< अय्यूब 35 >
1 अझै एलीहूले निरन्तर यसो भनिरहे,
Y procediendo Eliú en su razonamiento, dijo:
2 “जब तपाईं भन्नुहुन्छ, 'परमेश्वरको सामु मेरो अधिकार' तब त्यो न्यायोचित नै हो भन्ने विचार तपाईंलाई हुन्छ?
¿Piensas ser conforme a derecho esto que dijiste: Más justo soy yo que Dios?
3 किनकि तपाईं सोध्नुहुन्छ, 'यसबाट मलाई के फाइदा हुन्छ?' अनि 'मैले पाप गर्दा मलाई के असल हुन्छ र?’
Porque dijiste: ¿Qué ventaja sacaras tú de ello? ¿O qué provecho tendré de mi pecado?
4 म तपाईंलाई, तपाईं र तपाईंका मित्रहरू दुवैलाई जवाफ दिनेछु ।
Yo te responderé razones, y a tus compañeros contigo.
5 माथि आकाशमा हेर्नुहोस् र विचार गर्नुहोस् । आकाशलाई हेर्नुहोस्, जुन तपाईंभन्दा माथि छ ।
Mira a los cielos, y ve, y considera que los cielos son más altos que tú.
6 तपाईंले पाप गर्नुभयो भने, परमेश्वरको के नोक्सान हुन्छ र? तपाईंका अपराधहरूको थुप्रो लाग्यो भने, तपाईंले उहाँलाई के गर्नुहुन्छ र?
Si pecares, ¿qué habrás hecho contra él? Y si tus rebeliones se multiplicaren, ¿qué le harás tú?
7 तपाईं धर्मी हुनुहुन्छ भने, तपाईंले उहाँलाई के दिन सक्नुहुन्छ र? तपाईंको हातबाट उहाँले के ग्रहण गर्नुहुन्छ र?
Si fueres justo, ¿qué le darás a él? ¿O qué recibirá de tu mano?
8 जसरी तपाईं मानिस हुनुहुन्छ, तपाईंको दुष्ट कामले मानिसलाई नै चोट पुर्याउन सक्छ, र तपाईंको धार्मिकताले अर्को मानिसको छोरोलाई लाभ हुन सक्छ ।
Al hombre como tú dañará tu impiedad, y al hijo del hombre aprovechará tu justicia.
9 अत्याचारका धेरै कार्यहरूले मानिसहरू रुन्छन् । शक्तिशाली मानिसहरूका पाखुराको मदत तिनीहरूले माग्छन् ।
A causa de la multitud de las violencias clamarán, y darán voces por la fuerza de los muchos.
10 तर कसैले यसो भन्दैन, 'मेरा सृष्टिकर्ता परमेश्वर कहाँ हुनुहुन्छ, जसले रातमा गीतहरू दिनुहुन्छ,
Y ninguno dirá: ¿Dónde está Dios mi hacedor, que da canciones en la noche?
11 जसले पृथ्वीका जन्तुहरूलाई भन्दा बढी हामीलाई सिकाउनुहुन्छ, र जसले आकाशका चराहरूलाई भन्दा बढी हामीलाई बुद्धिमानी बनाउनुहुन्छ?'
Que nos enseña más que a las bestias de la tierra, y nos hace sabios más que las aves del cielo.
12 त्यहाँ तिनीहरू कराउँछन्, तर दुष्ट मानिसहरूको अहङ्कारको कारण परमेश्वरले कुनै जवाफ दिनुहुन्न ।
Allí clamarán, y él no oirá, por la soberbia de los malos.
13 परमेश्वरले निश्चय नै दुष्टको पुकारा सुन्नुहुन्न । सर्वशक्तिमान्ले त्यसलाई ध्यानै दिनुहुन्न ।
Ciertamente Dios no oirá la vanidad, ni la mirará el Omnipotente.
14 तपाईं भन्नुहुन्छ, तपाईंले उहाँलाई देक्नुहुन्न, तपाईंको मुद्दा उहाँको सामु छ, र तपाईंले उहाँको प्रतीक्षा गरिरहनुभएको छ भने, उहाँले तपाईंलाई झन् कति थोरै जवाफ दिनुहोला!
Aunque más digas, no lo mirará; haz juicio delante de él, y espera en él.
15 अब तपाईं भन्नुहुन्छ, उहाँको क्रोधले दण्ड दिंदैन, र उहाँले अपराधलाई अलिकति पनि ध्यान दिनुहुन्न ।
Mas ahora, porque en su ira no visita, ni se conoce con rigor,
16 त्यसैले अय्यूबले मूर्ख कुरा बोल्न मात्र आफ्नो मुख खोल्नुहुन्छ । उहाँले ज्ञानविनाका शब्दहरूको थुप्रो लगाउनुहुन्छ ।”
por eso Job abrió su boca vanamente, y multiplica palabras sin sabiduría.