< योएल 3 >
1 हेर, ती दिनमा र त्यो समयमा, यहूदा र यरूशलेमका निर्वासितहरूलाई मैले फर्काउँदा,
觀よ我ユダとヱルサレムの俘囚人を歸さん その日その時
2 सबै जातिहरूलाई म भेला गर्नेछु, र तिनीहरूलाई यहोशापातको बेंसीमा तल लैजानेछु । मेरा मानिसहरू र मेरो उत्तराधिकार इस्राएलको कारणले, जसलाई तिनीहरूले जातिहरूका बिचमा छरपष्ट पारेको, र मेरो देशलाई तिनीहरूले भाग-भागको पारेको कारणले, त्यहाँ म तिनीहरुको न्याय गर्नेछु ।
萬國の民を集め之を携へてヨシヤパテの谷にくだりかしこにて我民我ゆづりの産なるイスラエルのために彼らをさばかん 彼らこれを國々に散してその地を分ち取りたればなり
3 तिनीहरूले मेरा मानिसहरूका निम्ति चिट्ठा हाले, एउटी वेश्या पाउनलाई केटालाई बेचे, र दाखमद्य पिउनलाई केटीलाई बेचे, यसरी तिनीहरूले जाँड-रक्सी पिए ।
彼らは籤をひきて我民を取り童子を娼妓に換へ童女を賣り酒に換て飮めり
4 अब, टुरोस, सीदोन र पलिश्तीका सबै क्षेत्रहरू, तिमीहरू किन मसँग रिसाउँछौ? के तिमीहरूले मलाई बदला लिन सक्छौ? तिमीहरूले मलाई बदला लियौ भने पनि, तिमीहरूको बदलालाई म तुरुन्तै तिमीहरूकै थाप्लोमा फर्काउनेछु ।
ツロ、シドンよベリシテのすべての國よ 汝ら我と何のかかはりあらんや 汝ら我がなししことに返をなさんとするや 若し我に返報をなさんとならば我忽ち迅速に汝らがなししことをもてその首に歸らしめん
5 किनकि तिमीहरूले मेरो चाँदी र सुन लग्यौ, र मेरा बहुमुल्य धनसम्पत्ति तिमीहरूले आफ्ना मन्दिरहरूमा लग्यौ ।
是は汝らは我の金銀を取り我のしたふべき寶を汝らの宮にたづさへゆき
6 यहूदा र यरूशलेमका मानिसहरूलाई तिनीहरूका इलाकाबाट टाढा हटाउनलाई, तिमीहरूले तिनीहरूलाई ग्रीकहरूका हातमा बेचिदियौ ।
またユダの人とヱルサレムの人をギリシヤ人に賣りてその本國より遠く離らせたればなり
7 हेर, तिमीहरूले तिनीहरूलाई बेचेका ठाउँबाट, म तिनीहरूलाई माथि उठाउनेछु, र तिमीहरूकै टाउकोमा त्यसको मुल्य चुकाउनेछु ।
視よ我かられを起して汝らが賣たる處より出し汝らがなししことをもてその首にかへらしめん
8 यहूदाका मानिसहरूका हातद्वारा, तिमीहरूका छोराहरू र छोरीहरूलाई म बेचिदिनेछु । टाढाको जाति शबाहरूका हातमा, तिनीहरूले उनीहरूलाई बेच्नेछन्, किनकि परमप्रभुले बोल्नुभएको छ ।”
我はなんぢらの男子女子をユダの人の手に賣り彼らは之を遠き民なるシバ人に賣らん ヱホバこれを言ふ
9 जातिहरूका बिचमा यो कुरा घोषणा गर, “युद्धको निम्ति आफैंलाई तयार गर, शक्तिशाली मानिसहरूलाई जगाओ, तिनीहरूलाई नजिक आउन देओ, युद्धका सबै मानिसहरू माथि आऊन् ।
もろもろの國に宣つたへよ 戰爭の準備を爲し勇士をはげまし軍人をことごとくちかより來らしめよ
10 आफ्ना फालीहरू पिटेर तरवारहरू बनाओ र छिमल्ने खुकुरीहरू पिटेर भालाहरू बनाओ । कमजोरले भनोस्, ‘म बलियो छु ।’
汝等の鋤を劍に打かへ汝らの鎌を鎗に打かへよ 弱き者も我は強しと言へ
