< अय्यूब 8 >
1 तब बिल्दाद शुहीले जवाफ दिए र भने,
叔亞人彼耳達得發言說:
2 “तपाईं कहिलेसम्म यी कुरा भन्नुहुन्छ? कहिलेसम्म तपाईंको मुखका वचन शक्तिशाली बतास हुनेछन्?
這些話你要講到幾時﹖你口中的話像狂風要到何時﹖
3 के परमेश्वरले न्यायमा रोक लगाउनुहुन्छ र? के सर्वशक्तिमान्ले धार्मिकतामा रोक लगाउनुहुन्छ र?
天主豈能違背公道﹖全能者豈能屈枉正義﹖
4 तपाईंका छोराछोरीले उहाँको विरुद्धमा पाप गरेका छन् । हामी यो जान्दछौं, किनकि उहाँले तिनीहरूलाई आफ्नै पापमा मर्न दिनुभयो ।
若你的子女得罪了他,他必將他們交於罪過的權勢下。
5 तर मानौँ, तपाईंले परमेश्वरलाई बडो मेहनत गरेर खोज्नुभयो, अनि आफ्नो बिन्ती सर्वशक्तिमान्लाई चढाउनुभयो ।
你若急切尋覓天主,哀求全能者;
6 तपाईं शुद्ध र सोझो हुनुहुन्छ भने, उहाँले निश्चय पनि तपाईंको पक्ष लिनुहुन्छ, र तपाईंको उचित स्थानमा तपाईंलाई पुनर्स्थापित गर्नुहुन्छ ।
你若純潔正直,他必親來守護你,恢復你正義的居所。
7 तपाईंको सुरुआत् सानो भए तापनि, तपाईंको आखिरी अवस्था महान् हुन्छ ।
你起初雖然微小,今後必要興隆強大。
8 कृपया पहिलेका पुस्ताहरूलाई सोध्नुहोस्, र हाम्रा पुर्खाहरूले सिकेका कुरामा आफ्नो ध्यान लगाउनुहोस् ।
請你查問上一代,細想祖先的經驗;
9 (हामी हिजो मात्र जन्मियौं र हामी केही जन्दैनौं, किनकि पृथ्वीमा हाम्रा दिनहरू छाया मात्र हो ।)
因為我們由昨日纔有,本來一無所知;我們在世上的日月,好似影子。
10 के तिनले तपाईंलाई सिकाउने र भन्ने छैनन् र? के तिनले आफ्ना हृदयहरूबाट वचन बोल्ने छैनन्?
他們必訓誡你,指教你,向你說出內心的話:
11 के दलदल नभएको ठाउँमा नर्कट उम्रन्छ? के पानीविना निगालाहरू बढ्छन्?
蒲草不在池沼內,怎能長大﹖蘆葦沒有水,怎會長起﹖
12 ती अझै हरिया छँदै र नकाटकै बेलामा, अरू कुनै बिरुवाभन्दा पहिले नै ती सुक्छन् ।
在茁壯中,尚未砍下,已先百草而枯萎。
13 परमेश्वरलाई बिर्सनेहरू सबैका मार्गहरू पनि त्यस्तै हुन्छन् । ईश्वरहीनको आशा नष्ट हुन्छन् ।
凡忘記天主的,他的末路也是這樣:惡人的希望必化為泡影。
14 उसको दृढता टुक्राटुक्रा हुनेछन्, र उसको भरोसा माकुरोको जालझैं कमजोर हुन्छ ।
他的依靠好似游絲,他的憑藉有如蛛網。
15 ऊ आफ्नो घरमा अडेल लग्छ, तर त्यसले उसलाई थाम्दैन । उसले त्यसमा समात्छ, तर यो अडिंदैन ।
他倚恃自己的家,但它卻站立不住;他要依附自己的住所,住所卻不能久存。
16 घामको मुनि त्यो हरियो हुन्छ, र त्यसका पालुवाहरू त्यसको सारा बगैँचामा फैलिन्छ ।
它在日光下而青蔥,枝蔓爬滿了園囿,
17 त्यसका जराहरू ढुङ्गाको थुप्रो वरिपरि बेरिन्छन् । तिनले चट्टानहरूका बिचमा राम्रा ठाउँहरू खोज्छन् ।
根盤據在石堆上,纏繞在石屋上。
18 तर यो व्यक्ति आफ्नो ठाउँ बाहिर नष्ट भयो भने, तब त्यो ठाउँले उसलाई इन्कार गर्नेछ र भन्नेछ, 'मैले तँलाई कहिल्यै देखिनँ ।'
若有人從原處把它拔除,那地必否認說:「我未曾見過它。」
19 हेर्नुहोस्, त्यस्तो व्यक्तिको व्यवहारको 'आनन्द' यही हो । त्यसको ठाउँमा उही माटोबाट अन्य बिरुवाहरू उम्रनेछन् ।
看,它要腐爛在路上,必從地上生出另一棵。
20 हेर्नुहोस्, परमेश्वरले निर्दोष मानिसलाई फाल्नुहुन्न, न त उहाँले दुष्ट काम गर्नेहरूका हातलाई मदत गर्नुहुन्छ ।
天主決不棄捨完善的人,也決不支持惡人的勢力。
21 तर पनि उहाँले तपाईंको मुखमा हाँसो, र तपाईंको ओठमा आनन्दको सोरले भर्नुहुनेछ ।
你的口角必再洋溢著喜悅,你的唇邊必再充滿歡笑。
22 तपाईंलाई घृणा गर्नेहरू लाजले ढाकिनेछन् । दुष्टको पाल फेरि रहनेछैन ।”
憎恨你的必蒙受羞辱,惡人的帳幕必化為烏有。