< अय्यूब 31 >
1 मैले मेरा आँखासित करार बाँधेको छु । तब कसरी कुनै कन्यालाई म कुदृष्टिले हेर्न सक्छु र?
我與眼睛立約, 怎能戀戀瞻望處女呢?
2 किनकि माथि हुनुभएको परमेश्वरबाट के हिस्सा पाइन्छ र? उच्चमा हुनुभएको सर्वशक्तिमान्बाट के उत्तराधिकार पाइन्छ र?
從至上的上帝所得之分, 從至高全能者所得之業是甚麼呢?
3 विपत्ति अधर्मी मानिसहरूका लागि हो, अनि विनाशचाहिं दुष्ट काम गर्नेहरूका लागि हो भनी मैले विचार गर्थें ।
豈不是禍患臨到不義的, 災害臨到作孽的呢?
4 के परमेश्वरले मेरा मार्गहरू देख्नुहुन्न र मेरा सबै कदम गन्नुहुन्न र?
上帝豈不是察看我的道路, 數點我的腳步呢?
5 म झुटो कुरामा हिंडेको छु भने, र मेरो खुट्टा छल गर्न हतारिन्छन् भने,
我若與虛謊同行, 腳若追隨詭詐; (
6 न्यायको तराजुमा मलाई जोखियोस्, जसले गर्दा परमेश्वरले मेरो सत्यनिष्ठा जान्नुहुनेछ ।
我若被公道的天平稱度, 使上帝可以知道我的純正;)
7 मेरो कदमह बाटोबाट तर्किएको छ भने, र मेरो हृदय मेरा आँखाको पछि लागेको छ भने, र मेरा हातमा कुनै दाग टाँसिएको छ भने,
我的腳步若偏離正路, 我的心若隨着我的眼目, 若有玷污粘在我手上;
8 तब मलाई रोप्न दिइयोस् अनि अर्कैले खाओस्, र मेरा बालीहरू उखेलिऊन् ।
就願我所種的有別人吃, 我田所產的被拔出來。
9 मेरो हृदय स्त्रीद्वारा धोकामा परेको छ भने, र मेरो छिमेकीको ढोकामा म ढुकिबसेको छु भने,
我若受迷惑,向婦人起淫念, 在鄰舍的門外蹲伏,
10 तब मेरी पत्नीले अर्कैको लागि अन्न पिसोस्, र अरू मानिसहरू त्यसमाथि घोप्टो परून् ।
就願我的妻子給別人推磨, 別人也與她同室。
11 किनकि त्यो त डरलाग्दो अपराध हुन्छ । वास्तवमा यो न्यायाधीशहरूले दण्ड दिने अपराध हुन्छ ।
因為這是大罪, 是審判官當罰的罪孽。
12 किनकि त्यो त नरकसम्म नै भस्म पार्ने आगो हो, र त्यसले मेरा सबै फसललाई जरैसम्म जलाउँछ ।
這本是火焚燒,直到毀滅, 必拔除我所有的家產。
13 मेरो कमारा वा कमारीले न्यायको लागि बिन्ती गर्दा, तिनीहरूले मसित बहस गर्दा, मैले बेवास्ता गरेको भए,
我的僕婢與我爭辯的時候, 我若藐視不聽他們的情節;
14 जब मलाई दोष लगाउन परमेश्वर उठ्नुहुन्छ, तब म के गर्न सक्छु र? जब मेरो न्याय गर्न उहाँ आउनुहुन्छ, तब म उहाँलाई कसरी जवाफ दिन सक्छु र?
上帝興起,我怎樣行呢? 他察問,我怎樣回答呢?
15 मलाई गर्भमा रच्नुहुनेले नै तिनीहरूलाई पनि रच्नुभएको होइन र? हामी सबैलाई उहाँले नै गर्भमा बनाउनुभएको होइन र?
造我在腹中的,不也是造他嗎? 將他與我摶在腹中的豈不是一位嗎?
16 गरिब मानिसहरूलाई मैले तिनीहरूको इच्छा वञ्चित गरेको छु भने, अर्थात् विधवाका आँखालाई मैले आँसुले धमिल्याएको छु भने,
我若不容貧寒人得其所願, 或叫寡婦眼中失望,
17 अर्थात् मैले आफ्नो गासलाई एक्लै खाएको छु, अनि अनाथहरूलाई पनि त्यो खान दिएको छैनँ भने—
或獨自吃我一點食物, 孤兒沒有與我同吃; (
18 किनकि मेरो युवावस्थादेखि मसित अनाथ बुबासितझैं हुर्केको छ, अनि मैले उसकी विधवा आमालाई मेरी आमाको गर्भदेखि नै डोर्याएको छु ।
從幼年時孤兒與我同長,好像父子一樣; 我從出母腹就扶助 寡婦。)
19 लुगाफाटाको कमीले कोही नष्ट भएको मैले देखेको छु भने, अर्थात् खाँचोमा परेको मान्छेले लुगा लगाउन नपाएको मैले देखेको छु भने,
我若見人因無衣死亡, 或見窮乏人身無遮蓋;
20 मेरो भेडाको ऊनले आफूलाई न्यानो पार्न नपाएको हुनाले, उसको हृदयले मलाई आशिष् दिएको छैन भने,
我若不使他因我羊的毛得暖, 為我祝福;
21 सहरको मूल ढोकामा मैले आफ्नो समर्थन देखेको हुनाले, अनाथहरूको विरुद्धमा मैले आफ्नो हात उठाएको छु भने, तब मेरो विरद्धमा अभियोग लगाउनुहोस् ।
我若在城門口見有幫助我的, 舉手攻擊孤兒;
