< योएल 2 >
1 सियोनमा तुरही फुक, र मेरो पवित्र पर्वतमा चेतावनी ध्वनि बजाओ! देशका सबै बासिन्दाहरू डरले थरथर होऊन्, किनकि परमप्रभुको दिन आउँदैछ, वास्तवमा, त्यो नजिकै छ ।
你們要在錫安吹角, 在我聖山吹出大聲。 國中的居民都要發顫; 因為耶和華的日子將到, 已經臨近。
2 यो अन्धकार र उदासको दिन हो, बादलहरू र बाक्लो अन्धकारको दिन हो । जसरी पर्वतहरूमा झिसमिसे बिहानी फैलिन्छ, त्यसरी नै एउटा ठुलो र शक्तिशाली सेना नजिक आउँदैछ । त्यस्तो सेना पहिले कहिल्यै थिएन, अनि पुस्तौं-पुस्ता पछिसम्म पनि, त्यहाँ त्यस्तो फेरि कहिल्यै हुनेछैन ।
那日是黑暗、幽冥、 密雲、烏黑的日子, 好像晨光鋪滿山嶺。 有一隊蝗蟲又大又強; 從來沒有這樣的, 以後直到萬代也必沒有。
3 त्यसको अगाडिका सबै कुरालाई आगोले भष्म पार्दैछ, र त्यसको पछाडि आगोको ज्वाला बलिरहेको छ । त्यसको अगाडिको देश अदनको बगैंचाजस्तो छ, तर त्यसको पछाडि एउटा नाश भएको उजाड-स्थान छ । त्यसबाट कुनै कुरा फुत्कनेछैन ।
牠們前面如火燒滅, 後面如火焰燒盡。 未到以前,地如伊甸園; 過去以後,成了荒涼的曠野; 沒有一樣能躲避牠們的。
4 त्यो सेना घोडाहरूझैं देखा पर्छ, र तिनीहरू घोडचढीहरूझैं दौडन्छन् ।
牠們的形狀如馬, 奔跑如馬兵。
5 पर्वतहरूका टाकुराहरूमा रथहरूले गरेझैं, झिंजाहरू भस्म पार्ने भयङ्कर ज्वालाको आवाजझैं, युद्धको निम्ति तयार भएको शक्तिशाली सेनाझैं, आवाज गरेर तिनीहरू उफ्रन्छन् ।
在山頂蹦跳的響聲如車輛的響聲, 又如火焰燒碎稭的響聲, 好像強盛的民擺陣預備打仗。
6 तिनीहरूको उपस्थितिले मानिसहरू वेदनामा पर्छन्, अनि तिनीहरूका सम्पूर्ण अनुहार पहेंलो हुन्छ ।
牠們一來,眾民傷慟, 臉都變色。
7 शक्तिशाली लडाकुहरूझैं तिनीहरू दौडन्छन्, सेनाहरूझैं तिनीहरू पर्खालहरूमा चढ्छन्, तिनीहरू हरेक व्यक्ति पङ्तिवद्ध भएर हिंड्छन्, र आफ्नो पङ्तिलाई बिगार्दैनन् ।
牠們如勇士奔跑, 像戰士爬城; 各都步行,不亂隊伍。
8 न त एउटाले अर्कालाई धक्का दिन्छन् । तिनीहरू प्रत्येक नै आ-आफ्नै बाटोमा हिंड्छन् । तिनीहरू सुरक्षाबलहरूलाई तोड्दै अघि बढ्छन्, र आफ्नो लाइनभन्दा बाहिर पुग्दैनन् ।
彼此並不擁擠,向前各行其路, 直闖兵器,不偏左右。
9 तिनीहरूले सहरलाई आक्रमण गर्छन्, तिनीहरू पर्खालमा दौडन्छन्, तिनीहरू घरहरूमाथि चढ्छन्, र चोरहरूझैं तिनीहरू झ्यालहरूबाट भित्र जान्छन् ।
牠們蹦上城,躥上牆, 爬上房屋, 進入窗戶如同盜賊。
10 तिनीहरूको अगि पृथ्वी काम्छ, आकाश थरथर हुन्छ, सूर्य र चन्द्रमा अँध्यारो हुन्छन्, अनि ताराहरू चम्कन छोड्छन् ।
牠們一來, 地震天動, 日月昏暗, 星宿無光。
11 परमप्रभुले आफ्नो सेनाको सामु ठुलो सोरले कराउनुहुन्छ, किनकि उहाँका योद्धाहरू असङ्ख्य छन्, किनकि उहाँका आज्ञा पालन गर्नेहरू, ती बलिया छन् । किनकि परमप्रभुको दिन महान् र अत्यन्तै भयानक हुन्छ । त्यसबाट को बाँच्न सक्छ र?
耶和華在他軍旅前發聲, 他的隊伍甚大; 成就他命的是強盛者。 因為耶和華的日子大而可畏, 誰能當得起呢?
