< अय्यूब 36 >
1 एलीहूले निरन्तर बोले र यसो भने,
엘리후가 말을 이어 가로되
2 “मलाई अरू थोरै समय बोल्न दिनुहोस्, र म तपाईंहरूलाई केही कुरा देखाउनेछु, किनकि परमेश्वरको समर्थनमा मैले अलिकति अरू भन्नुछ ।
나를 잠간 용납하라 내가 네게 보이리니 이는 내가 하나님을 위하여 오히려 할 말이 있음이라
3 म धेरै टाढाबाट आफ्नो ज्ञान प्राप्त गर्नेछु । धार्मिकता मेरा सृष्टिकर्ताको हो भनी म स्वीकार गर्छु ।
내가 먼 데서 지식을 취하고 나를 지으신 자에게 의를 돌려 보내리라
4 किनकि वास्तवमा नै मेरा शब्दहरू झुटा हुनेछैनन् । ज्ञानमा परिपक्व कोही एक जना तपाईंहरूसँग हुनुहुन्छ ।
진실로 내 말이 거짓이 아니라 지식이 구비한 자가 너와 함께 있느니라
5 हेर्नुहोस्, परमेश्वर शक्तिशाली हुनुहुन्छ, र उहाँले कसैलाई तिरस्कार गर्नुहुन्न । समझशक्तिको ताकतमा उहाँ शक्तिशाली हुनुहुन्छ ।
하나님은 전능하시나 아무도 멸시치 아니하시며 그 지능이 무궁하사
6 दुष्ट मानिसहरूका जीवनलाई उहाँले जोगाउनुहुन्न, बरु, दुःख भोग्नेहरूका लागि जे ठिक हुन्छ, त्यही गर्नुहुन्छ ।
악인을 살려 두지 않으시며 고난 받는 자를 위하여 신원하시며
7 उहाँले धर्मी मानिसहरूबाट आफ्नो दृष्टि हटाउनुहुन्न, तर त्यसको साटोमा राजालाई झैं तिनीहरूलाई सधैंभरि सिंहासनमा राख्नुहुन्छ, र तिनीहरू माथि उचालिन्छन् ।
그 눈을 의인에게서 돌이키지 아니하시고 그를 왕과 함께 영원히 위에 앉히사 존귀하게 하시며
8 तिनीहरू साङ्लाले बाँधिए अनि दुःखका डोरीमा अल्झिए भने,
혹시 그들이 누설에 매이거나 환난의 줄에 얽혔으면
9 तब तिनीहरूले जे गरेका हुन्छन्, अनि तिनीहरूका अपराध र तिनीहरूका घमण्ड, उहाँले तिनीहरूलाई प्रकट गर्नुहुन्छ ।
그들의 소행과 허물을 보이사 그 교만한 행위를 알게 하시고
10 उहाँको निर्देशन सुन्नलाई उहाँले तिनीहरूका कान खुल्ला गर्नुहुन्छ, र अधर्मबाट फर्कन तिनीहरूलाई आदेश दिनुहुन्छ ।
그들의 귀를 열어 교훈을 듣게 하시며 명하여 죄악에서 돌아오게 하시나니
11 तिनीहरूले उहाँको सोर सुने अनि उहाँको आराधना गरे भने, तिनीहरूले आफ्नो समय समृद्धिमा, र आफ्ना वर्षहरू सन्तुष्टिमा बिताउनेछन् ।
만일 그들이 청종하여 섬기면 형통히 날을 보내며 즐거이 해를 지낼 것이요
12 यद्यपि, तिनीहरू सुन्दैनन् भने, तिनीहरू तरवारले नष्ट पारिनेछन् । तिनीहरूसँग ज्ञान नभएको हुनाले तिनीहरू मर्नेछन् ।
만일 그들이 청종치 아니하면 칼에 망하며 지식 없이 죽을 것이니라
13 हृदयमा ईश्वर नभएकाहरूले आफ्नो रिसलाई थुपार्छन् । परमेश्वरले तिनीहरूलाई बाँध्नुहुँदा पनि तिनीहरू मदतको लागि पुकारा गर्दैनन् ।
마음이 사곡한 자들은 분노를 쌓으며 하나님께 속박을 받을지라도 도우심을 구하지 아니하나니
14 तिनीहरू आफ्नो युवावस्थामा मर्छन् । तिनीहरूको जीवन झुटा धर्मका वेश्याहरूका बिचमा बित्छ ।
그들은 젊어서 죽으며 그 생명이 남창과 함께 망하려니와
15 कष्टमा परेका मानिसहरूलाई परमेश्वरले तिनीहरूका कष्टबाट छुटकारा दिनुहुन्छ । तिनीहरूको थिचोमिचोमा उहाँले तिनीहरूसँग बोल्नुहुन्छ ।
하나님은 곤고한 자를 그 곤고할 즈음에 구원하시며 학대 당할 즈음에 그 귀를 여시나니
16 वास्तवमा उहाँले तपाईंलाई निराशाबाट निकालेर, कुनै कठिनाइ नहुने एउटा फराकिलो ठाउँमा लाने इच्छा गर्नुहुन्छ, र तपाईंको टेबल मासुको प्रशस्तताले भरिपूर्ण गर्नुहुन्छ ।
그러므로 하나님이 너를 곤고함에서 이끌어 내사 좁지 않고 넓은곳으로 옮기려 하셨은즉 무릇 네 상에 차린 것은 살진 것이 되었으리라
17 तर दुष्ट मानिसहरूलाई तपाईं न्याय गर्न पूर्ण हुनुहुन्छ । इन्साफ र न्यायले तपाईंलाई समातेका छन् ।
이제는 악인의 받을 벌이 네게 가득하였고 심판과 공의가 너를 잡았나니
18 तपाईंको रिसले तपाईंलाई गिल्ला पाउने नबनाओस्, वा घुसको ठुलो रकमले तपाईंलाई पाखा नलगाओस् ।
너는 분격함을 인하여 징책을 대적하지 말라 대속함을 얻을 일이 큰즉 스스로 그릇되게 말지니라
19 तपाईंको धन-सम्पत्तिले तपाईंलाई यति फाइदा दिन्छ जसले गर्दा तपाईं निराशामा पर्नुहुन्न? अर्थात् तपाईंको ताकतको सबै शक्तिले तपाईंलाई मदत गर्न सक्छ?