22 मैले यी कुराहरू गरेको छु भने, मेरो काँधको पाता काँधबाट खुस्कोस् र मेरो पाखुरा त्यसको जोर्नीबाट खुस्कोस् ।
情願我的肩頭從缺盆骨脫落, 我的膀臂從羊矢骨折斷。
23 किनकि परमेश्वरबाट आउने विनाशदेखि म डराएँ । उहाँको ऐश्वर्यको कारण मैले ती कुराहरू गर्न सकिनँ ।
因上帝降的災禍使我恐懼; 因他的威嚴,我不能妄為。
24 सुनलाई मैले आफ्नो आशा बनाएको छु भने, अनि निखुर सुनलाई मैले यसो भनेको छु, ‘मैले भर पर्ने तँमाथि नै हो,' भने,
我若以黃金為指望, 對精金說:你是我的倚靠;
25 मेरो धन-सम्पत्ति प्रशस्त भएको हुनाले, मेरो हातले धेरै धनदौलत प्राप्त गरेको हुनाले म रमाएको छु भने, तब मेरो विरुद्धमा अभियोगहरू ल्याउनुहोस् ।
我若因財物豐裕, 因我手多得資財而歡喜;
26 सूर्य उदाउँदा मैले त्यसको दर्शन गरेको, अर्थात् चन्द्रमा चम्किलो भएर हिंडेको हेरेको भए,
我若見太陽發光, 明月行在空中,
27 अनि मेरो हृदय गुप्तमा आकर्षित भएको छ भने, जसको कारणले तिनको पुजा गर्न मेरो मुखले मेरो हातलाई चुम्बन गरेको भए—
心就暗暗被引誘, 口便親手;
28 यो पनि न्यायाधीशहरूले दण्ड दिने अपराध हुन्थ्यो, किनकि माथि विराजमान् हुनुहुने परमेश्वरलाई मैले इन्कार गरेको हुन्थें ।
這也是審判官當罰的罪孽, 又是我背棄在上的上帝。
29 मलाई घृणा गर्ने कुनै व्यक्तिको विनाशमा म रमाएको छु भने, अर्थात् विपत्तिले उसमाथि विजय पाउँदा आफैलाई बधाई दिएको छु भने, तब मेरो विरुद्धमा अभियोग लगाउनुहोस् ।
我若見恨我的遭報就歡喜, 見他遭災便高興; (
30 वास्तवमा ऊ मरोस् भनी सराप्नलाई, आफ्नो मुखलाई पाप गर्ने अनुमति मैले दिएकै छैनँ ।
我沒有容口犯罪, 咒詛他的生命;)
31 मेरो पालका मानिसहरूले कदापि यसो भनेका छैनन् भने, 'अय्यूबको भोजनले तृप्त नभएको मानिस कसैले भेट्टाउन सक्छ?'
若我帳棚的人未嘗說, 誰不以主人的食物吃飽呢? (
32 (विदेशीले पनि कदापि सहरको चोकमा बास बस्नुपरेको छैन, किनकि यात्रु निम्ति मैले सधैँ आफ्ना ढोकाहरू खुला गरेको छु), र त्यसो होइन भने, मेरो विरुद्धमा अभियोग लगाउनुहोस् ।
從來我沒有容客旅在街上住宿, 卻開門迎接行路的人;)
33 आफ्नो दोषलाई आफ्नै लुगाले ढाकेर, मानव-जातिले झैं मैले आफ्ना पापहरू लुकाएको भए,
我若像亞當 遮掩我的過犯, 將罪孽藏在懷中;
34 (किनकि ठुलो भिडदेखि म डराएँ, परिवारहरूको निन्दाले मलाई त्रसित पार्यो, जसको कारणले म चुप लागें र बाहिर गइनँ), तब मेरो विरुद्धमा अभियोग लगाउनुहोस् ।
因懼怕大眾, 又因宗族藐視我使我驚恐, 以致閉口無言,杜門不出;
35 ओहो, मेरो कुरा सुन्ने कोही भए त, हेर्नुहोस्, मेरो हस्ताक्षर यहीँ छ । सर्वशक्तिमान्को जवाफ पाऊँ । मेरो प्रतिवादीले लेखेको दोष-पत्र मसित भए त,
惟願有一位肯聽我! (看哪,在這裏有我所劃的押, 願全能者回答我!)
36 निश्चय पनि त्यो म आफ्नै काँधमा खुलमखुला बोकेर हिंड्थें । मुकुटझैं त्यो म लगाउँथें ।
願那敵我者所寫的狀詞在我這裏! 我必帶在肩上,又綁在頭上為冠冕。
37 जसरी निर्धक्क राजकुमार उहाँकहाँ जान्छन्, त्यसरी नै उहाँलाई म आफ्ना कदमहरूको हिसाब दिन्थें ।
我必向他述說我腳步的數目, 必如君王進到他面前。
38 मेरो खेत मेरो विरुद्धमा कदापि कराएको छ भने, र यसमा भएका हलोका डोबहरू एकसाथ रोएका छन् भने,
我若奪取田地,這地向我喊冤, 犂溝一同哭泣;
39 त्यसको फसलको लागि मूल्य नचूकाइ मैले खाएको छु भने, अर्थात्, त्यसका मालिकहरूलाई मृत्युमा पुर्याएको छु भने,
我若吃地的出產不給價值, 或叫原主喪命;
40 तब गहुँको साटोमा काँढा र जौँको साटो झारपात उम्रियोस् ।” अय्यूबका वचनहरू सकिए ।
願這地長蒺藜代替麥子, 長惡草代替大麥。 約伯的話說完了。