< अय्यूब 33 >
1 त्यसैले अब, हे अय्यूब, मेरो कुरा सुन्न म तपाईंसित बिन्ती गर्छु, मेरा सबै शब्दहरू सुन्नुहोस् ।
POR tanto, Job, oye ahora mis razones, y escucha todas mis palabras.
2 हेर्नुहोस्, अब मैले आफ्नो मुख खोलेको छु । मेरो जिब्रोले मेरो मुखमा बोलेको छ ।
He aquí yo abriré ahora mi boca, y mi lengua hablará en mi garganta.
3 मेरा वचनहरू मेरो हृदयको सोझोपनबाट आउँछन् । मेरो ओठले शुद्ध ज्ञान बोल्छ ।
Mis razones [declararán] la rectitud de mi corazón, y mis labios proferirán pura sabiduría.
4 परमेश्वरका पवित्र आत्माले मलाई बनाउनुभएको छ । सर्वशक्तिमान्को सासले मलाई जीवन दिएको छ ।
El espíritu de Dios me hizo, y la inspiración del Omnipotente me dió vida.
5 तपाईं सक्नुहुन्छ भने मलाई जवाफ दिनुहोस् । आफ्ना बहसहरू मेरो सामु क्रमैसित राख्नुहोस्, र खडा हुनुहोस् ।
Si pudieres, respóndeme; dispón [tus palabras], está delante de mí.
6 हेर्नुहोस्, परमेश्वरको दृष्टिमा तपाईं जस्तो हुनुहुन्छ म पनि त्यस्तै हुँ । म पनि माटैबाट रचना गरिएको हुँ ।
Heme aquí á mí en lugar de Dios, conforme á tu dicho: de lodo soy yo también formado.
7 हेर्नुहोस्, मेरो डरले तपाईंलाई त्रसित नपारोस्, न त मेरो बोझ तपाईंलाई गह्रौं होस् ।
He aquí que mi terror no te espantará, ni mi mano se agravará sobre ti.
8 तपाईंले निश्चय पनि मैले सुन्ने गरी बोल्नुभएको छ । तपाईंका वचनहरूका आवाजले यसो भनेको मैले सुनेको छु,
De cierto tú dijiste á oídos míos, y yo oí la voz de tus palabras [que decían]:
9 'म शुद्ध र अपराधरहित छु । म निर्दोष छु, र ममा कुनै पाप छैन ।
Yo soy limpio y sin defecto; y soy inocente, y no hay maldad en mí.
10 परमेश्वरले मलाई आक्रमण गर्ने मौकाहरू खोज्नुहुन्छ । उहाँले मलाई आफ्नो शत्रु ठान्नुहुन्छ ।
He aquí que él buscó achaques contra mí, y me tiene por su enemigo;
11 उहाँले मेरो खुट्टा ठिंगुरोमा हाल्नुहुन्छ । उहाँले मेरा सबै मार्ग नियालेर हेर्नुहुन्छ ।'
Puso mis pies en el cepo, y guardó todas mis sendas.
12 हेर्नुहोस्, यो कुरोमा तपाईं ठिक हुनुहुन्न— म तपाईंलाई जवाफ दिन्छु, किनकि परमेश्वर मानिसभन्दा महान् हुनुहुन्छ ।
He aquí en esto no has hablado justamente: yo te responderé que mayor es Dios que el hombre.
13 उहाँको विरुद्धमा तपाईं किन सङ्घर्ष गर्नुहुन्छ? उहाँले त आफ्ना कुनै पनि कामको लेखा दिनुपर्दैन ।
¿Por qué tomaste pleito contra él? Porque él no da cuenta de ninguna de sus razones.
14 परमेश्वरले एक पटक, दुई पटक बोल्नुहुन्छ, तापनि मानिसले त्यसको ख्याल गर्दैन ।
Sin embargo, en una ó en dos [maneras] habla Dios; [mas el hombre] no entiende.
15 राती सपनामा, दर्शनमा, मानिसहरू मस्त निद्रामा पर्दा, ओछ्यानमा सुतेको समयमा,
Por sueño de visión nocturna, cuando el sueño cae sobre los hombres, cuando se adormecen sobre el lecho;
16 तब परमेश्वरले मानिसहरूका कान खोल्नुहुन्छ, र तिनीहरूलाई चेतावनीहरूले तर्साउनुहुन्छ,
Entonces revela al oído de los hombres, y les señala su consejo;
17 मानिसका पापी उद्देश्यहरूबाट उसलाई फर्काएर ल्याउनलाई, र अहङ्कारलाई ऊबाट टाढा राख्नलाई ।
Para quitar al hombre de [su] obra, y apartar del varón la soberbia.
18 परमेश्वरले मानिसको जीवनलाई खाडल पर्नबाट, उसको जीवनलाई मृत्युमा जानबाट बचाउनुहुन्छ ।
Detendrá su alma de corrupción, y su vida de que pase á cuchillo.
