< अय्यूब 37 >
1 वास्तवमा, यस कुरामा मेरो हृदय काँप्छ । त्यो आफ्नो ठाउँबाट हटेको छ ।
"Niin, siitä vapisee sydämeni ja hypähtää paikoiltansa.
2 सुन्नुहोस्, उहाँको आवाजको चर्को सोर, उहाँको मुखबाट बाहिर निस्कने आवाजलाई सुन्नुहोस् ।
Kuulkaa, kuulkaa hänen äänensä pauhinaa ja kohinaa, joka käy hänen suustansa.
3 उहाँले त्यसलाई सारा आकाशमुनि पठाउनुहुन्छ, र उहाँले पृथ्वीको कुना-कुनासम्म आफ्नो बिजुली पठाउनुहुन्छ ।
Hän laskee sen kaikumaan kaiken taivaan alla, lähettää leimauksensa maan ääriin asti.
4 यसपछि एउटा आवाज गर्जन्छ । उहाँ आफ्नो ऐश्वर्यको आवाजले गर्जनुहुन्छ । उहाँको आवाज सुन्दा उहाँले बिजुलीको चमकलाई रोक्नुहुन्न ।
Sen kintereillä ärjyy ääni, hän korottaa väkevän äänensä jylinän, eikä hän säästä salamoitaan, äänensä raikuessa.
5 परमेश्वर आफ्नो सोरसहित अचम्म तरिकाले गर्जनुहुन्छ । हामीले बुझ्नै नसक्ने महान् कुराहरू उहाँले गर्नुहुन्छ ।
Ihmeellisesti Jumala korottaa äänensä jylinän, hän tekee suuria tekoja, joita emme käsittää taida.
6 किनकि उहाँले हिउँलाई भन्नुहुन्छ, 'पृथ्वीमा खस् ।' त्यसै गरी झरीलाई भन्नुहुन्छ, 'मुसलधारे झरी बन् ।'
Sillä hän sanoo lumelle: 'Putoa maahan', samoin sadekuurolle, rankkasateittensa ryöpylle.
7 उहाँले हरेक मानिसको हातलाई काम गर्नबाट रोक्नुहुन्छ, ताकि आफूले बनाउनुभएका सारा मानिसले उहाँका कामहरू देख्न सकून् ।
Niin hän kytkee jokaiselta kädet, että kaikki ihmiset hänen tekonsa tietäisivät.
8 तब जङ्गली जनावरहरू लुक्ने ठाउँ जान्छन्, र आ-आफ्ना खोरहरूमा बस्छन् ।
Pedot vetäytyvät piiloon ja pysyvät luolissansa.
9 आँधी-बेहरी दक्षिणको आफ्नो बासस्थानबाट आउँछ, र उत्तरको प्रचण्ड बतासबाट जाडो आउँछ ।
Tähtitarhasta tulee tuulispää, pohjan ilmalta pakkanen.
10 परमेश्वरको सासद्वारा बरफ बन्छ । पानीको फैलावट धातुझैं जम्छ ।
Jumalan henkäyksestä syntyy jää, ja aavat vedet ahdistuvat.
11 वास्तवमा बाक्लो बादललाई उहाँले बाफको भारी बोकाउनुहुन्छ । उहाँले बादलहरूद्वारा आफ्नो बिजुली छरपष्ट पार्नुहुन्छ ।
Hän myös kuormittaa pilvet kosteudella ja hajottaa välähtelevät ukkosvaarunsa.
12 उहाँले आफ्नो निर्देशनद्वारा बादलहरूलाई चारैतिर घुमाउनुहुन्छ, ताकि उहाँले तिनलाई जे आज्ञा गर्नुहुन्छ, त्यो तिनले सारा संसारको सतहको माथि गर्न सकून् ।
Ne vyöryvät sinne tänne hänen ohjauksestaan, tehdäkseen maanpiirin päällä kaiken, mitä hän niille määrää.
