< अय्यूब 41 >

1 के एउटा बल्छीले तैंले लिव्यातन्‌लाई तान्‍न सक्छस्? अर्थात् एउटा डोरीले त्यसको बङ्गारा बाँध्‍न सक्छस्?
“Livyatan'ı çengelle çekebilir misin, Dilini halatla bağlayabilir misin?
2 के त्यसको नाकमा तैंले डोरी लगाउन सक्छस्? एउटा बल्छीले त्‍यसको बङ्गारा छेड्न सक्छस्?
Burnuna sazdan ip takabilir misin, Kancayla çenesini delebilir misin?
3 के त्यसले तँलाई धेरै बिन्ती चढाउनेछ र? के त्यसले तँसित नम्र वचनहरू बोल्नेछ र?
Yalvarıp yakarır mı sana, Tatlı tatlı konuşur mu?
4 के त्यसले तँसित करार गर्नेछ, जसले गर्दा सदाको निम्ति तैंले त्‍यसलाई कमारो बनाउनुपर्छ?
Seninle antlaşma yapar mı, Onu ömür boyu köle edesin diye?
5 तैले चरासित खेलेझैं के तँ त्योसित खेल्नेछस् र? तेरा दासीहरूका निम्ति तैंले त्यसलाई बाँध्‍नेछस् र?
Kuşla oynar gibi onunla oynayabilir misin, Hizmetçilerin eğlensin diye ona tasma takabilir misin?
6 के मछुवाहरूका समूहरूले त्यसको लागि बार्गेनिङ् गर्नेछन्? के तिनीहरूले त्यसको व्यापार गर्न व्यापारीहरूका बिचमा भाग लगाउनेछन्?
Balıkçılar onun üzerine pazarlık eder mi? Tüccarlar aralarında onu böler mi?
7 के तैंले त्यसको छालामा चक्‍कु हान्‍न, अर्थात् टाउकोमा माछा मार्ने भाला हान्‍न सक्छस्?
Derisini zıpkınlarla, Başını mızraklarla doldurabilir misin?
8 एकपल्‍ट त्यसमाथि आफ्‍नो हात राख्, अनि तँलाई त्‍यो युद्धको सम्झना हुनेछ, र फेरि तैंले कदापि त्यसो गर्नेछैनस् ।
Elini üzerine koy da, çıkacak çıngarı gör, Bir daha yapmayacaksın bunu.
9 हेर्, त्यसो गर्ने कसैको आशा पनि झुटो सबित हुन्छ । के त्यसको हेराइले पनि कोही मूर्छै परेर भुइँमा ढल्‍नेछैनन् र?
Onu yakalamak için umutlanma, Görünüşü bile insanın ödünü patlatır.
10 कोही पनि यति हिंस्रक छैन त्यसले लिव्यातन्‌लाई उत्तेजित पार्ने आँट गर्छ । त्यसो हो भने, मेरो सामु को खडा हुन सक्छ?
Onu uyandıracak kadar yürekli adam yoktur. Öyleyse benim karşımda kim durabilir?
11 मैले तिर्नुपर्ने गरी कसले मलाई कुनै कुरो दिएको छ र? सम्पूर्ण आकाशमुनि भएका सबै थोक मेरै हुन् ।
Kim benden hesap vermemi isteyebilir? Göklerin altında ne varsa bana aittir.
12 लिव्यातन्‌का खुट्टाहरूको विषयमा म चुप लाग्‍नेछैनँ, न त्यसको बल, न त त्यसको भव्य आकारको विषयमा चुप लाग्‍नेछु ।
“Onun kolları, bacakları, Zorlu gücü, güzel yapısı hakkında Konuşmadan edemeyeceğim.
13 त्यसको बाहिरको पोशाकलाई कसले उतार्न सक्छ? ढाल जस्‍तो त्यसको दोहोरो छाला कसले छेड्न सक्छ?
Onun giysisinin önünü kim açabilir? Kim onun iki katlı zırhını delebilir?
14 त्यसको मुखका ढोकाहरू कसले खोल्न — त्यसका दाँत बजाउन सक्‍छ, जुन त्रासदी हो ।
Ağzının kapılarını açmaya kim yeltenebilir, Dehşet verici dişleri karşısında?
15 तिनका ढाडका छालाहरू ढालका लहरहरूझैं, एउटा बन्‍द छापझैं एकसाथ जोडिएका हुन्‍छन् ।
Sımsıkı kenetlenmiştir Sırtındaki sıra sıra pullar,
16 एक अर्कोमा यसरी टाँसिन्‍छन्, जसको बिचबाट हावा पनि छिर्न सक्दैन ।
Öyle yakındır ki birbirine Aralarından hava bile geçmez.
