< अय्यूब 34 >
1 अझै एलीहूले निरन्तर बोले,
Un Elihus atbildēja un sacīja:
2 “हे बुद्धिमान् मानिसहरू हो, मेरा वचन सुन्नुहोस् । हे ज्ञान भएकाहरू हो, मेरा कुरा सुन्नुहोस् ।
Klausāties, gudrie, manu valodu, un prātīgie, atgriežat ausis pie manis;
3 जिब्रोले भोजनको स्वाद लिएझैं, कानले शब्दहरूलाई जाँच्ने कोसिस गर्छ ।
Jo auss pārbauda vārdus, tā kā mute bauda barību.
4 जे न्यायोचित छ, सो हामी आफ्नो निम्ति रोजौं । जे असल छ, सो हामी आफ्नो बिचमा खोजौं ।
Lai pārspriežam savā starpā, lai kopā atzīstam, kas ir labi.
5 किनकि अय्यूबले भनेका छन्, 'म धर्मी छु, तर परमेश्वरले मेरा अधिकारहरू हटाउनुभएको छ ।
Jo Ījabs saka: es esmu taisns, bet Dievs ir atņēmis manu tiesu.
6 मेरा अधिकारहरू भए पनि मलाई झुटो ठानिएको छ । म पापी नभए पनि मेरो घाउ निको हुँदैन ।'
Lai gan man taisnība, mani tura par melkuli, manas mokas ir nedziedinājamas, lai gan neesmu noziedzies.
7 अय्यूब कस्ता मानिस हुन्, जसले गिल्लालाई पनि पानीझैं पिउँछन्,
Kur ir gan cilvēks, kā Ījabs, kas zaimošanu dzer kā ūdeni,
8 जो दुष्ट काम गर्नेहरूको सङ्गतमा जान्छन्, र जो दुष्ट मानिसहरूसितै हिंड्छन् ।
Un draudzējās ar ļaundarītājiem un staigā ar bezdievīgiem?
9 किनकि तिनले भनेका छन्, 'परमेश्वरले जे इच्छा गर्नुहुन्छ त्यो गर्नमा मानिसलाई कुनै रमाहट हुँदैन ।'
Jo viņš saka: cilvēkam nekā nepalīdz, ka tas mīļo Dievu.
10 त्यसैले हे सुझबुझ भएका मानिसहरू हो, मेरो कुरा सुन्नुहोस् । परमेश्वरले कदापि दुष्ट काम गर्नुहुन्न । सर्वशक्तिमान्ले कदापि पाप गर्नुहुन्न ।
Tādēļ, gudrie vīri, klausāties mani. Nevar būt, ka Dievs ir ļauns un tas Visuvarenais netaisns.
11 किनकि उहाँले व्यक्तिको कामअनुसारको प्रतिफल दिनुहुन्छ । उहाँले हरेक मानिसलाई उसका आफ्नै चालअनुसारको इनाम दिनुहुन्छ ।
Jo Viņš cilvēkam maksā pēc viņa darba, un ikkatram liek klāties pēc viņa gājuma.
12 वास्तवमा परमेश्वरले कुनै दुष्ट काम गर्नुहुन्न, न त सर्वशक्तिमान्ले कदापि न्यायलाई बङ्ग्याउनुहुन्छ ।
Patiesi, Dievs nedara ļauna, un tas Visuvarenais nepārgroza tiesu!
13 कसले उहाँलाई पृथ्वीको निरीक्षक तुल्याएको हो र? कसले सारा संसार उहाँको अधीनमा राखिदिएको हो र?
Kam pasaule ir pavēlēta, ja ne Viņam, un kas ir radījis visu zemi?
14 उहाँले आफ्ना मनसायहरू आफैमा मात्र राख्नुभएको भए, र उहाँले कहिलै आफ्ना आत्मा र सास आफैमा फर्काउनुभए,
Ja Viņš Savu sirdi grieztu uz Sevi pašu vien, un Savu garu un Savu dvašu ņemtu pie Sevis:
15 तब सारा प्राणी एकसाथ नष्ट हुन्थे । मानव-जाति फेरि पनि माटोमा नै फर्कन्थ्यो ।
Tad visa miesa kopā mirtu, un cilvēks taptu atkal par pīšļiem.
