< योएल 3 >
1 हेर, ती दिनमा र त्यो समयमा, यहूदा र यरूशलेमका निर्वासितहरूलाई मैले फर्काउँदा,
“Masiku amenewo ndiponso nthawi imeneyo, nditadzabwezeretsanso Yerusalemu ndi Yuda mʼchimake,
2 सबै जातिहरूलाई म भेला गर्नेछु, र तिनीहरूलाई यहोशापातको बेंसीमा तल लैजानेछु । मेरा मानिसहरू र मेरो उत्तराधिकार इस्राएलको कारणले, जसलाई तिनीहरूले जातिहरूका बिचमा छरपष्ट पारेको, र मेरो देशलाई तिनीहरूले भाग-भागको पारेको कारणले, त्यहाँ म तिनीहरुको न्याय गर्नेछु ।
ndidzasonkhanitsa anthu a mitundu yonse ndipo ndidzawabweretsa ku Chigwa cha Yehosafati. Kumeneko ndidzawaweruza chifukwa cha cholowa changa, anthu anga Aisraeli, pakuti anabalalitsa anthu anga pakati pa mitundu ya anthu ndikugawa dziko langa.
3 तिनीहरूले मेरा मानिसहरूका निम्ति चिट्ठा हाले, एउटी वेश्या पाउनलाई केटालाई बेचे, र दाखमद्य पिउनलाई केटीलाई बेचे, यसरी तिनीहरूले जाँड-रक्सी पिए ।
Anagawana anthu anga pochita maere ndipo anyamata anawasinthanitsa ndi akazi achiwerewere; anagulitsa atsikana chifukwa cha vinyo kuti iwo amwe.
4 अब, टुरोस, सीदोन र पलिश्तीका सबै क्षेत्रहरू, तिमीहरू किन मसँग रिसाउँछौ? के तिमीहरूले मलाई बदला लिन सक्छौ? तिमीहरूले मलाई बदला लियौ भने पनि, तिमीहरूको बदलालाई म तुरुन्तै तिमीहरूकै थाप्लोमा फर्काउनेछु ।
“Kodi tsopano inu a ku Turo ndi Sidoni ndi madera onse a Filisitiya, muli ndi chiyani chotsutsana nane? Kodi mukundibwezera pa zinthu zimene ndakuchitirani? Ngati inu mukundibwezera, Ine ndidzabwezera zochita zanu mofulumira ndi mwachangu pa mitu yanu.
5 किनकि तिमीहरूले मेरो चाँदी र सुन लग्यौ, र मेरा बहुमुल्य धनसम्पत्ति तिमीहरूले आफ्ना मन्दिरहरूमा लग्यौ ।
Pakuti munatenga siliva ndi golide wanga ndi kupita nacho chuma changa chamtengowapatali ku nyumba zanu zopembedzera mafano.
6 यहूदा र यरूशलेमका मानिसहरूलाई तिनीहरूका इलाकाबाट टाढा हटाउनलाई, तिमीहरूले तिनीहरूलाई ग्रीकहरूका हातमा बेचिदियौ ।
Inu munagulitsa anthu a ku Yuda ndi Yerusalemu kwa Agriki, kuti apite kutali ndi malire a dziko lawo.
7 हेर, तिमीहरूले तिनीहरूलाई बेचेका ठाउँबाट, म तिनीहरूलाई माथि उठाउनेछु, र तिमीहरूकै टाउकोमा त्यसको मुल्य चुकाउनेछु ।
“Taonani, Ine ndidzawachotsa kumalo kumene munawagulitsako, ndipo ndidzabwezera zimene mwachita pa mitu yanu.
8 यहूदाका मानिसहरूका हातद्वारा, तिमीहरूका छोराहरू र छोरीहरूलाई म बेचिदिनेछु । टाढाको जाति शबाहरूका हातमा, तिनीहरूले उनीहरूलाई बेच्नेछन्, किनकि परमप्रभुले बोल्नुभएको छ ।”
Ndidzagulitsa ana anu aamuna ndi ana anu aakazi kwa anthu a ku Yuda, ndipo iwo adzawagulitsa kwa Aseba, mtundu wa anthu okhala kutali.” Yehova wayankhula.
9 जातिहरूका बिचमा यो कुरा घोषणा गर, “युद्धको निम्ति आफैंलाई तयार गर, शक्तिशाली मानिसहरूलाई जगाओ, तिनीहरूलाई नजिक आउन देओ, युद्धका सबै मानिसहरू माथि आऊन् ।
Lengezani izi pakati pa anthu a mitundu ina: Konzekerani nkhondo! Dzutsani ankhondo amphamvu! Asilikali onse afike pafupi ndipo ayambe nkhondo.
10 आफ्ना फालीहरू पिटेर तरवारहरू बनाओ र छिमल्ने खुकुरीहरू पिटेर भालाहरू बनाओ । कमजोरले भनोस्, ‘म बलियो छु ।’
Sulani makasu anu kuti akhale malupanga ndipo zikwanje zanu zikhale mikondo. Munthu wofowoka anene kuti, “Ndine wamphamvu!”
