< अय्यूब 35 >
1 अझै एलीहूले निरन्तर यसो भनिरहे,
Aidha, Elihu aliendelea kusema,
2 “जब तपाईं भन्नुहुन्छ, 'परमेश्वरको सामु मेरो अधिकार' तब त्यो न्यायोचित नै हो भन्ने विचार तपाईंलाई हुन्छ?
“Je unadhani hii ni sawa unaposema, 'Haki yangu mbele ya Mungu?
3 किनकि तपाईं सोध्नुहुन्छ, 'यसबाट मलाई के फाइदा हुन्छ?' अनि 'मैले पाप गर्दा मलाई के असल हुन्छ र?’
Kwa kuwa unauliza, 'Inafaa nini kwangu' na 'Ingekuwa nzuri kwangu kama ningekuwa nimetenda dhambi?'
4 म तपाईंलाई, तपाईं र तपाईंका मित्रहरू दुवैलाई जवाफ दिनेछु ।
Nitakujibu, wewe pamoja na marafiki zako.
5 माथि आकाशमा हेर्नुहोस् र विचार गर्नुहोस् । आकाशलाई हेर्नुहोस्, जुन तपाईंभन्दा माथि छ ।
Tazama juu angani, na ulione; angalia anga, ambalo liko juu sana kuliko wewe.
6 तपाईंले पाप गर्नुभयो भने, परमेश्वरको के नोक्सान हुन्छ र? तपाईंका अपराधहरूको थुप्रो लाग्यो भने, तपाईंले उहाँलाई के गर्नुहुन्छ र?
Kama umetenda dhambi, ni madhara gani huwa unayafanya kwa Mungu? Ikiwa makosa yako yameongezeka zaidi, je huwa unafanya nini kwake?
7 तपाईं धर्मी हुनुहुन्छ भने, तपाईंले उहाँलाई के दिन सक्नुहुन्छ र? तपाईंको हातबाट उहाँले के ग्रहण गर्नुहुन्छ र?
Kama wewe ni mwenye haki, unaweza kumpa nini? Je atapokea nini mkononi mwako?
8 जसरी तपाईं मानिस हुनुहुन्छ, तपाईंको दुष्ट कामले मानिसलाई नै चोट पुर्याउन सक्छ, र तपाईंको धार्मिकताले अर्को मानिसको छोरोलाई लाभ हुन सक्छ ।
Uovu wako waweza kuwaumiza mtu, kama ulivyo wewe ni mtu, na haki yako yaweza kumnufaisha mwana mwingine wa mtu.
9 अत्याचारका धेरै कार्यहरूले मानिसहरू रुन्छन् । शक्तिशाली मानिसहरूका पाखुराको मदत तिनीहरूले माग्छन् ।
Watu wanalia kwasababu ya matendo mengi ya unyanyasaji; wanaomba msaada katika mikono ya watu wenye nguvu.
10 तर कसैले यसो भन्दैन, 'मेरा सृष्टिकर्ता परमेश्वर कहाँ हुनुहुन्छ, जसले रातमा गीतहरू दिनुहुन्छ,
Lakini hakuna hata mmoja asemaye, ' Mungu Muumba wangu yuko wapi, ambaye hutoa nyimbo wakati wa usiku,
11 जसले पृथ्वीका जन्तुहरूलाई भन्दा बढी हामीलाई सिकाउनुहुन्छ, र जसले आकाशका चराहरूलाई भन्दा बढी हामीलाई बुद्धिमानी बनाउनुहुन्छ?'
ambaye hutufundisha sisi zaidi anavyowafundisha wanyama wa dunia, na ambaye hutufanya sisi kuwa wenye hekima kuliko ndege wa angani?
12 त्यहाँ तिनीहरू कराउँछन्, तर दुष्ट मानिसहरूको अहङ्कारको कारण परमेश्वरले कुनै जवाफ दिनुहुन्न ।
Huko wanalia, lakini Mungu hawajibu kwasababu ya kibriu ya watu waovu.
13 परमेश्वरले निश्चय नै दुष्टको पुकारा सुन्नुहुन्न । सर्वशक्तिमान्ले त्यसलाई ध्यानै दिनुहुन्न ।
Kwa hakika Mungu hatasikia kilio cha kipumbavu; Mwenye nguvu wala hatajali.
14 तपाईं भन्नुहुन्छ, तपाईंले उहाँलाई देक्नुहुन्न, तपाईंको मुद्दा उहाँको सामु छ, र तपाईंले उहाँको प्रतीक्षा गरिरहनुभएको छ भने, उहाँले तपाईंलाई झन् कति थोरै जवाफ दिनुहोला!
Ni kwa namna gani atakujibu ikiwa unasema haumwoni, na ya kwamba hoja yako iko mbele yake, na ya kuwa unamngojea yeye!
15 अब तपाईं भन्नुहुन्छ, उहाँको क्रोधले दण्ड दिंदैन, र उहाँले अपराधलाई अलिकति पनि ध्यान दिनुहुन्न ।
Ni kwa jinsi gani atakujibu kama unasema kwamba hamwadhibu yeyote kwa hasira, na ya kwamba hajishughulishi na kiburi cha watu.
16 त्यसैले अय्यूबले मूर्ख कुरा बोल्न मात्र आफ्नो मुख खोल्नुहुन्छ । उहाँले ज्ञानविनाका शब्दहरूको थुप्रो लगाउनुहुन्छ ।”
Basi Ayubu hufumbua kinywa chake tu ili kusema upumbavu; huongeza maneno bila maarifa.”