16 अब तपाईंसित सुझबुझ छ भने, यो कुरा सुन्नुहोस् । मेरो वचनको आवाजलाई सुन्नुहोस् ।
Ja nu tev ir saprašana, klausi to, ņem vērā manas valodas balsi.
17 के न्यायलाई घृणा गर्नेले शासन गर्न सक्छ? के तपाईंले परमेश्वरलाई दोषी ठहराउनुहुन्छ जो धर्मी र शक्तिशाली हुनुहुन्छ?
Vai jel, kas taisnību ienīst, varēs vadīt? Kā tad tev bija tiesāt to Vistaisnāko?
18 परमेश्वरले राजालाई भन्नुहुन्छ, 'तँ निकम्मा होस्' वा कुलीनहरूलाई भन्नुहुन्छ, 'तिमीहरू दुष्ट हौ ।'
Viņu, kas uz ķēniņu var sacīt: tu netikli, un uz valdnieku: tu blēdi;
19 परमेश्वरले अगुवाहरूको पक्ष लिनुहुन्न, र गरिबहरूलाई भन्दा बढी मान धनीहरूलाई गर्नुहुन्न, किनकि तिनीहरू सबै उहाँका हातका काम हुन् ।
Kas neuzlūko valdnieku vaigu un neieredz bagātus vairāk nekā nabagus, jo tie visi ir Viņa roku darbs.
20 एकै क्षणमा तिनीहरू मर्नेछन् । मध्यरातमा मानिसहरू हल्लिन्छन् र बितेर जान्छन् । शक्तिशाली मानिसहरू लगिन्छन्, तर मानवीय हातले होइन ।
Acumirklī tie nomirst, un nakts vidū tautas top iztrūcinātas un iet bojā, un varenie top aizrauti un ne caur cilvēka roku.
21 किनकि परमेश्वरको दृष्टि मानिसको चालमा हुन्छ । उहाँले त्यसका सबै कदम हेर्नुहुन्छ ।
Jo Viņa acis skatās uz cilvēka ceļiem, un Viņš redz visus viņa soļus.
22 यस्तो कुनै अन्धकार वा बाक्लो अँध्यारो छैन, जहाँ अधर्म गर्नेहरूले आफैलाई लुकाउन सक्छन् ।
Tumsas nav nedz nāves ēnas, kur ļaundarītāji varētu slēpties.
23 किनकि परमेश्वरले व्यक्तिको थप जाँच गर्नुपर्दैन । कुनै पनि व्यक्ति इन्साफको लागि उहाँको सामु जानु आवश्यक छैन ।
Viņam cilvēks ilgi nav jāmeklē, ka lai nāk uz tiesu Dieva priekšā.
24 उहाँले शक्तिशाली मानिसहरूलाई तिनीहरूका चालको कारणले टुक्रा-टुक्रा पार्नुहुन्छ जसको थप अनुसन्धान आवश्यक नै हुँदैन । उहाँले तिनीहरूका ठाउँमा अरूलाई राख्नुहुन्छ ।
Viņš satriec varenos bez izmeklēšanas un ieceļ citus viņu vietā.
25 यसरी तिनीहरूका कामहरूका जानकारी उहाँलाई हुन्छ । उहाँले यी मानिसहरूलाई रातमा पल्टाउनुहुन्छ । तिनीहरू नष्ट हुन्छन् ।
Tāpēc ka Viņš zina viņu darbus, Viņš tos apgāž naktī, ka tie top satriekti.
26 अरूले देख्नेगरी खुला ठाउँमा, उहाँले तिनीहरूका दुष्ट कामहरूको लागि अपराधीहरूलाई झैं तिनीहरूलाई मार्नुहुन्छ,
Viņš tos šausta kā bezdievīgus, tādā vietā, kur visi redz.