12 परमप्रभु भन्नुहुन्छ “अहिले पनि, आफ्ना सारा हृदयले मकाहाँ फर्क । उपवास बस, रोओ, र विलाप गर ।”
耶和華說:雖然如此, 你們應當禁食、哭泣、悲哀, 一心歸向我。
13 आफ्ना लुगामात्र होइन तर आफ्ना हृदय पनि धुजाधुजा पार, र परमप्रभु आफ्ना परमेश्वरकाहाँ फर्क । किनकि उहाँ अनुग्रही र कृपापूर्ण, रिसाउनमा ढिला र करारको विश्वसततामा प्रशस्त हुनुहुन्छ, र दण्डको पिडा दिनबाट उहाँ पर्कन चाहनुहुन्न ।
你們要撕裂心腸, 不撕裂衣服。 歸向耶和華-你們的上帝; 因為他有恩典,有憐憫, 不輕易發怒, 有豐盛的慈愛, 並且後悔不降所說的災。
14 कसले जान्दछ? सायद उहाँ पर्कनुहुन्छ, र दया देखाउनुहुन्छ, र आफ्नो पछि आशिष् छोड्नुहुन्छ, तिमीहरूका परमप्रभु परमेश्वरका निम्ति अन्नबलि र अर्घबलि दिनुहुन्छ कि?
或者他轉意後悔,留下餘福, 就是留下獻給耶和華-你們上帝的素祭和奠祭, 也未可知。
15 सियोनमा तुरही फुक, पवित्र उपवासको आव्हान गर, र पवित्र सभा बोलाओ ।
你們要在錫安吹角, 分定禁食的日子, 宣告嚴肅會。
16 मानिसहरूलाई भेला गराओ, पवित्र सभा बोलाओ । धर्मगुरुहरूलाई भेला गर, बालबालिका र दूधे बालकहरूलाई भेला गराओ । दुलहाहरू आफ्ना कोठाहरूबाट बाहिर आऊन्, अनि दुलहीहरू आफ्ना सृङ्गारका कोठाहरूबाट बाहिर आऊन् ।
聚集眾民,使會眾自潔: 招聚老者, 聚集孩童和吃奶的; 使新郎出離洞房, 新婦出離內室。
17 पुजारीहरू, परमप्रभुका सेवकहरू, दलान र वेदीको बिचमा रोऊन् । तिनीहरूले यसो भनून्, “हे परमप्रभु, आफ्ना मानिसहरू बाँकी राख्नुहोस्, र आफ्नो उत्तराधिकारलाई घृणाको पात्र बन्न नदिनुहोस्, र जातिहरूले तिनीहरूको गिल्ला नगरून् । तिनीहरूले जातिहरूका बिचमा यस्तो किन भन्नू, ‘तिनीहरूका परमेश्वर कहाँ छ?’”
事奉耶和華的祭司 要在廊子和祭壇中間哭泣,說: 耶和華啊,求你顧惜你的百姓, 不要使你的產業受羞辱, 列邦管轄他們。 為何容列國的人說: 「他們的上帝在哪裏」呢?
18 आफ्नो देशको निम्ति परमप्रभु डाही हुनुभयो र आफ्ना मानिसहरूलाई दया देखाउनुभयो ।
耶和華就為自己的地發熱心, 憐恤他的百姓。
19 परमप्रभुले आफ्ना मानिसहरूलाई जवाफ दिनुभयो, “हेर, म तिमीहरूका निम्ति अन्न, नयाँ दाखमद्य, र तेल पठाउनेछु । ती कुराहरूले तिमीहरू सन्तुष्ट हुनेछौ, र तिमीहरूलाई फेरि म जातिहरूका बिचमा अपमानित तुल्याउनेछैनँ ।
耶和華應允他的百姓說: 我必賜給你們五穀、新酒,和油, 使你們飽足; 我也不再使你們受列國的羞辱;
20 उत्तरबाट आक्रमण गर्नेहरूलाई म तिमीहरूबाट टाढा हटाइदिनेछु, र तिनीहरूलाई एउटा सुक्खा र त्यागिएको देशमा लखेटिदिनेछु । तिनीहरूको सेनाको अग्रपङ्क्ति पूर्वीय समुद्रमा, अनि पछिल्लो पङ्क्तिचाहिं पश्चिमी समुद्रमा जानेछ । त्यसको दुर्गन्ध माथि उठ्नेछ, त्यसको सडेको दुर्गन्ध माथि उठ्नेछ ।” निश्चय नै उहाँले महान् काम गर्नुभएको छ ।
卻要使北方來的軍隊遠離你們, 將他們趕到乾旱荒廢之地: 前隊趕入東海, 後隊趕入西海; 因為他們所行的大惡, 臭氣上升,腥味騰空。
21 ए देश, नडरा, रमाहट गर र आनन्दित हो, किनकि परमप्रभुले महान् काम गर्नुहुनेछ ।
