< अय्यूब 37 >

1 वास्‍तवमा, यस कुरामा मेरो हृदय काँप्छ । त्यो आफ्नो ठाउँबाट हटेको छ ।
“Eyi ma me koma bɔ kitirikitiri na ehuruw fi nʼatenae.
2 सुन्‍नुहोस्, उहाँको आवाजको चर्को सोर, उहाँको मुखबाट बाहिर निस्‍कने आवाजलाई सुन्‍नुहोस् ।
Tie! Tie ne nne mmubomu, ne huuyɛ a efi nʼanom reba no.
3 उहाँले त्‍यसलाई सारा आकाशमुनि पठाउनुहुन्छ, र उहाँले पृथ्वीको कुना-कुनासम्‍म आफ्नो बिजुली पठाउनुहुन्छ ।
Ogyaa nʼanyinam mu wɔ ɔsoro ase nyinaa na ɔma ekodu asase ano.
4 यसपछि एउटा आवाज गर्जन्छ । उहाँ आफ्नो ऐश्‍वर्यको आवाजले गर्जनुहुन्छ । उहाँको आवाज सुन्‍दा उहाँले बिजुलीको चमकलाई रोक्‍नुहुन्‍न ।
Ɛno akyi na ne mmubomu no ba; ɔde nne kɛse bobɔ mu. Sɛ ɔkasa a, biribiara nsianka no.
5 परमेश्‍वर आफ्नो सोरसहित अचम्म तरिकाले गर्जनुहुन्छ । हामीले बुझ्नै नसक्‍ने महान् कुराहरू उहाँले गर्नुहुन्छ ।
Onyankopɔn nne bobɔ mu ma no yɛ nwonwa; ɔyɛ nneɛma akɛse a ɛboro yɛn adwene so.
6 किनकि उहाँले हिउँलाई भन्‍नुहुन्छ, 'पृथ्वीमा खस् ।' त्यसै गरी झरीलाई भन्‍नुहुन्छ, 'मुसलधारे झरी बन् ।'
Ɔka kyerɛ sukyerɛmma se, ‘Tɔ gu asase so,’ ne osu nso se, ‘Yɛ osutɔ kɛse.’
7 उहाँले हरेक मानिसको हातलाई काम गर्नबाट रोक्‍नुहुन्छ, ताकि आफूले बनाउनुभएका सारा मानिसले उहाँका कामहरू देख्‍न सकून् ।
Sɛnea nnipa a wabɔ wɔn nyinaa behu nʼadwuma nti, ɔma nnipa nyinaa gyae wɔn adwumayɛ.
8 तब जङ्गली जनावरहरू लुक्‍ने ठाउँ जान्छन्, र आ-आफ्ना खोरहरूमा बस्छन् ।
Wuram mmoa kɔtetɛw; wɔkɔhyehyɛ wɔn abon mu.
9 आँधी-बेहरी दक्षिणको आफ्नो बासस्थानबाट आउँछ, र उत्तरको प्रचण्ड बतासबाट जाडो आउँछ ।
Ahum tu fi ne pia mu, na awɔw nso fi mframa a ɛrebɔ mu.
10 परमेश्‍वरको सासद्वारा बरफ बन्छ । पानीको फैलावट धातुझैं जम्छ ।
Onyankopɔn home de sukyerɛmma ba, na nsu tamaa no kyen.
11 वास्तवमा बाक्‍लो बादललाई उहाँले बाफको भारी बोकाउनुहुन्छ । उहाँले बादलहरूद्वारा आफ्नो बिजुली छरपष्‍ट पार्नुहुन्छ ।
Ɔde fuonwini hyɛ omununkum ma; na otwa nʼanyinam fa mu.
12 उहाँले आफ्नो निर्देशनद्वारा बादलहरूलाई चारैतिर घुमाउनुहुन्छ, ताकि उहाँले तिनलाई जे आज्ञा गर्नुहुन्‍छ, त्‍यो तिनले सारा संसारको सतहको माथि गर्न सकून् ।
Ɔhyɛ ma wokyinkyin fa asase so nyinaa hyia yɛ nea ɔhyɛ sɛ wɔnyɛ biara.
13 उहाँले यी सबै कुरा हुन दिनुहुन्छ । कहिले-कहीं सुधारको लागि यस्‍तो हुन्छ, कहिले-कहीँ उहाँको जमिनको लागि, र कहिले-कहीँ करारको विश्‍वस्तताको कामको रूपमा हुन्छ ।
Ɔde omununkum ba bɛtwe nnipa aso, anaasɛ ɔma ɛtɔ gu asase so de kyerɛ nʼadɔe.