17 ती एक-अर्कामा टाँसिएका हुन्‍छन् । छुट्ट्याउनै नसकिने गरी ती एकसाथ टाँसिन्छन् ।
Birbirlerine geçmişler, Yapışmış, ayrılmazlar.
18 त्यसले हाच्‍छीं गर्दा बाहिर झिल्‍काहरू निस्कन्छन् । त्यसका आँखा बिहानको पलकजस्तै छन् ।
Aksırması ışık saçar, Gözleri şafak gibi parıldar.
19 त्यसको मुखबाट बलिरहेका राँकोहरू, आगोका झिल्काहरू बाहिर निस्कन्छन् ।
Ağzından alevler fışkırır, Kıvılcımlar saçılır.
20 तताउनलाई आगोमाथि राखेको भाँडोबाट वाफ निस्‍केझैं, त्यसका नाकका प्वालहरूबाट धुवाँ निस्कन्छन् ।
Kaynayan kazandan, Yanan sazdan çıkan duman gibi Burnundan duman tüter.
21 त्यसको सासले कोइलालाई बालिदिन्छ । त्यसको मुखबाट आगो निस्कन्छ ।
Soluğu kömürleri tutuşturur, Alev çıkar ağzından.
22 त्यसको गर्धनमा बल हुन्छ, र त्यसको सामु त्रासले नाच लगाउँछ ।
Boynu güçlüdür, Dehşet önü sıra gider.
23 त्यसका छालाका पत्रहरू एकसाथ टाँसिन्छन् । उसमा ती यति कडा हुन्छन् । ती पल्‍टाउन सकिंदैन ।
Etinin katmerleri birbirine yapışmış, Sertleşmiş üzerinde, kımıldamazlar.
24 त्यसको मुटु ढुङ्गाजस्तै कडा हुन्छ । वास्तवमा जाँतोको तल्लो पाटोझैं कडा हुन्छ ।
Göğsü taş gibi serttir, Değirmenin alt taşı gibi sert.
25 त्यो खडा हुँदा देवताहरू पनि डराउँछन् । डरको कारण ती पछि हट्छन् ।
Ayağa kalktı mı güçlüler dehşete düşer, Çıkardığı gürültüden ödleri patlar.
26 तरवारले त्यसलाई हान्‍ने हो भने, त्यसले केही हुँदैन, न त भाला, काँड वा अरू कुनै चुच्‍चे हतियारले त्यसलाई केही हुन्‍छ ।
Üzerine gidildi mi ne kılıç işler, Ne mızrak, ne cirit, ne de kargı.
27 त्यसले फलामलाई पराल भएझैं, र काँसालाई कुहेको काठ भएझैं ठान्‍छ ।
Demir saman gibi gelir ona, Tunç çürük odun gibi.
28 काँडले त्यसलाई भगाउन सक्दैन । घुयेंत्रोले हानेको ढुङ्गा त त्यसको लागि भुस बन्छ ।
Oklar onu kaçırmaz, Anız gibi gelir ona sapan taşları.
29 मुङ्ग्राहरूलाई त परालझैं ठानिन्छ । भालाको प्रहारमा त त्यसले गिल्ला गर्छ ।
Anız sayılır onun için topuzlar, Vınlayan palaya güler.
30 त्यसको भुँसी भागहरू माटोका भाँडाका कडा खपटाहरूजस्तै हुन्छन् । घिस्रिंदा दाँदेको डोबझैं त्यसले माटोमा फैलेको डोब छोड्‍छ ।
Keskin çömlek parçaları gibidir karnının altı, Düven gibi uzanır çamura.
31 त्यसले गहिरो पानीलाई पानी उम्लको भाँडोजस्तै उमाल्छ । त्यसले समुद्रलाई मलहमको भाँडोजस्तै बनाउँछ ।
Derin suları kaynayan kazan gibi fokurdatır, Denizi merhem çömleği gibi karıştırır.
32 त्यसले आफ्नो पछाडि चम्कने रेखा बनाउँछ । कसैले त्यसलाई गहिरो पानीमा फुलेको कपालजस्तै ठान्छ ।
Ardında parlak bir iz bırakır, İnsan enginin saçları ağarmış sanır.
33 पृथ्वीमा त्यसको बराबरी कोही छैन, जसलाई बिनाडर बाँच्न बनाइएको छ ।
Yeryüzünde bir eşi daha yoktur, Korkusuz bir yaratıktır.
34 हरेक अहङ्कारी कुरालाई त्यसले हेर्छ । घमण्‍डका सबै छोराहरूमध्‍ये त्यो त राजा नै हो ।”
Kendini büyük gören her varlığı aşağılar, Gururlu her varlığın kralı odur.”

< अय्यूब 41 >