< योएल 1 >

1 पतुएलका छोरा योएलकहाँ आएको परमप्रभु वचन यही हो ।
The word of Jehovah, which came to Joel, the son of Pethuel.
2 ए धर्मगुरुहरू हो, यो कुरा सुन, र ए देशका सबै बासिन्दाहरू हो ध्यानसँग सुन । तिमीहरूका दिनमा वा तिमीहरूका पुर्खाहरूका दिनमा कहिल्यै यस्तो भएको छ?
Hear this, ye old men; Give ear, all ye inhabitants of the land! Hath such a thing happened in your days, Or even in the days of your fathers?
3 यसको विषयमा आफ्ना छोराछोरीलाई भन, र तिमीहरूका छोराछोरीले आफ्‍ना छोराछोरीलाई भनून्, र तिनीहरूका छोराछोरीले अर्को पुस्तालाई भनून् ।
Tell ye your children of it, And let your children tell their children, And their children another generation!
4 बथानमा हिंड्ने सलहहरूले जे बाँकी छोडेका छन्, ती ठुला सलहले खाएका छन्, ठुला सलहले जे बाँकी छोडेका छन् ती फट्‍याङ्‍ग्राले खाएका छन्, र फट्‍याङ्‍ग्राले जे बाँकी छोडेका छन् ती झुसिल्‍किराले खाएका छन् ।
That which the gnawing-locust left hath the swarming-locust eaten, And that which the swarming-locust left hath the licking-locust eaten, And that which the licking-locust left hath the consuming-locust eaten.
5 ए मद्यले मातेकाहरू हो, उठ र रोओ! ए दाखमद्य पिउनेहरू, सबै विलाप गर, किनभने मिठो दाखमद्यलाई तिमीहरूबाट खोसिएको छ ।
Awake, ye drunkards, and weep! Howl, all ye drinkers of wine, For the new wine, which is snatched from your mouths!
6 किनकि मेरो देशमा एउटा जाति आएको छ, बलियो र अनगिन्ती छ । त्यसका दाँत सिंहका दाँतझैं छन्, र त्यसका दाह्रा सिंहनीका झैं छन् ।
For a nation hath come up on my land, Strong, and not to be numbered; Their teeth are the teeth of the lion; They have the jaw-teeth of the lioness.
7 त्यसले मेरो दाखबारीलाई उजाड ठाउँ बनाएको छ र मेरो नेभाराका बोटलाई लाछेर नाङ्गो पारेको छ । त्यसका बोक्राहरू त्यसले ताछेको छ र टाढा फालेको छ, र हाँगाहरू केवल सेता मात्र छन् ।
They have made my vine a desolation, And my fig-tree a broken branch; They have made it quite bare and cast it away; The branches thereof are made white.
8 आफ्नो भर्खरको पतिको मृत्यु भएर भाङ्‍ग्रा लगाएकी कन्या केटीले झैं विलाप गर ।
Lament ye, like a bride, Clothed in sackcloth for the husband of her youth!
9 परमप्रभुको मन्‍दिरबाट अन्‍नबलि र अर्घबलि हटाइएका छन् । परमप्रभुको सेवा गर्ने पुजारीहरू विलाप गर्छन् ।
The flour-offering and the drink-offering are cut off from the house of Jehovah; The priests, the servants of Jehovah mourn.
10 खेतहरू सखाप पारिएका छन्, र अन्‍नहरू नष्‍ट पारिएका हुनाले भूमिले विलाप गर्दैछ । नयाँ दाखमद्य सुकेको छ, तेल बाँकी छैन ।
The field is laid waste; The ground mourneth, For the corn is laid waste; The new wine is dried up; The oil languisheth.
11 ए किसानहरू हो, लज्‍जित होओ, र दाखबारी लगाउनेहरू हो, विलाप गर । किनभने भूमिको उब्जनी नष्‍ट भएको छ । गहुँ र जौका बढिरहेका छैनन् ।
Lament, O ye husbandmen, Howl, O ye vine-dressers, For the wheat and the barley, For the harvest of the field hath perished!
