< अय्यूब 7 >
1 के मानिसले पृथ्वीमा कठिन परिश्रम गर्दैन र? के उसका दिन ज्यालादारी मानिसका दिनजस्तै हुँदैनन् र?
Nemde szolgálati ideje van a halandónak a földön, és mint a béres napjai olyanok a napjai!
2 एउटा दासले उत्सुकतासाथ साँझको छायाको इच्छा गरेझैं, एक जना ज्यालादारीले आफ्नो ज्यालाको आशा गर्छ ।
Mint rabszolga, ki liheg árnyék után, s mint a zsoldos, ki reményli munkabérét:
3 यसरी मलाई दुःखका महिनाहरू सहन लगाइएको छ । मलाई कष्टले भरिएका रातहरू दिइएका छन् ।
úgy kaptam én örökbe bajnak hónapjait és szenvedésnek éjszakáit rendelték nekem.
4 म पल्टिदाँ म आफैलाई भन्छु, 'म कहिले ब्युँझनेछु, र रात कहिले बित्नेछ?' मिरमिरे उज्यालो नहुञ्जेल म यताउता छटपटाउँछु ।
Ha lefeküdtem, azt mondom: mikor kelek fel, és nyúlik az este és jóllakom a hánykódással szürkületig.
5 मेरो शरीर किराहरू र धूलोको डल्लाहरूले ढाकिएको छ । मेरो जीउका खटिरा टन्किन्छन्, र फुट्छन् र पिप बग्छन् ।
Magára öltött húsom férget és porgöröngyöt, bőröm felfakadt s megevesedett.
6 मेरा दिनहरू सिलाउनेको चक्काभन्दा चाँडो बित्छन् । ती आशाविनै बितेर जान्छन् ।
Napjaim gyorsabbak a vetélőnél, s remény nélkül enyésztek el.
7 हे परमेश्वर, मेरो जीवनलाई केवल एक सास सम्झनुहोस् । मेरो आँखाले फेरि असल देख्न पाउनेछैन ।
Gondolj rá, hogy lehelet az életem, jót nem fog többé látni a szemem;
8 मलाई हेर्ने परमेश्वरका आँखाले फेरि मलाई हेर्ने छैन । परमेश्वरका आँखा ममाथि हुनेछ, तर मेरो अस्तत्व हुनेछैन ।
nem pillant meg engem nézőm szeme, szemeid rajtam vannak, de nem vagyok.
9 जसरी बादल फट्छ र हराएर जान्छ, त्यसरी नै चिहानमा जाने फेरि फर्केर आउनेछैन । (Sheol )
Felhő elenyészett és eltűnt: úgy ki alvilágba száll, nem jöhet fel, (Sheol )
10 ऊ फेरि आफ्नो घरमा फर्कनेछैन, न त उसको ठाउँले फेरि उसलाई चिन्नेछ ।
nem tér vissza többé házába és nem ismer rá többé az ő helye.
11 त्यसकारण म आफ्नो मुख बन्द गर्दिन । म आफ्नो आत्माको वेदनामा बोल्नेछु । म आफ्नो प्राणको तिक्ततामा गनगन गर्नेछु ।
Én sem tartóztatom számat, hadd beszélek lelkem szorultában, hadd panaszkodjam lelkem keservében!
12 तपाईंले ममाथि रक्षक राख्नलाई, के म समुद्र वा समुद्रको राक्षस हुँ र?
Tenger vagyok-e avagy szörnyeteg, hogy őrséget vetsz reám?
13 जब म भन्छु, 'मेरो ओछ्यानले मलाई सान्त्वना दिनेछ, र मेरो खाटले मेरो गुनासोलाई चैन दिन्छ,'
Ha azt mondom: majd megvigasztal ágyam, panaszomat viselnem segít fekvőhelyem:
14 तब तपाईंले सपनाहरूले मलाई तर्साउनुहुन्छ र दर्शनहरूद्वारा मलाई आतङ्कित पार्नुहुन्छ,
akkor rémítgetsz engem álmokkal és látomások által ijesztesz engem.
15 जसले गर्दा मेरा यी हड्डीलाई जोगाउनुभन्दा, बरु घाँटी च्याप्ने कुरा र मृत्युलाई रोज्छु ।
Választotta lelkem a megfulladást, a, halált inkább csontjaimnál.
16 म मेरो जीवनलाई घृणा गर्छु । म सधैँ जिउने इच्छा गर्दिनँ । मलाई एक्लै छोडिदिनुहोस्, किनकि मेरा दिनहरू व्यर्थ छन् ।
Megvetettem: nem örökké élek; hagyj föl velem, mert lehelet a napjaim!
17 मानिस के हो र तपाईंले उसको ख्याल राख्नुपर्ने, तपाईंले आफ्नो मनलाई उसमा लगाउनुपर्ने,
Mi a halandó, hogy nagyra tartod, s hogy reá fordítod szívedet,
18 हरेक बिहान तपाईंले उसको हेरचाह गर्नुपर्ने, हरेक क्षण उसको जाँच गर्नुपर्ने?
és reá gondolsz reggelenként, perczenként megvizsgálod őt?
19 तपाईंले आफ्ना आँखा मबाट कहिले हटाउनुहुन्छ, आफ्नो थुक निल्न मलाई तपाईंले कहिले एक्लै छोड्नुहुन्छ?
Meddig nem tekintesz el tőlem, nem eresztesz el, míg nyálam lenyelhetem?
20 मैले पाप नै गरेको भए पनि, हे मानिसलाई हेर्नुहुने, त्यसले तपाईंलाइ के हुन्छ त? तपाईंले मलाई किन निसाना बनाउनुभएको छ जसको कारण म तपाईंको लागि बोझ छु?
Vétettem: mit cselekszem neked, emberőrző? Miért tettél engem támadásul magadnak, hogy önmagamnak terhére lettem?
21 किन मेरो अपराध तपाईंले क्षमा गर्नुहुन्न र मेरो अधर्म हटाउनुहुन्न? अब म धूलोमा पल्टनेछु । तपाईंले मलाई ध्यानपूर्वक खोज्नुहुनेछ, तर मेरो अस्तित्व रहनेछैन ।”
S mit nem bocsátod meg; bűnömet s nem veszed el vétkemet? Mert most porban feküdném, keresnél engem és nem volnék.