19 मानिसलाई ओछ्यानमा हुने पीडा, उसका हड्डीहरूमा निरन्तर हुने वेदनाद्वारा पनि उसलाई दण्ड दिइन्छ,
También sobre su cama es castigado con dolor fuerte en todos sus huesos,
20 जसको कारणले उसको जीवनले खानेकुरालाई घृणा गर्छ, र उसको प्राणले मिठो भोजनलाई घृणा गर्छ ।
Que le hace que su vida aborrezca el pan, y su alma la comida suave.
21 उसको शरीरको मासु नदेखियोस् भनेर त्यो नष्ट भएको हुन्छ । पहिले नदेखिने उसका हाडहरू लौरोझैं देखिन्छन् ।
Su carne desfallece sin verse, y sus huesos, que antes no se veían, aparecen.
22 वास्तवमा उसको प्राण मृत्युको खाडल नजिक, उसको जीवन उसलाई नष्ट गर्न चाहनेहरूकहाँ पुग्छ ।
Y su alma se acerca al sepulcro, y su vida á los que causan la muerte.
23 तर के गर्नु ठिक हुन्छ भनेर उसलाई देखाउन, उसको निम्ति मध्यस्थकर्ता हुनलाई एउटा स्वर्गदूत छन्, हजारौँ स्वर्गदूतहरूका बिचबाट एउटा यस्तो मध्यस्थकर्ता छन्,
Si tuviera cerca de él [algún] elocuente anunciador muy escogido, que anuncie al hombre su deber;
24 र त्यो स्वर्गदूत ऊप्रति दयालु हुन्छन् र परमेश्वरलाई यसो भन्छन् भने, 'य स व्यक्तिलाई मृत्युको खाडल जानबाट बचाउनुहोस् । उसलाई छुटकारा दिने मोल म तिर्नेछु,'
Que le diga que [Dios] tuvo de él misericordia, que lo libró de descender al sepulcro, que halló redención:
25 तब उसको मासु बच्चाको भन्दा कलिलो हुन्छ । उसले फेरि आफ्नो युवावस्थाको ताकत पाउनेछ ।
Enterneceráse su carne más que de niño, volverá á los días de su mocedad.
26 उसले परमेश्वरलाई प्रार्थना चढाउनेछ, र परमेश्वर ऊप्रति दयालु बन्नुहुनेछ, ताकि उसले आनन्दले परमेश्वरको मुहार हेर्छ । परमेश्वरले त्यो व्यक्तिलाई विजय दिनुहुन्छ ।
Orará á Dios, y le amará, y verá su faz con júbilo: y él restituirá al hombre su justicia.
27 तब त्यो व्यक्तिले अरू मानिसहरूको सामु गाउनेछ र यसो भन्नेछ, 'मैले पाप गरें, र ठिक कुरालाई बङ्ग्याएँ, तर मेरो पापको दण्ड दिइएन ।
El mira sobre los hombres; y [el que] dijere: Pequé, y pervertí lo recto, y no me ha aprovechado;
28 परमेश्वरले मेरो प्राणलाई मृत्युको खाडलमा जानबाट छुटकारा दिनुभएको छ । मेरो जीवनले निरन्तर ज्योति देख्नेछ ।'
[Dios] redimirá su alma, que no pase al sepulcro, y su vida se verá en luz.
29 परमेश्वरले एक जना व्यक्तिसित यी सबै कुरा, दुई पटक वा तिन पटक पनि गर्नुहुन्छ,
He aquí, todas estas cosas hace Dios dos y tres veces con el hombre;
30 उसको प्राणलाई मृत्युको खाडलबाट फर्काउनलाई, जसले गर्दा जीवनको ज्योतिले उसले आफूलाई चम्काउन सकोस् ।
Para apartar su alma del sepulcro, y para iluminarlo con la luz de los vivientes.
31 हे अय्यूब, ध्यान दिनुहोस्, र मेरो कुरा सुन्नुहोस् । चुप लाग्नुहोस्, र म बोल्नेछु ।
Escucha, Job, y óyeme; calla, y yo hablaré.
32 तपाईंसित भन्नुपर्ने कुनै कुरा छ भने मलाई जवाफ दिनुहोस् । बोल्नुहोस्, किनकि तपाईं ठिक हुनुहुन्छ भनी म प्रमाणित गर्न चाहान्छु ।
Que si tuvieres razones, respóndeme: habla, porque yo te quiero justificar.
33 होइन भने, मेरो कुरा सुन्नुहोस् । चुप लाग्नुहोस्, र म तपाईंलाई बुद्धिका कुरा सिकाउनेछु ।”
Y si no, óyeme tú á mí; calla, y enseñarte he sabiduría.