< अय्यूब 32 >

1 त्‍यसैले यी तिन जना मानिसले अय्यूबलाई जवाफ दिन छाडे किनभने आफ्‍नो दृष्‍टिमा तिनले आफूलाई धर्मी ठहराए ।
آن سه دوست ایوب، دیگر به او جواب ندادند، چون ایوب بر بی‌گناهی خود پافشاری می‌کرد.
2 त्यसपछि रामको परिवारको बुजी बारकेलका छोरा एलीहूलाई रिस उठ्यो । तिनलाई अय्यूबको विरुद्धमा रिस उठेको थियो, किनकि तिनले परमेश्‍वरभन्दा पनि आफैलाई धर्मी ठहराएका थिए ।
شخصی به نام الیهو، پسر برکئیل بوزی، از طایفهٔ رام، که شاهد این گفتگو بود خشمگین شد، زیرا ایوب نمی‌خواست قبول کند که گناهکار است و خدا به حق او را مجازات کرده است.
3 तिन जना मित्रको विरुद्धमा पनि एलीहूलाई रिस उठ्यो किनकि तिनीहरूले अय्यूबलाई जवाफ दिन सकेका थिएनन्, र पनि तिनीहरूले अय्यूबलाई दोषी ठहराएका थिए ।
او از آن سه رفیق ایوب نیز خشمگین بود، چون بدون اینکه پاسخ قانع کننده‌ای برای ایوب داشته باشند، او را محکوم می‌کردند.
4 अरू मानिसहरू एलीहूभन्दा उमेरमा पाका भएका हुनाले तिनले अय्यूबसित बोल्‍नलाई पर्खिरहेका थिए ।
الیهو برای سخن گفتن با ایوب صبر کرده بود چون سایرین از او بزرگتر بودند.
5 तापनि यी तिन जना मानिसका मुखमा एलीहूले जवाफ नदेखेपछि तिनलाई रिस उठ्यो ।
اما وقتی که دید آنها دیگر جوابی ندارند، برآشفت.
6 तब बुजी बारकेलका छोरा एलीहू बोले र यसो भने, “म जवान छु, र तपाईंहरू निकै पाका हुनुहुन्छ । त्यसैले म चुप लागें, र मेरो विचार तपाईंहरूलाई भन्‍ने आँट गरिनँ ।
الیهو به سخن آمده چنین گفت: من جوانم و شما پیر. به همین علّت لب فرو بستم و جرأت نکردم عقیده‌ام را برای شما بیان کنم،
7 मैले भनें, “बुढा-पाकाले बोल्नुपर्छ । धेरै वर्ष बिताएकाहरूले बुद्धि सिकाउनुपर्छ ।
زیرا گفته‌اند که پیران داناترند.
8 तर मानिसमा एउटा आत्मा हुन्छ । सर्वशक्तिमान्‌को सासले उसलाई सुझबुझ दिन्छ ।
ولی حکمت و دانایی فقط بستگی به سن و سال ندارد، بلکه آن روحی که در انسان قرار دارد و نفس خدای قادر مطلق است، به انسان حکمت می‌بخشد.
9 महान् मानिसहरू मात्र बुद्धिमान् हुँदैनन्, न त पाका मानिसहरूले मात्र न्यायलाई बुझ्छन् ।
10 यसैकारण म तपाईंहरूलाई भन्दछु, 'मेरो कुरा सुन्‍नुहोस् । म पनि तपाईंहरूलाई आफ्‍नो ज्ञान भन्‍नेछु ।’
پس به من گوش بدهید و بگذارید عقیده‌ام را بیان کنم.
11 हेर्नुहोस्, मैले तपाईंहरूका कुरा सुनें । तपाईंहरूले के भन्‍ने भनी विचार गरिरहँदा मैले तपाईंका बहसहरू सुनें ।
من در تمام این مدت صبر کردم و با دقت به سخنان و دلایل شما گوش دادم. هیچ‌کدام از شما نتوانستید پاسخ ایوب را بدهید و یا ثابت کنید که او گناهکار است.
12 वास्तवमा मैले ध्यान दिएर तपाईंहरूका कुरा सुनें, तर तपाईंहरूमध्ये एक जनाले पनि अय्यूबलाई विश्‍वस्त पार्न, अर्थात् तिनको वचनलाई जवाफ दिन सक्‍नुभएन ।
13 'हामीले बुद्धि भेट्टाएका छौं,' नभन्‍नलाई होसियार हुनुहोस् । अय्यूबलाई परमेश्‍वरले नै हराउनुपर्छ । मानिसले यसो गर्न सक्दैन ।
به من نگویید: «ایوب بسیار حکیم است. فقط خدا می‌تواند او را قانع کند.»
14 किनकि अय्यूबले आफ्ना वचनहरू मेरो विरुद्धमा बोलेका छैनन् । त्यसैले तपाईंहरूकै जवाफले म तिनलाई जवाफ दिनेछैनँ ।
اگر ایوب با من به مباحثه پرداخته بود، با این نوع منطق پاسخ او را نمی‌دادم!
15 यी तिन जना मानिसका बोली बन्‍द भएका छन् । तिनीहरूले फेरि अय्यूबलाई जवाई दिन सक्दैनन् । तिनीहरूसँगत बोल्‍नलाई एउटै शब्द पनि छैन ।
شما حیران نشسته‌اید و هیچ جوابی ندارید.
16 तिनीहरू बोल्‍दैनन्, तिनीहरू चूपचाप खडा छन्, अनि कुनै जवाफ दिंदैनन् भनेर के म पर्खिरहनू?
آیا حال که شما سکوت کرده‌اید من هم باید همچنان صبر کنم و ساکت بمانم؟
17 अहँ, म पनि आफ्‍नो तर्फबाट जवाफ दिनेछु । म पनि तिनीहरूलाई आफ्‍नो ज्ञान भन्‍नेछु ।
نه، من به سهم خود جواب می‌دهم.
18 किनकि मसँग जवाफ धेरै छन् । मभित्र भएको आत्माले मलाई बाध्य पार्छ ।
حرفهای زیادی برای گفتن دارم و دیگر نمی‌توانم صبر کنم.
19 मेरो छाती फुल्‍दै गरेको दाखमद्यझैं भएको छ जसको प्‍वाल छैन । नयाँ मशकझैं यो फुट्नलाई तयार छ ।
مانند مشکی هستم که از شراب پر شده و نزدیک ترکیدن است.
20 म ताजा हुन सकूँ भनेर म बोल्नेछु । म आफ्‍नो ओठ खोल्नेछु, र बोल्नेछु ।
باید حرف بزنم تا راحت شوم. پس بگذارید من هم به سهم خود جواب بدهم.
21 म पक्षपात गर्नेछैनँ, न त कुनै मानिसलाई आदरको दर्जा नै दिनेछु ।
من قصد ندارم از کسی طرفداری کنم و سخنان تملق‌آمیز بگویم،
22 किनकि त्‍यस्तो दर्जा कसरी दिने हो म जान्‍दिनँ । मैले त्यसो गरें भने, मेरा सृष्‍टिकर्ताले मलाई चाँडै लैजानुहुन्‍छ ।
چون انسان چاپلوسی نیستم و گرنه خالقم مرا هلاک می‌کرد.

< अय्यूब 32 >