< अय्यूब 41 >
1 के एउटा बल्छीले तैंले लिव्यातन्लाई तान्न सक्छस्? अर्थात् एउटा डोरीले त्यसको बङ्गारा बाँध्न सक्छस्?
Хоћеш ли удицом извући крокодила или ужем подвезати му језик?
2 के त्यसको नाकमा तैंले डोरी लगाउन सक्छस्? एउटा बल्छीले त्यसको बङ्गारा छेड्न सक्छस्?
Хоћеш ли му провући ситу кроз нос? Или му шиљком провртети чељусти?
3 के त्यसले तँलाई धेरै बिन्ती चढाउनेछ र? के त्यसले तँसित नम्र वचनहरू बोल्नेछ र?
Хоће ли те много молити, или ће ти ласкати?
4 के त्यसले तँसित करार गर्नेछ, जसले गर्दा सदाको निम्ति तैंले त्यसलाई कमारो बनाउनुपर्छ?
Хоће ли учинити веру с тобом да га узмеш да ти буде слуга до века?
5 तैले चरासित खेलेझैं के तँ त्योसित खेल्नेछस् र? तेरा दासीहरूका निम्ति तैंले त्यसलाई बाँध्नेछस् र?
Хоћеш ли се играти с њим као с птицом, или ћеш га везати девојкама својим?
6 के मछुवाहरूका समूहरूले त्यसको लागि बार्गेनिङ् गर्नेछन्? के तिनीहरूले त्यसको व्यापार गर्न व्यापारीहरूका बिचमा भाग लगाउनेछन्?
Хоће ли се њим частити другови? Разделити га међу трговце?
7 के तैंले त्यसको छालामा चक्कु हान्न, अर्थात् टाउकोमा माछा मार्ने भाला हान्न सक्छस्?
Хоћеш ли му напунити кожу шиљцима и главу оствама?
8 एकपल्ट त्यसमाथि आफ्नो हात राख्, अनि तँलाई त्यो युद्धको सम्झना हुनेछ, र फेरि तैंले कदापि त्यसो गर्नेछैनस् ।
Дигни на њ руку своју; нећеш више помињати боја.
9 हेर्, त्यसो गर्ने कसैको आशा पनि झुटो सबित हुन्छ । के त्यसको हेराइले पनि कोही मूर्छै परेर भुइँमा ढल्नेछैनन् र?
Гле, залуду је надати му се; кад га само угледа човек, не пада ли?
10 कोही पनि यति हिंस्रक छैन त्यसले लिव्यातन्लाई उत्तेजित पार्ने आँट गर्छ । त्यसो हो भने, मेरो सामु को खडा हुन सक्छ?
Нема слободног који би га пробудио; а ко ће стати преда ме?
11 मैले तिर्नुपर्ने गरी कसले मलाई कुनै कुरो दिएको छ र? सम्पूर्ण आकाशमुनि भएका सबै थोक मेरै हुन् ।
Ко ми је пре дао шта, да му вратим? Шта је год под свим небом, моје је.
12 लिव्यातन्का खुट्टाहरूको विषयमा म चुप लाग्नेछैनँ, न त्यसको बल, न त त्यसको भव्य आकारको विषयमा चुप लाग्नेछु ।
Нећу ћутати о удима његовим ни о сили ни о лепоти стаса његовог.
13 त्यसको बाहिरको पोशाकलाई कसले उतार्न सक्छ? ढाल जस्तो त्यसको दोहोरो छाला कसले छेड्न सक्छ?
Ко ће му узгрнути горњу одећу? К чељустима његовим ко ће приступити?
14 त्यसको मुखका ढोकाहरू कसले खोल्न — त्यसका दाँत बजाउन सक्छ, जुन त्रासदी हो ।
Врата грла његовог ко ће отворити? Страх је око зуба његових.
15 तिनका ढाडका छालाहरू ढालका लहरहरूझैं, एउटा बन्द छापझैं एकसाथ जोडिएका हुन्छन् ।
Крљушти су му јаки штитови спојени тврдо.
16 एक अर्कोमा यसरी टाँसिन्छन्, जसको बिचबाट हावा पनि छिर्न सक्दैन ।
Близу су једна до друге да ни ветар не улази међу њих.