11 ए सबै नजिकका जातिहरू, हतार गर र आओ, आफूलाई एकसाथ त्यहाँ भेला पार । हे परमप्रभु, आफ्ना शक्तिशाली योद्धाहरूलाई तल ल्याउनुहोस् ।
四周の國々の民よ汝ら急ぎ上りて集れ ヱホバよ汝の勇士をかしこに降したまへ
12 जातिहरूले आफैंलाई जगाऊन् र यहोशापातको बेसीमा उक्लेर आऊन् । किनकि वरिपरिका सबै जातिको न्याय गर्न, म त्यहीं बस्नेछु ।
國々の民よ起て上りヨシヤパテの谷に至れ 彼處に我座をしめて四周の國々の民をことごとく鞫かん
13 हँसिया बोक, किनकि फसल पाकेको छ । आओ, दाखहरूलाई पेल, किनको दाखको कोल भरिएको छ । घ्याम्पोहरू भरिएर पोखिन्छन्, किनकि तिनीहरूका दुष्टता विशाल छ ।”
鎌をいれよ 穀物は熟せり 來り踏めよ酒榨は盈ち甕は溢る 彼らの惡 大なればなりと
14 त्यहाँ होहल्ला छ, इन्साफको बेसीमा कोलाहल छ । किनकि इन्साफको बेसीमा परमप्रभुको दिन नजिकै छ ।
かまびすしきかな無數の民 審判の谷にありてかまびすし ヱホバの日 審判の谷に近づくが故なり
15 सुर्य र चन्द्रमा अन्धकार हुन्छन्, र ताराहरूले आफ्नो चमक लुकाउँछन् ।
日も月も暗くなり星その光明を失ふ
16 सियोनबाट परमप्रभु गर्जनुहुन्छ, र यरूशलेमबाट आफ्नो आवाज उठाउनुहुन्छ । आकाश र पृथ्वी थरथर काम्नेछन्, तर परमप्रभु आफ्ना मानिसहरूका निम्ति शरणस्थान, र इस्राएलका मानिसहरूका निम्ति किल्ला हुनुहुनेछ ।
ヱホバ、シオンよりよびとどろかしヱルサレムより聲をはなち天地を震ひうごかしたまふ 然れどヱホバはその民の避所イスラエルの子孫の城となりたまはん
17 “यसैले, परमप्रभु तिमीहरूका परमेश्वर म नै हुँ भनी तिमीहरूले जान्नेछौ, म आफ्नो पवित्र पर्वत सियोनमा बास गर्छु । तब यरूशलेम पवित्र हुनेछ, र त्यसबाट फेरि कहिलै कुनै सेना हिंड्नेछैन ।
かくて汝ら我はヱホバ汝等の神にして我聖山シオンに住むことをしるべし ヱルサレムは聖き所となり他國の人は重ねてその中をかよふまじ
18 त्यो दिनमा यस्तो हुनेछ, पहाडहरूबाट मिठो दाखमद्य चुहिनेछ, डाँडाहरूबाट दूध बग्नेछ, यहूदाका सबै खोलाहरूमा पानी बग्नेछ, र परमप्रभुको मन्दिरबाट मूल फुट्नेछ, र शित्तिमको उपत्यकालाई भिजाउनेछ ।
その日山にあたらしき酒滴り岡に乳流れユダのもろもろの河に水流れヱホバの家より泉水流れいでてシッテムの谷に灌がん
19 यहूदाका मानिसहरूमाथि अत्याचार गरिएको हुनाले, तिनीहरूले आफ्नो देशमा निर्दोष रगत बगाएको हुनाले, मिश्र त्यागिएर उजाड हुनेछ, र एदोमचाहिं त्यागिएको उजाड-स्थान हुनेछ ।
エジプトは荒すたれエドムは荒野とならん 是はかれらユダの子孫を虐げ辜なき者の血をその國に流したればなり
20 तर यहूदामा सधैं मानिसहरू बसोबास गर्नेछन्, र यरूशलेममा चाहिं पुस्तादेखि पुस्तासम्म बसोबास हुनेछ ।
されどユダは永久にすまひヱルサレムは世々に保たん
21 मैले बदला नलिएको रगतको म बदला लिनेछु, किनकि परमप्रभु सियोनमा बास गर्नुहुन्छ ।”
我さきにはかれらが流しし血の罪を報いざりしが今はこれをむくいん ヱホバ、シオンに住みたまはん