< अय्यूब 35 >

1 अझै एलीहूले निरन्‍तर यसो भनिरहे,
ויען אליהו ויאמר
2 “जब तपाईं भन्‍नुहुन्‍छ, 'परमेश्‍वरको सामु मेरो अधिकार' तब त्‍यो न्‍यायोचित नै हो भन्‍ने विचार तपाईंलाई हुन्छ?
הזאת חשבת למשפט אמרת צדקי מאל
3 किनकि तपाईं सोध्‍नुहुन्छ, 'यसबाट मलाई के फाइदा हुन्‍छ?' अनि 'मैले पाप गर्दा मलाई के असल हुन्‍छ र?’
כי-תאמר מה-יסכן-לך מה-אעיל מחטאתי
4 म तपाईंलाई, तपाईं र तपाईंका मित्रहरू दुवैलाई जवाफ दिनेछु ।
אני אשיבך מלין-- ואת-רעיך עמך
5 माथि आकाशमा हेर्नुहोस् र विचार गर्नुहोस् । आकाशलाई हेर्नुहोस्, जुन तपाईंभन्दा माथि छ ।
הבט שמים וראה ושור שחקים גבהו ממך
6 तपाईंले पाप गर्नुभयो भने, परमेश्‍वरको के नोक्‍सान हुन्छ र? तपाईंका अपराधहरूको थुप्रो लाग्‍यो भने, तपाईंले उहाँलाई के गर्नुहुन्छ र?
אם-חטאת מה-תפעל-בו ורבו פשעיך מה-תעשה-לו
7 तपाईं धर्मी हुनुहुन्छ भने, तपाईंले उहाँलाई के दिन सक्‍नुहुन्छ र? तपाईंको हातबाट उहाँले के ग्रहण गर्नुहुन्‍छ र?
אם-צדקת מה-תתן-לו או מה-מידך יקח
8 जसरी तपाईं मानिस हुनुहुन्‍छ, तपाईंको दुष्‍ट कामले मानिसलाई नै चोट पुर्‍याउन सक्छ, र तपाईंको धार्मिकताले अर्को मानिसको छोरोलाई लाभ हुन सक्छ ।
לאיש-כמוך רשעך ולבן-אדם צדקתך
9 अत्याचारका धेरै कार्यहरूले मानिसहरू रुन्‍छन् । शक्तिशाली मानिसहरूका पाखुराको मदत तिनीहरूले माग्‍छन् ।
מרב עשוקים יזעיקו ישועו מזרוע רבים
10 तर कसैले यसो भन्दैन, 'मेरा सृष्‍टिकर्ता परमेश्‍वर कहाँ हुनुहुन्छ, जसले रातमा गीतहरू दिनुहुन्छ,
ולא-אמר--איה אלוה עשי נתן זמרות בלילה
11 जसले पृथ्वीका जन्तुहरूलाई भन्दा बढी हामीलाई सिकाउनुहुन्छ, र जसले आकाशका चराहरूलाई भन्दा बढी हामीलाई बुद्धिमानी बनाउनुहुन्छ?'
מלפנו מבהמות ארץ ומעוף השמים יחכמנו
12 त्यहाँ तिनीहरू कराउँछन्, तर दुष्‍ट मानिसहरूको अहङ्कारको कारण परमेश्‍वरले कुनै जवाफ दिनुहुन्‍न ।
שם יצעקו ולא יענה-- מפני גאון רעים
13 परमेश्‍वरले निश्‍चय नै दुष्‍टको पुकारा सुन्‍नुहुन्‍न । सर्वशक्तिमान्‌ले त्‍यसलाई ध्यानै दिनुहुन्‍न ।
אך-שוא לא-ישמע אל ושדי לא ישורנה
14 तपाईं भन्‍नुहुन्‍छ, तपाईंले उहाँलाई देक्‍नुहुन्‍न, तपाईंको मुद्दा उहाँको सामु छ, र तपाईंले उहाँको प्रतीक्षा गरिरहनुभएको छ भने, उहाँले तपाईंलाई झन् कति थोरै जवाफ दिनुहोला!
אף כי-תאמר לא תשורנו דין לפניו ותחולל לו
15 अब तपाईं भन्‍नुहुन्छ, उहाँको क्रोधले दण्ड दिंदैन, र उहाँले अपराधलाई अलिकति पनि ध्‍यान दिनुहुन्‍न ।
ועתה--כי-אין פקד אפו ולא-ידע בפש מאד
16 त्यसैले अय्यूबले मूर्ख कुरा बोल्न मात्र आफ्नो मुख खोल्‍नुहुन्‍छ । उहाँले ज्ञानविनाका शब्‍दहरूको थुप्रो लगाउनुहुन्‍छ ।”
ואיוב הבל יפצה-פיהו בבלי-דעת מלין יכבר

< अय्यूब 35 >