< यूहन्ना 10 >
1 “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, जो भेडाको खोरको ढोकाबाट प्रवेश गर्दैन, तर अरू नै मार्गहरूबाट चढ्छ, त्यो मानिस चोर र डाँकु हो ।
अहं युष्मानतियथार्थं वदामि, यो जनो द्वारेण न प्रविश्य केनाप्यन्येन मेषगृहं प्रविशति स एव स्तेनो दस्युश्च।
2 ढोकाबाट प्रवेश गर्ने नै भेडाको गोठालो हो ।
यो द्वारेण प्रविशति स एव मेषपालकः।
3 ढोकाको पालेले उसको निम्ति ढोका खोलिदिन्छ । भेडाहरूले उसको सोर सुन्छन् र उसले आफ्ना भेडाहरूलाई नाउँ काढेर बोलाउँछन् र बाहिर लान्छन् ।
दौवारिकस्तस्मै द्वारं मोचयति मेषगणश्च तस्य वाक्यं शृणोति स निजान् मेषान् स्वस्वनाम्नाहूय बहिः कृत्वा नयति।
4 उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकालेपछि, ऊ तिनीहरूको अगिअगि जान्छ र भेडाहरूले उसलाई पछ्याउँछ्न्, किनकि तिनीहरूले उसको सोर चिन्छन् ।”
तथा निजान् मेषान् बहिः कृत्वा स्वयं तेषाम् अग्रे गच्छति, ततो मेषास्तस्य शब्दं बुध्यन्ते, तस्मात् तस्य पश्चाद् व्रजन्ति।
5 तिनीहरूले अपरिचित मानिसलाई पछ्याउनेछैनन्, बरु तिनीहरू त्योदेखि टाढिनेछन्, किनकि तिनीहरूले अपरिचितको सोर चिन्दैनन् ।”
किन्तु परस्य शब्दं न बुध्यन्ते तस्मात् तस्य पश्चाद् व्रजिष्यन्ति वरं तस्य समीपात् पलायिष्यन्ते।
6 येशूले यो दृष्टान्त उनीहरूलाई सुनाउनुभयो, तर उहाँले तिनीहरूलाई बताइरहनुभएका कुराहरू के थिए भनी तिनीहरूले बुझेनन् ।
यीशुस्तेभ्य इमां दृष्टान्तकथाम् अकथयत् किन्तु तेन कथितकथायास्तात्पर्य्यं ते नाबुध्यन्त।
7 त्यसपछि येशूले तिनीहरूलाई फेरि भन्नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, म नै भेडाहरूको ढोका हुँ ।”
अतो यीशुः पुनरकथयत्, युष्मानाहं यथार्थतरं व्याहरामि, मेषगृहस्य द्वारम् अहमेव।
8 मभन्दा अगि आउनेहरू सबै चोर र डाँकु हुन्, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन् ।
मया न प्रविश्य य आगच्छन् ते स्तेना दस्यवश्च किन्तु मेषास्तेषां कथा नाशृण्वन्।
9 म ढोका हुँ । यदि कोही मद्वारा भएर भित्र पस्छ भने, त्यो बचाइनेछ; त्यो भित्र र बाहिर जानेछ र त्यसले चर्ने मैदान भेट्टाउनेछ ।
अहमेव द्वारस्वरूपः, मया यः कश्चित प्रविशति स रक्षां प्राप्स्यति तथा बहिरन्तश्च गमनागमने कृत्वा चरणस्थानं प्राप्स्यति।
10 यदि चोरले नचोर्ने, नमार्ने र नष्ट नगर्ने भए, त्यो आउँदैन नै । म आएको छु, ताकि तिनीहरूले जीवन पाऊन् र यो प्रशस्त मात्रामा पाऊन् ।
यो जनस्तेनः स केवलं स्तैन्यबधविनाशान् कर्त्तुमेव समायाति किन्त्वहम् आयु र्दातुम् अर्थात् बाहूल्येन तदेव दातुम् आगच्छम्।
