< अय्यूब 28 >
1 निश्चय नै चाँदीको एउटा खानी हुन्छ, एउटा ठाउँ छ जहाँ तिनीहरूले सुनलाई शुद्ध पार्छन् ।
しろがねには掘り出す穴があり、精錬するこがねには出どころがある。
2 फलामलाई जमिनबाट बाहिर निकालिन्छ । धातु पगालेर तामा निकालिन्छ ।
くろがねは土から取り、あかがねは石から溶かして取る。
3 एक जना मानिसले अन्धकारलाई हटाउँछ, अँध्यारो अनि घोर अन्धकारमा, पल्लो छेउसम्म खानिजको खोजी गर्छ ।
人は暗やみを破り、いやはてまでも尋ねきわめて、暗やみおよび暗黒の中から鉱石を取る。
4 मानिसहरू बसेका ठाउँभन्दा धेरै टाढा, वा कसैको खुट्टाले नटेकेको ठाउँमा, खानीमा तल जाने एउटा सुरुङ् उसले बनाउँछ । मानिसहरूभन्दा धेरै पर ऊ झुण्डिन्छ । ऊ यताउता हल्लिन्छ ।
彼らは人の住む所を離れて縦穴をうがち、道行く人に忘れられ、人を離れて身をつりさげ、揺れ動く。
5 जमिनमा खद्यान्न उत्पादन हुन्छ भने, मुनिपट्टि यसमा आगो बलिरहेको हुन्छ ।
地はそこから食物を出す。その下は火でくつがえされるようにくつがえる。
6 यसका ढुङ्गाहरूका ठाउँमा नीर पाइन्छ, र यसमा धूलोमा सुन मिसिएको छ ।
その石はサファイヤのある所、そこにはまた金塊がある。
7 कुनै पनि सिकारी चरालाई त्यहाँ जाने बाटो थाहा हुँदैन, न त बाजको आँखाले त्यसलाई देखेको छ ।
その道は猛禽も知らず、たかの目もこれを見ず、
8 रवाफिला पशुहरू यस्तो बाटोमा हिंडेका हुँदैनन्, न त हिंस्रक सिंह त्यहाँबाट गएको छ ।
猛獣もこれを踏まず、ししもこれを通らなかった。
9 एक जना मानिसले आफ्नो हातले दर्शनढुङ्गा काट्छ । उसले पहाडहरूलाई फेदैदेखि पल्टाउँछ ।
人は堅い岩に手をくだして、山を根元からくつがえす。
10 उसले चट्टानहरूका बिचमा सुरुङहरू बनाउँछ । उसका आँखाले त्यहाँ हरेक बहुमूल्य वस्तु देख्छ ।
彼は岩に坑道を掘り、その目はもろもろの尊い物を見る。
11 उसले खोलाहरू थुन्छ जसको कारणले ती बग्दैनन् । त्यहाँ जे लुकेको छ, त्यो उसले बाहिर प्रकाशमा ल्याउँछ ।
彼は水路をふさいで、漏れないようにし、隠れた物を光に取り出す。
12 बुद्धि कहाँ पाइनेछ? सुझबुझको ठाउँ कहाँ छ?
しかし知恵はどこに見いだされるか。悟りのある所はどこか。
13 मानिसलाई यसको मूल्य थाहा छैन, न त यो जीवितहरूको देशमा पाइन्छ ।
人はそこに至る道を知らない、また生ける者の地でそれを獲ることができない。
14 पृथ्वीमुनि रहेको गहिरो पानीले भन्छ, 'त्यो ममा छैन ।' समुद्रले भन्छ, 'त्यो मसित छैन ।'
淵は言う、『それはわたしのうちにない』と。また海は言う、『わたしのもとにない』と。
15 सुनले त्यसलाई किन्न सकिंदैन, न त यसको मूल्यको रुपमा चाँदी जोख्न नै सकिन्छ ।
精金もこれと換えることはできない。銀も量ってその価とすることはできない。
16 ओपीरको सुनसित त्यसको मूल्य दाँज्न सकिंदैन, न त बहुमूल्य आनिक्स वा नीरसित सकिन्छ ।
オフルの金をもってしても、その価を量ることはできない。尊い縞めのうも、サファイヤも同様である。
17 सुन र स्फटिक त्यसको बराबरी हुन सक्दैन, न त निखुर सुनका गहनासित त्यो साट्न नै सकिन्छ ।
こがねも、玻璃もこれに並ぶことができない。また精金の器物もこれと換えることができない。
18 मूगा र बिल्लौरको त चर्चा नै गर्नुपर्दैन । वास्तवमा बुद्धिको मूल्य मानिकभन्दा बढी हुन्छ ।
さんごも水晶も言うに足りない。知恵を得るのは真珠を得るのにまさる。
19 कूश देशको पुष्पराज त्यसको बराबर हुँदैन, न त त्यसलाई निखुर सुनले मूल्य तोक्न सकिन्छ ।
エチオピヤのトパズもこれに並ぶことができない。純金をもってしても、その価を量ることはできない。
20 तब बुद्धि कहाँबाट आउँछ? सुझबुझको ठाउँ कहाँ छ?
それでは知恵はどこから来るか。悟りのある所はどこか。
21 बुद्धिलाई सबै जीवित प्राणीहरूको दृष्टिबाट लुकाइएको छ, र आकाशका चराहरूबाट लुकाएर राखिएको छ ।
これはすべての生き物の目に隠され、空の鳥にも隠されている。
22 विनाश र मृत्युले भन्छन्, 'हामीले आफ्ना कानले यसको बारेमा हल्ला मात्र सुनेका छौं ।'
滅びも死も言う、『われわれはそのうわさを耳に聞いただけだ』。
23 कसरी यसलाई पाउने हो परमेश्वरले बुझ्नुहुन्छ । यसको बासस्थान उहाँलाई थाहा छ ।
神はこれに至る道を悟っておられる、彼はそのある所を知っておられる。
24 किनकि उहाँले पृथ्वीको पल्लो कुनामा हेर्नुहुन्छ, सबै आकाशमण्डलको मुनि हेर्नुहुन्छ ।
彼は地の果までもみそなわし、天が下を見きわめられるからだ。
25 उहाँले नै बतासको शक्ति बनाउनुभयो, र पानीलाई नापेर पोको पारेर पठाउनुभयो ।
彼が風に重さを与え、水をますで量られたとき、
26 उहाँले झरी परोस् भनी आदेश दिनुभयो, र गर्जनको मार्ग बनाउनुभयो ।
彼が雨のために規定を設け、雷のひらめきのために道を設けられたとき、
27 तब उहाँले बुद्धि देख्नुभयो, र यसको घोषणा गर्नुभयो । वास्तवमा उहाँले नै यसको स्थापना गर्नुभयो, र जाँच्नुभयो ।
彼は知恵を見て、これをあらわし、これを確かめ、これをきわめられた。
28 मानिसहरूलाई उहाँले भन्नुभयो, 'हेर्, परमप्रभुको भय— त्यो नै बुद्धि हो । दुष्ट्याइँबाट अलग रहनु नै सुझबुझ हो' ।”
そして人に言われた、『見よ、主を恐れることは知恵である、悪を離れることは悟りである』と」。