< अय्यूब 9 >
1 तब अय्यूबले जवाफ दिए र भने,
Job progovori i reče:
2 “यो यस्तै हो भनी म साँच्चै जान्दछु । तर एक व्यक्ति कसरी परमेश्वसित ठिक हुन सक्छ?
“Zaista, dobro ja znadem da je tako: kako da pred Bogom čovjek ima pravo?
3 उसले परमेश्वरसित तर्क गर्न चाह्यो भने, उसले हजारपल्टमा एकपल्ट पनि जवाफ दिन सक्दैन ।
Ako bi se tkogod htio prÓeti s njime, odvratio mu ne bi ni jednom od tisuću.
4 परमेश्वर हृदयमा बुद्धिमान् र बलमा शक्तिशाली हुनुहुन्छ । उहाँको विरुद्धमा कसले आफूलाई कहिलै कठोर पारेको अनि सफल भएको छ र?
Srcem on je mudar, a snagom svesilan, i tko bi se njemu nekažnjeno opro?
5 जब उहाँले आफ्नो क्रोधमा पर्वतहरूलाई पल्टाउनुहुन्छ, तब उहाँले कसैलाई चेताउनी नदिइएर ती हटाउनुहुन्छ ।
On brda premješta, a ona to ne znaju, u jarosti svojoj on ih preokreće.
6 उहाँले पृथ्वीलाई यसको आफ्नो ठाउँबाट हल्लाउनुहुन्छ, र यसका टेकाहरूलाई कँपाउनुहुन्छ ।
Pokreće on zemlju sa njezina mjesta, iz temelja njene potresa stupove.
7 उहाँ उही परमेश्वर हुनुहुन्छ जसले सूर्यलाई नउदाउन भन्नुहुन्छ, र त्यो उदाउँदैन, र जसले ताराहरूलाई ढाक्नुहुन्छ,
Kad zaprijeti suncu, ono se ne rađa, on pečatom svojim i zvijezde pečati.
8 जो आफैले आकाशलाई तन्काउनुहुन्छ, र समुद्रका छालहरूलाई कुल्चिनुहुन्छ,
Jedini on je nebesa razapeo i pučinom morskom samo on hodao.
9 उहाँले सप्तर्षि, मृगशिरा र किरकिटी ताराहरू र दक्षिणका तारापुञ्जहरू बनाउनुहुन्छ ।
Stvorio je Medvjede i Oriona, Vlašiće i zvijezđa na južnome nebu.
10 उहाँले महान् र अगम्य कुराहरू, अनि अनगिन्ती उदेकका कामहरू गर्नुहुन्छ ।
Tvorac on je djela silnih, nepojmljivih čudesa koja se izbrojit' ne mogu.
11 हेर, उहाँ मेरो छेउबाट जानुहुन्छ, र पनि म उहाँलाई देख्दिनँ । उहाँ आफ्नो बाटो हिंड्नुहुँदा मलाई पत्तै हुँदैन ।
Ide pored mene, a ja ga ne vidim; evo, on prolazi - ja ga ne opažam.
12 उहाँले कुनै कुरो खोस्नुभयो भने कसले उहाँलाई रोक्न सक्छ? कसले उहाँलाई भन्न सक्छ, 'तपाईं के गर्दै हुनुहुन्छ?'
Ugrabi li što, tko će mu to priječit, i tko ga pitat smije: 'Što si učinio?'
13 परमेश्वरले आफ्नो रिस रोक्नुहुन्न । राहाबका सहयोगीहरू उहाँको मुनि झुक्छन् ।
Bog silni srdžbu svoju ne opoziva: pred njim poniču saveznici Rahaba.
14 कति थोरै जवाफ मैले उहाँलाई दिन सक्छु, उहाँसित तर्क गर्न म शब्दहरू छान्न सक्छु र?
Pa kako onda da njemu odgovorim, koju riječ da protiv njega izaberem?
15 म धर्मी भए तापनि मैले उहाँलाई जवाफ दिन सक्दिन । मेरा न्यायकर्तासँत मैले कृपाको लागि बिन्ती मात्र चढाउन सक्छु ।
I da sam u pravu, odvratio ne bih, u suca svojega milost bih molio.
16 मैले उहाँलाई पुकारेँ, र उहाँले मलाई जवाफ दिनुभयो भने पनि, उहाँले मेरो आवाज सुन्नुभयो भनेर म विश्वास गर्दिनँ ।
A kad bi se na zov moj i odazvao, vjerovao ne bih da on glas moj sluša.
17 किनकि उहाँले मलाई आँधीले तोड्नुहुन्छ, र विनाकारण मेरा घाउहरू बढाउनुहुन्छ ।
Jer, za dlaku jednu on mene satire, bez razloga moje rane umnožava.
18 उहाँले मलाई फेरि सास फेर्ने दिनुहुन्न, तर उहाँले मलाई तिक्तताले भर्नुहुन्छ ।
Ni časa jednoga predahnut' mi ne da, nego mene svakom gorčinom napaja!