14 हे अय्यूब, यो कुरा सुन्‍नुहोस् । रोक्‍नुहोस् र परमेश्‍वरका उदेकका कामहरूका बारेमा सोच्नुहोस् ।
“Tie eyi, Hiob; gyae na dwene Onyankopɔn anwonwade ho.
15 परमेश्‍वरले बादललाई कसरी स्थापित गर्नुहुन्छ, र बिजुलीको चमकलाई चम्काउनुहुन्छ भनी के तपाईं जान्‍नुहुन्‍छ?
Wunim sɛnea Onyankopɔn si fa di omununkum so, na ɔma nʼanyinam twa?
16 के बादलहरू कसरी तैरन्छन् भनी तपाईं बुझ्नुहुन्छ, जुन ज्ञानमा सिद्ध परमेश्‍वरको उदेकको काम हो?
Wunim sɛnea omununkum si fa sensɛn wim, nea ɔwɔ nimdeɛ a so nni no anwonwade no?
17 जब बतास नचली भूमि शान्त हुँदा दक्षिणबाट बतास चल्‍नथाल्‍छ, तब तपाईंको लुगा कसरी तातो हुन्छ भनेर तपाईं बुझ्नुहुन्छ?
Mo a mufi fifiri wɔ mo ntade mu bere a anafo mframa ma asase no yɛ dinn no,
18 आकाशलाई उहाँले झैं तपाईंले फैलाउन सक्‍नुहुन्छ— आकाश, जुन धातु पगालेर बनाइएको ऐनाजत्तिकै कडा हुन्छ?
wubetumi aboa no ama watrɛw wim, a ɛyɛ den sɛ kɔbere mfrafrae ahwehwɛ?
19 उहाँलाई हामीले के भन्‍नुपर्ने हो, सो हामीलाई सिकाउनुहोस्, किनकि हाम्रो मनको अन्धकारको कारणले हामीले आफ्‍ना तर्कहरूलाई क्रमैसित प्रस्‍तुत गर्न सक्दैनौँ ।
“Kyerɛ yɛn nea ɛsɛ sɛ yɛka kyerɛ no; yɛrentumi nka yɛn asɛm, efisɛ yennim.
20 म उहाँसित बोल्न चाहन्छु भनेर उहाँलाई भन्‍नुपर्छ र? कुनै व्यक्तिले आफूलाई निलियोस् भन्‍ने इच्‍छा गर्छ र?
Ɛsɛ sɛ wɔka nea mepɛ sɛ meka kyerɛ no ana? Onipa bi wɔ hɔ a ɔbɛpɛ sɛ wɔbɛmene no ana?
21 आकाशमा बतास चलेपछि र त्‍यसले त्‍यहाँको बादललाई उडाएर सफा गरेपछि, जब त्‍यहाँ सूर्य चम्‍किन्‍छ, तब मानिसहरूले त्‍यो हेर्न सक्दैनन् ।
Obiara rentumi nhwɛ owia, sɛnea ɛhyerɛn wɔ wim bere a mframa abɔ ama wim atew.
22 उत्तरबाट सुनौलो वैभवको आगमन हुन्छ— परमेश्‍वर भययोग्य महिमा हुनुहुन्छ ।
Ofi atifi fam ba wɔ anuonyam sononko mu; Onyankopɔn ba wɔ ahenni nwonwaso mu.
23 सर्वशक्तिमान्‌को बारेमा, हामी उहाँलाई भेट्टाउन सक्दैनौं । शक्तिमा उहाँ महान् हुनुहुन्छ । उहाँले न्यायलाई दबाउनुहुन्‍न र धार्मिकता प्रसस्‍त पार्नुहुन्‍छ ।
Otumfo no korɔn wɔ yɛn so na wɔpagyaw no wɔ tumi mu; nʼatɛntrenee ne treneeyɛ kɛse akyi no mpo, ɔnyɛ nhyɛso.
24 त्यसकारण मानिसहरू उहाँदेखि डराउँछन् । आफ्नै मनले बुद्धिमान् सम्‍झनेहरूलाई उहाँले ध्यान दिनुहुन्‍न ।”
Ɛno nti nnipa de nidi ma no, efisɛ onnwen koma mu anyansafo nyinaa ho ana?”

< अय्यूब 37 >