地土啊,不要懼怕; 要歡喜快樂, 因為耶和華行了大事。
22 ए मैदानका पशुहरू हो, नडराओ, किनकि उजाड-स्थानका खर्कहरूमा पलाउनेछन्, र बोटहरूले आफ्ना फलहरू दिनेछन्, र नेभाराका बोटहरू र दाखका बोटहरूले आ-आफ्ना फसल पुरा रूपमा दिनेछन् ।
田野的走獸啊,不要懼怕; 因為,曠野的草發生, 樹木結果, 無花果樹、葡萄樹也都效力。
23 ए सियोनका मानिस हो, खुशी होओ, आफ्ना परमप्रभु परमेश्वरमा आनन्दित होओ । किनकि उहाँले ठिक समयमा चाँडै शरदको वर्षा दिनुहुनेछ, र तिमीहरूका निम्ति झरी पार्नुहुनेछ, पहिलेझैं नै शरद् र बसन्तका दुवै झरी हुनेछन् ।
錫安的民哪,你們要快樂, 為耶和華-你們的上帝歡喜; 因他賜給你們合宜的秋雨, 為你們降下甘霖, 就是秋雨、春雨,和先前一樣。
24 खलाहरू गहुँले भरिनेछन्, र घ्याम्पोहरू नयाँ दाखमद्य र तेलले भरिएर पोखिनेछन् ।
禾場必滿了麥子; 酒醡與油醡必有新酒和油盈溢。
25 “बथानमा हिंड्ने सलहले— ठुला सलह, सखाप पार्ने सलह र नाश गर्ने सलहले — मैले तिमीहरूका बिचमा पठाएको मेरो शक्तिशाली सेनाले, वर्षौंदेखि खाएको बालीको म तिमीहरूलाई क्षतिपुर्ति दिनेछु ।
我打發到你們中間的大軍隊, 就是蝗蟲、蝻子、螞蚱、剪蟲, 那些年所吃的,我要補還你們。
26 तिमीहरू प्रशस्त गरी खानेछौ र भरपेट हुनेछौ, र आफ्ना परमप्रभु परमेश्वरको नाउँको प्रशंसा गर्नेछौ, जसले तिमीहरूका बिचमा अचम्मका काम गर्नुएको छ, र म कहिल्यै आफ्ना मानिसहरूमा जाल ल्याउनेछैनँ ।
你們必多吃而得飽足, 就讚美為你們行奇妙事之耶和華-你們上帝的名。 我的百姓必永遠不致羞愧。
27 म इस्राएलको बिचमा छु भनी तिमीहरूले जान्नेछौ, र म नै परमप्रभु तिमीहरूका परमेश्वर हुँ, र त्यहाँ अर्को कोही पनि छैन, र म कहिल्यै आफ्ना मानिसहरूमा लाज ल्याउनेछैनँ ।
你們必知道我是在以色列中間, 又知道我是耶和華-你們的上帝; 在我以外並無別神。 我的百姓必永遠不致羞愧。
28 केही समयपछि सबै मानिसमाथि, म आफ्नो आत्मा खन्याउनेछु, र तिमीहरूका छोराहरू र छोरीहरूले अगमवाणी बोल्नेछन् । तिमीहरूका वृद्ध मानिसहरूले सपनाहरू देख्नेछन्, र तिमीहरूका जवान मानिसहरूले दर्शनहरू देख्नेछन् ।
以後,我要將我的靈澆灌凡有血氣的。 你們的兒女要說預言; 你們的老年人要做異夢, 少年人要見異象。
29 साथै ती दिनहरूमा दासहरू र दासीहरूमा, म आफ्नो आत्माबाट खन्याउनेछु ।
在那些日子, 我要將我的靈澆灌我的僕人和使女。
30 आकाश र पृथ्वीमा अचम्मका कामहरू, रगत, आगो, र धूँवाका मुस्लाहरू म देखाउनेछु ।
「在天上地下,我要顯出奇事,有血,有火,有煙柱。
31 परमप्रभुको त्यो महान् र भयानक दिन आउनुअघि, सूर्य अन्धकारमा अनि चन्द्रमा रगतमा परिवर्तन हुनेछ ।
日頭要變為黑暗,月亮要變為血,這都在耶和華大而可畏的日子未到以前。
32 परमप्रभुको नाउँ पुकार्ने हरेक व्यक्ति बचाइनेछ । किनकि जस्तो परमप्रभुले भन्नुभएको छ, सियोन पर्वतमा र यरूशलेममा छुटकारा पाएका मानिसहरू हुनेछन्, जसलाई परमप्रभुले बोलाउनुहुन्छ ।
到那時候,凡求告耶和華名的就必得救;因為照耶和華所說的,在錫安山,耶路撒冷必有逃脫的人,在剩下的人中必有耶和華所召的。」