< अय्यूब 29 >
1 अय्यूब फेरि बोल्न सुरु गरे र यसो भने,
約伯又接着說:
2 “ओहो, जस्तो म विगतका महिनाहरू थिएँ त्यस्तै म भए त, जति बेला परमेश्वरले मेरो वास्ता गर्नुहुन्थ्यो,
惟願我的景況如從前的月份, 如上帝保守我的日子。
3 जति बेला उहाँको बत्ती मेरो शिरमाथि बल्थ्यो, र जति बेला उहाँको ज्योतिद्वारा म अन्धकारमा हिंड्थें ।
那時他的燈照在我頭上; 我藉他的光行過黑暗。
4 ओहो, जस्तो मेरा खुशीका दिनहरूमा म थिएँ त्यस्तै म भए त, जति बेला परमेश्वरको मित्रता मेरो पालमाथि हुन्थ्यो,
我願如壯年的時候: 那時我在帳棚中, 上帝待我有密友之情;
5 जति बेला सर्वशक्तिमान् मसितै हुनुहुन्थ्यो, र मेरा छोराछोरा मेरो वरिपरि हुन्थे,
全能者仍與我同在; 我的兒女都環繞我。
6 जति बेला मेरो बाटो दूधले ढाकिन्थ्यो, र चट्टानले मेरो लागि तेलको खोला बगाउँथ्यो!
奶多可洗我的腳; 磐石為我出油成河。
7 जति बेला म सहरको मूल ढोकाबाट बाहिर निस्कन्थें, जति बेला सहरको चोकमा भएको मेरो शासनमा म बस्थें,
我出到城門, 在街上設立座位;
8 जवान मानिसहरूले मलाई देखे र मेरो आदर गरेर तिनीहरू टाढै बस्थे, अनि पाका मानिसहरू मेरो निम्ति खडा हुन्थे र उभिन्थे ।
少年人見我而迴避, 老年人也起身站立;
9 जब म आउँथें, तब राजकुमारहरूको बोली नै बन्द हुन्थ्यो । तिनीहरूले आफ्ना हातले मुख छोप्थे ।
王子都停止說話, 用手摀口;
10 कुलीनहरूका आवाजहरू बन्द हुन्थ्यो, अनि तिनीहरूको जिब्रो तिनीहरूकै तालुमा टाँसिन्थ्यो ।
首領靜默無聲, 舌頭貼住上膛。
11 किनकि तिनीहरूका कानले सुन्थे, र मलाई आशिष् दिन्थे । तिनीहरूका आँखाले मलाई देखेपछि तिनीहरूले मेरो साक्षी दिन्थे, र मलाई स्याबासी दिन्थे,
耳朵聽我的,就稱我有福; 眼睛看我的,便稱讚我;
12 किनकि गरिब मानिसले पुकारा गर्दा मैले उसलाई छुटाउँथेँ, र अनाथलाई मदत गर्ने कोही नहुँदा मैले उसको हेरचाह गर्थें ।
因我拯救哀求的困苦人 和無人幫助的孤兒。
13 मर्न लागेको मानिसले मलाई आशिष् दिन्थ्यो । विधवाको हृदय आनन्दले गाउने मैले बनाइदिन्थेँ ।
將要滅亡的為我祝福; 我也使寡婦心中歡樂。
14 मैले धार्मिकता पहिरिन्थेँ, र यसलाई मलाई ढाक्थ्यो । मेरो इन्साफ पोशाक र फेटाझैं हुन्थ्यो ।
我以公義為衣服, 以公平為外袍和冠冕。
15 दृष्टिविहीन मानिसको लागि म आँखा भएँ । लङ्गडोको लागि म खुट्टा भएँ ।
我為瞎子的眼, 瘸子的腳。
16 खाँचोमा परेको मानिसको लागि म पिता भएँ । मैले नचिनेको मानिसको मुद्दाको पनि म जाँच गरिदिन्थेँ ।
我為窮乏人的父; 素不認識的人,我查明他的案件。
17 मैले अधर्मी मानिसको बङ्गारा झारिदिएँ । मैले त्यसको दाँतको बिचबाट सिकारलाई बाहिर निकालें ।
我打破不義之人的牙床, 從他牙齒中奪了所搶的。
18 तब मैले भनें, 'म आफ्नै गुँडमा मर्नेछु । म आफ्ना दिनलाई बालुवाका कणजत्तिकै वृद्धि गराउनेछु ।
我便說:我必死在家中, 必增添我的日子,多如塵沙。
19 मेरा जराहरू पानीमा फैलिएका छन्, र मेरा हाँगाहरूमा रातभरि शीत पर्छ ।
我的根長到水邊; 露水終夜霑在我的枝上。
20 ममा भएको आदर सधैं ताजा रहन्छ, र मेरो शक्तिको धनु सधैं मेरो हातमा सधैं नयाँ हुन्छ ।'
我的榮耀在身上增新; 我的弓在手中日強。
21 मानिसहरूले मेरा कुरा सुन्थे । तिनीहरूले मेरो प्रतीक्षा गर्थे । मेरो सल्लाह सुन्न तिनीहरू चुप लागेर बस्थे ।
人聽見我而仰望, 靜默等候我的指教。
22 मेरा वचनहरू सकिएपछि तिनीहरूले फेरि बोल्दैनथ्ये । मेरो बोली तिनीहरूमा पानीको थोपाझैं खस्थ्यो ।
我說話之後,他們就不再說; 我的言語像雨露滴在他們身上。
23 तिनीहरूले वृष्टिको प्रतीक्षा गरेझैं सधैँ तिनीहरूले मेरो प्रतीक्षा गर्थे । तिनीहरूले बसन्त ऋतुको झरीलाई गरेझैं, मेरा वचनहरू पिउनलाई आफ्ना मुख खुला गर्थे ।
他們仰望我如仰望雨, 又張開口如切慕春雨。
24 तिनीहरूले आशा नगर्दा पनि म तिनीहरूमा मुस्कुराउँथें । तिनीहरूले मेरो अनुहारको ज्योतिलाई इन्कार गर्दैनथे ।
他們不敢自信,我就向他們含笑; 他們不使我臉上的光改變。
25 मैले तिनीहरूका मार्ग चुन्थेँ, र तिनीहरूका प्रमुख अतिथि हुन्थें । राजा आफ्ना सेनाको बिचमा बसेझैं, शोक गर्नेहरूलाई सान्त्वना दिने मानिसझैं म बस्थें ।
我為他們選擇道路,又坐首位; 我如君王在軍隊中居住, 又如弔喪的安慰傷心的人。