19 ताकतको विषय हो भने, उहाँ शक्तिशाली हुनुहुन्छ । न्यायको विषय हो भने, कसले उहाँलाई बोलाउन सक्छ?
Ako je na snagu - tÓa on je najjači! Ako je na pravdu - tko će njega na sud?
20 म ठिक भए पनि मेरो आफ्नै मुखले मलाई दोषी ठहराउँछ । र म दोषरहित भए पनि मेरा वचनले मलाई दोषी प्रमाणित गर्छन् ।
Da sam i prav, usta bi me osudila, da sam i nevin, zlim bi me proglasila.
21 म दोषरहित छु, तर अब फेरि म आफ्नै बारेमा वास्ता गर्दिनँ । मेरो आफ्नै जीवनलाई म घृणा गर्छु ।
A jesam li nevin? Ni sam ne znam više, moj je život meni sasvim omrzao!
22 यसले मलाई केही फरक पार्दैन । त्यसैले म भन्छु, उहाँले दोषरहित र दुष्ट मानिसलाई सँगसँगै नष्ट गर्नुहुन्छ ।
Jer, to je svejedno; i zato ja kažem: nevina i grešnika on dokončava.
23 जब कोर्राले अकस्मात् मार्छ, तब उहाँले निर्दोषहरूको निराशाको उपहास गर्नुहुन्छ ।
I bič smrtni kad bi odjednom ubijo ... ali on se ruga nevolji nevinih.
24 पृथ्वी दुष्ट मानिसको हातमा दिइएको छ । परमेश्वरले यसका न्यायकर्ताहरूका मुहार ढाक्नुहन्छ । यसो गर्ने उहाँ हुनुहुन्न भने त्यो को हो त?
U zemlji predanoj u šake zlikovaca, on oči sucima njezinim zastire. Ako on to nije, tko je drugi onda?
25 मेरा दिनहरू कुद्ने दूतभन्दा पनि द्रुत गतिमा दौडन्छन् । मेरा दिनहरू भाग्छन् । तिनले कतै पनि भलो देख्दैनन् ।
Od skoroteče su brži moji dani, bježe daleko, nigdje dobra ne videć.'
26 ती निगालोको डुङ्गाजस्तै चाँडो बगेर छन्, र आफ्नो सिकारलाई वेगसित झम्टने चीलझैं छन् ।
K'o čamci od rogoza hitro promiču, k'o orao na plijen kada se zaleti.
27 आफ्ना गुनासाहरूको विषयमा म बिर्सन्छु, आफ्नो निराश अनुहार म हटाउँछु र खुसी हुन्छु भनें पनि,
Kažem li: zaboravit ću jadikovku, razvedrit ću lice i veseo biti,
28 आफ्ना सबै शोकदेखि म डराउँछु, किनकि तपाईंले मलाई निर्दोष ठहराउनुहुने छैन भनी म जान्दछु ।
od mojih me muka groza obuzima, jer znadem da me ti ne držiš nevinim.
29 म दोषी ठहराइने छु । तब मैले किन व्यर्थैमा कोसिस गर्ने?
Ako li sam grešan, tÓa čemu onda da zalud mučim sebe.
30 आफैलाई मैले हिउँको पानीले धोएँ, र आफ्ना हात अत्यन्तै सफा बनाए पनि,
Kad bih i sniježnicom sebe ja isprao, kad bih i lugom ruke svoje umio,
31 परमेश्वरले मलाई हिलैमा फाल्नुहुन्छ, र मेरा आफ्नै लुगाहरूले मलाई घृणा गर्छन् ।
u veću bi me nečist opet gurnuo, i moje bi me se gnušale haljine!
32 किनकि परमेश्वर मजस्तै मानिस हुनुहुन्न, कि म उहाँलाई जवाफ दिन सकूँ, वा अदालतमा हामी सँगसँगै आउन सकौं ।
Nije čovjek k'o ja da se s njime pravdam i na sud da idem s njim se parničiti.
33 हाम्रा बिचमा कुनै न्यायधीश छैन, जसले हामी दुवैमाथि आफ्ना हात पसार्न सक्छ ।
Niti kakva suca ima među nama da ruke svoje stavi na nas dvojicu,
34 अर्को कुनै न्यायाधीश छैन, जसले परमेश्वरको लौरो मबाट हटाउन सक्छ, जसले मलाई भयभीत पार्नबाट उहाँको त्रासलाई रोक्न सक्छ ।
da šibu njegovu od mene odmakne, da užas njegov mene više ne plaši!
35 तब म बोल्नेछु र उहाँदेखि डराउँदिनँ, तर अहिलेको जस्ता कुराहरू छन्, म त्यसो गर्न सक्दिनँ ।
Govorit ću ipak bez ikakva straha, jer ja nisam takav u svojim očima!