< अय्यूब 32 >
1 त्यसैले यी तिन जना मानिसले अय्यूबलाई जवाफ दिन छाडे किनभने आफ्नो दृष्टिमा तिनले आफूलाई धर्मी ठहराए ।
Basi watu hawa watatu wakaacha kumjibu Ayubu, kwa kuwa alikuwa mwadilifu machoni pake mwenyewe.
2 त्यसपछि रामको परिवारको बुजी बारकेलका छोरा एलीहूलाई रिस उठ्यो । तिनलाई अय्यूबको विरुद्धमा रिस उठेको थियो, किनकि तिनले परमेश्वरभन्दा पनि आफैलाई धर्मी ठहराएका थिए ।
Lakini Elihu mwana wa Barakeli, wa kabila la Buzi wa jamaa ya Ramu, akamkasirikia sana Ayubu, kwa sababu ya kujihesabia haki mwenyewe badala ya Mungu.
3 तिन जना मित्रको विरुद्धमा पनि एलीहूलाई रिस उठ्यो किनकि तिनीहरूले अय्यूबलाई जवाफ दिन सकेका थिएनन्, र पनि तिनीहरूले अय्यूबलाई दोषी ठहराएका थिए ।
Pia aliwakasirikia hao rafiki watatu wa Ayubu, kwa sababu hawakuweza kupata njia ya kuthibitisha ya kuwa hayo maneno ya Ayubu hayakuwa ya kweli, nao bado walikuwa wamemlaumu.
4 अरू मानिसहरू एलीहूभन्दा उमेरमा पाका भएका हुनाले तिनले अय्यूबसित बोल्नलाई पर्खिरहेका थिए ।
Basi Elihu alikuwa amesubiri kwanza waongee na Ayubu kwa sababu walikuwa na umri mkubwa kumliko yeye.
5 तापनि यी तिन जना मानिसका मुखमा एलीहूले जवाफ नदेखेपछि तिनलाई रिस उठ्यो ।
Lakini alipoona watu hao watatu hawakuwa na kitu zaidi cha kusema, hasira yake ikaamka.
6 तब बुजी बारकेलका छोरा एलीहू बोले र यसो भने, “म जवान छु, र तपाईंहरू निकै पाका हुनुहुन्छ । त्यसैले म चुप लागें, र मेरो विचार तपाईंहरूलाई भन्ने आँट गरिनँ ।
Basi Elihu mwana wa Barakeli wa kabila la Buzi akasema: “Mimi ni mdogo kwa umri, nanyi ni wazee; ndiyo sababu niliogopa, sikuthubutu kuwaambia kile ninachojua.
7 मैले भनें, “बुढा-पाकाले बोल्नुपर्छ । धेरै वर्ष बिताएकाहरूले बुद्धि सिकाउनुपर्छ ।
Nilifikiri, ‘Yafaa umri useme, nao wingi wa miaka ungefundisha hekima.’
8 तर मानिसमा एउटा आत्मा हुन्छ । सर्वशक्तिमान्को सासले उसलाई सुझबुझ दिन्छ ।
Lakini ni Roho iliyoko ndani ya mwanadamu, pumzi ya Mwenyezi, ndiyo impayo yeye ufahamu.
9 महान् मानिसहरू मात्र बुद्धिमान् हुँदैनन्, न त पाका मानिसहरूले मात्र न्यायलाई बुझ्छन् ।
Sio wazee peke yao walio na hekima, sio wenye umri mkubwa peke yao wanaofahamu lililo sawa.
10 यसैकारण म तपाईंहरूलाई भन्दछु, 'मेरो कुरा सुन्नुहोस् । म पनि तपाईंहरूलाई आफ्नो ज्ञान भन्नेछु ।’
“Kwa hiyo nasema: Nisikilizeni mimi; mimi nami nitawaambia lile ninalojua.
