< अय्यूब 6 >
1 तब अय्यूबले जवाफ दिए र भने,
Ijob respondis kaj diris:
2 “हाय, मेरो वेदना जोखिएको भए, मेरा सबै विपत्ति तराजुमा राखिएको भए,
Se estus pesita mia ĉagreno, Kaj samtempe estus metita sur la pesilon mia suferado,
3 किनकि अहिले त्यो समुद्रका बालुवाभन्दा पनि गह्रौं हुनेथियो, त्यसकारण मेरा वचन समझहीन छन् ।
Ĝi estus nun pli peza, ol la sablo ĉe la maroj; Pro tio miaj vortoj estas plenaj de plendo.
4 सर्वशक्तिमान्का काँडहरू ममा गाडिएका छन्, र मेरो आत्माले विष सेवन गर्छ । परमेश्वरको त्रास आफै मेरो विरुद्धमा तैनाथ छन् ।
Ĉar la sagoj de la Plejpotenculo estas en mi, Ilian venenon trinkas mia spirito; La teruraĵoj de Dio direktiĝis sur min.
5 के वनको गधाले घाँस पाउँदा यो निराशमा कराउँछ र? वा के गोरुले कुँडो पाउँदा यो डुक्रन्छ र?
Ĉu krias sovaĝa azeno sur herbo? Ĉu bovo blekas kolere ĉe sia manĝaĵo?
6 के स्वाद नभएको खानेकुरालाई नुनविना खान सकिन्छ र? वा अण्डाको सेतो भागको कुनै स्वाद हुन्छ र?
Ĉu oni manĝas sengustaĵon sen salo? Ĉu havas guston la albumeno de ovo?
7 म तिनलाई छुन पनि इन्कार गर्छु । मेरा लागि ती घृणित खानेकुरा हुन् ।
Kion ne volis tuŝi mia animo, Tio nun estas abomeninde mia manĝaĵo.
8 हाय! मैले बिन्ती गरेको कुरा मसित भए! हाय, मैले चिताएको कुरा परमेश्वरले दिनुभए!
Ho, se mia peto plenumiĝus, Kaj se Dio donus al mi tion, kion mi esperas!
9 मलाई एकैचोटी धुलो पार्न परमेश्वर खुसी हुनुपर्छ! उहाँले आफ्नो हात उठाउनुपर्छ र यो जीवनबाट मलाई खतम पार्नुपर्छ!
Ho, se Dio komencus kaj disbatus min, Donus liberecon al Sia mano kaj frakasus min!
10 यो अझै पनि मेरो सान्त्वना होस्– म पीडामा उफ्रे पनि त्यो घट्दैन, मैले परमपवित्रको वचन इन्कार गरेको छैनँ ।
Tio estus ankoraŭ konsolo por mi; Kaj mi ĝojus, se en la turmento Li ne kompatus, Ĉar mi ne forpuŝis ja la vortojn de la Sanktulo.
11 मैले पर्खन कोसिस गर्नुपर्ने मेरो बल के हो र? मैले आफ्नो जीवनलाई लम्ब्याउनुपर्ने मेरो अन्त्य के हो?
Kio estas mia forto, ke mi persistu? Kaj kia estas mia fino, ke mi havu paciencon?
12 के मेरो बल ढुङ्गाहरूका बल हो र? अर्थात् मेरो मासु काँसाबाट बनेको छ?
Ĉu mia forto estas forto de ŝtonoj? Ĉu mia karno estas kupro?
13 म आफैलाई मदत गर्न सक्दिन भन्ने कुरा सत्य होइन र, अनि बुद्धिलाई मबाट खेदिएको छैन र?
Mi havas ja nenian helpon, Kaj savo estas forpuŝita for de mi.
14 मूर्छा खानै लागेको व्यक्तिलाई, त्यसको साथीले विश्वसनीयता देखाउनु, उसलाई पनि जसले सर्वशक्तिमान्को भयलाई त्याग्छ ।
Al malfeliĉulo decas kompato de amiko, Eĉ se li forlasas la timon antaŭ la Plejpotenculo.
