< अय्यूब 32 >
1 त्यसैले यी तिन जना मानिसले अय्यूबलाई जवाफ दिन छाडे किनभने आफ्नो दृष्टिमा तिनले आफूलाई धर्मी ठहराए ।
So these three men stopped answering Job, because he was righteous in his own eyes.
2 त्यसपछि रामको परिवारको बुजी बारकेलका छोरा एलीहूलाई रिस उठ्यो । तिनलाई अय्यूबको विरुद्धमा रिस उठेको थियो, किनकि तिनले परमेश्वरभन्दा पनि आफैलाई धर्मी ठहराएका थिए ।
This kindled the anger of Elihu son of Barachel the Buzite, of the family of Ram. He burned with anger against Job for justifying himself rather than God,
3 तिन जना मित्रको विरुद्धमा पनि एलीहूलाई रिस उठ्यो किनकि तिनीहरूले अय्यूबलाई जवाफ दिन सकेका थिएनन्, र पनि तिनीहरूले अय्यूबलाई दोषी ठहराएका थिए ।
and he burned with anger against Job’s three friends because they had failed to refute Job, and yet had condemned him.
4 अरू मानिसहरू एलीहूभन्दा उमेरमा पाका भएका हुनाले तिनले अय्यूबसित बोल्नलाई पर्खिरहेका थिए ।
Now Elihu had waited to speak to Job because the others were older than he.
5 तापनि यी तिन जना मानिसका मुखमा एलीहूले जवाफ नदेखेपछि तिनलाई रिस उठ्यो ।
But when he saw that the three men had no further reply, his anger was kindled.
6 तब बुजी बारकेलका छोरा एलीहू बोले र यसो भने, “म जवान छु, र तपाईंहरू निकै पाका हुनुहुन्छ । त्यसैले म चुप लागें, र मेरो विचार तपाईंहरूलाई भन्ने आँट गरिनँ ।
So Elihu son of Barachel the Buzite declared: “I am young in years, while you are old; that is why I was timid and afraid to tell you what I know.
7 मैले भनें, “बुढा-पाकाले बोल्नुपर्छ । धेरै वर्ष बिताएकाहरूले बुद्धि सिकाउनुपर्छ ।
I thought that age should speak, and many years should teach wisdom.
8 तर मानिसमा एउटा आत्मा हुन्छ । सर्वशक्तिमान्को सासले उसलाई सुझबुझ दिन्छ ।
But there is a spirit in a man, the breath of the Almighty, that gives him understanding.
9 महान् मानिसहरू मात्र बुद्धिमान् हुँदैनन्, न त पाका मानिसहरूले मात्र न्यायलाई बुझ्छन् ।
It is not only the old who are wise, or the elderly who understand justice.
10 यसैकारण म तपाईंहरूलाई भन्दछु, 'मेरो कुरा सुन्नुहोस् । म पनि तपाईंहरूलाई आफ्नो ज्ञान भन्नेछु ।’
Therefore I say, ‘Listen to me; I too will declare what I know.’
11 हेर्नुहोस्, मैले तपाईंहरूका कुरा सुनें । तपाईंहरूले के भन्ने भनी विचार गरिरहँदा मैले तपाईंका बहसहरू सुनें ।
Indeed, I waited while you spoke; I listened to your reasoning; as you searched for words,
12 वास्तवमा मैले ध्यान दिएर तपाईंहरूका कुरा सुनें, तर तपाईंहरूमध्ये एक जनाले पनि अय्यूबलाई विश्वस्त पार्न, अर्थात् तिनको वचनलाई जवाफ दिन सक्नुभएन ।
I paid you full attention. But no one proved Job wrong; not one of you rebutted his arguments.
13 'हामीले बुद्धि भेट्टाएका छौं,' नभन्नलाई होसियार हुनुहोस् । अय्यूबलाई परमेश्वरले नै हराउनुपर्छ । मानिसले यसो गर्न सक्दैन ।
So do not claim, ‘We have found wisdom; let God, not man, refute him.’
14 किनकि अय्यूबले आफ्ना वचनहरू मेरो विरुद्धमा बोलेका छैनन् । त्यसैले तपाईंहरूकै जवाफले म तिनलाई जवाफ दिनेछैनँ ।
But Job has not directed his words against me, and I will not answer him with your arguments.
15 यी तिन जना मानिसका बोली बन्द भएका छन् । तिनीहरूले फेरि अय्यूबलाई जवाई दिन सक्दैनन् । तिनीहरूसँगत बोल्नलाई एउटै शब्द पनि छैन ।
Job’s friends are dismayed, with no more to say; words have escaped them.
16 तिनीहरू बोल्दैनन्, तिनीहरू चूपचाप खडा छन्, अनि कुनै जवाफ दिंदैनन् भनेर के म पर्खिरहनू?
Must I wait, now that they are silent, now that they stand and no longer reply?
17 अहँ, म पनि आफ्नो तर्फबाट जवाफ दिनेछु । म पनि तिनीहरूलाई आफ्नो ज्ञान भन्नेछु ।
I too will answer; yes, I will declare what I know.
18 किनकि मसँग जवाफ धेरै छन् । मभित्र भएको आत्माले मलाई बाध्य पार्छ ।
For I am full of words, and my spirit within me compels me.
19 मेरो छाती फुल्दै गरेको दाखमद्यझैं भएको छ जसको प्वाल छैन । नयाँ मशकझैं यो फुट्नलाई तयार छ ।
Behold, my belly is like unvented wine; it is about to burst like a new wineskin.
20 म ताजा हुन सकूँ भनेर म बोल्नेछु । म आफ्नो ओठ खोल्नेछु, र बोल्नेछु ।
I must speak and find relief; I must open my lips and respond.
21 म पक्षपात गर्नेछैनँ, न त कुनै मानिसलाई आदरको दर्जा नै दिनेछु ।
I will be partial to no one, nor will I flatter any man.
22 किनकि त्यस्तो दर्जा कसरी दिने हो म जान्दिनँ । मैले त्यसो गरें भने, मेरा सृष्टिकर्ताले मलाई चाँडै लैजानुहुन्छ ।
For I do not know how to flatter, or my Maker would remove me in an instant.