< अय्यूब 30 >
1 अब मभन्दा जवानहरूले मेरो ठट्टा गर्नुबाहेक अरू केही गर्दैनन् । यी जवान मानिसहरूका बुबाहरूलाई आफ्नो बगाल रुँग्ने कुकुरहरूको छेउमा काम गर्न पनि म इन्कार गर्थें ।
しかし今はわたしよりも年若い者が、かえってわたしをあざ笑う。彼らの父はわたしが卑しめて、群れの犬と一緒にさえしなかった者だ。
2 वास्तवमा तिनीहरूका बाबुहरूका हातको ताकतले, अर्थात् तन्देरी उमेरको बल नष्ट भएका मानिसहरूका ताकतले मलाई कसरी मदत गर्न सक्थ्यो र?
彼らの手の力からわたしは何を得るであろうか、彼らはその気力がすでに衰えた人々だ。
3 गरिबी र भोकले तिनीहरू दुब्लो थिए । उजाडस्थान र मरुभूमीमा अँध्यारोमा सुक्खा भुइँमा तिनीहरू कुटुकुटु टोक्थे ।
彼らは乏しさと激しい飢えとによって、かわいた荒れ地をかむ。
4 तिनीहरूले नुनिलो झार र झाडीका पातहरू उखेल्थे । झ्याउका जराहरू तिनीहरूका खानेकुरा थिए ।
彼らは、ぜにあおいおよび灌木の葉を摘み、れだまの根をもって身を暖める。
5 तिनीहरू मानिसहरूका बिचबाट खेदिएका थिए, जो चिच्च्याउँदै चोरको पछि लागेझैं तिनीहरूको पछि लाग्थे ।
彼らは人々の中から追いだされ、盗びとを追うように、人々は彼らを追い呼ばわる。
6 त्यसैले तिनीहरूले नदीका मैदानहरू, जमिन र चट्टानका गुफाहरूमा बस्नुपरेको थियो ।
彼らは急流の谷間に住み、土の穴または岩の穴におり、
7 झाडीहरूका बिचमा तिनीहरू गधझैं कराउँथे, र तिनीहरू झाडीमुनि एकसाथ जम्मा हुन्थे ।
灌木の中にいななき、いらくさの下に押し合う。
8 तिनीहरू मूर्खहरूका छोराहरू थिए, वास्तवमा नाम नभएका मानिसहरूका छोराहरू थिए । कोर्रा लगाएर तिनीहरूलाई देशबाट लखेटियो ।
彼らは愚かな者の子、また卑しい者の子であって、国から追いだされた者だ。
9 तर अहिले म तिनीहरूको गिल्लाको गितको विषय बनेको छु । म तिनीहरूका लागि उखान भएको छु ।
それなのに、わたしは今彼らの歌となり、彼らの笑い草となった。
10 तिनीहरू मलाई घृणा गर्छन्, र मबाट टाढा रहन्छन् । मेरो मुखमा थुक्नबाट तिनीहरू रोकिंदैनन् ।
彼らはわたしをいとい、遠くわたしをはなれ、わたしの顔につばきすることも、ためらわない。
11 किनकि परमेश्वरले मेरो धनुको डोरी फुकाउनुभएको र मलाई कष्ट दिनुभएको छ, अनि मलाई गिल्ला गर्नेहरूले मेरो अनुहारकै सामु आफ्नो रिस पोखाउँछन् ।
神がわたしの綱を解いて、わたしを卑しめられたので、彼らもわたしの前に慎みを捨てた。
12 मेरो दाहिने हातमा हुल्याहाहरू खडा हुन्छन् । तिनीहरूले मलाई टाढा लखेट्छन् र मेरो विरुद्धमा आफ्ना घेरा-मचान बनाउँछन् ।
このともがらはわたしの右に立ち上がり、わたしを追いのけ、わたしにむかって滅びの道を築く。
13 तिनीहरूले मेरो मार्ग नष्ट गर्छन् । तिनीहरूले ममाथि विपत्ति ल्याउँछन्, र ती मानिसहरूलाई रोक्ने कोही छैन ।
彼らはわたしの道をこわし、わたしの災を促す。これをさし止める者はない。
14 सहरको पर्खालमा भएको ठुलो प्वालबाट आउने फौजझैं तिनीहरू मेरो विरुद्धमा आउँछन् । विनाशको बिचमा तिनीहरू ममाथि लडिबडि खेल्छन् ।
彼らは広い破れ口からはいるように進みきたり、破壊の中をおし寄せる。
15 त्रासहरू ममाथि परेका छन् । बतासले उडाएर लगेझैं मेरो आदरलाई लगिएको छ । मेरो समृद्धि बादलझैं बितेर जान्छ ।