11 ए सबै नजिकका जातिहरू, हतार गर र आओ, आफूलाई एकसाथ त्यहाँ भेला पार । हे परमप्रभु, आफ्ना शक्तिशाली योद्धाहरूलाई तल ल्याउनुहोस् ।
Bwerani msanga, inu anthu a mitundu yonse kuchokera ku mbali zonse, ndipo musonkhane kumeneko. Tumizani ankhondo anu Yehova!
12 जातिहरूले आफैंलाई जगाऊन् र यहोशापातको बेसीमा उक्लेर आऊन् । किनकि वरिपरिका सबै जातिको न्याय गर्न, म त्यहीं बस्नेछु ।
“Mitundu ya anthu idzuke; ipite ku Chigwa cha Yehosafati, pakuti kumeneko Ine ndidzakhala ndikuweruza anthu a mitundu yonse yozungulira.
13 हँसिया बोक, किनकि फसल पाकेको छ । आओ, दाखहरूलाई पेल, किनको दाखको कोल भरिएको छ । घ्याम्पोहरू भरिएर पोखिन्छन्, किनकि तिनीहरूका दुष्टता विशाल छ ।”
Tengani chikwakwa chodulira tirigu, pakuti mbewu zakhwima. Bwerani dzapondeni mphesa, pakuti mopsinyira mphesa mwadzaza ndipo mitsuko ikusefukira; kuyipa kwa anthuwa nʼkwakukulu kwambiri!”
14 त्यहाँ होहल्ला छ, इन्साफको बेसीमा कोलाहल छ । किनकि इन्साफको बेसीमा परमप्रभुको दिन नजिकै छ ।
Chigulu cha anthu, chigulu cha anthu, mʼchigwa cha chiweruzo! Pakuti tsiku la Yehova layandikira mʼchigwa cha chiweruzo.
15 सुर्य र चन्द्रमा अन्धकार हुन्छन्, र ताराहरूले आफ्नो चमक लुकाउँछन् ।
Dzuwa ndi mwezi zidzadetsedwa, ndipo nyenyezi sizidzawalanso.
16 सियोनबाट परमप्रभु गर्जनुहुन्छ, र यरूशलेमबाट आफ्नो आवाज उठाउनुहुन्छ । आकाश र पृथ्वी थरथर काम्नेछन्, तर परमप्रभु आफ्ना मानिसहरूका निम्ति शरणस्थान, र इस्राएलका मानिसहरूका निम्ति किल्ला हुनुहुनेछ ।
Yehova adzabangula kuchokera mu Ziyoni ndipo mawu ake adzamveka ngati bingu kuchokera mu Yerusalemu; dziko lapansi ndi thambo zidzagwedezeka. Koma Yehova adzakhala pothawira pa anthu ake, linga la anthu a ku Israeli.
17 “यसैले, परमप्रभु तिमीहरूका परमेश्वर म नै हुँ भनी तिमीहरूले जान्नेछौ, म आफ्नो पवित्र पर्वत सियोनमा बास गर्छु । तब यरूशलेम पवित्र हुनेछ, र त्यसबाट फेरि कहिलै कुनै सेना हिंड्नेछैन ।
“Pamenepo inu mudzadziwa kuti Ine Yehova Mulungu wanu, ndimakhala mu Ziyoni, phiri langa lopatulika. Yerusalemu adzakhala wopatulika; alendo sadzamuthiranso nkhondo.
18 त्यो दिनमा यस्तो हुनेछ, पहाडहरूबाट मिठो दाखमद्य चुहिनेछ, डाँडाहरूबाट दूध बग्नेछ, यहूदाका सबै खोलाहरूमा पानी बग्नेछ, र परमप्रभुको मन्दिरबाट मूल फुट्नेछ, र शित्तिमको उपत्यकालाई भिजाउनेछ ।
“Tsiku limenelo mapiri adzachucha vinyo watsopano, ndipo zitunda zidzayenderera mkaka; mitsinje yonse ya ku Yuda idzadzaza ndi madzi. Kasupe adzatumphuka mʼnyumba ya Yehova ndipo adzathirira Chigwa cha Sitimu.
19 यहूदाका मानिसहरूमाथि अत्याचार गरिएको हुनाले, तिनीहरूले आफ्नो देशमा निर्दोष रगत बगाएको हुनाले, मिश्र त्यागिएर उजाड हुनेछ, र एदोमचाहिं त्यागिएको उजाड-स्थान हुनेछ ।
Koma Igupto adzasanduka bwinja, Edomu adzasanduka chipululu, chifukwa cha nkhondo imene anathira anthu a ku Yuda mʼdziko limene anakhetsa magazi a anthu osalakwa.
20 तर यहूदामा सधैं मानिसहरू बसोबास गर्नेछन्, र यरूशलेममा चाहिं पुस्तादेखि पुस्तासम्म बसोबास हुनेछ ।
Koma Yuda adzakhala ndi anthu mpaka muyaya ndi Yerusalemu ku mibadomibado.
21 मैले बदला नलिएको रगतको म बदला लिनेछु, किनकि परमप्रभु सियोनमा बास गर्नुहुन्छ ।”
Kukhetsa magazi kwawo kumene Ine sindinakhululuke ndidzakhululuka.”