< योएल 1 >
1 पतुएलका छोरा योएलकहाँ आएको परमप्रभु वचन यही हो ।
This is the word of the LORD that came to Joel son of Pethuel:
2 ए धर्मगुरुहरू हो, यो कुरा सुन, र ए देशका सबै बासिन्दाहरू हो ध्यानसँग सुन । तिमीहरूका दिनमा वा तिमीहरूका पुर्खाहरूका दिनमा कहिल्यै यस्तो भएको छ?
Hear this, O elders; and give ear, all who dwell in the land. Has anything like this ever happened in your days or in the days of your fathers?
3 यसको विषयमा आफ्ना छोराछोरीलाई भन, र तिमीहरूका छोराछोरीले आफ्ना छोराछोरीलाई भनून्, र तिनीहरूका छोराछोरीले अर्को पुस्तालाई भनून् ।
Tell it to your children; let your children tell it to their children, and their children to the next generation.
4 बथानमा हिंड्ने सलहहरूले जे बाँकी छोडेका छन्, ती ठुला सलहले खाएका छन्, ठुला सलहले जे बाँकी छोडेका छन् ती फट्याङ्ग्राले खाएका छन्, र फट्याङ्ग्राले जे बाँकी छोडेका छन् ती झुसिल्किराले खाएका छन् ।
What the devouring locust has left, the swarming locust has eaten; what the swarming locust has left, the young locust has eaten; and what the young locust has left, the destroying locust has eaten.
5 ए मद्यले मातेकाहरू हो, उठ र रोओ! ए दाखमद्य पिउनेहरू, सबै विलाप गर, किनभने मिठो दाखमद्यलाई तिमीहरूबाट खोसिएको छ ।
Wake up, you drunkards, and weep; wail, all you drinkers of wine, because of the sweet wine, for it has been cut off from your mouth.
6 किनकि मेरो देशमा एउटा जाति आएको छ, बलियो र अनगिन्ती छ । त्यसका दाँत सिंहका दाँतझैं छन्, र त्यसका दाह्रा सिंहनीका झैं छन् ।
For a nation has invaded My land, powerful and without number; its teeth are the teeth of a lion, and its fangs are the fangs of a lioness.
7 त्यसले मेरो दाखबारीलाई उजाड ठाउँ बनाएको छ र मेरो नेभाराका बोटलाई लाछेर नाङ्गो पारेको छ । त्यसका बोक्राहरू त्यसले ताछेको छ र टाढा फालेको छ, र हाँगाहरू केवल सेता मात्र छन् ।
It has laid waste My grapevine and splintered My fig tree. It has stripped off the bark and thrown it away; the branches have turned white.
8 आफ्नो भर्खरको पतिको मृत्यु भएर भाङ्ग्रा लगाएकी कन्या केटीले झैं विलाप गर ।
Wail like a virgin dressed in sackcloth, grieving for the husband of her youth.
9 परमप्रभुको मन्दिरबाट अन्नबलि र अर्घबलि हटाइएका छन् । परमप्रभुको सेवा गर्ने पुजारीहरू विलाप गर्छन् ।
Grain and drink offerings have been cut off from the house of the LORD; the priests are in mourning, those who minister before the LORD.
10 खेतहरू सखाप पारिएका छन्, र अन्नहरू नष्ट पारिएका हुनाले भूमिले विलाप गर्दैछ । नयाँ दाखमद्य सुकेको छ, तेल बाँकी छैन ।
The field is ruined; the land mourns. For the grain is destroyed, the new wine is dried up, and the oil fails.
11 ए किसानहरू हो, लज्जित होओ, र दाखबारी लगाउनेहरू हो, विलाप गर । किनभने भूमिको उब्जनी नष्ट भएको छ । गहुँ र जौका बढिरहेका छैनन् ।
Be dismayed, O farmers, wail, O vinedressers, over the wheat and barley, because the harvest of the field has perished.
12 दाखका बोटहरू ओइलाएका छन् र नेभाराका बोटहरू सुकेका छन्, र अनार बोटहरू, खजूर बोटहरू र स्याउको बोटहरू, खेतबारीका सबै बोटहरू ओइलाएका छन् । किनभने मानवजातिका सन्तानबाट आनन्द विलाएर गएको छ ।
The grapevine is dried up, and the fig tree is withered; the pomegranate, palm, and apple— all the trees of the orchard—are withered. Surely the joy of mankind has dried up.
13 ए पुजारीहरू हो, भाङ्ग्रा लगाओ र विलाप गर! वेदीमा सेवा गर्नेहरू हो, विलाप गर । ए मेरा परमेश्वरका सेवा गर्नेहरू हो, आओ, र रातभर भाङ्ग्रा लगाएर बस । किनभने तिमीहरूका परमेश्वरको मन्दिरबाट अन्नबलि र अर्घबलि हटाइएका छन् ।
Put on sackcloth and lament, O priests; wail, O ministers of the altar. Come, spend the night in sackcloth, O ministers of my God, because the grain and drink offerings are withheld from the house of your God.
14 पवित्र उपवासको घोषणा गर, र पवित्र सभा आव्हान गर । परमप्रभु आफ्ना परमेश्वरको मन्दिरमा देशका सबै धर्मगुरुहरू र बासिन्दाहरूलाई भेला गराओ र, अनि परमप्रभुमा पुकार ।
Consecrate a fast; proclaim a solemn assembly! Gather the elders and all the residents of the land to the house of the LORD your God, and cry out to the LORD.
15 हाय! त्यो दिन, किनकि परमप्रभुको दिन नजिकै छ । त्योसँगै सर्वशक्तिमान्बाट विनाश आउनेछ ।
Alas for the day! For the Day of the LORD is near, and it will come as destruction from the Almighty.
16 के हाम्रै आँखाका सामु खानेकुरा, अनि हाम्रा परमेश्वरको मन्दिरबाट आनन्द र रमाहट रोकिएको छैन र?
Has not the food been cut off before our very eyes— joy and gladness from the house of our God?
17 माटोका डल्लामुनि बीउहरू सडे, भण्डारहरू उजाड भए, र अन्नका भकारीहरू भत्काइए, किनकि अन्न सुकेको छ ।
The seeds lie shriveled beneath the clods; the storehouses are in ruins; the granaries are broken down, for the grain has withered away.
18 पशुहरू कसरी विलाप् गर्छन्! पाल्तु पशुका बथानहरूले कष्ट भोग्दैछन्, किनकि तिनीहरूका निम्ति खर्क छैन । साथै, भेडाका बगालहरू पनि कष्ट भोग्दैछन् ।
How the cattle groan! The herds wander in confusion because they have no pasture. Even the flocks of sheep are suffering.
19 हे परमप्रभु, म तपाईंमा पुकारा गर्दछु । किनकि उजाड-स्थानका खर्कहरूलाई आगोले भस्म पारेका छ, र खेतका सबै रूखहरूलाई आगोले जलाएको छ ।
To You, O LORD, I call, for fire has consumed the open pastures and flames have scorched all the trees of the field.
20 जमिनका पशुहरू पनि तपाईंका निम्ति तड्पिन्छन्, किनकि पानीका खोलाहरू सुकेका छन्, र उजाड-स्थानका खर्कहरूलाई आगोले भस्म पारेको छ ।
Even the beasts of the field pant for You, for the streams of water have dried up, and fire has consumed the open pastures.