15 तर मरुभूमिको नहरझैं मेरा दाजुभाइ मसित विश्वासयोग्य भएका छन्, बगेर कतै पनि नपुग्ने पानीको नहरझैं,
Miaj fratoj trompas kiel torento, Kiel akvaj fluegoj, kiuj pasas,
16 तीमाथि बरफ जमेको हुनाले, र तिनमा लुकेर बस्ने हिउँको कारणले अँध्यारो भएका छन् ।
Kiuj estas malklaraj pro glacio, En kiuj kaŝas sin neĝo;
17 जब ती पग्लिन्छन्, ती बिलय हुन्छन् । तातो हुँदा ती आफ्नो ठाउँबाट पग्लेर जान्छन् ।
En la tempo de degelo ili malaperas, En la tempo de varmego ili forŝoviĝas de sia loko.
18 आफ्नो बाटोमा हिंड्ने यात्रु-दल पानी खोज्न पाखा लाग्छन् । तिनीहरू बाँझो भू-भागमा भौंतारिन्छन्, र नष्ट हुन्छन् ।
Ili forklinas la direkton de sia vojo, Iras en la dezerton, kaj malaperas.
19 तेमाबाट आएका यात्रु-दलले त्यहाँ हेरे, जबकि शेबाका सहयात्रीहरूले तिनमा आशा राखे ।
Serĉas ilin per sia rigardo la vojoj de Tema, Esperas je ili la karavanoj el Ŝeba;
20 तिनमा पानी भेट्टाउने निश्चयता भएको हुनाले तिनीहरू निरुत्साही भए । तिनीहरू त्यहाँ गए, तर तिनीहरू धोकामा परे ।
Sed ili hontas pro sia fido; Ili aliras, kaj ruĝiĝas de honto.
21 किनकि अब तपाईं मित्रहरू त मेरा लागि केही होइन । तपाईंहरू मेरो डरलाग्दो अवस्था देख्नुहुन्छ र डराउनुहुन्छ ।
Nun vi neniiĝis; Vi ekvidis teruraĵon, kaj ektimis.
22 के मैले तपाईंलाई यसो भनें, 'मलाई केही कुरा दिनुहोस्?' अथवा ‘आफ्नो धन-सम्पत्तिबाट मलाई एउटा उपहार दिनुहोस्?’
Ĉu mi diris: Donu al mi, El via havaĵo donacu pro mi,
23 अथवा ‘मलाई मेरा वैरीको हातबाट बचाउनुहोस्?' अथवा 'मेरो थिचोमिचो गर्नेहरूको हातबाट मलाई मोल तिरेर छुटाउनुहोस्?'
Savu min el la mano de premanto, Aŭ liberigu min el la mano de turmentantoj?
24 मलाई सिकाउनुहोस्, र म आफू शान्त रहनेछु । मैले कहाँ गल्ती गरें, मलाई प्रष्ट पार्नुहोस् ।
Instruu min, kaj mi eksilentos; Komprenigu al mi, per kio mi pekis.
25 इमानदार वचन कति पीडादयक हुन्छन्! तर तपाईंका तर्कहरू, कसरी तिनले मलाई साँच्चै हप्काउँछन् र?
Kial vi mallaŭdas pravajn vortojn? Kaj kion povas instrui la moralinstruanto el vi?
26 मेरा वचनलाई बेवास्ता गर्ने योजना गर्नुहुन्छ, निराश मानिसका वचनलाई बतासझैं तपाईं गर्नुहुन्छ?
Ĉu vi intencas riproĉi pro vortoj? Sed paroloj de malesperanto iras al la vento.
27 वास्तवमा, तपाईं अनाथको लागि चिट्ठा हाल्नुहुन्छ, र बेच्ने सामनझैं आफ्नो मित्रको मूल्य तोक्नुहुन्छ ।
Eĉ orfon vi atakus, Kaj sub via amiko vi fosus.
28 त्यसकारण अब कृपया मलाई हेर्नुहोस्, किनकि म निश्चय नै तपाईंको सामु झुट बोल्दिनँ ।
Nun, ĉar vi komencis, rigardu min; Ĉu mi mensogos antaŭ via vizaĝo?
29 मेरो बिन्ती छ, कोमल हुनुहोस् । तपाईंसित कुनै अन्याय नहोस् । वास्तवमै कोमलो हुनुहोस्, किनकि मेरो समस्या न्यायोचित छ ।
Rigardu denove, vi ne trovos malpiaĵon; Ripetu, vi trovos mian pravecon en la afero.
30 के मेरो जिब्रोमा खराबी छ र? के मेरा मुखले दूर्भावपूर्ण कुराहरू छुट्ट्याउन सक्दैन र?
Ĉu estas peko sur mia lango? Ĉu mia palato ne komprenas tion, kio estas malbona?