< अय्यूब 4 >

1 तब एलीपज तेमानीले जवाफ दिए र भने,
ויען אליפז התימני ויאמר׃
2 “कसैलाई तपाईंसित कुरा गर्ने प्रयास गर्‍यो भने के तपाईं अधैर्य बन्‍नुहुन्छ? तर कसले आफैलाई बोल्नबाट रोक्‍न सक्छ?
הנסה דבר אליך תלאה ועצר במלין מי יוכל׃
3 हेर्नुहोस्, तपाईंले धेरैलाई शिक्षा दिनुभएको छ । तपाईंले दुर्बल हातहरूलाई बलियो पार्नुभएको छ ।
הנה יסרת רבים וידים רפות תחזק׃
4 तपाईंका वचनहरूले त्‍यस्‍तोलाई सम्‍हालेको छ जो पतन हुँदै थियो। तपाईंले कमजोर घुँडाहरूलाई दरिलो पार्नुभएको छ ।
כושל יקימון מליך וברכים כרעות תאמץ׃
5 तर अहिले सङ्कष्‍ट तपाईंमा आएको छ, र तपाईं थकित हुनुहुन्छ । यसले तपाईंलाई छोएको छ, र तपाईंलाई कष्‍ट भएको छ ।
כי עתה תבוא אליך ותלא תגע עדיך ותבהל׃
6 के तपाईंको डर तपाईंको निश्‍चयता, अनि तपाईंका मार्गहरूका सत्यनिष्ठा तपाईंको आशा होइन र?
הלא יראתך כסלתך תקותך ותם דרכיך׃
7 कृपा गरी यस विषयमा सोच्नुहोस्: निर्दोष हुँदा पनि कुनै व्‍यक्‍ति कहिलै नष्‍ट भएको छ र? अर्थात् सोझा मानिसहरू कहिले मारिएका थिए र?
זכר נא מי הוא נקי אבד ואיפה ישרים נכחדו׃
8 जे मैले देखेको छु त्‍यसअनुसार, अधर्म जोत्‍नेहरू र कष्‍ट छर्नेहरूले नै त्यसको कटनी गर्छन् ।
כאשר ראיתי חרשי און וזרעי עמל יקצרהו׃
9 परमेश्‍वरको सासले तिनीहरू नष्‍ट हुन्छन् । उहाँको क्रोधको बिष्‍फोटले तिनीहरू भस्म हुन्छन् ।
מנשמת אלוה יאבדו ומרוח אפו יכלו׃
10 सिंहको गर्जन, हिंस्रक सिंहको सोर र जवान सिंहहरूका दाँत— ती भाँचिएका छन् ।
שאגת אריה וקול שחל ושני כפירים נתעו׃
11 सिकारको अभावले बुढो सिंह नष्‍ट हुन्छ । सिंहनीका डमरुहरू जताततै छरपष्‍ट भएका हुन्‍छन् ।
ליש אבד מבלי טרף ובני לביא יתפרדו׃
12 यति बेला कुनै कुरा गुप्‍तमा मकहाँ ल्याइयो, र मेरो कानले यसको बारेमा कानेखुसी सुन्यो ।
ואלי דבר יגנב ותקח אזני שמץ מנהו׃
13 जब मानिसहरू घोर निद्रामा पर्छन्, तब रातको सपनाहरूद्वारा विचारहरू आए ।
בשעפים מחזינות לילה בנפל תרדמה על אנשים׃
14 त्‍यो रातमा नै थियो जुन बेला ममाथि डर र त्रास आए, र मेरा सबै हड्‍डी कामे ।
פחד קראני ורעדה ורב עצמותי הפחיד׃
15 तब मेरै अनुहारको सामुन्‍नेबाट एउटा आत्मा गयो, र मेरो शरीरको रौं ठाडो भयो ।
ורוח על פני יחלף תסמר שערת בשרי׃
16 त्यो आत्मा खडा भयो, तर त्‍यसको दृष्‍यलाई मैले ठम्याउन सकिनँ । त्यसको स्‍वरूप मेरा आँखाकै सामु थियो । त्यहाँ मौनता थियो, र मैले यसो भनेको एउटा आवाज सुनें,
יעמד ולא אכיר מראהו תמונה לנגד עיני דממה וקול אשמע׃
17 “के मरणशील मानिस परमेश्‍वरभन्दा बढी धर्मी हुन्छ र? के मानिस आफूलाई बनाउनेभन्दा बढी शुद्ध हुन्छ?
האנוש מאלוה יצדק אם מעשהו יטהר גבר׃
18 हेर्नुहोस्, परमेश्‍वरले आफ्ना सेवकहरूमाथि भरोसा गर्नुहुन्‍न भने, उहाँले आफ्ना स्वर्गदूतहरूलाई मूर्खताको दोष लगाउनुहुन्छ भने,
הן בעבדיו לא יאמין ובמלאכיו ישים תהלה׃
19 माटोका घरहरूमा बस्‍नेहरूको बारेमा झन् यो कति साँचो हुन्छ? जसको जग धूलोमा छ, जो कीराभन्दा चाँडै कुल्चिमिल्ची पारिन्छन् ।
אף שכני בתי חמר אשר בעפר יסודם ידכאום לפני עש׃
20 बिहान र बेलुकीको बिचमा तिनीहरू नष्‍ट हुन्छन् । कसैको जानकारीविना नै तिनीहरू सदाको लागि नष्‍ट हुन्छन् ।
מבקר לערב יכתו מבלי משים לנצח יאבדו׃
21 के तिनीहरूका पालका डोरीहरू तिनीहरूकै बिचमा तानिएका छैनन् र? तिनीहरू मर्छन् । तिनीहरू बुद्धिविना मर्छन् ।
הלא נסע יתרם בם ימותו ולא בחכמה׃

< अय्यूब 4 >