12 दाखका बोटहरू ओइलाएका छन् र नेभाराका बोटहरू सुकेका छन्, र अनार बोटहरू, खजूर बोटहरू र स्याउको बोटहरू, खेतबारीका सबै बोटहरू ओइलाएका छन् । किनभने मानवजातिका सन्तानबाट आनन्द विलाएर गएको छ ।
The vine is dried up, And the fig-tree languisheth; The pomegranate, the palm-tree, and the apple-tree, —All the trees of the field, are withered; Yea, joy is withered away from the sons of men.
13 ए पुजारीहरू हो, भाङ्‍ग्रा लगाओ र विलाप गर! वेदीमा सेवा गर्नेहरू हो, विलाप गर । ए मेरा परमेश्‍वरका सेवा गर्नेहरू हो, आओ, र रातभर भाङ्‍ग्रा लगाएर बस । किनभने तिमीहरूका परमेश्‍वरको मन्‍दिरबाट अन्‍नबलि र अर्घबलि हटाइएका छन् ।
Gird yourselves with sackcloth and mourn, ye priests! Howl, ye ministers of the altar! Come, lie all night in sackcloth, ye ministers of my God, For the flour-offering and the drink-offering are withholden from the house of your God!
14 पवित्र उपवासको घोषणा गर, र पवित्र सभा आव्‍हान गर । परमप्रभु आफ्‍ना परमेश्‍वरको मन्‍दिरमा देशका सबै धर्मगुरुहरू र बासिन्दाहरूलाई भेला गराओ र, अनि परमप्रभुमा पुकार ।
Appoint ye a fast, proclaim a solemn assembly! Gather the elders and all the inhabitants of the land Into the house of Jehovah, your God, And cry unto Jehovah!
15 हाय! त्यो दिन, किनकि परमप्रभुको दिन नजिकै छ । त्योसँगै सर्वशक्तिमान्‌बाट विनाश आउनेछ ।
Alas, alas the day! For the day of Jehovah is near; Even as destruction from the Almighty doth it come.
16 के हाम्रै आँखाका सामु खानेकुरा, अनि हाम्रा परमेश्‍वरको मन्‍दिरबाट आनन्द र रमाहट रोकिएको छैन र?
Is not our food cut off from before our eyes, Yea, joy and gladness from the house of our God?
17 माटोका डल्‍लामुनि बीउहरू सडे, भण्‍डारहरू उजाड भए, र अन्‍नका भकारीहरू भत्‍काइए, किनकि अन्‍न सुकेको छ ।
The seeds are rotten under their clods, The storehouses are laid desolate, the garners are destroyed; For the corn is withered.
18 पशुहरू कसरी विलाप् गर्छन्! पाल्‍तु पशुका बथानहरूले कष्‍ट भोग्‍दैछन्, किनकि तिनीहरूका निम्ति खर्क छैन । साथै, भेडाका बगालहरू पनि कष्‍ट भोग्‍दैछन् ।
How do the beasts groan, How do the herds of oxen wander perplexed, Having no pasture! The flocks of sheep also are destroyed.
19 हे परमप्रभु, म तपाईंमा पुकारा गर्दछु । किनकि उजाड-स्‍थानका खर्कहरूलाई आगोले भस्म पारेका छ, र खेतका सबै रूखहरूलाई आगोले जलाएको छ ।
To thee, O Jehovah, do I call, For a fire hath devoured the pastures of the desert, And a flame hath burned all the trees of the field!
20 जमिनका पशुहरू पनि तपाईंका निम्ति तड्‍पिन्‍छन्, किनकि पानीका खोलाहरू सुकेका छन्, र उजाड-स्‍थानका खर्कहरूलाई आगोले भस्‍म पारेको छ ।
The beasts of the field, also, cry unto thee, For the streams of water are dried up, And a fire hath devoured the pastures of the desert!

< योएल 1 >