11 म असल गोठालो हुँ । असल गोठालोले आफ्ना भेडाहरूका लागि आफ्नो ज्यान पनि दिन्छ ।
अहमेव सत्यमेषपालको यस्तु सत्यो मेषपालकः स मेषार्थं प्राणत्यागं करोति;
12 भाडामा लिएको नोकर गोठालो हुँदैन, र त्यसका भेडाहरू हुँदैनन् । त्यसले ब्वाँसाहरू आउँदै गरेको देख्छ, अनि भेडाहरूलाई छोड्छ, र भाग्छ । अनि ब्वाँसाहरूले तिनीहरूलाई पक्रन्छन् र तिनीलाई तितर बितर पार्छन् ।
किन्तु यो जनो मेषपालको न, अर्थाद् यस्य मेषा निजा न भवन्ति, य एतादृशो वैतनिकः स वृकम् आगच्छन्तं दृष्ट्वा मेजव्रजं विहाय पलायते, तस्माद् वृकस्तं व्रजं धृत्वा विकिरति।
13 त्यो भाडामा लिएको हुनाले भाग्छ र त्यसले भेडाहरूको हेरचाह गर्दैन ।
वैतनिकः पलायते यतः स वेतनार्थी मेषार्थं न चिन्तयति।
14 म असल गोठालो हुँ र मैले मेरा आफ्नालाई चिन्छु र मेरा आफ्नाले मलाई चिन्छ्न् ।
अहमेव सत्यो मेषपालकः, पिता मां यथा जानाति, अहञ्च यथा पितरं जानामि,
15 पिताले मलाई चिन्नुहुन्छ र म पितालाई चिन्छु र मेरा भेडाहरूका लागि म मेरो ज्यान पनि दिन्छु ।
तथा निजान् मेषानपि जानामि, मेषाश्च मां जानान्ति, अहञ्च मेषार्थं प्राणत्यागं करोमि।
16 मेरा अरू भेडाहरू छन् जो यो भेडाको खोरका होइनन् । मैले तिनीहरूलाई पनि ल्याउनुपर्छ र तिनीहरूले मेरो सोर सुन्नेछन्, ताकि त्यहाँ एउटै बगाल र एउटै गोठालो हुन सकोस् ।
अपरञ्च एतद् गृहीय मेषेभ्यो भिन्ना अपि मेषा मम सन्ति ते सकला आनयितव्याः; ते मम शब्दं श्रोष्यन्ति तत एको व्रज एको रक्षको भविष्यति।
17 त्यसैकारण, पिताले मलाई प्रेम गर्नुहुन्छः म मेरो ज्यान पनि दिन्छु, ताकि मैले यसलाई फेरि लिन सकूँ ।
प्राणानहं त्यक्त्वा पुनः प्राणान् ग्रहीष्यामि, तस्मात् पिता मयि स्नेहं करोति।
18 यो मबाट कसैले खोसेर लान सक्दैन, तर यो म आफैँ अर्पण गर्छु । यसलाई अर्पण गर्ने अधिकार मसँग छ, र यसलाई फेरि लिने अधिकार मसँग छ । यो आज्ञा मैले मेरा पिताबाट पाएको छु ।”
कश्चिज्जनो मम प्राणान् हन्तुं न शक्नोति किन्तु स्वयं तान् समर्पयामि तान् समर्पयितुं पुनर्ग्रहीतुञ्च मम शक्तिरास्ते भारमिमं स्वपितुः सकाशात् प्राप्तोहम्।
19 यी वचनहरूको कारण फेरि यहूदीहरू माझ विभाजन देखियो ।
अस्मादुपदेशात् पुनश्च यिहूदीयानां मध्ये भिन्नवाक्यता जाता।
20 तिनीहरूमध्ये धेरैले भने, “यसलाई भूत लागेको छ र यो पागल हो । तिमीहरू उसको कुरा किन सुन्छौ?”
ततो बहवो व्याहरन् एष भूतग्रस्त उन्मत्तश्च, कुत एतस्य कथां शृणुथ?
21 अरूहरूले भने, “यी वचनहरू भूत लागेका व्यक्तिका होइनन् । के भूतले कसैका आँखा खोलिदिन सक्छ र?”
