< अय्यूब 34 >

1 अझै एलीहूले निरन्‍तर बोले,
Moreover Elihu answered and said,
2 “हे बुद्धिमान् मानिसहरू हो, मेरा वचन सुन्‍नुहोस् । हे ज्ञान भएकाहरू हो, मेरा कुरा सुन्‍नुहोस् ।
Hear my words, ye wise men; And give ear unto me, ye that have knowledge.
3 जिब्रोले भोजनको स्वाद लिएझैं, कानले शब्दहरूलाई जाँच्ने कोसिस गर्छ ।
For the ear trieth words, As the palate tasteth food.
4 जे न्‍यायोचित छ, सो हामी आफ्‍नो निम्‍ति रोजौं । जे असल छ, सो हामी आफ्‍नो बिचमा खोजौं ।
Let us choose for us that which is right: Let us know among ourselves what is good.
5 किनकि अय्यूबले भनेका छन्, 'म धर्मी छु, तर परमेश्‍वरले मेरा अधिकारहरू हटाउनुभएको छ ।
For Job hath said, I am righteous, And God hath taken away my right:
6 मेरा अधिकारहरू भए पनि मलाई झुटो ठानिएको छ । म पापी नभए पनि मेरो घाउ निको हुँदैन ।'
Notwithstanding my right I am [accounted] a liar; My wound is incurable, [though I am] without transgression.
7 अय्यूब कस्ता मानिस हुन्, जसले गिल्लालाई पनि पानीझैं पिउँछन्,
What man is like Job, Who drinketh up scoffing like water,
8 जो दुष्‍ट काम गर्नेहरूको सङ्गतमा जान्छन्, र जो दुष्‍ट मानिसहरूसितै हिंड्छन् ।
Who goeth in company with the workers of iniquity, And walketh with wicked men?
9 किनकि तिनले भनेका छन्, 'परमेश्‍वरले जे इच्‍छा गर्नुहुन्‍छ त्‍यो गर्नमा मानिसलाई कुनै रमाहट हुँदैन ।'
For he hath said, It profiteth a man nothing That he should delight himself with God.
10 त्यसैले हे सुझबुझ भएका मानिसहरू हो, मेरो कुरा सुन्‍नुहोस् । परमेश्‍वरले कदापि दुष्‍ट काम गर्नुहुन्‍न । सर्वशक्तिमान्‌ले कदापि पाप गर्नुहुन्‍न ।
Therefore hearken unto me, ye men of understanding: Far be it from God, that he should do wickedness, And from the Almighty, that he should commit iniquity.
11 किनकि उहाँले व्यक्तिको कामअनुसारको प्रतिफल दिनुहुन्छ । उहाँले हरेक मानिसलाई उसका आफ्नै चालअनुसारको इनाम दिनुहुन्छ ।
For the work of a man will he render unto him, And cause every man to find according to his ways.
12 वास्तवमा परमेश्‍वरले कुनै दुष्‍ट काम गर्नुहुन्‍न, न त सर्वशक्तिमान्‌ले कदापि न्यायलाई बङ्ग्याउनुहुन्छ ।
Yea, of a surety, God will not do wickedly, Neither will the Almighty pervert justice.
13 कसले उहाँलाई पृथ्वीको निरीक्षक तुल्याएको हो र? कसले सारा संसार उहाँको अधीनमा राखिदिएको हो र?
Who gave him a charge over the earth? Or who hath disposed the whole world?
14 उहाँले आफ्ना मनसायहरू आफैमा मात्र राख्‍नुभएको भए, र उहाँले कहिलै आफ्ना आत्मा र सास आफैमा फर्काउनुभए,
If he set his heart upon himself, [If] he gather unto himself his spirit and his breath;
15 तब सारा प्राणी एकसाथ नष्‍ट हुन्‍थे । मानव-जाति फेरि पनि माटोमा नै फर्कन्‍थ्‍यो ।
All flesh shall perish together, And man shall turn again unto dust.
16 अब तपाईंसित सुझबुझ छ भने, यो कुरा सुन्‍नुहोस् । मेरो वचनको आवाजलाई सुन्‍नुहोस् ।
If now [thou hast] understanding, hear this: Hearken to the voice of my words.
17 के न्यायलाई घृणा गर्नेले शासन गर्न सक्छ? के तपाईंले परमेश्‍वरलाई दोषी ठहराउनुहुन्‍छ जो धर्मी र शक्तिशाली हुनुहुन्छ?
Shall even one that hateth justice govern? And wilt thou condemn him that is righteous [and] mighty?—
18 परमेश्‍वरले राजालाई भन्‍नुहुन्छ, 'तँ निकम्मा होस्' वा कुलीनहरूलाई भन्‍नुहुन्छ, 'तिमीहरू दुष्‍ट हौ ।'
[Him] that saith to a king, [Thou art] vile, [Or] to nobles, [Ye are] wicked;
19 परमेश्‍वरले अगुवाहरूको पक्ष लिनुहुन्‍न, र गरिबहरूलाई भन्दा बढी मान धनीहरूलाई गर्नुहुन्‍न, किनकि तिनीहरू सबै उहाँका हातका काम हुन् ।
That respecteth not the persons of princes, Nor regardeth the rich more than the poor; For they all are the work of his hands.
20 एकै क्षणमा तिनीहरू मर्नेछन् । मध्यरातमा मानिसहरू हल्लिन्‍छन् र बितेर जान्‍छन् । शक्तिशाली मानिसहरू लगिन्‍छन्, तर मानवीय हातले होइन ।
In a moment they die, even at midnight; The people are shaken and pass away, And the mighty are taken away without hand.