27 किनकि उहाँको अनुसरण गर्नबाट तिनीहरू तर्के, र उहाँका कुनै पनि मार्गको अनुसरण गर्न इन्कार गरे ।
Tāpēc ka tie no Viņa atkāpušies un nav apdomājuši visus Viņa ceļus.
28 यसरी गरिब मानिसहरूको रोदन उहाँको कानले सुन्ने तिनीहरूले बनाए । कष्टमा परेका मानिसहरूको रोदन उहाँले सुन्नुभयो ।
Ka nabaga brēkšanai bija jānāk pie Viņa, un bēdīgā kliegšanu Viņš paklausīja.
29 जब उहाँ चुप लाग्नुहुन्छ, तब कसले उहाँलाई दोषी ठहराउन सक्छ र? उहाँले आफ्नो अनुहार लुकाउनुहुन्छ भने कसले उहाँलाई भेट्न सक्छ र? उहाँले जाति र व्यक्तिमाथि समान किसिमले शासन गर्नुहुन्छ,
Kad Viņš dod mieru, kas tad pazudinās? Kad Viņš Savu vaigu apslēpj, kas Viņu skatīs? Tā tas ir ar tautām, tā ar ikvienu cilvēku,
30 जसको कारणले पापी मानिसले शासन गर्न नपाओस्, यसरी मानिसहरूलाई पासोमा पार्ने कोही नहोस् ।
Lai nelieša cilvēks nevalda un tautai nav par valgiem.
31 मानौँ, कसैले परमेश्वरलाई भन्छ, 'म निश्चय नै दोषी छु, तर म फेरि पाप गर्नेछैनँ ।
Jo uz Dievu jāsaka: man bija jācieš, es vairs negrēkošu.
32 मैले देख्न नसक्ने कुरा मलाई सिकाउनुहोस् । मैले पाप गरेको छु, तर त्यो काम म फेरि गर्नेछैनँ ।'
Ko es neredzu, to māci tu man; ja esmu darījis netaisnību, tad to vairs nedarīšu.
33 तपाईंको विचारमा, परमेश्वरले गर्नुहुने कुरा तपाईंलाई मन पर्दैन भन्दैमा, के परमेश्वरले त्यो व्यक्तिको पापलाई दण्ड दिनैपर्छ र? तपाईंले नै चुन्ने हो, मैल होइन । त्यसैले आफूले जानेका कुरा भन्नुहोस् ।
Vai Dievs lai atlīdzina pēc tava prāta? Jo tu neesi mierā! tad spriedi tu, ne es! Un ko tu taču māki sacīt!
34 सुझबुझ भएका मानिसहरूले मलाई भन्नेछन्— वास्तवमा मेरो कुरा सुन्ने हरेक बुद्धिमान् मानिसले भन्नेछ,
Prātīgi ļaudis man sacīs, un ikviens gudrs vīrs, kas uz mani klausījies:
35 'अय्यूब ज्ञानविनै बोल्छन् । तिनका शब्दहरूमा बुद्धिका कुरा छैनन् ।'
Ījabs runājis neprazdams, un viņa vārdi nav bijuši gudri.
36 अय्यूबले दुष्ट मानिसहरूले झैं कुरा गरेको हुनाले, तिनको भनेका स-साना कुरा लिएर जाँच गर्न सकिए त!
Kaut Ījabs taptu pārbaudīts līdz galam, ka viņš runā, kā bezdievīgi ļaudis.
37 किनकि आफ्नो पापमा तिनले विद्रोह थप्छन् । हाम्रा बिचमा गिल्ला गर्दै तिनी थपडी मार्छन् । तिनी परमेश्वरको विरुद्धमा वचनको थुप्रो लगाउँछन् ।”
Jo viņš krauj grēku uz grēku, viņš mūsu priekšā zaimo un runā daudz pret to stipro Dievu. -