< अय्यूब 4 >
1 तब एलीपज तेमानीले जवाफ दिए र भने,
Saa tog Temaniten Elifaz til Orde og sagde:
2 “कसैलाई तपाईंसित कुरा गर्ने प्रयास गर्यो भने के तपाईं अधैर्य बन्नुहुन्छ? तर कसले आफैलाई बोल्नबाट रोक्न सक्छ?
Ærgrer det dig, om man taler til dig? Men hvem kan her være tavs?
3 हेर्नुहोस्, तपाईंले धेरैलाई शिक्षा दिनुभएको छ । तपाईंले दुर्बल हातहरूलाई बलियो पार्नुभएको छ ।
Du har selv talt mange til Rette og styrket de slappe Hænder,
4 तपाईंका वचनहरूले त्यस्तोलाई सम्हालेको छ जो पतन हुँदै थियो। तपाईंले कमजोर घुँडाहरूलाई दरिलो पार्नुभएको छ ।
dine Ord holdt den segnende oppe, vaklende Knæ gav du Kraft —
5 तर अहिले सङ्कष्ट तपाईंमा आएको छ, र तपाईं थकित हुनुहुन्छ । यसले तपाईंलाई छोएको छ, र तपाईंलाई कष्ट भएको छ ।
Men nu det gælder dig selv, saa taber du Modet, nu det rammer dig selv, er du slaget af Skræk!
6 के तपाईंको डर तपाईंको निश्चयता, अनि तपाईंका मार्गहरूका सत्यनिष्ठा तपाईंको आशा होइन र?
Er ikke din Gudsfrygt din Tillid, din fromme Færd dit Haab?
7 कृपा गरी यस विषयमा सोच्नुहोस्: निर्दोष हुँदा पनि कुनै व्यक्ति कहिलै नष्ट भएको छ र? अर्थात् सोझा मानिसहरू कहिले मारिएका थिए र?
Tænk efter! Hvem gik uskyldig til Grunde, hvor gik retsindige under?
8 जे मैले देखेको छु त्यसअनुसार, अधर्म जोत्नेहरू र कष्ट छर्नेहरूले नै त्यसको कटनी गर्छन् ।
Men det har jeg set: Hvo Uret pløjer og saar Fortræd, de høster det selv.
9 परमेश्वरको सासले तिनीहरू नष्ट हुन्छन् । उहाँको क्रोधको बिष्फोटले तिनीहरू भस्म हुन्छन् ।
For Guds Aand gaar de til Grunde, for hans Vredes Pust gaar de til.
10 सिंहको गर्जन, हिंस्रक सिंहको सोर र जवान सिंहहरूका दाँत— ती भाँचिएका छन् ।
Løvens Brøl og Vilddyrets Glam Ungløvernes Tænder slaas ud;
11 सिकारको अभावले बुढो सिंह नष्ट हुन्छ । सिंहनीका डमरुहरू जताततै छरपष्ट भएका हुन्छन् ।
Løven omkommer af Mangel paa Rov, og Løveungerne spredes.
12 यति बेला कुनै कुरा गुप्तमा मकहाँ ल्याइयो, र मेरो कानले यसको बारेमा कानेखुसी सुन्यो ।
Der sneg sig til mig et Ord mit Øre opfanged dets Hvisken
13 जब मानिसहरू घोर निद्रामा पर्छन्, तब रातको सपनाहरूद्वारा विचारहरू आए ।
i Nattesynernes Tanker, da Dvale sank over Mennesker;
14 त्यो रातमा नै थियो जुन बेला ममाथि डर र त्रास आए, र मेरा सबै हड्डी कामे ।
Angst og Skælven kom over mig, alle mine Ledemod skjalv;
15 तब मेरै अनुहारको सामुन्नेबाट एउटा आत्मा गयो, र मेरो शरीरको रौं ठाडो भयो ।
et Pust strøg over mit Ansigt, Haarene rejste sig paa min Krop.
16 त्यो आत्मा खडा भयो, तर त्यसको दृष्यलाई मैले ठम्याउन सकिनँ । त्यसको स्वरूप मेरा आँखाकै सामु थियो । त्यहाँ मौनता थियो, र मैले यसो भनेको एउटा आवाज सुनें,
Saa stod det stille! Jeg sansed ikke, hvordan det saa ud; en Skikkelse stod for mit Øje, jeg hørte en hviskende Stemme:
17 “के मरणशील मानिस परमेश्वरभन्दा बढी धर्मी हुन्छ र? के मानिस आफूलाई बनाउनेभन्दा बढी शुद्ध हुन्छ?
»Har et Menneske Ret for Gud, mon en Mand er ren for sin Skaber?
18 हेर्नुहोस्, परमेश्वरले आफ्ना सेवकहरूमाथि भरोसा गर्नुहुन्न भने, उहाँले आफ्ना स्वर्गदूतहरूलाई मूर्खताको दोष लगाउनुहुन्छ भने,
End ikke sine Tjenere tror han, hos sine Engle finder han Fejl,
19 माटोका घरहरूमा बस्नेहरूको बारेमा झन् यो कति साँचो हुन्छ? जसको जग धूलोमा छ, जो कीराभन्दा चाँडै कुल्चिमिल्ची पारिन्छन् ।
endsige hos dem, der bor i en Hytte af Ler og har deres Grundvold i Støvet!
20 बिहान र बेलुकीको बिचमा तिनीहरू नष्ट हुन्छन् । कसैको जानकारीविना नै तिनीहरू सदाको लागि नष्ट हुन्छन् ।
De knuses ligesom Møl, imellem Morgen og Aften, de sønderslaas uden at ænses, for evigt gaar de til Grunde.
21 के तिनीहरूका पालका डोरीहरू तिनीहरूकै बिचमा तानिएका छैनन् र? तिनीहरू मर्छन् । तिनीहरू बुद्धिविना मर्छन् ।
Rives ej deres Teltreb ud? De dør, men ikke i Visdom.