< अय्यूब 9 >

1 तब अय्यूबले जवाफ दिए र भने,
Then Job answered:
2 “यो यस्‍तै हो भनी म साँच्‍चै जान्दछु । तर एक व्यक्ति कसरी परमेश्‍वसित ठिक हुन सक्छ?
“Yes, I know that it is so, but how can a mortal be righteous before God?
3 उसले परमेश्‍वरसित तर्क गर्न चाह्यो भने, उसले हजारपल्टमा एकपल्ट पनि जवाफ दिन सक्दैन ।
If one wished to contend with God, he could not answer Him one time out of a thousand.
4 परमेश्‍वर हृदयमा बुद्धिमान् र बलमा शक्तिशाली हुनुहुन्छ । उहाँको विरुद्धमा कसले आफूलाई कहिलै कठोर पारेको अनि सफल भएको छ र?
God is wise in heart and mighty in strength. Who has resisted Him and prospered?
5 जब उहाँले आफ्नो क्रोधमा पर्वतहरूलाई पल्टाउनुहुन्‍छ, तब उहाँले कसैलाई चेताउनी नदिइएर ती हटाउनुहुन्छ ।
He moves mountains without their knowledge and overturns them in His anger.
6 उहाँले पृथ्वीलाई यसको आफ्नो ठाउँबाट हल्लाउनुहुन्छ, र यसका टेकाहरूलाई कँपाउनुहुन्छ ।
He shakes the earth from its place, so that its foundations tremble.
7 उहाँ उही परमेश्‍वर हुनुहुन्छ जसले सूर्यलाई नउदाउन भन्‍नुहुन्‍छ, र त्‍यो उदाउँदैन, र जसले ताराहरूलाई ढाक्‍नुहुन्छ,
He commands the sun not to shine; He seals off the stars.
8 जो आफैले आकाशलाई तन्‍काउनुहुन्छ, र समुद्रका छालहरूलाई कुल्चिनुहुन्छ,
He alone stretches out the heavens and treads on the waves of the sea.
9 उहाँले सप्‍तर्षि, मृगशिरा र किरकिटी ताराहरू र दक्षिणका तारापुञ्जहरू बनाउनुहुन्छ ।
He is the Maker of the Bear and Orion, of the Pleiades and the constellations of the south.
10 उहाँले महान् र अगम्‍य कुराहरू, अनि अनगिन्ती उदेकका कामहरू गर्नुहुन्छ ।
He does great things beyond searching out, and wonders without number.
11 हेर, उहाँ मेरो छेउबाट जानुहुन्छ, र पनि म उहाँलाई देख्दिनँ । उहाँ आफ्नो बाटो हिंड्नुहुँदा मलाई पत्तै हुँदैन ।
Were He to pass by me, I would not see Him; were He to move, I would not recognize Him.
12 उहाँले कुनै कुरो खोस्‍नुभयो भने कसले उहाँलाई रोक्‍न सक्छ? कसले उहाँलाई भन्‍न सक्छ, 'तपाईं के गर्दै हुनुहुन्छ?'
If He takes away, who can stop Him? Who dares to ask Him, ‘What are You doing?’
13 परमेश्‍वरले आफ्नो रिस रोक्‍नुहुन्‍न । राहाबका सहयोगीहरू उहाँको मुनि झुक्छन् ।
God does not restrain His anger; the helpers of Rahab cower beneath Him.
14 कति थोरै जवाफ मैले उहाँलाई दिन सक्छु, उहाँसित तर्क गर्न म शब्दहरू छान्‍न सक्छु र?
How then can I answer Him or choose my arguments against Him?
15 म धर्मी भए तापनि मैले उहाँलाई जवाफ दिन सक्‍दिन । मेरा न्यायकर्तासँत मैले कृपाको लागि बिन्ती मात्र चढाउन सक्‍छु ।
For even if I were right, I could not answer. I could only beg my Judge for mercy.
16 मैले उहाँलाई पुकारेँ, र उहाँले मलाई जवाफ दिनुभयो भने पनि, उहाँले मेरो आवाज सुन्‍नुभयो भनेर म विश्‍वास गर्दिनँ ।
If I summoned Him and He answered me, I do not believe He would listen to my voice.
17 किनकि उहाँले मलाई आँधीले तोड्नुहुन्छ, र विनाकारण मेरा घाउहरू बढाउनुहुन्छ ।
For He would crush me with a tempest and multiply my wounds without cause.
18 उहाँले मलाई फेरि सास फेर्ने दिनुहुन्‍न, तर उहाँले मलाई तिक्तताले भर्नुहुन्छ ।
He does not let me catch my breath, but overwhelms me with bitterness.