너의 부르짖음이나 너의 세력이 어찌 능히 너의 곤고한 가운데서 너로 유익하게 하겠느냐
20 अरूको विरुद्धमा पाप गर्नलाई रातको इच्छा नगर्नुहोस्, जति बेला मानिसहरू आ-आफ्ना ठाउँमा मारिन्छन् ।
너는 밤 곧 인생이 자기 곳에서 제함을 받는 때를 사모하지 말것이니라
21 तपाईं पाप गर्नतिर नफर्कनलाई होसियार हुनुहोस्, किनकि तपाईंले पाप गर्न नपरोस् भनेर कष्टद्वारा तपाईंको जाँच हुँदैछ ।
삼가 악으로 치우치지 말라 네가 환난보다 이것을 택하였느니라
22 हेर्नुहोस्, परमेश्वर आफ्नो शक्तिमा उचालिनुभएको छ । उहाँजस्तै शिक्षक को छ र?
하나님은 그 권능으로 큰 일을 행하시나니 누가 그 같이 교훈을 베풀겠느냐
23 उहाँको चालको विषयमा कसले उहाँलाई कदापि निर्देशन दिएको छ र? कसले उहाँलाई कदापि यसो भन्न सक्छ र, 'तपाईंले अधर्मको काम गर्नुभएको छ?'
누가 그를 위하여 그의 길을 정하였느냐 누가 말하기를 주께서 불의를 행하셨나이다 할 수 있으랴
24 उहाँका कामहरूको प्रशंसा गर्न नबिर्सिनुहोस् जसको बारेमा मानिसहरूले गाएका छन् ।
너는 하나님의 하신 일 찬송하기를 잊지 말지니라 인생이 그 일을 노래하였느니라
25 सबै मानिसले ती कामहरू हेरेका छन्, तर तिनीहरूले ती कामहरू टाढाबाट मात्र देख्छन् ।
그 일을 모든 사람이 우러러 보나니 먼데서도 보느니라
26 हेर्नुहोस्, परमेश्वर महान् हुनुहुन्छ, तर हामी उहाँलाई राम्ररी बुझ्न सक्दैनौं । उहाँका वर्षहरूको सङ्ख्याको गणना गर्न सकिंदैन ।
하나님은 크시니 우리가 그를 알 수 없고 그 년수를 계산할 수 없느니라
27 किनकि उहाँले पानीको थोपालाई माथि तान्नुहुन्छ, आफ्नो बाफलाई चिसो पारेर झरी पार्नुहुन्छ,
그가 물을 가늘게 이끌어 올리신즉 그것이 안개 되어 비를 이루고
28 जसलाई बादलहरूले तल खन्याउँछन्, र मानवजातिमा प्रचुर मात्रामा पानी पर्छ ।
그것이 공중에서 내려 사람 위에 쏟아지느니라
29 वास्तवमा के कसैले बादलको बृहत् फैलावट, र उहाँको बासस्थानबाट निस्कने गर्जनलाई बुझ्न सक्छ?
구름의 폐임과 그의 장막의 울리는 소리를 누가 능히 깨달으랴
30 हेर्नुहोस्, उहाँले आफ्नो वरिपरि बिजुली चम्काउनुहुन्छ, र समुद्रको गहिराइलाई ढाक्नुहुन्छ ।
그가 번개 빛으로 자기의 사면에 두르시며 바다 밑도 가리우시며
31 यसरी उहाँले मानिसहरूको इन्साफ गर्नुहुन्छ, र प्रचुर मात्रामा खानेकुरा दिनुहुन्छ ।
이런 것들로 만민을 징벌하시며 이런 것들로 식물을 풍비히 주시느니라
32 उहाँले बिजुलीलाई निशानामा प्रहार गर्न आज्ञा नदिनुभएसम्म त्यसलाई आफ्नो हातमा लिनुहुन्छ ।
그는 번개 빛으로 그 두 손을 싸시고 그것을 명하사 푯대를 맞추게 하시나니
33 यसको गर्जनले आँधी-बेहरीको चेताउनी दिन्छ, गाईवस्तुले पनि त्यसको आगमनको आवाज सुन्छ ।
그 울리는 소리가 풍우를 표시하고 육축에게까지 그 올라 오는 것을 표시하느니라