17 ती एक-अर्कामा टाँसिएका हुन्छन् । छुट्ट्याउनै नसकिने गरी ती एकसाथ टाँसिन्छन् ।
Једна је за другу прионула, држе се и не растављају се.
18 त्यसले हाच्छीं गर्दा बाहिर झिल्काहरू निस्कन्छन् । त्यसका आँखा बिहानको पलकजस्तै छन् ।
Кад киха као да муња сева, а очи су му као трепавице у зоре.
19 त्यसको मुखबाट बलिरहेका राँकोहरू, आगोका झिल्काहरू बाहिर निस्कन्छन् ।
Из уста му излазе лучеви, и искре огњене скачу.
20 तताउनलाई आगोमाथि राखेको भाँडोबाट वाफ निस्केझैं, त्यसका नाकका प्वालहरूबाट धुवाँ निस्कन्छन् ।
Из ноздрва му излази дим као из врелог лонца или котла.
21 त्यसको सासले कोइलालाई बालिदिन्छ । त्यसको मुखबाट आगो निस्कन्छ ।
Дах његов распаљује угљевље и пламен му излази из уста.
22 त्यसको गर्धनमा बल हुन्छ, र त्यसको सामु त्रासले नाच लगाउँछ ।
У врату му стоји сила, и пред њим иде страх.
23 त्यसका छालाका पत्रहरू एकसाथ टाँसिन्छन् । उसमा ती यति कडा हुन्छन् । ती पल्टाउन सकिंदैन ।
Уди меса његовог спојени су, једноставно је на њему, не размиче се.
24 त्यसको मुटु ढुङ्गाजस्तै कडा हुन्छ । वास्तवमा जाँतोको तल्लो पाटोझैं कडा हुन्छ ।
Срце му је тврдо као камен, тврдо као доњи жрвањ.
25 त्यो खडा हुँदा देवताहरू पनि डराउँछन् । डरको कारण ती पछि हट्छन् ।
Кад се дигне, дрхћу јунаци, и од страха очишћају се од греха својих.
26 तरवारले त्यसलाई हान्ने हो भने, त्यसले केही हुँदैन, न त भाला, काँड वा अरू कुनै चुच्चे हतियारले त्यसलाई केही हुन्छ ।
Да га удари мач, не може се одржати, ни копље ни стрела ни оклоп.
27 त्यसले फलामलाई पराल भएझैं, र काँसालाई कुहेको काठ भएझैं ठान्छ ।
Њему је гвожђе као плева, а бронза као труло дрво.
28 काँडले त्यसलाई भगाउन सक्दैन । घुयेंत्रोले हानेको ढुङ्गा त त्यसको लागि भुस बन्छ ।
Неће га потерати стрела, камење из праће њему је као сламка;
29 मुङ्ग्राहरूलाई त परालझैं ठानिन्छ । भालाको प्रहारमा त त्यसले गिल्ला गर्छ ।
Као слама су му убојне справе, и смеје се баченом копљу.
30 त्यसको भुँसी भागहरू माटोका भाँडाका कडा खपटाहरूजस्तै हुन्छन् । घिस्रिंदा दाँदेको डोबझैं त्यसले माटोमा फैलेको डोब छोड्छ ।
Под њим су оштри црепови, стере себи оштре ствари у глибу.
31 त्यसले गहिरो पानीलाई पानी उम्लको भाँडोजस्तै उमाल्छ । त्यसले समुद्रलाई मलहमको भाँडोजस्तै बनाउँछ ।
Чини, те ври дубина као лонац, и море се мути као у ступи.
32 त्यसले आफ्नो पछाडि चम्कने रेखा बनाउँछ । कसैले त्यसलाई गहिरो पानीमा फुलेको कपालजस्तै ठान्छ ।
За собом оставља светлу стазу, рекао би да је бездана оседела.
33 पृथ्वीमा त्यसको बराबरी कोही छैन, जसलाई बिनाडर बाँच्न बनाइएको छ ।
Ништа нема на земљи да би се испоредило с њим, да би створено било да се ничега не боји.
34 हरेक अहङ्कारी कुरालाई त्यसले हेर्छ । घमण्डका सबै छोराहरूमध्ये त्यो त राजा नै हो ।”
Шта је год високо презире, цар је над свим зверјем.