11 हेर्नुहोस्, मैले तपाईंहरूका कुरा सुनें । तपाईंहरूले के भन्ने भनी विचार गरिरहँदा मैले तपाईंका बहसहरू सुनें ।
Nilingojea mlipokuwa mnaongea, nilizisikiliza hoja zenu; mlipokuwa mkitafuta maneno ya kusema,
12 वास्तवमा मैले ध्यान दिएर तपाईंहरूका कुरा सुनें, तर तपाईंहरूमध्ये एक जनाले पनि अय्यूबलाई विश्वस्त पार्न, अर्थात् तिनको वचनलाई जवाफ दिन सक्नुभएन ।
niliwasikiliza kwa makini. Lakini hakuna hata mmoja wenu aliyethibitisha kwamba Ayubu amekosa; hakuna hata mmoja wenu aliyeweza kujibu hoja zake.
13 'हामीले बुद्धि भेट्टाएका छौं,' नभन्नलाई होसियार हुनुहोस् । अय्यूबलाई परमेश्वरले नै हराउनुपर्छ । मानिसले यसो गर्न सक्दैन ।
Msiseme, ‘Tumepata hekima; Mungu na amthibitishe kuwa mwongo, wala si mwanadamu.’
14 किनकि अय्यूबले आफ्ना वचनहरू मेरो विरुद्धमा बोलेका छैनन् । त्यसैले तपाईंहरूकै जवाफले म तिनलाई जवाफ दिनेछैनँ ।
Lakini Ayubu hajayapanga maneno yake dhidi yangu, nami sitamjibu kwa kutumia hoja zenu.
15 यी तिन जना मानिसका बोली बन्द भएका छन् । तिनीहरूले फेरि अय्यूबलाई जवाई दिन सक्दैनन् । तिनीहरूसँगत बोल्नलाई एउटै शब्द पनि छैन ।
“Wametiwa hofu na hawana la zaidi la kusema; maneno yamewaishia.
16 तिनीहरू बोल्दैनन्, तिनीहरू चूपचाप खडा छन्, अनि कुनै जवाफ दिंदैनन् भनेर के म पर्खिरहनू?
Je, ningoje sasa kwa sababu wamekuwa kimya, kwa vile sasa wanasimama bila kuwa na la kujibu?
17 अहँ, म पनि आफ्नो तर्फबाट जवाफ दिनेछु । म पनि तिनीहरूलाई आफ्नो ज्ञान भन्नेछु ।
Mimi nami nitakuwa na la kusema; mimi nami nitasema lile nilijualo.
18 किनकि मसँग जवाफ धेरै छन् । मभित्र भएको आत्माले मलाई बाध्य पार्छ ।
Kwa kuwa nimejawa na maneno, nayo Roho iliyomo ndani yangu yanisukuma;
19 मेरो छाती फुल्दै गरेको दाखमद्यझैं भएको छ जसको प्वाल छैन । नयाँ मशकझैं यो फुट्नलाई तयार छ ।
ndani yangu niko kama chupa iliyojazwa divai, kama kiriba kipya cha divai kilicho tayari kupasuka.
20 म ताजा हुन सकूँ भनेर म बोल्नेछु । म आफ्नो ओठ खोल्नेछु, र बोल्नेछु ।
Ni lazima niseme ili niweze kutulia; ni lazima nifumbue midomo yangu nipate kujibu.
21 म पक्षपात गर्नेछैनँ, न त कुनै मानिसलाई आदरको दर्जा नै दिनेछु ।
Sitampendelea mtu yeyote, wala sitajipendekeza kwa mtu yeyote;
22 किनकि त्यस्तो दर्जा कसरी दिने हो म जान्दिनँ । मैले त्यसो गरें भने, मेरा सृष्टिकर्ताले मलाई चाँडै लैजानुहुन्छ ।
kwa kuwa kama ningekuwa stadi wa kujipendekeza, Muumba wangu angeniondolea mbali kwa upesi.