཏེ ཀདཱཔི ན ནཾཀྵྱནྟི ཀོཔི མམ ཀརཱཏ྄ ཏཱན྄ ཧརྟྟུཾ ན ཤཀྵྱཏི། (aiōn g165, aiōnios g166)
29 तिनीहरू मलाई दिनुहुने मेरा पिता अरूहरू सबैभन्‍दा महान् हुनुहुन्‍छ, र कोही पनि तिनीहरूलाई मेरा पिताको हातबाट खोसेर लैजान सक्षम छैन ।
ཡོ མམ པིཏཱ ཏཱན྄ མཧྱཾ དཏྟཝཱན྄ ས སཪྻྭསྨཱཏ྄ མཧཱན྄, ཀོཔི མམ པིཏུཿ ཀརཱཏ྄ ཏཱན྄ ཧརྟྟུཾ ན ཤཀྵྱཏི།
30 म र पिता एक हौँ ।”
ཨཧཾ པིཏཱ ཙ དྭཡོརེཀཏྭམ྄།
31 तब यहूदीहरूले उहाँलाई हान्‍न फेरि ढुङ्गाहरू टिपे ।
ཏཏོ ཡིཧཱུདཱིཡཱཿ པུནརཔི ཏཾ ཧནྟུཾ པཱཥཱཎཱན྄ ཨུདཏོལཡན྄།
32 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले पिताका धेरै असल कामहरू तिमीहरूलाई देखाएको छु । ती कुनचाहिँ कुराहरूका लागि तिमीहरू मलाई ढुङ्गाले हान्‍दै छौ?”
ཡཱིཤུཿ ཀཐིཏཝཱན྄ པིཏུཿ སཀཱཤཱད྄ བཧཱུནྱུཏྟམཀརྨྨཱཎི ཡུཥྨཱཀཾ པྲཱཀཱཤཡཾ ཏེཥཱཾ ཀསྱ ཀརྨྨཎཿ ཀཱརཎཱན྄ མཱཾ པཱཥཱཎཻརཱཧནྟུམ྄ ཨུདྱཏཱཿ སྠ?
33 यहूदीहरूले उहाँलाई जवाफ दिए, “हामी तिमीलाई कुनै पनि असल कामहरूका लागि ढुङ्गाले हान्दै छैनौँ, तर ईश्‍वर-निन्दाको निम्ति हो, किनकि तिमी मानिस भएर आफैँलाई परमेश्‍वर बनाइरहेका छौ ।”
ཡིཧཱུདཱིཡཱཿ པྲཏྱཝདན྄ པྲཤསྟཀརྨྨཧེཏོ རྣ ཀིནྟུ ཏྭཾ མཱནུཥཿ སྭམཱིཤྭརམ྄ ཨུཀྟྭེཤྭརཾ ནིནྡསི ཀཱརཎཱདསྨཱཏ྄ ཏྭཱཾ པཱཥཱཎཻརྷནྨཿ།
34 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “‘मैले भनेँ, ‘तिमीहरू ईश्‍वरहरू हौ’ भन्‍ने के तिमीहरूका व्यवस्थामा लेखिएको छैन?”
ཏདཱ ཡཱིཤུཿ པྲཏྱུཀྟཝཱན྄ མཡཱ ཀཐིཏཾ ཡཱུཡམ྄ ཨཱིཤྭརཱ ཨེཏདྭཙནཾ ཡུཥྨཱཀཾ ཤཱསྟྲེ ལིཁིཏཾ ནཱསྟི ཀིཾ?
35 यदि उहाँले तिनीहरूलाई ईश्‍वरहरू भन्‍नुभयो भने परमेश्‍वरको वचन कसकहाँ आयो? (अनि धर्मशास्‍त्रलाई भङ्ग गर्न सकिँदैन ।)
ཏསྨཱད྄ ཡེཥཱམ྄ ཨུདྡེཤེ ཨཱིཤྭརསྱ ཀཐཱ ཀཐིཏཱ ཏེ ཡདཱིཤྭརགཎཱ ཨུཙྱནྟེ དྷརྨྨགྲནྠསྱཱཔྱནྱཐཱ བྷཝིཏུཾ ན ཤཀྱཾ,
36 के तिमीहरू पिताले अलग गर्नुभएको, र संसारमा पठाउनुभएको जनलाई मैले, ‘म परमेश्‍वरको पुत्र हुँ’ भनेकोले ‘तैँले ईश्‍वर-निन्दा गरिरहेको छस्’ भन्छौ?