केचिद् अवदन् एतस्य कथा भूतग्रस्तस्य कथावन्न भवन्ति, भूतः किम् अन्धाय चक्षुषी दातुं शक्नोति?
22 त्यसपछि यरूशलेममा समर्पणको चाडको समय थियो ।
शीतकाले यिरूशालमि मन्दिरोत्सर्गपर्व्वण्युपस्थिते
23 यो हिउँदको समय थियो र येशू मन्दिरमा सोलोमनको दलानमा हिँडिरहनुभएको थियो ।
यीशुः सुलेमानो निःसारेण गमनागमने करोति,
24 तब यहूदीहरूले उहाँलाई घेरे र भने, “तपाईंले हामीलाई कहिलेसम्म दोधारमा राख्नुहुनेछ? यदि तपाईं ख्रीष्ट हुनुहुन्छ भने हामीलाई खुलमखुला बताउनुहोस् ।”
एतस्मिन् समये यिहूदीयास्तं वेष्टयित्वा व्याहरन् कति कालान् अस्माकं विचिकित्सां स्थापयिष्यामि? यद्यभिषिक्तो भवति तर्हि तत् स्पष्टं वद।
25 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले तिमीहरूलाई बताइसकेँ, तर तिमीहरू विश्वास गर्दैनौ । मैले मेरा पिताको नाउँमा गरेका यी कामहरूले मेरो विषयमा गवाही दिन्छन् ।
तदा यीशुः प्रत्यवदद् अहम् अचकथं किन्तु यूयं न प्रतीथ, निजपितु र्नाम्ना यां यां क्रियां करोमि सा क्रियैव मम साक्षिस्वरूपा।
26 तरै पनि तिमीहरू विश्वास गर्दैनौ, किनकि तिमीहरू मेरा भेडाहरू होइनौ ।
किन्त्वहं पूर्व्वमकथयं यूयं मम मेषा न भवथ, कारणादस्मान् न विश्वसिथ।
27 मेरा भेडाहरूले मेरो सोर सुन्छन्, म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन् ।
मम मेषा मम शब्दं शृण्वन्ति तानहं जानामि ते च मम पश्चाद् गच्छन्ति।
28 म तिनीहरूलाई अनन्त जीवन दिन्छु; तिनीहरू कहिल्यै मर्नेछैनन् र मेरो हातबाट तिनीहरूलाई कसैले खोसेर लैजान सक्नेछैन । (aiōn , aiōnios )
अहं तेभ्योऽनन्तायु र्ददामि, ते कदापि न नंक्ष्यन्ति कोपि मम करात् तान् हर्त्तुं न शक्ष्यति। (aiōn , aiōnios )
29 तिनीहरू मलाई दिनुहुने मेरा पिता अरूहरू सबैभन्दा महान् हुनुहुन्छ, र कोही पनि तिनीहरूलाई मेरा पिताको हातबाट खोसेर लैजान सक्षम छैन ।
यो मम पिता तान् मह्यं दत्तवान् स सर्व्वस्मात् महान्, कोपि मम पितुः करात् तान् हर्त्तुं न शक्ष्यति।
अहं पिता च द्वयोरेकत्वम्।
31 तब यहूदीहरूले उहाँलाई हान्न फेरि ढुङ्गाहरू टिपे ।
ततो यिहूदीयाः पुनरपि तं हन्तुं पाषाणान् उदतोलयन्।
32 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले पिताका धेरै असल कामहरू तिमीहरूलाई देखाएको छु । ती कुनचाहिँ कुराहरूका लागि तिमीहरू मलाई ढुङ्गाले हान्दै छौ?”
यीशुः कथितवान् पितुः सकाशाद् बहून्युत्तमकर्म्माणि युष्माकं प्राकाशयं तेषां कस्य कर्म्मणः कारणान् मां पाषाणैराहन्तुम् उद्यताः स्थ?
