< अय्यूब 7 >

1 के मानिसले पृथ्वीमा कठिन परिश्रम गर्दैन र? के उसका दिन ज्यालादारी मानिसका दिनजस्तै हुँदैनन् र?
הלא צבא לאנוש על ארץ וכימי שכיר ימיו׃
2 एउटा दासले उत्‍सुकतासाथ साँझको छायाको इच्छा गरेझैं, एक जना ज्यालादारीले आफ्नो ज्यालाको आशा गर्छ ।
כעבד ישאף צל וכשכיר יקוה פעלו׃
3 यसरी मलाई दुःखका महिनाहरू सहन लगाइएको छ । मलाई कष्‍टले भरिएका रातहरू दिइएका छन् ।
כן הנחלתי לי ירחי שוא ולילות עמל מנו לי׃
4 म पल्टिदाँ म आफैलाई भन्छु, 'म कहिले ब्युँझनेछु, र रात कहिले बित्‍नेछ?' मिरमिरे उज्यालो नहुञ्जेल म यताउता छटपटाउँछु ।
אם שכבתי ואמרתי מתי אקום ומדד ערב ושבעתי נדדים עדי נשף׃
5 मेरो शरीर किराहरू र धूलोको डल्‍लाहरूले ढाकिएको छ । मेरो जीउका खटिरा टन्‍किन्‍छन्, र फुट्‍छन् र पिप बग्‍छन् ।
לבש בשרי רמה וגיש עפר עורי רגע וימאס׃
6 मेरा दिनहरू सिलाउनेको चक्‍काभन्दा चाँडो बित्छन् । ती आशाविनै बितेर जान्छन् ।
ימי קלו מני ארג ויכלו באפס תקוה׃
7 हे परमेश्‍वर, मेरो जीवनलाई केवल एक सास सम्झनुहोस् । मेरो आँखाले फेरि असल देख्‍न पाउनेछैन ।
זכר כי רוח חיי לא תשוב עיני לראות טוב׃
8 मलाई हेर्ने परमेश्‍वरका आँखाले फेरि मलाई हेर्ने छैन । परमेश्‍वरका आँखा ममाथि हुनेछ, तर मेरो अस्‍तत्‍व हुनेछैन ।
לא תשורני עין ראי עיניך בי ואינני׃
9 जसरी बादल फट्छ र हराएर जान्‍छ, त्यसरी नै चिहानमा जाने फेरि फर्केर आउनेछैन । (Sheol h7585)
כלה ענן וילך כן יורד שאול לא יעלה׃ (Sheol h7585)
10 ऊ फेरि आफ्नो घरमा फर्कनेछैन, न त उसको ठाउँले फेरि उसलाई चिन्‍नेछ ।
לא ישוב עוד לביתו ולא יכירנו עוד מקמו׃
11 त्यसकारण म आफ्‍नो मुख बन्‍द गर्दिन । म आफ्‍नो आत्माको वेदनामा बोल्नेछु । म आफ्‍नो प्राणको तिक्ततामा गनगन गर्नेछु ।
גם אני לא אחשך פי אדברה בצר רוחי אשיחה במר נפשי׃
12 तपाईंले ममाथि रक्षक राख्‍नलाई, के म समुद्र वा समुद्रको राक्षस हुँ र?
הים אני אם תנין כי תשים עלי משמר׃
13 जब म भन्‍छु, 'मेरो ओछ्यानले मलाई सान्त्वना दिनेछ, र मेरो खाटले मेरो गुनासोलाई चैन दिन्छ,'
כי אמרתי תנחמני ערשי ישא בשיחי משכבי׃
14 तब तपाईंले सपनाहरूले मलाई तर्साउनुहुन्छ र दर्शनहरूद्वारा मलाई आतङ्कित पार्नुहुन्छ,
וחתתני בחלמות ומחזינות תבעתני׃
15 जसले गर्दा मेरा यी हड्‍डीलाई जोगाउनुभन्दा, बरु घाँटी च्‍याप्‍ने कुरा र मृत्युलाई रोज्छु ।
ותבחר מחנק נפשי מות מעצמותי׃
16 म मेरो जीवनलाई घृणा गर्छु । म सधैँ जिउने इच्छा गर्दिनँ । मलाई एक्‍लै छोडिदिनुहोस्, किनकि मेरा दिनहरू व्‍यर्थ छन् ।
מאסתי לא לעלם אחיה חדל ממני כי הבל ימי׃
17 मानिस के हो र तपाईंले उसको ख्याल राख्‍नुपर्ने, तपाईंले आफ्नो मनलाई उसमा लगाउनुपर्ने,
מה אנוש כי תגדלנו וכי תשית אליו לבך׃
18 हरेक बिहान तपाईंले उसको हेरचाह गर्नुपर्ने, हरेक क्षण उसको जाँच गर्नुपर्ने?
ותפקדנו לבקרים לרגעים תבחננו׃
19 तपाईंले आफ्‍ना आँखा मबाट कहिले हटाउनुहुन्‍छ, आफ्‍नो थुक निल्न मलाई तपाईंले कहिले एक्‍लै छोड्नुहुन्‍छ?
כמה לא תשעה ממני לא תרפני עד בלעי רקי׃
20 मैले पाप नै गरेको भए पनि, हे मानिसलाई हेर्नुहुने, त्‍यसले तपाईंलाइ के हुन्‍छ त? तपाईंले मलाई किन निसाना बनाउनुभएको छ जसको कारण म तपाईंको लागि बोझ छु?
חטאתי מה אפעל לך נצר האדם למה שמתני למפגע לך ואהיה עלי למשא׃
21 किन मेरो अपराध तपाईंले क्षमा गर्नुहुन्‍न र मेरो अधर्म हटाउनुहुन्‍न? अब म धूलोमा पल्टनेछु । तपाईंले मलाई ध्‍यानपूर्वक खोज्नुहुनेछ, तर मेरो अस्‍तित्‍व रहनेछैन ।”
ומה לא תשא פשעי ותעביר את עוני כי עתה לעפר אשכב ושחרתני ואינני׃

< अय्यूब 7 >