ཏརྷྱཱཧམ྄ ཨཱིཤྭརསྱ པུཏྲ ཨིཏི ཝཱཀྱསྱ ཀཐནཱཏ྄ ཡཱུཡཾ པིཏྲཱབྷིཥིཀྟཾ ཛགཏི པྲེརིཏཉྩ པུམཱཾསཾ ཀཐམ྄ ཨཱིཤྭརནིནྡཀཾ ཝཱདཡ?
37 यदि मैले पिताका कामहरू गरिरहेको छैनँ भने मलाई विश्‍वास नगर ।
ཡདྱཧཾ པིཏུཿ ཀརྨྨ ན ཀརོམི ཏརྷི མཱཾ ན པྲཏཱིཏ;
38 तर यदि मैले ती काम नै गरिरहेको छु भने, तिमीहरूले मलाई विश्‍वास नगरे तापनि कामहरूमा त विश्‍वास गर, ताकि पिता ममा हुनुहुन्छ र म पितामा छु भन्‍ने तिमीहरूले जान्‍न र बुझ्‍न सक ।”
ཀིནྟུ ཡདི ཀརོམི ཏརྷི མཡི ཡུཥྨཱབྷིཿ པྲཏྱཡེ ན ཀྲྀཏེ྅པི ཀཱཪྻྱེ པྲཏྱཡཿ ཀྲིཡཏཱཾ, ཏཏོ མཡི པིཏཱསྟཱིཏི པིཏཪྻྱཧམ྄ ཨསྨཱིཏི ཙ ཀྵཱཏྭཱ ཝིཤྭསིཥྱཐ།
39 तिनीहरूले उहाँलाई फेरि पनि पक्रने प्रयास गरे, तर उहाँ तिनीहरूका हातबाट फुत्कनुभयो ।
ཏདཱ ཏེ པུནརཔི ཏཾ དྷརྟྟུམ྄ ཨཙེཥྚནྟ ཀིནྟུ ས ཏེཥཱཾ ཀརེབྷྱོ ནིསྟཱིཪྻྱ
40 उहाँ फेरि यूहन्‍नाले पहिलो पटक बप्‍तिस्‍मा दिएको ठाउँ यर्दनको पारिपट्टि जानुभयो र उहाँ त्यहीँ रहनुभयो ।
པུན ཪྻརྡྡན྄ ཨདྱཱསྟཊེ ཡཏྲ པུཪྻྭཾ ཡོཧན྄ ཨམཛྫཡཏ྄ ཏཏྲཱགཏྱ ནྱཝསཏ྄།
41 धेरै मानिसहरू उहाँकहाँ आए, र तिनीहरूले भने, “वास्तवमा यूहन्‍नाले चिह्न‍हरू देखाएनन्, तर उनले यी मानिसबारे भनेका सबै कुराहरू सत्य रहेछन् ।”
ཏཏོ བཧཝོ ལོཀཱསྟཏྶམཱིཔམ྄ ཨཱགཏྱ ཝྱཱཧརན྄ ཡོཧན྄ ཀིམཔྱཱཤྩཪྻྱཾ ཀརྨྨ ནཱཀརོཏ྄ ཀིནྟྭསྨིན྄ མནུཥྱེ ཡཱ ཡཿ ཀཐཱ ཨཀཐཡཏ྄ ཏཱཿ སཪྻྭཱཿ སཏྱཱཿ;
42 त्यहाँ धेरैले उहाँमाथि विश्‍वास गरे ।
ཏཏྲ ཙ བཧཝོ ལོཀཱསྟསྨིན྄ ཝྱཤྭསན྄།

< यूहन्‍ना 10 >