21 किनकि परमेश्‍वरको दृष्‍टि मानिसको चालमा हुन्‍छ । उहाँले त्यसका सबै कदम हेर्नुहुन्छ ।
For his eyes are upon the ways of a man, And he seeth all his goings.
22 यस्तो कुनै अन्धकार वा बाक्लो अँध्यारो छैन, जहाँ अधर्म गर्नेहरूले आफैलाई लुकाउन सक्छन् ।
There is no darkness, nor thick gloom, Where the workers of iniquity may hide themselves.
23 किनकि परमेश्‍वरले व्‍यक्‍तिको थप जाँच गर्नुपर्दैन । कुनै पनि व्यक्ति इन्‍साफको लागि उहाँको सामु जानु आवश्यक छैन ।
For he needeth not further to consider a man, That he should go before God in judgment.
24 उहाँले शक्तिशाली मानिसहरूलाई तिनीहरूका चालको कारणले टुक्रा-टुक्रा पार्नुहुन्छ जसको थप अनुसन्धान आवश्यक नै हुँदैन । उहाँले तिनीहरूका ठाउँमा अरूलाई राख्‍नुहुन्छ ।
He breaketh in pieces mighty men [in ways] past finding out, And setteth others in their stead.
25 यसरी तिनीहरूका कामहरूका जानकारी उहाँलाई हुन्‍छ । उहाँले यी मानिसहरूलाई रातमा पल्टाउनुहुन्छ । तिनीहरू नष्‍ट हुन्छन् ।
Therefore he taketh knowledge of their works; And he overturneth them in the night, so that they are destroyed.
26 अरूले देख्‍नेगरी खुला ठाउँमा, उहाँले तिनीहरूका दुष्‍ट कामहरूको लागि अपराधीहरूलाई झैं तिनीहरूलाई मार्नुहुन्छ,
He striketh them as wicked men In the open sight of others;
27 किनकि उहाँको अनुसरण गर्नबाट तिनीहरू तर्के, र उहाँका कुनै पनि मार्गको अनुसरण गर्न इन्कार गरे ।
Because they turned aside from following him, And would not have regard in any of his ways:
28 यसरी गरिब मानिसहरूको रोदन उहाँको कानले सुन्‍ने तिनीहरूले बनाए । कष्‍टमा परेका मानिसहरूको रोदन उहाँले सुन्‍नुभयो ।
So that they caused the cry of the poor to come unto him, And he heard the cry of the afflicted.
29 जब उहाँ चुप लाग्‍नुहुन्‍छ, तब कसले उहाँलाई दोषी ठहराउन सक्छ र? उहाँले आफ्नो अनुहार लुकाउनुहुन्‍छ भने कसले उहाँलाई भेट्‍न सक्छ र? उहाँले जाति र व्यक्तिमाथि समान किसिमले शासन गर्नुहुन्छ,
When he giveth quietness, who then can condemn? And when he hideth his face, who then can behold him? Alike whether [it be done] unto a nation, or unto a man:
30 जसको कारणले पापी मानिसले शासन गर्न नपाओस्, यसरी मानिसहरूलाई पासोमा पार्ने कोही नहोस् ।
That the godless man reign not, That there be none to ensnare the people.
31 मानौँ, कसैले परमेश्‍वरलाई भन्छ, 'म निश्‍चय नै दोषी छु, तर म फेरि पाप गर्नेछैनँ ।
For hath any said unto God, I have borne [chastisement], I will not offend [any more]:
32 मैले देख्‍न नसक्‍ने कुरा मलाई सिकाउनुहोस् । मैले पाप गरेको छु, तर त्‍यो काम म फेरि गर्नेछैनँ ।'
That which I see not teach thou me: If I have done iniquity, I will do it no more?
33 तपाईंको विचारमा, परमेश्‍वरले गर्नुहुने कुरा तपाईंलाई मन पर्दैन भन्‍दैमा, के परमेश्‍वरले त्यो व्यक्तिको पापलाई दण्ड दिनैपर्छ र? तपाईंले नै चुन्‍ने हो, मैल होइन । त्यसैले आफूले जानेका कुरा भन्‍नुहोस् ।
Shall his recompense be as thou wilt, that thou refusest it? For thou must choose, and not I: Therefore speak what thou knowest.
34 सुझबुझ भएका मानिसहरूले मलाई भन्‍नेछन्— वास्तवमा मेरो कुरा सुन्‍ने हरेक बुद्धिमान् मानिसले भन्‍नेछ,
Men of understanding will say unto me, Yea, every wise man that heareth me:
35 'अय्यूब ज्ञानविनै बोल्छन् । तिनका शब्‍दहरूमा बुद्धिका कुरा छैनन् ।'
Job speaketh without knowledge, And his words are without wisdom.
36 अय्यूबले दुष्‍ट मानिसहरूले झैं कुरा गरेको हुनाले, तिनको भनेका स-साना कुरा लिएर जाँच गर्न सकिए त!
Would that Job were tried unto the end, Because of his answering like wicked men.
37 किनकि आफ्नो पापमा तिनले विद्रोह थप्छन् । हाम्रा बिचमा गिल्ला गर्दै तिनी थपडी मार्छन् । तिनी परमेश्‍वरको विरुद्धमा वचनको थुप्रो लगाउँछन् ।”
For he addeth rebellion unto his sin; He clappeth his hands among us, And multiplieth his words against God.

< अय्यूब 34 >