33 यहूदीहरूले उहाँलाई जवाफ दिए, “हामी तिमीलाई कुनै पनि असल कामहरूका लागि ढुङ्गाले हान्दै छैनौँ, तर ईश्वर-निन्दाको निम्ति हो, किनकि तिमी मानिस भएर आफैँलाई परमेश्वर बनाइरहेका छौ ।”
यिहूदीयाः प्रत्यवदन् प्रशस्तकर्म्महेतो र्न किन्तु त्वं मानुषः स्वमीश्वरम् उक्त्वेश्वरं निन्दसि कारणादस्मात् त्वां पाषाणैर्हन्मः।
34 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “‘मैले भनेँ, ‘तिमीहरू ईश्वरहरू हौ’ भन्ने के तिमीहरूका व्यवस्थामा लेखिएको छैन?”
तदा यीशुः प्रत्युक्तवान् मया कथितं यूयम् ईश्वरा एतद्वचनं युष्माकं शास्त्रे लिखितं नास्ति किं?
35 यदि उहाँले तिनीहरूलाई ईश्वरहरू भन्नुभयो भने परमेश्वरको वचन कसकहाँ आयो? (अनि धर्मशास्त्रलाई भङ्ग गर्न सकिँदैन ।)
तस्माद् येषाम् उद्देशे ईश्वरस्य कथा कथिता ते यदीश्वरगणा उच्यन्ते धर्म्मग्रन्थस्याप्यन्यथा भवितुं न शक्यं,
36 के तिमीहरू पिताले अलग गर्नुभएको, र संसारमा पठाउनुभएको जनलाई मैले, ‘म परमेश्वरको पुत्र हुँ’ भनेकोले ‘तैँले ईश्वर-निन्दा गरिरहेको छस्’ भन्छौ?
तर्ह्याहम् ईश्वरस्य पुत्र इति वाक्यस्य कथनात् यूयं पित्राभिषिक्तं जगति प्रेरितञ्च पुमांसं कथम् ईश्वरनिन्दकं वादय?
37 यदि मैले पिताका कामहरू गरिरहेको छैनँ भने मलाई विश्वास नगर ।
यद्यहं पितुः कर्म्म न करोमि तर्हि मां न प्रतीत;
38 तर यदि मैले ती काम नै गरिरहेको छु भने, तिमीहरूले मलाई विश्वास नगरे तापनि कामहरूमा त विश्वास गर, ताकि पिता ममा हुनुहुन्छ र म पितामा छु भन्ने तिमीहरूले जान्न र बुझ्न सक ।”
किन्तु यदि करोमि तर्हि मयि युष्माभिः प्रत्यये न कृतेऽपि कार्य्ये प्रत्ययः क्रियतां, ततो मयि पितास्तीति पितर्य्यहम् अस्मीति च क्षात्वा विश्वसिष्यथ।
39 तिनीहरूले उहाँलाई फेरि पनि पक्रने प्रयास गरे, तर उहाँ तिनीहरूका हातबाट फुत्कनुभयो ।
तदा ते पुनरपि तं धर्त्तुम् अचेष्टन्त किन्तु स तेषां करेभ्यो निस्तीर्य्य
40 उहाँ फेरि यूहन्नाले पहिलो पटक बप्तिस्मा दिएको ठाउँ यर्दनको पारिपट्टि जानुभयो र उहाँ त्यहीँ रहनुभयो ।
पुन र्यर्द्दन् अद्यास्तटे यत्र पुर्व्वं योहन् अमज्जयत् तत्रागत्य न्यवसत्।
41 धेरै मानिसहरू उहाँकहाँ आए, र तिनीहरूले भने, “वास्तवमा यूहन्नाले चिह्नहरू देखाएनन्, तर उनले यी मानिसबारे भनेका सबै कुराहरू सत्य रहेछन् ।”
ततो बहवो लोकास्तत्समीपम् आगत्य व्याहरन् योहन् किमप्याश्चर्य्यं कर्म्म नाकरोत् किन्त्वस्मिन् मनुष्ये या यः कथा अकथयत् ताः सर्व्वाः सत्याः;
42 त्यहाँ धेरैले उहाँमाथि विश्वास गरे ।
तत्र च बहवो लोकास्तस्मिन् व्यश्वसन्।