恐ろしい事はわたしに臨み、わたしの誉は風のように吹き払われ、わたしの繁栄は雲のように消えうせた。
16 अब मेरो जीवन मभित्रै सकिंदैछ । कष्टका धेरै दिनहरूले मलाई समातेका छन् ।
今は、わたしの魂はわたしの内にとけて流れ、悩みの日はわたしを捕えた。
17 रातमा मभित्र भएका हड्डीहरूले मलाई घोच्छन् । मलाई सताउने मेरा पीडाले आराम लिंदैनन् ।
夜はわたしの骨を激しく悩まし、わたしをかむ苦しみは、やむことがない。
18 परमेश्वरको महान् शक्तिले मेरो वस्त्र समातेको छ । मेरो कमीजको कठालोझैं यसले मेरो चारैतिर बेर्छ ।
それは暴力をもって、わたしの着物を捕え、はだ着のえりのように、わたしをしめつける。
19 उहाँले मलाई हिलोमा फाल्नुभएको छ । म धूलो र खरानीझैं भएको छु ।
神がわたしを泥の中に投げ入れられたので、わたしはちり灰のようになった。
20 हे परमेश्वर, म तपाईंमा पुकार्छु, तर तपाईंले मलाई जवाफ दिनुहुन्न । म खडा हुन्छु, तर तपाईंले हेर्नु मात्र हुन्छ ।
わたしがあなたにむかって呼ばわっても、あなたは答えられない。わたしが立っていても、あなたは顧みられない。
21 तपाईं बद्लिनुभएको छ र मप्रति क्रुर बन्नुभएको छ । आफ्नो हातको ताकतले तपाईंले मलाई सताउनुहुन्छ ।
あなたは変って、わたしに無情な者となり、み手の力をもってわたしを攻め悩まされる。
22 तपाईंले मलाई बतासमा उचाल्नुहुन्छ र त्यसले मलाई उडाउने बनाउनुहुन्छ । तपाईंले मलाई आँधीमा यताउता हुत्याउनुहुन्छ ।
あなたはわたしを揚げて風の上に乗せ、大風のうなり声の中に、もませられる。
23 किनकि म जान्दछु, कि तपाईंले मलाई मृत्युमा पुर्याउनुहुन्छ, सबै जीवितहरूका लागि नियुक्त गरिएको घरमा लानुहुन्छ ।
わたしは知っている、あなたはわたしを死に帰らせ、すべての生き物の集まる家に帰らせられることを。
24 तापनि जब कोही लड्छ, तब के त्यसले मदतको लागि आफ्नो हात उठाउँदैन र? के सङ्कष्टमा भएको कसैले पनि मदतको लागि पुकार्दैन र?
さりながら荒塚の中にある者は、手を伸べないであろうか、災の中にある者は助けを呼び求めないであろうか。
25 कष्टमा भएको व्यक्तिको लागि म रोइनँ र? खाँचोमा परेको मानिसको लागि मैले शोक गरिनँ र?
わたしは苦しい日を送る者のために泣かなかったか。わたしの魂は貧しい人のために悲しまなかったか。
26 जब मैले भलाइको आशा गरें, तब खराबी आयो । जब मैले ज्योतिको आशा गरें, त्यसको साटो अन्धकार आयो ।
しかしわたしが幸を望んだのに災が来た。光を待ち望んだのにやみが来た。
27 मेरो हृदय कष्टमा छ र यसले विश्राम लिंदैन । कष्टका दिनहरू ममाथि आएका छन् ।
わたしのはらわたは沸きかえって、静まらない。悩みの日がわたしに近づいた。
28 अन्धकारमा बसिरहेको मानिसझैं म हिंडेको छ, तर सूर्यको कारणले होइन । म सभामा खडा हुन्छु र मदतको लागि पुकार्छु ।
わたしは日の光によらずに黒くなって歩き、公会の中に立って助けを呼び求める。
29 म स्यालहरूको भाइ, अस्ट्रिचहरूको मित्र भएको छु ।
わたしは山犬の兄弟となり、だちょうの友となった。
30 मेरो छाला कालो छ, र पत्रै-पत्र भएर झर्छ । मेरा हड्डीहरू रापले जलेका छन् ।
わたしの皮膚は黒くなって、はげ落ち、わたしの骨は熱さによって燃え、
31 त्यसकारण मेरो वीणाले शोकका गीतहरू गाउँछ, र मेरो बाँसुरीले रुनेहरूको निम्ति गाउँछ ।
わたしの琴は悲しみの音となり、わたしの笛は泣く者の声となった。