19 ताकतको विषय हो भने, उहाँ शक्तिशाली हुनुहुन्छ । न्यायको विषय हो भने, कसले उहाँलाई बोलाउन सक्छ?
If it is a matter of strength, He is indeed mighty! If it is a matter of justice, who can summon Him?
20 म ठिक भए पनि मेरो आफ्नै मुखले मलाई दोषी ठहराउँछ । र म दोषरहित भए पनि मेरा वचनले मलाई दोषी प्रमाणित गर्छन् ।
Even if I were righteous, my mouth would condemn me; if I were blameless, it would declare me guilty.
21 म दोषरहित छु, तर अब फेरि म आफ्‍नै बारेमा वास्ता गर्दिनँ । मेरो आफ्नै जीवनलाई म घृणा गर्छु ।
Though I am blameless, I have no concern for myself; I despise my own life.
22 यसले मलाई केही फरक पार्दैन । त्यसैले म भन्छु, उहाँले दोषरहित र दुष्‍ट मानिसलाई सँगसँगै नष्‍ट गर्नुहुन्छ ।
It is all the same, and so I say, ‘He destroys both the blameless and the wicked.’
23 जब कोर्राले अकस्मात् मार्छ, तब उहाँले निर्दोषहरूको निराशाको उपहास गर्नुहुन्छ ।
When the scourge brings sudden death, He mocks the despair of the innocent.
24 पृथ्वी दुष्‍ट मानिसको हातमा दिइएको छ । परमेश्‍वरले यसका न्यायकर्ताहरूका मुहार ढाक्‍नुहन्छ । यसो गर्ने उहाँ हुनुहुन्‍न भने त्‍यो को हो त?
The earth is given into the hand of the wicked; He blindfolds its judges. If it is not He, then who is it?
25 मेरा दिनहरू कुद्‍ने दूतभन्दा पनि द्रुत गतिमा दौडन्छन् । मेरा दिनहरू भाग्छन् । तिनले कतै पनि भलो देख्दैनन् ।
My days are swifter than a runner; they flee without seeing good.
26 ती निगालोको डुङ्गाजस्तै चाँडो बगेर छन्, र आफ्नो सिकारलाई वेगसित झम्टने चीलझैं छन् ।
They sweep by like boats of papyrus, like an eagle swooping down on its prey.
27 आफ्‍ना गुनासाहरूको विषयमा म बिर्सन्छु, आफ्‍नो निराश अनुहार म हटाउँछु र खुसी हुन्छु भनें पनि,
If I were to say, ‘I will forget my complaint and change my expression and smile,’
28 आफ्‍ना सबै शोकदेखि म डराउँछु, किनकि तपाईंले मलाई निर्दोष ठहराउनुहुने छैन भनी म जान्‍दछु ।
I would still dread all my sufferings; I know that You will not acquit me.
29 म दोषी ठहराइने छु । तब मैले किन व्यर्थैमा कोसिस गर्ने?
Since I am already found guilty, why should I labor in vain?
30 आफैलाई मैले हिउँको पानीले धोएँ, र आफ्‍ना हात अत्यन्तै सफा बनाए पनि,
If I should wash myself with snow and cleanse my hands with lye,
31 परमेश्‍वरले मलाई हिलैमा फाल्नुहुन्छ, र मेरा आफ्नै लुगाहरूले मलाई घृणा गर्छन् ।
then You would plunge me into the pit, and even my own clothes would despise me.
32 किनकि परमेश्‍वर मजस्तै मानिस हुनुहुन्‍न, कि म उहाँलाई जवाफ दिन सकूँ, वा अदालतमा हामी सँगसँगै आउन सकौं ।
For He is not a man like me, that I can answer Him, that we can take each other to court.
33 हाम्रा बिचमा कुनै न्यायधीश छैन, जसले हामी दुवैमाथि आफ्‍ना हात पसार्न सक्छ ।
Nor is there a mediator between us, to lay his hand upon us both.
34 अर्को कुनै न्यायाधीश छैन, जसले परमेश्‍वरको लौरो मबाट हटाउन सक्छ, जसले मलाई भयभीत पार्नबाट उहाँको त्रासलाई रोक्‍न सक्छ ।
Let Him remove His rod from me, so that His terror will no longer frighten me.
35 तब म बोल्‍नेछु र उहाँदेखि डराउँदिनँ, तर अहिलेको जस्ता कुराहरू छन्, म त्यसो गर्न सक्दिनँ ।
Then I would speak without fear of Him. But as it is, I am on my own.

< अय्यूब 9 >