13 उहाँले यी सबै कुरा हुन दिनुहुन्छ । कहिले-कहीं सुधारको लागि यस्तो हुन्छ, कहिले-कहीँ उहाँको जमिनको लागि, र कहिले-कहीँ करारको विश्वस्तताको कामको रूपमा हुन्छ ।
Hän antaa niiden osua milloin maalle vitsaukseksi, milloin siunaukseksi.
14 हे अय्यूब, यो कुरा सुन्नुहोस् । रोक्नुहोस् र परमेश्वरका उदेकका कामहरूका बारेमा सोच्नुहोस् ।
Ota tämä korviisi, Job; pysähdy ja tarkkaa Jumalan ihmetöitä.
15 परमेश्वरले बादललाई कसरी स्थापित गर्नुहुन्छ, र बिजुलीको चमकलाई चम्काउनुहुन्छ भनी के तपाईं जान्नुहुन्छ?
Tiedätkö, kuinka Jumala niillä tekonsa teettää ja kuinka hän antaa pilviensä leimausten loistaa?
16 के बादलहरू कसरी तैरन्छन् भनी तपाईं बुझ्नुहुन्छ, जुन ज्ञानमा सिद्ध परमेश्वरको उदेकको काम हो?
Käsitätkö pilvien punnituksen, hänen ihmeensä, joka on kaikkitietävä?
17 जब बतास नचली भूमि शान्त हुँदा दक्षिणबाट बतास चल्नथाल्छ, तब तपाईंको लुगा कसरी तातो हुन्छ भनेर तपाईं बुझ्नुहुन्छ?
Sinä, jonka vaatteet kuumenevat, kun maa on raukeana etelän helletuulesta,
18 आकाशलाई उहाँले झैं तपाईंले फैलाउन सक्नुहुन्छ— आकाश, जुन धातु पगालेर बनाइएको ऐनाजत्तिकै कडा हुन्छ?
kaarrutatko sinä hänen kanssansa taivaan, joka on vahva kuin valettu kuvastin?
19 उहाँलाई हामीले के भन्नुपर्ने हो, सो हामीलाई सिकाउनुहोस्, किनकि हाम्रो मनको अन्धकारको कारणले हामीले आफ्ना तर्कहरूलाई क्रमैसित प्रस्तुत गर्न सक्दैनौँ ।
Neuvo, mitä meidän on hänelle sanottava; pimeydessämme emme voi tuoda esiin mitään.
20 म उहाँसित बोल्न चाहन्छु भनेर उहाँलाई भन्नुपर्छ र? कुनै व्यक्तिले आफूलाई निलियोस् भन्ने इच्छा गर्छ र?
Olisiko hänelle ilmoitettava, että tahtoisin puhua? Kukapa vaatisi omaa tuhoansa!
21 आकाशमा बतास चलेपछि र त्यसले त्यहाँको बादललाई उडाएर सफा गरेपछि, जब त्यहाँ सूर्य चम्किन्छ, तब मानिसहरूले त्यो हेर्न सक्दैनन् ।
Ja nyt: ei voida katsella valoa, joka kirkkaana loistaa, kun tuuli on puhaltanut puhdistaen taivaan.
22 उत्तरबाट सुनौलो वैभवको आगमन हुन्छ— परमेश्वर भययोग्य महिमा हुनुहुन्छ ।
Pohjoisesta tulee kultainen hohde; Jumalan yllä on peljättävä valtasuuruus.
23 सर्वशक्तिमान्को बारेमा, हामी उहाँलाई भेट्टाउन सक्दैनौं । शक्तिमा उहाँ महान् हुनुहुन्छ । उहाँले न्यायलाई दबाउनुहुन्न र धार्मिकता प्रसस्त पार्नुहुन्छ ।
Kaikkivaltiasta emme saata käsittää, häntä, joka on suuri voimassa, joka ei oikeutta ja täydellistä vanhurskautta polje.
24 त्यसकारण मानिसहरू उहाँदेखि डराउँछन् । आफ्नै मनले बुद्धिमान् सम्झनेहरूलाई उहाँले ध्यान दिनुहुन्न ।”
Sentähden peljätkööt häntä ihmiset; hän ei katso keneenkään, joka on omasta mielestään viisas."